प्रास मोडेल सेट एक

प्रास मोडेल सेट एक

वस्तुगत प्रश्न र उत्तर (५०*२ =१००)

 

 १. गोरखाका शाहवंशीय राजाहरुको  शासनकालको क्रम कुन सही छ ?

 (A) पुरन्दर शाह, द्रव्य शाह, छत्र शाह, राम शाह

(B) द्रव्य शाह, छत्र शाह, पुरन्दर शाह, राम शाह

(C) द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह, राम शाह

(D) छत्र शाह, द्रव्य शाह, राम शाह, पुरन्दर शाह

 

२. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?

(A) दार्चुला  

(B) बझाङ

(C) बैतडी

 (D) डोटी

 

३. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?

 (A) ८६० कि.मि.

(B) ८८५ कि.मि.

(C) ९८५ कि.मि.

 (D) ९९५ कि.मि.

 

४. लोक्ताको जिल्ला र झोलुंगे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?

 (A) पर्वत

(B) म्याग्दी

(C) मुस्ताङ

 (D) बागलुङ

 

५. रामायणका सात काण्डहरुमा निम्नमध्ये कुन पर्दैन ?

(A) सुन्दर काण्ड

(B) बाल काण्ड

(C) उत्तर काण्ड

 (D) पूर्व काण्ड

 

६. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो ?

 (A) ब्याकुल माइला

(B) नातिकाजी

(C) अम्बर गुरुङ

 (D) गोपाल योञ्जन

 

७. लिच्छवीकालमा राष्ट्रले शिक्षालाई कुन रुपमा लिने गदथ्यो ?

 (A) अनिवार्य

(B) ऐच्छिक

(C) आधारभूत

 (D) अनुभवीय

 

८. नेपालमा शैनिक शिक्षा र छात्रवृत्तिको सुरुवात गर्ने व्यक्ति को हुन ?

(A) राम शाह

 (B) पृथ्वीनारायण शाह

(C) प्रताप मल्ल

(D) जङ्गबहादुर राणा

 

९. नेपालको संविधानले नेपाललाई कस्तो राज्यका रुपमा परिभाषित गरेको छ ?

(A) स्वतन्त्र, अविभाज्य, समावेशी र समाजवादउन्मुख

(B) सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष र लोकतान्त्रिक

(C) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

(D) माथिका सबै

 

१०. नेपालको संविधानले राष्ट्र भाषाका सन्दर्भमा कस्तो व्यवस्था गरेको छ ?

(A) नेपालमा बोलिने मातृभाषाहरु राष्ट्रभाषा हुन् ।

(B) नेपालका सबै राष्ट्रभाषाहरु मातृभाषा हुन् ।

(C) नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् ।

 (D) नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रिय भाषा हुन् ।  

 

 ११. नेपालमा व्यवस्था गरिएका नागरिकताका प्रकारहरु के के हुन् ?

 (A) वंशज र अङगीकृत नागरिकता

 (B) गैरआवासीय नागरिकता

(C) सम्मानार्थ नागरिकता

 (D) माथिका सबै

 

१२. सामाजिक साँस्कृतिक दृष्टिले पिछडिएका तथा आर्थिक रुपले विपन्न खस आर्य लगायतका नागरिकको ......... लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ ?

 (A) संरक्षण, सशक्तीकरण वा विकास

(B) समानता र सुरक्षा

(C) सामाजिक न्याय र सशक्तीकरण

 (D) समता र विकास

 

१३. राष्ट्रिय शिक्षा योजना आयोगले आफ्नो अध्ययन प्रतिवेदन कहिले पेश गरेको थियो ?

 (A) वि.सं. २०१०।१२।०९

(B) वि.सं. २०११।१२।१८

(C) वि.सं. २०१०।११।०८

 (D) वि.सं. २०११।११।२८

 

१४. राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११ अनुसार शिक्षकहरुलाई कस्तो शिक्षा दिइनेछ ।

(A) पेशावाल तथा साधारण शिक्षा

(B) शिक्षक शिक्षा

(C) शिक्षण शिक्षा

 (D) परम्परागत शिक्षा

 

१५. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११ अनुसार प्राथमिक शिक्षामा सरकार र समाजको कति कति प्रतिशत रकम खर्च हुन्छ ?

 (A) क्रमशः ३०र७० प्रतिशत

(B) क्रमशः ७० र ३० प्रतिशत

 (C) क्रमशः ६० र ४० प्रतिशत

 (D) क्रमशः ५०र ५० प्रतिशत

 

१६. नेपालको शैक्षिक नीति अनुसार कुन तलको शिक्षालाई अनिवार्य शिक्षाको रुपमा लिइन्छ ?

