कार्यमूलक अनुसन्धान :उपयोगी तथ्य

कार्यमूलक अनुसन्धान :उपयोगी तथ्य

कार्यमूलक अनुसन्धान :शिक्षकका  प्रश्न र तीनका  उत्तर
 
 
क्रियात्मक अनुसन्धान भनेको के हो ?
 
क्रियात्मक अनुसन्धान प्रक्रियाबद्ध रूपमा समस्या समाधानका उपायहरू कार्यान्वयन गरेर समस्या समाधान गर्ने र कार्यशैलीमा सुधार गर्ने यसबाट पेशागत क्षमताको विकास गर्ने अभ्यास हो । यो आफ्नो काममा सुधार नभएसम्म चरणबद्ध रूपमा दोहोरयाएर, तेहे¥याएर पेशाकर्मी आफैंले गर्ने सकारात्मक हस्तक्षेपकारी प्रयत्न र प्रतिबिम्बात्मक अभ्यास हो । आफैंले कार्य गरी हेरेर आफ्नो लागि चाहिने ज्ञान आफैं निर्माण गर्ने विधि हो ।
 
क्रियात्मक अनुसन्धान किन गरिन्छ ?
 
यो कुनै पनि व्यक्ति आफ्नो पेशामा आफू सफल हुन, पेशागत कार्यका क्रममा पाइने समस्या समाधान गर्न र अपेक्षित उपलब्धि हासिल गर्न कुनै पनि पेशाकर्मीबाट गरिन्छ ।
 
क्रियात्मक अनुसन्धान क­–कसले कहाँ कहाँ गर्द छन् ?
 
यो कुनै पनि पेशाकर्मी आफ्नो कार्यक्षेत्रमा गर्द छन् । उदाहरणका लागि शिक्षकले कक्षाकोठामा, किसानले खेतमा, डाक्टरले अस्पतालमा, प्रशासकले कार्यालयमा, कालिगडले पाकघरमा यस्तो अध्ययन गर्ने गर्द छन् ।
 
क्रियात्मक अनुसन्धान कुन कुन तहमा गरिन्छ ?
 
यो व्यक्तिगत, सामूहिक, विद्यालय, स्रोतकेन्द्र, जिल्ला आदि कुनै पनि तहमा गर्न सकिन्छ ।
 
क्रियात्मक अनुसन्धानका प्रमुख चरण के के हुन् ?
 
यो योजना (Plan), कार्य (Act), अवलोकन (Observe) र प्रतिबिम्बन (Reflect) यसको हरेक चक्रका प्रमुख चरण (step) हरू हुन् ।
 
क्रियात्मक अनुसन्धानको चक्र (Cycle)० भनेको के हो ?
 
योजना, कार्य, अवलोकन र प्रतिबिम्बनहरूलाई एक पटक पूर्ण रूपमा कार्यान्वयन गरे पछि क्रियात्मक अनुसन्धानको एक चक्र (Cycle) पूरा हुन्छ । पहिलो चक्रका चार वटै चरणहरू सम्पत्र गर्दा पाइएका सबल पक्षलाई कायम राखी कमजोर पक्षलाई सुधार गर्न पुनः अर्को चक्रमा योजना बनाई कार्य, अवलोकन र प्रतिबिम्बन गरिन्छ । आफूले चाहेजस्तो सफलता हासिल नभएसम्म यो प्रक्रियालाई निरन्तरता दिइन्छ । यसैलाई क्रियात्मक अनुसन्धानको चक्र भनिएको हो ।
 
क्रियात्मक अनुसन्धानमा योजना (Plan) कसरी गरिन्छ ?
 
सर्वप्रथम समस्याको पहिचान गरेर त्यसलाई पुष्ट्याईं गरिन्छ । अनि समस्याका कारण र त्यसलाई समाधान गर्न उपयोग गर्न सकिने मुख्य र सहायक समस्या समाधानको उपायहरू (intervention) अनुमान गरिन्छ । त्यसपछि उक्त सबै पक्षलाई समेटी अध्ययनको साधन (tool) र खाका (design) सहितको प्रस्ताव विकास गरिन्छ ।
 
क्रियात्मक अनुसन्धानमा कार्य (Act) कसरी गरिन्छ ?
 
सर्वप्रथम समस्यालाई समाधान गर्न पेशाकर्मी वास्तविक कार्य थलोमा जान्छन् । अनि योजनामा उल्लेख भए अनुसार समस्या समाधानको उपायहरू कार्यान्वयन गरिन्छ । आवश्यक सुधारात्मक कार्यहरू गरिन्छ । समस्या समाधान गर्ने रणनीतिहरू समावेश गरिन्छ । आफू सक्रिय भई अरूलाई पनि सक्रिय बनाइन्छ । अनि समालोचनात्मक चिन्तन गर्दै कामलाई अगाडि बढाइन्छ ।
 
क्रियात्मक अनुसन्धानमा अवलोकन (Observe) कसरी गरिन्छ ?
 
