कार्यमूलक अनुसन्धानका शीर्षकहरू

कार्यमूलक अनुसन्धानका शीर्षकहरू

शिक्षकद्वारा गरिने कार्यमूलक अनुसन्धानका शीर्षकहरू  : 

अध्ययन–अध्यापन गराउँदा आउने समस्याको पहिचान, समस्या समाधान तथा सुधारका उपायहरू पत्ता लगाउन गरिने खोजमूलक कार्यलाई कार्यमूलक अनुसन्धान भनिन्छ । यो अनुसन्धान शिक्षकले आफ्नो निर्णय एवम् कार्यहरूको गुणात्मक उन्नतिका लागि प्रयोग गरिने अनुसन्धान हो । एउटा असल शिक्षकले शिक्षणका क्रममा आइपरेका समस्याहरू पहिचान गरी उक्त समस्याको समाधान गरी शिक्षणमा सुधार गर्न सिकारु, सिकाइ र गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ ।

काम गर्दै ,अनुभव गर्दै कार्यशैलीमा सुधार ल्याउने र समस्या समाधान गर्ने रणनैतिक कार्य प्रणाली नै कार्यमूलक अनुसन्धान हो । (Action + Research = Action Research) कार्यमूलक अनुसन्धान आफ्नो कार्यस्थलमा आफैबाट योजना, कार्यान्वयन, अवलोकन, स्वप्रत्याबर्तन, परिमार्जन र पुनर्योजना गर्दै तत्कालीन परिस्थितिजन्य समस्याको समाधान खोज्ने मितब्ययी र उत्तम उपाय हो ।

शिक्षकद्वारा गरिने कार्र्यमूलक अनुसन्धानका क्षेत्रहरूको उदाहरण :

– कस्तो शिक्षण विधि र शिक्षण सामग्रीको प्रयोग गरेको खण्डमा मैले विद्यार्थीहरूको  सहभागिता बढाउन   सक्छु    ?


– मैले शिक्षण गरेको विषयमा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउने  उपायहरू  के के हुन सक्छन्   ?


– कसरी कक्षा व्यवस्थापन गरेको खण्डमा विद्यार्थी संख्या धेरै भएको कक्षामा  शिक्षण   गर्न  सकिन्छ  ?


– छात्रा तथा अन्य पिछडिएका समुदायका बालबालिकहरूको सिकाइ समस्यालाई  म   कसरी    सहयोग   पुर्याउन    सक्छु  ?


– विद्यार्थीहरूको अंग्रजी बोलीचालीमा सुधार ल्याई अंग्रेजी माध्यमबाट शिक्षण गर्न म के नयाँ उपायहरू  कार्यान्वयन गर्न सक्छु ?


– म मेरा विद्यार्थीहरूलाई सिकाइप्रति कसरी अभिप्रेरित गर्न सक्छु ?


– विद्यार्थीहरूलाई बढी विश्लेषणात्मक तथा सिर्जनात्मक बन्न म कसरी सहयोग    गर्न  सक्छु    ?


– म कसरी सिद्धान्तलाई विद्यार्थीहरूको अभ्याससँग जोड्न सहयोग गर्न   सक्छु    ?


– म ठूलो कक्षामा सबै विद्यार्थीहरूलाई कसरी सक्रिय र पूर्ण सहभागी गराउन सक्छु    ?


– विद्यार्थीहरू मेरो कक्षामा किन चुप लागेर बस्छन् ? प्रश्न सोध्ने तथा अन्तक्र्रिया    गर्न  रुचाउदैनन् ?


– म मेरा विद्यार्थीहरूमा जीवनपर्यन्त सिकाइ कसरी विकास गराउन सक्छु  ?


– औपचारिक परीक्षणविना मैले विद्यार्थीहरूको सिकाइको मापन कसरी गर्न सक्छु    ?


– विद्यार्थीहरूमा सहयोगी भावनामा सुधार ल्याउन मैले अभिभावकहरूलाई कसरी सम्मिलित गराउन सक्छु ?


– सिकाइ शैलीका आधारमा सबै विद्यार्थीहरूलाई सिकाइमा कसरी समेट्ने ?


– विद्यार्थीहरूलाई उनीहरूको सिकाइप्रति बढी जिम्मेवार बन्न म के गर्न सक्छु  ?


– कक्षामा भएका विभिन्न बुद्धि÷बौद्धिकता÷प्रतिभाका विद्यार्थीहरूलाई सिकाइको समान अवसरका लागि म के गर्न सक्छु ?


– कक्षामा अनुशासन कायम गराउन मैले के गर्न सक्छु ?


– विद्यार्थीहरूमा नेतृत्व सीपको विकास गराउन म के गर्न सक्छु ?


– मेरो कक्षामा बढी जान्ने र कम जान्ने विद्यार्थीहरूलाइ सगै समेटेर सिकाइको अवसर प्रदान गर्न के गर्न सक्छु ? आदि।

 

माथि दिइएका कार्यमूलक अनुसन्धानका शीर्षकहरू  एउटा नमूनाका रूपमा मात्र प्रस्तुत गरिएका हुन् । यस्ता हजारौं हजार शीर्षकहरू हुन सक्छन् ।अझ आफ्नो विषयसँग सम्बन्धित शीर्षकहरू त कति छन् कति । यहाँ सबै तह र विषयलाई मिल्ने गरि संक्षिप्तरूपमा मात्र प्रस्तुत गरिएको छ ।

कार्यमूलक अनुसन्धान कसरी तयार पार्ने होला ? हजुरले कत्ति पनि चिन्ता नगर्नुहोस् ।हामी तापाईलाई सहयोग गर्छौ दैनिक एउटा नमुना उपलब्ध गराएर ।विभिन्न विषय क्षेत्रसँग संबन्धित करिव ३० वटा नमुना दैनिक एउटा राख्नेछौं ।हजुरलाई पक्कै पनि सहयोग पुग्नेछ भन्ने आशा राखेको छु ।

 



  • Reviews (1)
  • subash
  • 4 Years, 7 Months ago

useful articles .

Leave a review

To leave a review, please login to your account. Login