 (A) प्राथमिक शिक्षा

(B) आधारभूत शिक्षा

(C) माध्यमिक शिक्षा

 (D) उच्च शिक्षा

 

१७. नागरिकका आधारभूत आवश्यकता सम्बन्धि नीतिमा कतिवटा उपनीतिहरु रहेका छन् ?

(A) १५ वटा

(B) १६ वटा

(C) १३ वटा

(D) १४ वटा

 

१८. आ.व. २०७६०७७ को नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार प्राथमिक तहमा भर्ना भएको विद्यार्थीले माध्यमिक तह पुरा गर्ने सुनिश्चित गर्नका लागि लक्षित वर्गलाई के के व्यवस्था गरिनेछ?

(A) छात्रवृत्ति

(B) दिवा खाजा

(C) विद्यार्थी मैत्री पाठ्यक्रम

 (D) माथिका सबै

 

१९. विद्यालय क्षेत्र सुधार योजना २००९-२०१५ कुन सम्मेलनसँग सम्बन्धित छ ?

(A) जोम्टिन सम्मेलन

(B) डकार सम्मेलन

(C) इन्चोन सम्मेलन

 (D) कराँची सम्मेलन

 

२०. सबैका लागि शिक्षा सम्बन्धि दोस्रो डकार सम्मेलनको आर्दश बाक्य के थियो ?

 (A) हामी सबैको प्रण, प्राथमिक शिक्षा प्रणालीमा सवलीकरण

(B) सबैको लागि शिक्षा, हाम्रो सामूहिक प्रतिबद्धता

(C) सबै बालबालिका हरुलाई प्राथमिक शिक्षा, हाम्रो प्रतिवद्धता

(D) गुणस्तरीय प्राथमिक शिक्षामा हामी सबैको प्रतिबद्धता

 

२१. संयुक्त राष्ट्रसंघको मानव अधिकारको विश्वव्यापी घोषणापत्र कहिले जारी भयो ?

 (A) सन् १९३८

(B) सन् १९४८

(C) सन् १९२४

 (D) सन् १९३४

 

२२. बालबालिका सम्बन्धि ऐन, २०४८ अनुसार कति वर्ष मुनिका केटाकेटीहरु बालबालिकाको परिभाषा भित्र पर्दछन् ? (A) १६ बर्ष

(B) १७ बर्ष

(C) १८ बर्ष

 (D) १९ बर्ष

 

२३. समावेशी शिक्षाको मुख्य उद्देश्य के हो?

(A) भेदभावमुक्त वातावरणमा समुदायका सबै प्रकारका बालबालिकाहरुलाई शिक्षा दिनु

(B) समुदायका सबै प्रकारका बालबालिकाहरुलाई शिक्षा दिनु

(C) सबै प्रकारका बालबालिका लाई शिक्षा दिनु

(D) अनिवार्य र निःशुल्क शिक्षा दिनु

 

२४. नेपालको विद्यमान शैक्षिक प्रणालीमा सबैभन्दा तल्लो तहको निकाय कुन हो ?

(A) शिक्षा युवा तथा खेलकुद शाखा

(B) जिल्ला समन्वय समिति

(C) विद्यालय

(D) शिक्षा विकास तथा समन्वय एकाइ

 

२५. सामाजिक विकास मन्त्रालय अन्तर्गतका निकायहरु के के हुन् ?

 (A) शिक्षा विकास निर्देशनालय

(B) शिक्षा तालिम केन्द्र

(C) शिक्षा विकास तथा समन्वय एकाइ

 (D) A र B दुबै

 

२६. सामाजिक, आर्थिक वा भौगोलिक कारणले पछाडी पारिएका व्यक्तिहरुलाई विभेदरहित बाताबरणमा दिइने शिक्षालाई के भनिन्छ?

(A) विशेष शिक्षा

(B) समावेशी शिक्षा

(C) अनौपचारिक शिक्षा

 (D) विशिष्ट शिक्षा

 

२७. शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय शिक्षा परिषद्को अध्यक्ष को हुन्छ ?

 (A) लोक सेवा आयोगको अध्यक्ष

(B) शिक्षा मन्त्री वा राज्य मन्त्री

(C) सदस्य राष्ट्रिय योजना आयोग, शिक्षा हेर्ने

 (D) मन्त्रालयको सचिव

 

२८. संस्थागत माध्यमिक विद्यालय खोल्ने अनुमति लिँदा विद्यालय सञ्चालनको सुरक्षण वापत कति रकम राख्नु पर्दछ ? (A) ५० हजार

(B) १लाख

(C) १लाख ५० हजार

 (D) २ लाख

 

२९. राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को सदस्य सचिव को हुने व्यवस्था छ ?

 (A) उपकुलपति, त्रि.वि.

(B) मन्त्रालयको सचिव

(C) कार्यकारी निर्देशक, पा.वि.के.

 (D) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने)

 

३०. कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताहरु लाई कहिले देखि घर सापटी कार्यक्रम सुरु गर्यो?

