धेरै प्रशंसा पनि हानिकारक

धेरै प्रशंसा पनि हानिकारक

एउटा जरायो जङ्गलमा चरिरहेको थियो त्यसै बेला उसलाई पानी प्यास लाग्छ । पानी प्यास लागेको जरायोले नजिकैको तालमा पानी पिउदै गर्दा आफ्नो प्रतिबिम्ब पानीमा देख्छ । पानीमा उसले आफ्ना बलिया र लामा सिङ्हरू देख्छ । ती सिङहरू हेरेर ऊ मनमनै मख्ख पर्छ र भन्छ-" आहा म सँग कती राम्रा सिंङ्हरू छन । यी सिङहरूले मेरो सान बढाएका छन ।" यस्तै यस्तै सोच्दा सोच्दै उसले यसो आफ्नो खुट्टा तिर हेर्छ त ऊ अनायाशै निराश हुन्छ । उसले भन्छ -"यति राम्रा सिङहरू छन मसँग तर दुर्भाग्य मेरा खुट्टाहरू चाँही यति सिकुटे र दुब्ला छन । यी खुट्टा अलि मोटा र राम्रा हुनु नि ।"
 
 
यत्तिकैमा जङ्गलमा एक हुल शिकारीहरू प्रवेश गर्छन् । शिकारीहरू आएको थाहा पाउदा बित्तिकै आफ्नो कल्पनाको सागरमा डुबिरहेको जरायो अनायासै यता उता दौडिन थाल्छ । तर दु:खको कुरा उसका लामा लामा सिङहरू झाडीमा गएर अल्झिन्छन यसरी झडिमा सिङ अड्किएर फसेको जरायोलाई शिकारीको टोलिले पक्रेर लैजान्छन ।
 
 
सिकारीहरूले उसलाई पक्रेर मार्नु अगाडि जरायोले सोच्छ-" म कती मूर्ख रहेछु, मैले जिन्दगीभरी मेरा सिङको प्रशंसा गरेँ तर मेरा दुब्ला र ख्याउटे खुट्टाको अलोचना गरिरहे । अन्तमा यस्तो भैदियो कि जुन खुट्टाको मैले सधैं आलोचना गरेँ ती खुट्टाले बरू मलाई बचाउन दौडिन मद्दत् गरे जुन सिङको मैले सधैं प्रशंसा गरेँ ती सिङ नै मेरो मृत्यु को कारण बने ।"
 
 
Moral : रुप,प्रसिद्धी र धनको घमन्ड बेकार छ ।
 
साभार : Tara ji 



  • Reviews (1)
  • shyamdk.999
  • 4 Years, 2 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login