- Home
- Show Content
नमुना :वक्तृत्वकला
नमुना :वक्तृत्वकला
नमुना -१ स्वस्थ जीवनका रहस्यहरू
श्री सभाध्यक्षज्यू,
श्रद्धेय निर्णायकमण्डल,
आदरणीय गुरुवर्ग एवम्
प्यारा साथी-सहेलीहरू।
आजको यस वक्तृत्वकला प्रतियोगितामा “स्वस्थ जीवनका रहस्यहरू' विषय शीर्षकअन्तर्गत आफ्ना मनमा लागेका दुई-चार शब्दहरू प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। सुस्वास्थ्य नै असल जीवनको वास्तविक आधार हो। मन र शरीर दुवै तन्दुरुस्त रहेको मानिसलाई स्वस्थ भनिन्छ। स्वास्थ्यसँग जीवनका सक्रियताको गहिरो सम्बन्ध हुने तथ्यलाई कसैले नकार्न सक्तैन । हामीलाई कार्यकुशल तल्याएर जीवनको उच्चतामा पुयाउने हानै स्वास्थ्य हो। 'स्वस्थ शरीरमा नै स्वस्थ मनको निवास हुन्छ' भन्ने उक्तिले जीवनमा स्वस्थताको सर्वोपरितालाई नै पुष्टि गरिरहेको देखिन्छ। अस्वस्थ शरीरमा स्वस्थ मन नरहने भएकाले स्वास्थ्यहीन जीवन नारकीय तथा पंगु हुन्छ भन्नुमा दुईमत हुन सक्तैन।
सभाध्यक्ष महोदय ! अब म स्वस्थ कसरी रहन सकिन्छ, त्यसका रहस्यहरूबारे प्रकाश पार्न चाहन्छु। स्वस्थ रहनका लागि सर्वप्रथम हामीले आफ्नो खानपान र आहारविहारमा ध्यान पुयाउनुपर्छ। जुनसुकै बेला र जे मन लाग्यो त्यही खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्दछ। हामीले 'अति सर्वत्र बर्जयत्' भन्ने भनाइको स्वास्थ्यका सम्बन्धमा पनि अक्षरशः पालना गर्नुपर्ने हुन्छ। अति भोजन, अति जागरण, अति शयन, अति विलास, अति श्रम आदि सबै स्वस्थताका दुश्मन हुन्। नियमित व्यायाम गर्नुलाई आरोग्यको जनक मानिन्छ। जसले बढी शारीरिक श्रम गर्नु पर्दैन, त्यसले त स्वस्थ भएर बाँने आधार नै व्यायाम हो। सबेरै सुत्ने, बिहानै उठ्ने, नित्य स्नान गर्ने, नित्य बिहान पैदल भ्रमण गर्ने, सन्तुलित भोजन खाने, दिउँसो नसुत्ने, श्रमशील रहने निश्चित समयमा मात्रै भोजन ग्रहण गर्ने जस्ता कुराहरूमा विचार पुयाई आफ्नो दिनचर्यालाई व्यवस्थित गर्ने मान्छेले स्वस्थ रहन औषधिका पुरिया र भिटामिनका गोलीहरूको पछाडि दगुर्ने पदैन। सभाध्यक्षज्यू, ज्यादा मोटाउनु अथवा अत्यधिक दुब्लो देखिनु दुवै अस्वस्थताका कारण हुन् । भ्यात्त भुंडी निक्लेका भुंडेहरू त झन् एउटा न एउटा रोगबाट सताइएकै हुन्छन् । तसर्थ स्वस्थ एवम् आदर्श शरीर त्यो हो, जो न धेरै मोटो हुन्छ न पातलो। सुगठित मांसपेशी, बलिष्ट भुजा, चौडा छाती, कसिएको कम्मर, झरिलो र हँसिलो चेहरा तथा उद्यमशील जाँगर सुस्वास्थ्यका पहिचान हुन् । सौभाग्यशाली व्यक्तिको सर्वोत्तम धन नै सुस्वास्थ्य हो।(जनाउ घण्टी लाग्दछ।)
अन्त्यमा म के भन्न चाहन्छु भने हामीले आफ्नो स्वास्थ्यप्रति सधै, सचेष्ट रहेर दुर्व्यसनहरूलाई परित्याग गरी सादा जीवन र उच्च विचारको मार्ग अवलम्बन गर्दै आफ्नो दिनचर्यालाई 'अति' को असरबाट मुक्त गरी प्रकृतिका नीति, नियम र निर्देशनहरूको आडमा चल्ने प्रयत्न गर्नुपर्छ। स्वस्थ मानिसका लागि यो धर्ती स्वर्ग हो भने अवस्थका लागि रौख-नरक । स्वस्थ मानिसले नै यस धर्तीका यावत् सुखहरू उपभोग गर्न पाउँछ। मानवीय सभ्यताको विकास स्वस्थ मानिसहरूकै पुरुषार्थको परिणति हो। तसर्थ स्वस्थ जीवनका रहस्यहरूलाई अवलम्बन गरेर जीवनलाई स्वर्ग बनाऔं भन्दै आफ्ना दुई शब्द यहीं टुङ्ग्याउने (घण्टी बज्छ) अनुमति माग्दछु।
धन्यवाद !
