नेपालको भूगोल

नेपालको भूगोल

  • नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.(नेपालको कूल क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर (५६,९५६.२ sq माइल)छ।[ सार्वजनिक भएको मिति विसं 2077 जेठ 7 गते अर्थात् 2020 may 20 मन्त्रिपरिषदबाट पारित भएको मिति 2077 जेठ 5 गते अर्थात् 2020 may 18। पाठ्यक्रम विकास केन्द्रले Bs 2077/5/30 गते सार्वजनिक गरेको क्षेत्रफल)
  •  
  •  नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.(५०० माईल)
  •  
  • नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.(१२५ माइल)
  •  
  • नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
  •  
  • नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
  •  
  • नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५
  •  
  • नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
  •  
  •  नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
  •  
  •  नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?–८०°४ पूर्वी देशान्तरदेखि ८८°१२ पूर्वी देशान्तरमा
  •  
  •  नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६°२२उत्तरी अक्षांसदेखि ३०°२७ उत्तरी अक्षांसमा
  •  
  • नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
  •  
  • चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
  •  
  • भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा
  •  
  •  क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
  •  
  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
  •  
  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
  •  
  • क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
  •  
  • नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
  •  
  • नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६°१५ देशान्तर रेखालाई
  •  
  •  नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
  •  
  • कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
  •  
  • नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
  •  
  • नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
  •  
  • ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
  •  
  • ६/६ वटा जिल्ला हुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
  •  
  • महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
  •  
  • गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
  •  
  • सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
  •  
  • चीन र भारत दुवै देशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
  •  
  • सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
    –जलेश्वर
  •  
  • ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
  •  
  • सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
  •  
  • अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
  •  
  • नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
  •  
  •  नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
  •  
  • भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४
  •  
  • चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा
  •  
  • दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग
  •  
  • काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.
  •  
  • नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज
  •  
  • नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की
  •  
  • नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग
  •  
  • नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा
  •  
  • मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर
  •  
  • सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम
  •  
  • महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की
  •  
  • हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक
  •  
  • महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु
  •  
  • भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी
  •  
  • काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल
  •  
  • काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु
  •  
  •  काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले
  •  
  • चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर
  •  
  • झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग
  •  
  • कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन
  •  
  • महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा
  •  
  • सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)
  •  
  • दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी
  •  
  • नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर
  •  
  • अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा
  •  
  • क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली
  •  
  • नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग
  •  
  • नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा
  •  
  • च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा
  •  
  • म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा
  •  
  • नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी
  •  
  • विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर
  •  
  • पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा
  •  
  • हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा
  •  
  • तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा
  •  
  • काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी
  •  
  • धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश
  •  
  • हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१५.५
  •  
  • पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –६८.५
  •  
  • तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१७.५
  •  
  • नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत
  •  
  • पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत
  •  
  • तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत
  •  
  • नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
  •  
  • भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित
  •  
  • नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली
  •  
  • नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
  •  
  • फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट
  •  
  • हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म
  •  
  • पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म
  •  
  • तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म
  •  
  • चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
  •  
  • नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती
  •  
  • पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा
  •  
  • पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा
  •  
  • पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की
  •  
  • धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी
  •  
  • महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.
  •  
  • ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर
  •  
  • दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा
  •  
  • नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट
  •  
  • जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल
  •  
  • सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग
  •  
  •  सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले
  •  
  • मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत

थप :

१. नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित मुलुक हो ।
 
२. यो समुद्रदेखि करीब ११२७ कि.मि. टाढा छ ।
 
३. यो एसियाका दुई विशाल मुलुकहरु भारत र चीनको बीचमा पर्दछ ।
 
४. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमील छ ।
 
५. नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ ।
 
६. नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।

७. नेपालले विश्वको कुल भूभागको ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ ।
 
८.यसको दक्षिणमा भारतको विहार राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।
 
९. नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानिएको छ । 

नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो ।
 
१०. विश्वका ८,००० मिटरभन्दा उच्च १४ चुचुराहरुमध्ये नेपालमा ८ वटा पर्छन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुराहरू १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र ६,००० मिटरका लगभग ३०१ चुचुराहरु रहेका छन् ।
 
 
११. नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरु र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरु छन् । भू–स्वरूपको भिन्नताले जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण (Tropical), उर्धोष्ण (Mesontermal), सूक्ष्म तापीय (Micro thermal), टाइग्रा र तुन्द्रा प्रकारका जलवायु छन् ।

१२. नेपालको भौतिक स्वरुपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो ध्रुबको देश तथा विशिष्ट झण्डाको देशको रुपमा समेत परिचित छ ।    



  • Reviews (3)
  • Akash
  • 4 Years, 2 Weeks ago

nice

  • Mount
  • 4 Years, 4 Months ago

Only rated.

  • 9866904297
  • 4 Years, 6 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login