तलब बृद्धि हुने सङ्केत

तलब बृद्धि हुने सङ्केत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने  घोषणा हुन्।

उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुयाइने दाबी गरेका छन् । यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने भएको छ।

अनिकालमा पनि सकेसम्म भोकै नबस्ने भएकाले कोरोनाको संकट भएपनि यस वर्ष पारिश्रमिक पुनरावलोकन गर्ने उनले बताए। स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उनले सन्देशमा उल्लेख गरेका छन्।

नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उनले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गरे ।

उनले सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने बताउँदै दैनिक ज्यालादारी र करार सेवामा कार्यरत सरकारी सेवाका कामदार र कर्मचारीहरूबाट स्पष्ट पारेका छन्।

ओलीले एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’उपलब्ध गराएको बताए । उनले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको दाबी गरे । 

स्रोत :http://annapurnapost.com/



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

i love this

Leave a review

To leave a review, please login to your account. Login