(A) वि.सं. २०६२ श्रावण १६

(B) वि.सं. २०६२ श्रावण १७

(C) वि.सं. २०६२ श्रावण १८

 (D) वि.सं. २०६२ श्रावण १९

 

३१. नेपाल सरकारले २०५६ भाद्र १ देखि काठमाडौं उपत्यकामा निजामति कर्मचारीलाई आइतबार बिदा दिने गरेकोमा कहिले देखि सो विदा हटाउने निर्णय गरियो ?

(A) वि.सं. २०६२ वैशाख १

(B) वि.सं. २०६२ बैशाख १०

(C) वि.सं. २०६२ बैशाख १५

(D) वि.सं. २०६२ बैशाख २०

 

३२. निजामति सेवा (चौथो संशोधन) ऐन, २०७२ राजपत्रमा कहिले प्रकाशित भएको हो ?

 (A) वि.सं. २०७२ असार १५

(B) वि.सं. २०७२ असार २९

(C) वि.सं. २०७२ असार २०

(D) वि.सं. २०७२ असार १

 

३३. शोधग्रन्थ, राष्ट्रिय जनगणना, आर्थिक सर्वेक्षक, अध्ययन प्रतिवेदन तथा विभिन्न अभिलेख बाट प्राप्त तथ्याङ्कलाई कुन स्रोत अन्तर्गत राखिन्छ?

 (A) प्राथमिक स्रोत

 (B) द्धितीयक स्रोत

(C) अवलोकनीय स्रोत

(D) पुस्तकालयीय स्रोत

 

३४. सम्बन्धित तहको जिम्मा विद्यार्थी सङ्ख्यालाई सम्बन्धित तहका उमेर समूहको जम्मा जनसण्याले भाग गर्दा अनुपातलाई के भनिन्छ?

(A) खुद भर्नादर

(B) साक्षरता दर

(C) सहजै देखिने भर्नादर

(D) शिक्षक विद्यार्थी अनुपात

 

३५. तालिम प्राप्त शिक्षक सङ्ख्यालाई जम्मा शिक्षकले भाग गर्दा आउने अनुपातलाई के भनिन्छ?

(A) तालिम प्राप्त शिक्षक अनुपात

(B) लैंगिक समता सूचक

(C) विद्यालय विद्यार्थी अनुपात

(D) शिक्षक विद्यार्थी अनुपात

 

३६. प्राप्ताङ्कको सूहलाई क्रममा मिलाएर राख्दा विचमा पर्ने अंकलाई के भनिन्छ ?

(A) मध्यक

(B) मध्यिका

(C) रीत

(D) स्तरीय भिन्नता

 

३७. तलका मध्ये पाठ्यक्रमको कुन प्रकार सबैभन्दा पुरानो मानिन्छ ?

(A) मुख्य पाठ्यक्रम

(B) विषयकेन्द्रित पाठ्यक्रम

(C) क्रियाकलाप केन्द्रित पाठ्यक्रम

(D) सुषुप्त पाठ्यक्रम

 

३८. शैक्षिक उद्देश्य अन्तर्गत भावात्मक क्षेत्रका तहहरुको क्रम कुन हो?

(A) ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र मुल्याङ्कन

(B) प्राप्त गर्नु, प्रतिक्रिया जनाउनु, मान्यता दिनु, सङगठन र चारित्रीकरण

(C) प्रत्यक्षीकरण, तयार, निर्देशित प्रक्रिया, यान्त्रिकीकरण, जटिल कार्यको प्रतिक्रिया र मौलिकपन

 (D) कुनै पनि होइनन् ।

 

३९. माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार साधारणतर्फ कक्षा ९-१० को जम्मा विषय कति रहेका छन् ?

(A) अनिवार्य ६ र एच्छिक र २

(B) अनिवार्य ५ र ऐच्छिक ३

(C) अनिवार्य ४ र ऐच्छिक ४

(D) अनिवार्य ५ र ऐच्छिक ३

 

४०. शैक्षिक उद्देश्यहरुलाई कुन हदसम्म प्राप्त गर्न सकियो भनी किटान गर्ने प्रक्रिया मुल्याङ्कन हो । यो भनाई कसको हो ?

(A) टेलर

(B) गुड

(C) क्रोनव्याक

(D) स्टेफल विम

 

४१. कुनै एक शैक्षिक सत्र भित्र अध्यापन गराइएका विषयवस्तुमा विद्यार्थीले के कति ज्ञान, सिप तथा धारणा प्राप्त गयो भनि गरिने मूल्याङ्कन कुन हो?

(A) स्थान निर्धारण मूल्याङ्कन

(B) निदानात्मक मूल्याङ्कन

(C) निर्माणात्मक मूल्याङ्कन

(D) निर्णयात्मक मूल्याङ्कन

 

४२. विद्यालय निरीक्षकको मुख्य काम के हो ?

