- Home
- Show Content
कार्यमूलक अनुसन्धान प्रतिवेदनको नमूना ढाँचा
कार्यमूलक अनुसन्धान प्रतिवेदनको नमूना ढाँचा
कार्यमूलक अनुसन्धान प्रतिवेदनको नमूना ढाँचा
(प्रतिवेदनको ढाँचा उदाहरणको लागि मात्र यहाँ प्रस्तुत गरिएको हो अनुसन्धानको प्रकृतिअनुसार ढाँचा फरक हुन सक्छ)
सारांश
- सारांस एक वा दुइ अनुच्छेदमा उल्लेख गर्ने
१. अनुसन्धानको शीर्षक :
- व्यक्तिगत अनुभव, पूर्व अनुसन्धानको सुझाव, सहकर्मीसँगको छलफल, समस्याको प्रभाव तथा असर तथा सिकाइमा परेको प्रमुख समस्याका आधारमा छनोट गर्ने
२. परिचय । सन्दर्भ । पृष्ठभूमि
- विद्यमान अवस्थाको (विद्यालयको, कक्षाकोठाको, शिक्षण सिकाइ क्रियाकलापको, शैक्षिक उपलब्धि आदिको) चित्रण गर्ने
- अवस्थाले सिकाइ तथा गुणस्तरीय शिक्षाको सन्दर्भ जोड़ने
- अनुसन्धानको औचित्य, आवश्यकताको पुस्ट्याइ, आदि उल्लेख गर्ने
३. उद्देश्य र प्रश्न
- हुन्छ वा हुँदैन उत्तर आउने तय नगर्ने
- निर्देशित प्रश्न (Leadiig) तय नगर्ने
- खुला प्रश्न (स्वतन्त्र रूपमा उत्तर तथा विचार व्यक्त गर्न सकिने खालको प्रश्न तय गर्ने)
- अनुसन्धान योग्य प्रश्न तयार गर्ने
- यो खण्डमा आवश्यकतानुसार तय गरीएका प्रश्नहरू उल्लेख गर्ने
- समस्याको कथन, कारण आदि स्पस्टरूपमा उल्लेख गर्ने
४. सान्दर्भिक सामग्री ( Literature review) अध्ययन (पूर्व अनुभव, सिद्धान्त र सैद्धान्तिक
अवधारणा, अनुसन्धान प्रतिवेदन आदि)
- अनुसन्धान गर्न खोजिएको विषयका बारेमा पहिला केकस्ता अनुसन्धान भइसकेका
छन् पुनरावलोकन गर्ने अनुसन्धान गर्ने विषयकाबारेमा सैद्धान्तिक अवधारणाके छ उल्लेख गर्ने, सैद्धान्तिक
ढाँचा तय गर्ने
- अनुसन्धान गर्न पर्ने आवश्यकता पुस्ट्याइँ गर्ने र
- अनुसन्धानको विषयका सम्बन्धमा स्पस्ट सुझवुझ विकास गर्ने
५. अनुसन्धान विधि (तथ्याङ्क सङ्कलन विधि, सूचना सङ्कलनका साधनहरू)
- गुणस्तरीय वा सङ्ख्यात्मक के विधि तय छनोट गरेको हो उल्लेख गर्ने के के साधनहरू प्रयोग गरी सूचना सङ्कलन गर्ने हो सो स्पस्ट उल्लेख गर्ने,
- किन उक्त साधनहरूनै उपयोग गरिएको हो सो को पुस्ट्याइ गर्ने,
- सूचना सङ्कलनका लागि प्रयोग गरिएका साधनहरू अनुसूचीमा समावेश गरेको कुराको सुनिश्चित गर्ने,
- त्रिकोणीय विधिअनुसार विधि, प्रक्रिया, साधन तथा respondents छनोट गर्ने
- कार्यमूलक अनुसन्धानका चरण अनुसार गरेका सवै प्रक्रियाको सक्षिप्त रूपमा उल्लेख गर्ने
६.सूचनाको विश्लेषण तथा व्याख्या
- समस्या, उद्देश्य, तथा सिद्धान्त समेतका आधारमा सूचनाको विश्लेषण र व्याख्या गर्ने,
- कार्यमूलक अनुसन्धानका सवै चरणको अवस्था चित्रण गर्ने
- नयाँ ज्ञान तथा सिद्धान्त के प्रतिपादित भएको हो सो स्पस्टरूपमा उल्लेख गर्ने
- विश्लेषण गर्दा चित्रात्मक (तालिका, ग्राफ चार्ट, प्रतिशत आदि) समेत समावेश गर्नमा जोड दिने,
७.अध्ययनको प्राप्ति
- के प्राप्त भयो स्पष्ट रुपमा उल्लेख गर्ने
- के प्राप्त हुन सकेन उल्लेख गर्ने
- समस्या के कस्ता देखिए सो समावेश गर्ने
८. प्रतिविम्बन र सिकाइ
- पूर्व योजना अनुसारको उपलब्धि हुन सक्यो वा सकेन उल्लेख गर्ने
- के अनुभव रह्यो ? उल्लेख गर्ने
- आफुले तय गरेको सुधारात्मक रणनीति अनुसार भयो वा भएन वा कति प्राप्ति रह्यो ? उल्लेख गर्ने
- केकति समस्या हल भए र के के भएनन् ? कुन कुन चरणबाट के के समस्या हल भए, केके हल हुन सकेनन् सो समेत उल्लेख गर्ने ।
- पुन कार्यमूलक अनुसन्धान गर्न पर्ने हो वा होइन उल्लेख गर्ने
- अल्पकालीन, मध्यकालीन वा दीर्धकालीन योजना आवश्यक पर्ने वा नपर्ने आदि उल्लेख गर्ने
- उपलब्धि, प्रतिविम्बन र सिकाइलाइ सवै शिक्षक साथीहरूसँग छलफल गरेको कुराकोसमेत प्रतिवेदनले सुनिश्चित गर्नु पर्छ ।
९.पुनःयोजनाको अवस्था
- उपलब्धि, प्रतिविम्बन र सिकाइका आधारमा पुनर योजना तयार गरी पुन कार्यमूलक अनुसन्धान गर्ने
१०साभार तथा सन्दर्भ ग्रन्थ
- आफ्नो अनुसन्धानसंग सम्वन्धित पूर्व साहित्य,अनुसन्धान लगायत अन्य प्रतिवेदन वा कुनै सूचना साभार गर्दा अमेरिकन साइकोलोजिकल एसोसिएसशनको फर्मेट अनुसार उल्लेख गर्ने।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review