.............................................................................................................................
नमुना -२ 'सुर्ती सेवनबाट हुने हानि'
उत्तरः श्री सभाध्यक्षज्यू,
श्रद्धेय निर्णायकमण्डल,
आदरणीय गुरुवर्ग एवम् प्यारा साथीहरू !
आज यस वक्तृत्वकला प्रतियोगितामा 'सुर्ती सेवनबाट हुने हानि' शीर्षकअन्तर्गत दुईचार शब्द बोल्न पाएकोमा मलाई अपार हर्ष लागेको छ। मानव समाजमा विद्यमान कतिपय कुलतहरूमध्ये सुर्ती सेवन घातक कुलत हो। यसले मानिसलाई आफ्नो वशमा पारेर उसको धन, शक्ति र स्वास्थ्यको नराम्रोसँग शोषण गर्दछ। कुनै पनि अर्थमा यो मानव हितकारी हुँदैन । यसले प्रयोक्तालाई त खग्रास पार्छ नै साथै आसेपासेहरूको स्वास्थ्यलाई पनि प्रभावित तुल्याउँछ। चुरोट उत्पादन गर्ने कारखानाहरू सही अर्थमा भन्ने हो भने निकोटिनरूपी विष उत्पादन गर्ने कारखाना हन। सरकारद्वारा यस्ता कारखानाहरूलाई प्रोत्साहन दिइनु परोक्ष रूपमा जनस्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गैरनैतिक कार्यलाई संरक्षण दिनु हो। निकोटिन यस्तो विष हो, जसले मानिसको मस्तिष्कमा सीधै प्रतिकूल असर पुयाउँछ। यसले मुटुका नसाहरूलाई साँधुयाउने र धमनीहरूमा रगत जमाउने काम गर्दछ। निकोटिनमा कार्बोन-मोनोक्साइड, चिल्लो एसिड, बढी ग्लुकोज, कोर्टिसल र हार्मोनहरू हुने हुनाले यसले मानव शरीरमा अक्सिजनसम्बन्धी समस्या उत्पन्न गराउँछ। अक्सिजन प्राणवायु हो। जब प्राणवायुलाई नै सुर्तीसेवनले दूषित तुल्याइदिन्छ भने यसलाई सेवन गर्नेले स्वस्थ भएर बाँच्ने कल्पना गर्नु नै अर्थहीन देखिन्छ।
सभाध्यक्ष महोदय, 'संगत गुनाको फल' भने झै सुर्तीसेवकले आफू वरपरका मानिसहरूको स्वास्थ्यमा त हानि पुयाउँछ नै झन् नवजात शिशुहरूका लागि त ऊ अभिशाप नै बन्न पुग्दछ। गर्भवती महिलाले सुर्ती सेवन गरेमा उनले स्वस्थ सन्तानलाई कहिल्यै जन्माउन सक्तिनन् । सुर्ती सेवनले आफ्नो स्वास्थ्यमा, बच्चाको स्वास्थ्यमा र वरपर बस्नेहरूको स्वास्थ्यमा नराम्रो असर पार्ने मात्रै होइन यसले धनसम्पत्तिको पनि सर्वनाश गर्दछ। किसिम-किसिमका महँगा चुरोट किनेर धूवाँमा उडाई आफ्नो स्वास्थ्यलाई हानि पुयाउनु कहाँसम्मको बेबकुफी हो। चुरोटमा गरिने धन परिवारका आवश्यकताहरू पूरा गर्न अथवा पोषक खाद्य वस्तुहरूमा खर्च गर्ने हो भने त्यसको ठूलो सदुपयोग मानिन्थ्यो तर मानिसले धूवाँ उडाएर धन र शरीर दुवैलाई नराम्ररी जलाइरहेको हुन्छ। सुर्तीको महामारी भनेको एउटा यस्तो सरुवा रोग हो, जुन विज्ञापन, देखासिकी र रहरले सर्ने गर्छ। (जनाउ घण्टी बज्छ) त्यसैले सभापति महोदय, म अन्त्यमा के भन्न चाहन्छु भने हामीले नयाँ पुस्तालाई सुर्तीका कुलतमा फस्न कदापि दिनुहुँदैन र फसेकाहरूलाई पनि त्यस्तो कुलतबाट मुक्त गर्ने प्रभावकारी कार्यक्रमहरू संचालन गरी सरकारले र समाजले आफ्नो सकारात्मक दायित्व निर्वाह गर्नुपर्छ भन्दै आफ्ना दुई शब्द यहीं टुङ्ग्याउने अनुमति माग्दछु।
धन्यवाद ।
...........................................................................................................
