सामाजिक -नमुना प्रश्न (कक्षा ११ )

सामाजिक -नमुना प्रश्न (कक्षा ११ )

                      नमुना प्रश्न

   विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

 कक्षाः ११                पूर्णाङ्कः ७५                

समयः ३ घण्टा

   सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।

 

                            समूह क           

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।           ११x१ = ११

१. जीवन उपयोगी शिक्षा भनेको के हो ?

२. सामाजिक अध्ययन र सामाजिक विज्ञान विचको कुनै एक भिन्नता लेख्नुहोस् ।

३. तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुझाव दिनुहोस।

४. परियोजना कार्य गर्ने सिलासलामा समुदायका व्यक्तिहरुसँग कसरी कुराकानी शुरु गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस।

५. आधुनिक मानवको पुर्खा कसलाइ मानिन्छ ?

६. तपाई बस्ने पर्यांवरणीय क्षेत्रमा अनुकुलन हुन तपाईले गर्नुभएका कुनै दुइवटा कार्यहरु लेख्नुहोस् ।

७ नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ?

८.अन्तरवैयक्तिक सिप भनेको के हो ?

९.योग  र ध्यानको एक/एकओटा महत्त्व लेख्नुहोस्।

१० विपद् जोखिमका दृष्टिकोणमा तपाई रहेको बस्ती कस्तो प्रकारको वस्ती हो ? यदि जोखिमयुक्त भएमा यस्ता जोखिमवाट सुरक्षित गर्ने कुनै एक उपाय लेख्नुहोस ?

११. आहार र स्वस्थ जीवनविचको सम्बन्ध एक वाक्यमा प्रष्ट पार्नुहोस।

 

           समूह ख              

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०

१२. वर्ड फाइल (Word file) मा टाइप गर्दादेखि प्रिन्ट गर्दासम्म तपाई कुन कुन चरणहरु पुरा गर्नुहुन्छ ? लेख्नुहोस।

             अथवा

तपाईले परियोजना कार्य पुरा गर्नुपर्ने अवस्थामा समुह नेताको हैसियतले समुहलाई कसरी परिचालन गर्नहुन्छ ?

१३. ढुड्गे युगको जीवन पद्धतीलाई पाँचवटा बुँदामा उल्लेख गर्नुहोस् ।

१४. जीवनशैलीको आधारमा मानव र वातावरण बीचको सम्बन्धको आधारमा व्याख्या गर्नुहोस्।

१५. मध्यकालीन एसियामा आर्थिक उतारचढाव थियो । यस भनाईलाई पुष्टि गर्नुहोस ।

१६. छुवाछत विरुद्ध जनचेतना जगाउनु पर्छ भन्ने सन्देश दिदै सम्पार्दाकयको नमूना तयार पार्नुहोस।

१७ वस्तीको परिचय दिदै ग्रामिण वस्तीका कुनै ४ प्रमुख विशेषताहरु उल्लेख गर्नुहोस्

१८ देशको आर्थिक विकासमा सरकारी, निजी र सहकारी सम्बन्धी तिन खम्बे आर्थिक नीतिले कसरी सहयोग पुर्याउँछ ।

 

                 समुह ग

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४

२०. तनाव र द्वन्द्वविचको सम्बन्ध उल्लेख गरी द्वन्द्व रुपान्तरमा तनाव व्यवस्थापनले कसरी भूमिका खेल्न सक्छ । उदाहरण सहित पुष्टि गर्नुहोस्।

२१. मानव समाज विकासको क्रममा पशुपालन तथा कृषि युगको शुरुआतको कारण उल्लेख गर्दै यस युगका विशेषताहरु चचा गर्नुहोस् ?

             अथवा

नेपाली समाजमा जात प्रथाले उब्जाएका समस्याहरू पहिचान गर्दै यसका समाधानका उपायहरु उल्लेख गर्नुहोस्।

२२. मितव्ययी जीवन शैलीका लागि तपाईंले के कस्ता व्यवहारिक अभ्यासहरु गर्नु भएको छ ? कुनै आठओटा व्यवहारिक अभ्यासहरु उल्लेख गर्नुहोस् ।

                  समाप्त

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login