- Home
- Show Content
खुशी बाहिर होइन मन भित्र खोज्नुपर्छ
खुशी बाहिर होइन मन भित्र खोज्नुपर्छ
साँझको बेला थियो, एक गुरु आफ्नो आश्रम अगाडिको बाटोमा निहुरिएर केही कुरा खोजिरहेका थिए । त्यत्तिकैमा उनका शिस्यहरू आएर सोध्छन "गुरु हजुरले के खोजिरहनु भएको छ , हामी पनि मदत गर्न सक्थ्यौ कि ?" गुरुले भन्छन, "मेरो सीयो हरायो , कृपया मलाई सीयो खोज्न सहयोग गर । गुरुको आग्रह बमोजिम उनको आश्रममा रहेका सबै शिस्यहरू आएर जोडतोडका साथ सीयो खोज्न थाल्छन ।
लामो समय खोज्दा पनि सियो नभेटिए पछी शिश्यहरूले सोध्छन -"गुरु पहिले हामीलाई यो बताउनुहोस् कि सीयो कहाँ हराएको थियो ?" गुरुले जवाफ दिन्छन -" ए सियो , सीयो त घर भित्र हराएको थियो नि ?" गुरुको कुरा सुनेर सबै शिस्यहरू आस्चर्य मान्दै भन्छन - "अनी घर भित्र हराएको सियो बाहिर बाटोमा खोजेर भेटिन्छ त ? त्यो भेटाउन त घर भित्रै पो खोज्नु पर्छ त । " गुरुले भन्छन " घर भित्र खोज्न उज्यालो हुनु पर्यो नि , घर भित्र त अध्यारो छ ।" गुरुको यस्तो मुर्खतापूर्ण तर्क सुनेर उनका शिष्यहरूले भन्छन - "घर भित्र उज्यालो नभए त बाल्ने हो नि । " शिष्यहरूले के यसो भनेका थिए , गुरुले मुस्कुराउदै भन्छन - "तिमीहरूलाई मैले कती पटक भनेँ कि खुशी बाहिर होइन मन भित्र हराएको छ यसर्थ खुशी खोज्न बाहिर होइन मन भित्र पस्नुपर्छ भनेर तर तिमीहरूले कहिल्यै मेरो कुरा बुझेनौ , त्यसैले तिमीहरूलाई त्यही कुरा बुझाउन मैले यो नाटक रचेको हुँ । "
त्यत्तिकैमा शिष्यले भन्छन - "गुरु हजुरले खुशी मन भित्र खोज्ने त भन्नु भो तर मन त अन्धकारमय छ नि ,कसरी मन सम्म पुग्ने ?" गुरुले जवाफ दिन्छन -"अध्यारो छ भने त उज्यालो पार्नु पर्छ नि ज्ञान रुपी दीयो बालेर ।" । यो धर्तिमा धेरै जसो मान्छेहरू सुख र खुशीको खोजीमा भट्किरहेका छन ।
उनिहरूलाई लाग्छ कि धन कमाए पछी खुशी मिल्ला, उनिहरू धन कमाउछन तैपनी उनिहरूले सोचेको खुशी मिल्दैन । उनिहरू ठान्छन् राम्रो राम्रो गहना कपडाहरूले खुशी देलान, उनिहरू किनेर ल्याउछन नयाँ महङ्गा ब्रान्डेड कपडाहरू गहनाहरू तर कपडाले-गहनाहरूले खुशी दिदैनन ।
उनिहरू ठान्छन खुशी फाइभ स्टार होटलको खाना,पिज्जा ,बर्गरले देला,महङ्गा परिकार र खाना सेटमा पनि उनिहरूले खोजेको खुशी भेटिदैन । कतिपय ठान्छन कि पढेर निश्चित डिग्री लिएपछी खुशी मिल्ला, उनिहरू डिग्री लिन्छन तर उनिहरूले खोजेको खुशी रिजल्टको दिन भन्दा धेरै समय टिक्दैन । उनिहरू ठान्छन प्रसिद्दी र सम्मानले खुशी देला अनि भाग्छन् , प्रसिद्दी र प्रतिष्ठाको पछाडि, अहँ त्यहाँ पनि खुशी भेटिदैन । जसरी कस्तुरी म्रिग आफ्नै नाभिको बास्ना चिन्न नसकेर सुगन्धको खोजीमा बाहिर बाहिर भौतारिरहेको हुन्छ त्यस्तै मानिसहरू पनि आँफैभित्र सुख खोज्नुको सट्टा बाहिरतिर सुख खोजिरहेका हुन्छन ।
यदी तिमी आफ्नै छायालाई लखेटिरहन्छौ भने त्यसलाई तिमीले कहिले भेट्ने छैनौ । जती छिटो तिमी दौडिनेछौ त्यती नै छिटो छाया पनि दौडिने छ । यसर्थ एक छिन् रोकिएर हेर , छाया कहाँबाट आएको छ ? तब तिमीले थाहा पाउने छौ छाया त तिम्रै कारणले बनेको रहेछ । धन-दौलत, पैसा प्रसिद्दी छाया जस्तै हुन तिनिहरूको पछी लाग्नुको सट्टा ती कहाँ छन त्यो पत्ता लगाउ । ती सबै सफलताहरू तिमीभित्रै छन , यसर्थ आँफैलाई उत्खनन गर, सुधार, खार ,निखार ।
सफलता तिमीभित्रै भेटिने छ सुख पनि तिमीभित्र नै । तिम्रो वास्तविक स्वभाव के हो क्षमता के हो ,तिमिभित्र के बन्ने, के गर्ने खुबी प्रबल छ ? सबैभन्दा पहिले त्यो पत्ता लगाउ । त्यसैलाई मलजल गर त्यसैलाइ हुर्काउ । त्यसैले तिमीलाई वास्तविक सफलता र सदाबहार खुशी दिनेछ ।
तिमीले सोध्लाऊ कसरी पत्ता लगाउने ? केही दिन एकान्तमा बस , आफ्नो लागि समय देऊ ,तिम्रो चन्चलतालाई शान्त बनाउ । चन्चल सतह र धमिलो पानी रहेको पोखरीमा होइन शान्त पोखरिको गहिराइमा रहेका चिज बस्तुहरू मात्र प्रष्ट देखिन्छ्न । तिमी पनि एक शान्त पोखरी जस्तो बन र हेर आफ्नो गर्भमा लुकेका हीरा मोती र जुहारतहरूलाई । त्यसले नै तिमीलाई वास्तविक खुशी र सफलता सँग साक्षातकार गराउने छ ।
source : Tara jii
facebook :


Dr. Tara ji kaa Katha sadhai Sandesh mulak can ;)
Leave a review