नमुना -३ नेपाली हुनाको गौरव
उत्तर:
सभाध्यक्षज्यू,
श्रद्धेय निर्णायकमण्डल,
आदरणीय गुरुवर्ग एवम् प्यारा साथीहरू!
'नेपाली हुनाको गौरव' शीर्षकअन्तर्गत यस वक्तृत्वकला प्रतियोगितामा तपाईंहरूको सामुन्ने उभिएर आफ्नो मनमा लागेका दुई-चार शब्द बोल्ने अवसर पाएकोमा म निकै हर्षित र उत्साहित भएको छु। 'नेपाली हुनाको गौरव' बारे बोल्नुपर्दा सर्वप्रथम म नेपाललाई विश्वमा उच्च पहिचान दिलाउने कारक विषयहरूमाथि प्रकाश पार्न चाहन्छु। विश्वको सर्वोच्च पर्वतशृङ्खला हिमाल हानै मुलुकमा विद्यमान छ। गौतम बुद्धजस्ता महामानवको जन्मस्थल लुम्बिनी र जनक तथा सीताजस्ता पूजनीय व्यक्तिहरूको प्रादुर्भावक पुण्यभूमि जनकपुर हानै राष्ट्रका सम्पदा हुन्। क्षेत्रफलको हिसाबले जलश्रोतमा विश्वको दोश्रो मुलुकको दर्जा नेपालले नै पाएको छ। विश्वमा गोर्खाली वीरहरूले देखाएको अनुपम बहादुरीको इतिहास नेपाल र नेपालीलाई गौरवान्वित तुल्याउने अर्को उल्लेखनीय प्रकरण हो। राष्ट्रिय भूआकृतिको विविधता र सांस्कृतिक विविधतामा एकता नेपाली प्रतिष्ठाका अङ्ग हुन्। नेपालको हरियो वनमा विश्वमा कतै नपाइने दुर्लभ पशुपन्छीहरू पाइनु तथा पर्यटकीय स्थलहरूको बाहुल्य रहनु पनि राष्ट्रको गरिमालाई उचाल्ने प्राकृतिक वरदान हुन् । यसका अतिरिक्त हाम्रो लामो राजतन्त्रात्मक संस्कृति, सरलता, स्वच्छता तथा शान्तिप्रियतातर्फको झुकाव तथा 'बसुधैव कुटुम्बकम्' को आदर्श नेपाली गौरवको स्मरणीय पाटो हो। सभाध्यक्षज्यू, उक्त प्राकृतिक एवम् राष्ट्रिय विशेषताहरूको सेरोफेरोमा हरेक नेपालीले नेपाली हुनाको गौरव महसुस गरेकै हुन्छ। हाम्रो हिमाल सर्वोच्च पर्वतशृङ्खलाको आडमा मात्र प्रसिद्ध नभएर यहाँ पाइने दुर्लभ जन्तुहरू र अनमोल जडीबुटीहरूले पनि विश्वविख्यात रहेको छ। यहाँका हिमनदी र त्यसबाट निस्कने स्वच्छ एवम् पवित्र जलका बाहै महिना बग्ने नदीहरू तथा हिमाली प्रकृतिको मादकताले नेपालीहरूलाई सधैं गौरवान्वित तुल्याइरहन्छ। विश्वभरिका पर्वतारोहीहरू हिमालतर्फ आकर्षित भएर ओइरो लागेको देख्ता कुन नेपालीको हृदय गौरवानुभूतिले नधड्कला ?
