पुरानो घडी र यसको मूल्य

पुरानो घडी र यसको मूल्य

आफ्नो मृत्यू अगाडि बाबुले छोरालाई बोलाएर आफ्नो हातमा लगाएको घडी फुकालेर दिंदै भने ‘‘यो २०० वर्ष पुरानो घडी हो, जुन तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो । यो घडी तिमीलाई दिनु अगाडि पहिले तिमी घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ।”
 
एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो ‘‘यसलाई त पचास रुपैयाँ मात्र पर्ने रहेछ किनकि यो निक्कै पुरानो रहेछ। 
 
 
बुबा: ‘‘त्यसो भए अर्को पसलमा गएर सोध त अलि धेरै दिन्छ कि?
 
 
छोरा एकछिन पछि फर्केर आयो र भन्यो, ‘‘त्यहाँ पनि पचास रुपैयाँ मात्र दिने रहेछ। 
 
 
बुबा: ‘‘त्यसो भए तिमी एकपटक संग्रहालय जाऊ र यसको मूल्य सोधेर आऊ ।”
 
 
एकछिन पछि छोरो दङ्ग पर्दै आएर भन्छ, ‘‘त्यहाँ त यस घडीको मूल्य दश लाख रुपैयाँ दिने रहेछ।”
 
बाबुले घडी छोराको हातमा राख्दै भन्छन् ‘‘बाबु, सबैले सबै कुराको महत्व बुझ्न सक्दैनन् । जुन ठाउँ र मानिसले तिम्रो महत्व बुझ्छन् त्यही ठाउँमा जानुपर्छ साथै कसैले पनि तिम्रो महत्व बुझेनन् भने पनि रिसाउनु चै हुदैन । यति बुझ कि बस त्यो ठाउँ तिम्रो लागि उपर्युक्त छैन र एक दिन तिमी यो घडी जस्तै उपयुक्त ठाउँमा पुग्नेछौ”



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login