हरेक क्रियाकलाप लाई गहिरो गरी हेरेर त्यसको अभिलेख (जस्तैः डायरी, फोटो, ध्वनि, भिडियो, फारम, उत्तर आदिको) राख्ने काम गरिन्छ । सिकाइ व्यवहारमा आएको परिवर्तनलाई रुजु गरिन्छ । रुब्रिक्सको प्रयोग गरेर सिकाइ व्यवहारको श्रेणी मापन गरिन्छ । मुख्य र सहायक प्रयत्नहरू (intervention) शुरू गर्नु अघि र परिवर्तित अवस्थामा आएको सुधार र प्रगतिको अवस्था तुलना गरी हेरिन्छ । त्यस क्रममा सम्बद्ध सबै पक्षसित समालोचनात्मक छलफल र अन्तरक्रिया गरिन्छ ।
 
क्रियात्मक अनुसन्धानमा प्रतिबिम्बन (Reflect) कसरी गरिन्छ ?
 
हरेक चक्रको अन्त्यमा सुधार र उपलब्धिबारे कुरा कानी गरिन्छ । फोटो, अभिलेख आदिको अध्ययन, विश्लेषण गरिन्छ । आत्मप्रतिबिम्बन गरिन्छ । सबल र कमजोर पक्ष पहिचान गरिन्छ । एक ठोस निष्कर्षमा पुगी सबल पक्षलाई कायम राखी कमजोर पक्षलाई सुधार गर्ने पुनः कार्ययोजनासहितको प्रतिवेदन विकास गरिन्छ । अनुभव प्रदान, तुलना, सैद्धान्तीकरण गरेर, व्याख्या गरेर, कार्ययोजना बनाएर, प्रतिवेदन बनाएर, प्रबोधीकरण गरेर प्रतिबिम्बन गर्न सकिन्छ ।
 
क्रियात्मक अनुसन्धान केका लागि गरिन्छ ?
 
क्रियात्मक अनुसन्धान अरूको कमजोरी वा आक्षेपलाई प्रमाणित गर्न (to prove) का लागि होइन, आफूलाई सुधार गर्न (to improve) का लागि गरिन्छ ।
 
क्रियात्मक अनुसन्धानले के कुरा मा जोड दिन्छ ?
 
यसले पेशाकर्मीले गरेका कार्यमा, गरेका कार्यको बारेमा र आगामी दिनमा गरिने कार्ययोजनाका बारेमा जोड दिन्छ । यसमा हावादारीगफ र प्रचारको कुनै स्थान हुँदैन ।
 
क्रियात्मक अनुसन्धानको बारेमा सुनेपछि कतै कतै भत्रे गरिन्छः “ए, मैले त जीवनमा यस्ता क्रियात्मक अनुसन्धानहरू धेरै गरेको रहेछु । त्यही प्रतिवेदन नलेखेको त हो नि ।” के यस्तो प्रतिक्रियालाई क्रियात्मक अनुसन्धान भत्र सकिन्छ ?
 
क्रियात्मक अनुसन्धान हुनको लागि कार्यथलोको कुनै समस्या समाधान हुने, पेशागत सुधार हुने, सकारात्मक परिवर्तन ल्याउने आदि जस्ता अभिप्रायले गरिएको योजनाबद्ध र चरणबद्ध प्रयास हुन आवश्यक हुन्छ । यस किसिमको प्रयासबाट प्राप्त नतिजालाई कुनै न कुनै व्यवस्थित स्वरूप (जस्तैः कथा, प्रतिवेदन, फिल्म, साहित्यिक विधा आदि) मार्फत नयाँ ज्ञानको रूपमा प्रतिबिम्बन आवश्यक हुन्छ । Action without reflection is not Action Research.
 
कृयात्मक अनुसन्धानको वैधताको स्तर कस्तो हुन्छ ?
 
यो स्थानीयस्तर मा गरिने प्रतिबिम्बात्मक अभ्यास हो । त्यसैले यसबाट हासिल भएको ज्ञान सामान्यीकरण गर्न सकिंदैन । यसबाट प्राप्त निष्कर्ष अन्य कार्यक्षेत्रका लागि उपयुक्त र सुनिश्चित नहुन सक्छ ।
 
क्रियात्मक अनुसन्धानको प्रतिवेदन कस्तो खाकामा लेखिन्छ ?
 
क्रियात्मक अनुसन्धान प्रतिवेदनको कुनै निश्चित खाका हुँदैन । यस्तो अनुसन्धानको प्रतिवेदन प्रतिबिम्बात्मक अभ्यास झल्किने सफलताको कथाका रूपमा व्यक्त गरेर वा योजना, कार्य, अवलोकन र प्रतिबिम्बन उपशीर्षक अन्तर्गत समेटेर तयार गर्न सकिन्छ । त्यस्तै प्राज्ञिक अनुसन्धानको खाकामा पनि प्रतिवेदन विकास गर्न सकिन्छ । मूल कुरा के हो भने समस्या समाधान गर्नका लागि पुरानो शैली माथि चक्रीय रूपमा हस्तक्षेप गरिएको कुरा प्रतिवेदनमा प्रतिबिम्बित हुन आवश्यक छ । 
 
प्रस्तुतिः अनन्त कुमार पौड्याल
शिक्षक मासिकमा लेखेको खबर 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login