लक्ष्य र सफलता

लक्ष्य र सफलता

 
काग मात्र यस्तो पन्छी हो जसले हिंस्रक बाजलाई समेत अधीनमा ल्याउने साहस गर्छ। यो उडिरहेको बाजको पिठ्युँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ। तर बाजले तुरुन्तै कुनै पनि आक्रामक प्रतिक्रिया दिँदैन। न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।
 
 
आफूलाई ठुँगिरहेको कागको पर्वाह नगरी बाजले आफ्नो पखेटा फिँजाउछ र आकाशको उचाइतर्फ उडानको रफ्तार लिन्छ। उचाइको तीव्रता बढेपछि कागलाई सास फेर्न गाह्रो हुन्छ र अक्सिजनको कमीले गर्दा तल खस्छ।
 
 
यसकारण; जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता अल्झनलाई बेवास्ता गर्न सिक्नुहोस्। पिठ्युँ पछाडि ठुँग्नेहरूको निम्ति समय खेर नफाल्नुहोस्।
 
 
केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुहोस् । तिनीहरू आफै खस्नेछन्, तिनीहरूले आफैलाई गुमाउने छन् जो तपाईंको बुई चढेर कु-नियतका साथ आश्रीत बन्न चाहन्छन्।
 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login