विश्वभर व्यापक प्रभाव जमाउने बौद्धधर्मका प्रणेता महात्मा गौतम बुद्धको जन्मस्थल लुम्बिनी हानै राष्ट्रको प्राकृतिक गहनाका रूपमा विद्यमान छ। राजा शुद्धोधनको दरबारका अवशेषहरू तथा त्यहाँ उपलब्ध अन्य पुरातात्विक महत्त्वका प्राचीन सामग्रीहरूले हाम्रो सांस्कृतिक गरिमालाई गौरवमय तुल्याइदिएका छन् । हाम्रा पुर्खाका बहादुरीको इतिहास प्रत्येक नेपालीलाई गौरवान्वित तुल्याउने अर्को पाटो हो। वीर गोर्खाली योद्धाले विश्वयुद्धको विभीषिका उर्लेका बेला विश्वका विभिन्न मुलुकहरूमा पुगी आफ्नो पराक्रमको चमत्कार मात्र देखाएनन् आफ्नो राष्ट्रलाई हडप्न चाहने साम्राज्यवादी विशाल शक्ति अग्रेजलाई घुडा टेकाएर निर्भीकतापूर्वक स्वदेशको रक्षा पनि गरे। राष्ट्रको रक्षाका लागि प्राणको आहुती दिन किञ्चित मात्र पनि नहिच्किचाउने हाम्रा पुर्खाको वीरतापूर्ण इतिहासले पनि हामीलाई नेपाली हुनुको गौरव प्रदान गरेको छ।
हाम्रो मुलुक क्षेत्रफलका हिसाबले सानै भए तापनि भौगोलिक आकृतिगत विशेषताले भने अत्यन्न सम्पन्न एवम् समृद्ध छ। यहाँ अग्ला, मध्यम दर्जाका र होचा पहाडहरूदेखि लिएर समतल तराईफाँट र अनेकौं खोंच, उपत्यका, टार र देउरालीहरू पनि छन्। नदीनाला, छाँगा, झर्ना र छहराहरूको यहाँ कुनै कमी छैन । यहाँ गर्मीमा निकै गर्मी र जाडोमा बाहै महिना जाडो रहने ठाउँ र बस्ती पाइन्छ। विश्वका यावत् भू-भागमा पाइने वनस्पति नेपालमा पनि पाइन्छन् । विश्वका चारै भाषिक परिवारका जनता संख्यामा घटी-बढी जे भए पनि नेपालमा बसोबास गर्दै आएका छन् । अनेकौं जातजाति, भाषा र सांस्कृतिक विविधताभित्रको एकताले नेपाल विश्वमा 'नमुना मुलुक' का रूपमा स्थापित भएको छ। यहाँ हिन्दू, बौद्ध र इस्लाम धर्म मान्ने जनता आपसमा साम्प्रदायिक सद्भाव कायम गरी अत्यन्त मिलीजुली बसेका छन् । पर्यटकीय दृष्टिकोणले नेपाललाई 'विश्वको स्वर्ग' भनेमा कुनै अत्युक्ति हुँदैन। अपेक्षित विकासलाई पर्खेर बसेका यहाँका अनेकौं पर्यटनस्थलहरू भविष्यमा विश्वभरका जनताका प्रमुख आकर्षक स्थल हनसक्छन् । यहाँका वन्यजन्तु आरक्ष, राष्ट्रिय निकुञ्ज तथा वन-उपवनहरूमा पाइन दुर्लभ चराचुरुङ्गी, पशुपन्छी र पुतलीहरू एवम् वनस्पति र सुनाखरी फललगायतका उल्लेखनीय प्राकृतिक उपलब्धिहरूले नेपाललाई विश्वको कुनै मुलुकभन्दा प्राकृतिक संसाधनमा पछि पर्न दिएको छैन । हाम्रो लामो राजतन्त्रात्मक संस्कृति सरलता, स्वच्छता र शान्तिप्रियतातर्फ झुकाव राख्ने आदर्श, विश्वभाइचाराको सन्देश निसृत गर्दै संयुक्त राष्ट्र संघमा फहराउने चन्द्र-सूर्य अङ्कित झन्डा, पर्वतारोहणको अभेद्य इतिहास आदि सबै हामीलाई 'नेपाली हुनुको गौरव' प्रदान गर्ने विषय हुन्। (जनाउ घण्टी बज्दछ)
सभापति महोदय, नेपाल र नेपालीका गौरवको विवरण दिंदा नेपालीहरूलाई गौरवान्वित तुल्याउने राष्ट्रिय सम्पदाहरूको लामो शृङ्खला मेरो अघिल्तिर उपस्थित हुन्छ। मैले माथि उल्लेख गरेका सन्दर्भहरू केही सार-संक्षेपहरू मात्रै हुन्। हाम्रो सामाजिक संरचना, धार्मिक धरोहरहरूको वैशिष्ट्य, मानवीय गतिविधिका अनकौं सकारात्मक पक्षहरू, जसले मलाई नेपाली भएकामा क्षणक्षणमा गौरवको अनुभूति दिन्छन् ती सबैको परिचर्चा (अन्तिम घण्टी बज्छ) यहाँ संभव नभएकाले आफ्नो वक्तव्य यहीं टुङ्ग्याउने अनुमति माग्दछु।
धन्यवाद ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review