गजबको मित्रता

गजबको मित्रता

एउटा शहरमा दुईजना मिल्ने मित्र बस्थे । एउटा मित्रले मोबाइल खरीद गरेछ ।

 

पहिलो : मित्र जि ! मैले नयाँ मोबाइल खरीद गरे ।

 

दोस्रो : वाह क्या खुशिको कुरा ! त्यसोभए आज तिमिले पार्टी दिनुपर्छ । यदि तिमिले पार्टी दियौ भने म तिमिलाई एउटा Gift दिन्छु ।

 

पहिलो : Ok ठिकै छ त्यसोभए आज राती होटेलमा मेरो तर्फबाट पार्टी । ( राती दुवैजना होटेलमा भेट्छन )

 

दोस्रो : अरे यार : तिमीसित धेरै पैसा थिएन । गरीब छौ । एक एक रुपैयाँ जम्मा गएर मोबाइल किन्यौ फेरि पार्टिको तयारी कसरी गर्यौ ?

 

पहिलो : पार्टिको लागि मैले मोबाइल बेचिदिए । तिम्रो लागि त ज्यान पनि दिन सक्छु यदि तिमी भन्छौ भने ।

 

दोस्रो : मलाई थाहा थियो कि तिमिले यस्तै कुनै काम गर्छौ भनेर , त्यसैले तिमिले जुन पसलमा मोबाइल बेच्यौ मैले त्यही पसलबाट बाट फेरि किनेर ल्याएको छु । यो लेउ मेरो तर्फबाट यो Gift .

 

कथाको सन्देश - जिन्दगीमा मित्रता होइन बल्की मित्रतामा जिन्दगी हुनुपर्छ । एउटा सच्चा मित्र हजारौ नातेदारभन्दा महत्वपुर्ण हुन्छ ।



  • Reviews (1)
  • 9862747596
  • 5 Years, 3 Months ago

धेरै राम्रो तर यहाँको सामाग्रीहरु शेयर गर्न मिल्ने भए अझ राम्रो हुने थियो ।

Leave a review

To leave a review, please login to your account. Login