(A) विद्यालयको नियमित रुपमा निरीक्षण गर्नु

(B) अध्ययन अध्यापनको स्तर वृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गर्नु

 (C) शिक्षकहरुको मूल्याङ्कन गर्नु

(D) ऐन नियम, नीति निर्देशन तथा आदेशहरू पालन भए नभएको हेर्नु

 

४३. निरीक्षणको प्रमुख कार्य उत्तम शिक्षा विधि वा उपयुक्त शैक्षिक सिद्धान्तहरुको खोजी गर्नु तिनीहरुलाई शिक्षकहरु द्वारा लागु गराउनु हो भन्ने मान्यता कुन प्रकारको निरीक्षणले राख्दछ ?

(A) प्रशासनिक निरीक्षण

(B) दक्षतामूलक निरीक्षण

(C) सामुहिक सहयोगात्मक निरीक्षण

(D) अनुसन्धान मूलक निरीक्षण

 

४४. विद्यालयको निरीक्षण सुव्यवस्थित गर्ने प्रयासस्वरुप वि.सं. २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समुह कुन हो?

(A) निरीक्षण प्रभावकारिता अध्ययन समूह

(B) शिक्षा प्रशासन सुधार समूह

(C) निरीक्षण एकाइ परियोजना

(D) अपरेसन फ्लाइङ स्क्वाड

 

४५. इन्स्पेक्टर भन्दा निरीक्षक राख्नु राम्रो हुन्छ उनीहरुको काम सल्लाह दिनु हो। शिक्षकको कामको मुल्यांकन गर्न हेडमास्टर ने जिम्मेवार हुन्छ। यो भनाई कुन प्रतिवेदनको हो?

(A) राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन, २०११  

(B) सर्वागीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८

(C) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९

 (D) शिक्षा समितिको प्रतिवेदन, २०४९

 

४६. शिक्षा नियमावली, २०५९ अनुसार निरीक्षण गर्ने सम्बन्धमा जिल्ला शिक्षा अधिकारीको सुपरीवेक्षण सम्बन्धी कार्यमा तलको कुन पर्दैन?

(A) विद्यालयको स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने ।

(B) विद्यालयको बार्षिक शैक्षिक कार्यक्रमको नियमितरुपमा अनुगमन गरी सो अनुसार गर्ने गराउने ।

(C) प्रत्येक महिना कम्तिमा एक पटक विद्यालयको निरीक्षण तथा सुपरीवेक्षण गर्ने

(D) विद्यालय निरीक्षकले दिएको प्रतिवेदन अनुसार कारवाही गर्ने ।

 

४७. शिक्षक को भर्ना, छनोट, नियुक्ति, सरुवा, बबा, अबकास लगाएतका सम्पूर्ण वृत्तिविकास सम्बन्धि कार्यहरुको समष्टि रुपलाई के भनिन्छ?

(A) शिक्षक विकास

 (B) शिक्षक व्यवस्थापन

(C) पेसागत विकास

 (D) वृत्तिविकास

 

४८. शिक्षण पेसामा प्रवेश गर्नुभन्दा अगाडि विभिन्न विद्यालय तथा विश्वविद्यालयहरूबाट लिइने शिक्षा तथा तालिमलाई कुन पक्षभित्र समावेश गर्न सकिन्छ ?

 (A) शिक्षक विकास

(B) शिक्षक व्यवस्थापन

(C) शिक्षक तयारी

(D) शिक्षक भर्ना

 

४९. प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले कति दिनभित्र सम्बन्धित शैक्षिक तालिम केन्द्रमा अभ्यास कार्यको प्रतिवेदन पेस गर्नुपर्दछ ?

(A) ३० दिन

(B) ३५ दिन

(C) ४५ दिन

 (D) ६० दिन

 

५०. प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले ५० अङ्क वा सोभन्दा माथि प्राप्त गरेको छ भने त्यसलाई कुन श्रेणीमा राखिन्छ?

 (A) विशिष्टतासहितको प्रथम श्रेणी

(B) प्रथम श्रेणी

(C) द्धितीय श्रेणी

(D) सफल

 

सफलताको सुभकामना   ANSWER

1.C        2 .C               3.B                     4.D                    5.D                 

6.C                 7.B         8.B                  9 .D                      10.C       

11.D                12.A                 13.D           14 .A               15.A

16.B               17.A                 18.D                  19.B                   20.B

21.B                 22.A                 23.B                  24.C                    25.D

26.B                27.B                   28.D                  29.C                 30.A

31.A               32.B                33.B                   34.C                    35.A

36.B               37.B                   38.B                39.A                  40.A

41.D                 42.B                 43.B                 44.D                 45.A      

46.C                 47.B                48.C                  49.C                 50.D

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login