- Home
- Show Content
नमुना प्रश्न - २
नमुना प्रश्न - २
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , पाठ्यक्रम विकास केन्द्रले भर्खरै कक्षा ११ को सामाजिक तथा जीवनोपयोगी शिक्षाको विशिष्टीकरण तालिका सार्वजनिक गरेको थियो । तालिकासंगै नमुना प्रश्न पनि सार्वजनिक गरेको थियो ।
नमुना प्रश्न - २
विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)
कक्षाः ११ पूर्णाङ्कः ७५ समयः ३ घण्टा
सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।
........................................
समूह क
तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। ११x१ = ११
१.सामाजिक अध्ययनको सुरुआत कुन देशबाट भएको हो ?
२.डिजिटल साक्षरता भनेको के हो ?
३. सामाजिक अध्ययनलाई किन औपचारिक विषय मानिन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
४.जीवनोपयोगी शिक्षाको सीपलाई व्यावहारिक मान्नुपर्ने कुनै एक कारण लेख्नुहोस् ।
५.एक वाक्यमा अन्तर्वैयक्तिक सीपलाई परिभाषित गर्नुहोस् ।
६.कस्तो युगलाई ढुंगे युग भनिन्छ ?
७.नेपालको संविधानका कुनै दुई विशेषता लेख्नुहोस् ।
८.जनघनत्वलाई परिभाषित गर्नुहोस् ?
९.नेपालमा पर्यटन विकासको कुनै एक प्रमुख संभावना लेख्नुहोस् ।
१०.IOT को पूरा रुप लेख्नुहोस् ।
११.नेपालबाट बिफर उन्मूलन कहिले भएको थियो ?
समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०
१२.सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाका साझा मान्यताहरू उल्लेख गर्नुहोस् ।
अथवा
तपाई कसरी अनलाइन पेमेन्ट गर्नुहुन्छ ? प्रस्तुत गर्नुहोस् ।
१३. ढुंगे युगको जीवन पद्धतिको संक्षिप्त वर्णन गर्नुहोस् ।
१४.समयको गणना कसरी गरिन्छ ?उदाहरणद्वारा प्रस्तुत गर्नुहोस् ।
१५.मध्यकालीन एसियामा आर्थिक उदय हुनुका प्रमुख चार कारणहरू लेख्नुहोस् ।
१६.सांस्कृतिक बहुलवाद भनेको के हो ?संक्षिप्त चिनारी दिनुहोस् ।
१७.ग्रामीण बस्तीको प्रमुख विशेषताहरूको सूची तयार गर्नुहोस् ।
१८.नेपालको अर्थतन्त्रमा पर्यटनको योगदानबारे चर्चा गर्नुहोस् ।
१९.परम्परागत स्वास्थ्य सेवा र आधुनिक स्वास्थ्य सेवाविच कुनै ५ वटा भिन्नता देखाउनुहोस् ।
अथवा
राष्ट्रियता बलियो बनाउन अपनाउनुपर्ने कुनै पाँचओटा उपायहरू सुझाउनुहोस् ।
समुह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४
२०.सामाजिक संजालको प्रयोगबाट शैक्षिक क्षेत्रमा के-कस्ता लाभहरू लिन सकिन्छ ? उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
२१.तपाईं तनाव व्यवस्थापनमा के-कस्ता रणनितीहरू उपयोग गर्नुहुन्छ ?चर्चा गर्नुहोस् ।
अथवा
व्यक्तिले सामाजिक व्यवहारका रूपमा समाजमा प्रदर्शन गर्ने प्रमुख पक्षहरूको विष्लेषणात्मक प्रस्तुती गर्नुहोस् ।
२२.स्वस्थ रहने सबभन्दा राम्रो तरिका भनेको स्वउपचार पद्धति नै हो । कस्तो उपचार पद्धतिलाई स्वउपचार पद्धति भनिन्छ ? यसको महत्त्व पनि उल्लेख गर्नुहोस् ।
नोट:कुनै सल्लाह ,सुझाव तथा गुनासा भए तपाईहरूले हाम्रो Facebook Page Sikne Thalo मा message गर्न सक्नुहुन्छ ।
facebook :


how can I download a PDF file of this 10 set questions
Leave a review