SEE - ०७७ परीक्षा तालिका प्रकाशित

SEE - ०७७ परीक्षा तालिका प्रकाशित

यस वर्षको एसईई  परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
 
त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।
 
विगतमा एसईई चैतमै हुँदै आएकामा यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो । सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ ।
 
साभार -- कान्तिपुर दैनिकबाट
एस ई ई २०७८ परीक्षा समय तालिका
 
 
  • मिति २०७८ जेठ १३ गते बिहीबार -अनिवार्य अङ्ग्रेजी 

 

  • २०७८ जेठ १४ गते शुक्रबार - अनिवार्य नेपाली 

 

  • २०७८ जेठ १६ गते आइतबार -अनिवार्य गणित 

 

  • २०७८ जेठ १७ गते सोमबार - अनिवार्य विज्ञान

 

  • २०७८ जेठ १८ गते मङ्गलबार-अनिवार्य सामाजिक अध्ययन 

 

  • २०७८ जेठ १९ गते बुधबार-अनिवार्य स्वास्थ्य ,जनसंख्या   तथा वातावरण शिक्षा 

 

  • २०७८ जेठ २० गते बिहीबार -ऐच्छिक प्रथमका विषय 

 

  • २०७८ जेठ २१ गते शुक्रबार-ऐच्छिक द्वितीयका विषय

  



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

helpful for my brother

Leave a review

To leave a review, please login to your account. Login