दैनिकी लेखन

दैनिकी लेखन

दैनिकी

परिचय:

लेखकले सम्बन्धित दिनमा गरेका मुख्य मुख्य काम अथवा घटनालाई सिलसिलाबद्ध वर्णनलाई दैनिकी भनिन्छ ।'दैनिकी' व्यक्तिले गरेको काम र अनुभवको सिलसिलाबद्ध विवरण हो । यसमा व्यक्तिका दुखसुख, पश्चात्ताप, निर्णय र अटोटहरू सङ्कलित हुन्छन् ।

 

यो व्यक्तिको निजी अभिलेख र इतिहास दुवै हो । यो मानिसको दैनिक क्रियाकलापको विवरण भएकाले सामान्यतया राती सुत्ने बेलामा लेख्ने गरिन्छ । यसबाट विगतका दुर्घटनाबाट जोगिएर भविष्यमा अगाडि बढ्न निकै सहयोग पुदछ । दिनभरमा गरेका मुख्य मुख्य काम वा घटनालाई प्रथम पुरुष कथन ढाँचामा विभिन्न अनुच्छेदमा लेख्ने गरिन्छ ।  

 

दैनिकी लेखनका  केहि प्रचलित तरिका :

  • दैनिकी लेख्ने पृष्ठको सिरानमा देब्रेतिर साल, महिना, गते र बार लेख्ने,
  • जस्तै :२०७३ वैशाख १ गते बुधबार

 

  • दैनिकी लेखकले सम्बन्धित दिनमा गरेका मुख्य मुख्य काम अथवा घटनालाई सिलसिलाबद्ध वर्णन गरी एक वा आवश्यकताअनुसारका अनुच्छेदहरू राख्ने,

 

  • जस्तै: उषाकालीन सूर्य क्षितिजपारि रहेका बखत म आफ्नै ओछ्यानको सिरकभित्र रङ्गिन सपना देखिरहेको थिए“ । गाडीको कर्कश ध्वनिले मेरो निद्रा भङ्ग भयो । आज विद्यालयबाट लगिने वनभोज कार्यक्रममा सहभागी हन छ। वनभोज स्थल टाढा र पहाडको बाटो भएकाले सबेरै हि“ड्ने कुरा छ । त्यसैले हतार हतार उठेर नित्यकर्म सकें, चिया खाएर विद्यालयतर्फ प्रस्थान गरे ।

 

३.दिनभरमा गरेका मुख्य मुख्य काम वा घटनालाई प्रथम पुरुष कथन ढाँचामा विभिन्न अनुच्छेदमा लेख्ने ।

 

दैनिकी लेख्दा ध्यान दिनुपर्ने कुराहरू

१. आफूले लेख्दै गरेको विषयलाई राम्रोसित बुझ्ने,

 

२. दैनिकी लेख्ता सबैभन्दा पहिले बायाँपट्टि दैनिकी लेख्ने दिनको मिति, स्थान र समय लेख्नुपर्छ ।स्मरण रहोस् मिति लेख्दा साल, महिना, गते, बार र आवश्यक परे समय क्रमशः लेख्नुपर्छ ।

 

३. मितिभन्दा तल आफूले दिनभरि गरेका काम वा अनुभवलाई सिलसिला मिलाएर विभिन्न अनुच्छेदमा विवरण वा वृत्तान्त लेख्नुपर्छ। महत्वपूर्ण घटना र तथ्यलाई समेटने प्रयास गर्नुपर्छ ।

 

४. यो निजी अनुभव र क्रियाकलापको प्रस्तुति हुने विधा भएकाले यसमा प्रथम पुरुष शैली र भूतकालिक  क्रियापदहरूको प्रयोग गर्नुपर्छ। अर्थात् प्रथम पुरुष वा आत्मपरक शैलीमा लेख्दै भूतकालका वाक्यहरूको प्रयोग गर्नुपर्छ   ।

 

५. विशेष दिन वा उल्लेखनीय घटना भएका दिन सोही दिनको सन्दर्भमा केन्द्रित भएर दैनिकी लेख्नुपर्छ।

 

६. छोटो,मीठो र सरल भाषशैलीको प्रयोग गर्नुपर्छ ।  

 

७. जुन दिनको घटना वा अनुभव हो त्यही दिन लेख्ने किनकि पछि लेख्यो भने त्यो दैनिकी हुँदैन, स्मरण हुन्छ।

 

८. उल्लेखनीय घटना बा कृयाकलाप नभएका दिन विवरण नलेखी सो दिनको मिति मात्र लेख्ने चलन पनि छ।

 

९. कुनै निर्धारित विषयमा दैनिकी लेख्नुपरेमा सो दिनको मिति र त्यस दिन हुन सक्ने कियाकलापको संस्मरणात्मक टिपोट वा काल्पनिक रूपरेखा तयार पारी त्यसको सिलसिला मिलाउनुपर्दछ ।

 

दैनिकीका नमुनाहरू अर्को Post मा हेर्नुहोस् :



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login