- Home
- Show Content
वीर पुर्खा कविताको मूलभाव र सारांश
वीर पुर्खा कविताको मूलभाव र सारांश
वीर पुर्खा कविताको मूलभाव र सारांश
वासुदेव त्रिपाठी (वि.सं. १९९९ - ) नेपाली साहित्य आकासका एक चर्चित साहित्यकार हुन्। उनका सबैजसो कविताहरू देशभक्तिपरक भावनाले ओतप्रोत भएका पाइन्छन् । उनको जन्म बाबु प्रेमदत्त त्रिपाठी र आमा गोमादेवीका सुपुत्रका रूपमा वि.सं. १९९९ साल चैत्र १३ गते भानुनगर, तनहुँ जिल्लामा भएको थियो। उनले नेपाली विषयमा नै त्रिभुवन विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि प्राप्त गरेका थिए। उनले वि.सं. २०३४ सालको मदन पुरस्कार प्राप्त गरेका थिए ।
वासुदेव त्रिपाठीद्वारा रचिएको वीर पुर्खा कविता एक देशभक्तिपरक कविता हो ।झ्याउरे लयमा रचिएको यस कविताले वीर पुर्खाहरूको कठिन संघर्षले आजको स्वतन्त्र राष्ट्र नेपालको निर्माण भएको हो भन्ने कुरामा कसैको पनि दुइमत हुन सक्दैन । आफ्न देशको स्वतन्त्रता र स्वाधिनता रक्षाका लागि हाम्रा वीर पुर्खाहरुले दिएको अतुलनीय योगदानका बारेमा चर्चा गरिएको छ ।उनीहरूको योगदानका कारण नै आज हामी गर्वका साथ हाम्रो देश नेपाल र हामी स्वाभिमानी नेपाली भन्न पाएका छौं । कुनै पनि पहाड वा खोलानदीले हाम्रा पुर्खाको गति अर्थात् लक्ष्यलाई छेक्न नसकेको कुरा यस कवितामा उल्लेख गरिएको छ ।त्यस्तै जस्तोसकै आँधीले पनि हाम्रा वीर पुर्खाको यात्रा रोकिएको थिएन अर्थात् जस्तोसुकै अवरोधले पनि हाम्रा वीर पुर्खाको लक्ष्यकेन्द्रित यात्रा रोक्न नसकेको कुरा कविले उल्लेख गरेका छन् । गरुडको झैं वेगमा हाम्रा पुर्खाहरूले आफ्नो एकीकरणको यात्रालाई अगाडि बढाएका थिए ।हाम्रा पुर्खाको वेगलाई आकाशले पनि बाँध्न सकेको थिएन । हाम्रा पुर्खाहरूमा भएको स्वाभीमान र एकताको भावनाले गर्दा हिमाल ,पहाड, तराई र मधेस एक भएको छ । वीर पुर्खाहरूको पौरखले रचिएको हाम्रो नेपाल हाम्रा लागि अत्यन्त गौरवको विषय हो । उहाँहरूले गरेको त्याग र समर्पणको हामीले कदर गर्न जरूरी छ ।
यस कवितामा कविले हाम्रा पुर्खाहरूले पूर्व टिष्टा र पश्चिममा कांगडासम्म रचेको विशाल नेपालको स्मरण गरिएको छ । पूर्वको टिष्टा हाम्रा वीर पुर्खाहरूलाई सम्झेर अझै पनि रुन्छ होला भन्ने कल्पना गरिएको छ । त्यस्तै पश्चिमको राबीले वीर पुर्खाले बगाएको रक्तधारा अझै पनि धुन्छ होला भन्ने कल्पना कविले गर्नुभएको छ । काँगडा र कलङ्गाको भूमिले नेपाली वीरको पक्षमा आवाज उठाएको छ । हाम्रा वीर पुर्खाको वीरताको गीत समग्र गङ्गाभरि गुन्जिरहेको कविको विश्वास रहेको छ । नेपालले गुमाउनु परेका भूभागको स्मरण गर्दै वीर पर्खाको गौरवगान गाइएको छ ।
डिगर्चाको चिसो हिउँभित्र हाम्रा पुर्खाको पाइला अझै सुरक्षित रहेका छन् । हाम्रा पुर्खाहरू कुनै पनि शक्तिसंग झुक्न जानेनन् । उनीहरूले उत्तरतर्फ पनि विजय यात्रालाई निरन्तरता दिँदै सीमा विस्तार पनि गरेका थिए । वेत्रावती किनारमा गोर्खाली वीरको पौरखको चिनो अझै भेटिन्छ । हाम्रा पुर्खाहरूलाई मित्रताले मात्र बाँध्न सकेको थियो। त्यस्तै हाम्रा पुर्खाहरूले सागर तरेर पनि विश्वभरी नै रगत बगाएर बहादुरी प्रदर्शन गरेका थिए । जसका कारण आज पनि हामी नेपाली संसारभर वीर गोर्खालीका नामले परिचित छौं ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review