- Home
- Show Content
Action Research :Model 3
Action Research :Model 3
Action Research :Model 3
Prepared by
Name : बिक्रम के. सी.
Topic of the action research: कक्षा १० मा त्रिभुजाकार प्रिज्महरु सम्बन्धी समस्या समाधानको एक प्रयास अनुसन्धान प्रतिवेदन
Class :10
Level : माध्यमिक गणित
School :श्री जनकल्याण मा. वि. माडी – ६ चितवन
अनुसन्धान कार्यको शिर्षक ः कक्षा १० मा त्रिभुजकार प्रिज्मको शिक्षण
१. अनुसन्धान गरिएको समस्याको कथन ः
कक्षा १० को गणित बिषयमा रहेको क्षेत्रमिति पाठमा त्रिभुजकार प्रिज्मको शिक्षण गर्दा बिद्यार्थीहरुले सुत्र प्रयोग गर्न नजान्ने, झुक्किने गरेको पाइयो । कक्षाकार्य अवलोकन र प्रि–टेष्टद्घारा उक्त कुरा पुष्टि गरियो ।
२. अनुसन्धानको उद्देश्य ः
कक्षा १० का बिद्यार्थीमा क्षेत्रमितिका समस्याहरु समाधान गरी आफ्नो क्षमता, ग्रेड वृद्धि गर्ने सक्षमता हासिल गराउने ।
३. समस्याका कारण ः
क० बिद्यार्थीमा पर्याप्त अभ्यासको कमी ।
ख० हरेक बिद्यार्थी बुझ्न भन्दा घोक्ने प्रवृत्ति ।
ग० बिद्यार्थीहरुको अनियमितता ।
४. समस्या समाधानका लागि अपनाइएको कार्ययोजना ः“बिद्यार्थीमा पर्याप्त अभ्यासको कमी” कारणलाई प्रमुख आधार बनाई समस्या समाधानका लागि अपनाइएको कार्ययोजना निम्न बमोजिम प्रस्तुत गरिएको छ ।
क० २०७६ कात्तिकमा कक्षाकोठामा बिद्यार्थीहरुलाई साना – साना समूहमा विभाजन गरी वैयक्तिक शिक्षण प्रयत्न कार्यन्वयन ।
ख० २०७६ मंसिर ५ गते सिकाई उपलब्धि लेखाजोखाका लागि प्रि–टेष्ट सञ्चालन गरियो ।
५. कार्य प्रक्रिया ः
क० बिद्यार्थीहरुलाई ७ र ७ जनाको ५ समूहमा विभाजन गरियो । प्रत्येक समूहमा एक जना जान्ने विद्यार्थीलाई समूह नेताको रुपमा समावेश गरियो ।
ख० प्रत्येक समूहमा शिक्षक आफै पुगी प्रत्येक खालका त्रिभुजहरु पहिचान गर्न सिकाई तिनीहरुको क्षेत्रफल र परिमिति निकाल्ने तरीका देखाइयो ।
ग० प्रत्येक समूहमा त्रिभुजको जानकारी पछि कक्षाकोठाको उदाहरण दिई यो एउटा आयतकार प्रिज्म हो भनि प्रिज्मको अवधारणा दिई त्यसका चार भित्ता, आधार वा भुईँ र सिलिङ्गलाई प्रष्ट पारी त्यसको बक्र सतह वा छड्के सतह, पुरा सतहको अबधारणा दिइयो ।
घ० यसरी प्रिज्मको अवधारणा पछि ठोस चित्र त्रिभुज आधार भएको प्रिज्म देखाई न्यसका सतहहरुको क्षेत्रफल र आयतन निकाल्ने सुत्र प्रष्ट पारी आधार कस्तो त्रिभुजबाट बनेको छ त्यस अनुसार त्रिभुजकार प्रिज्मका समस्याहरु समाधान गर्न लगाइयो । अवलोकन मार्फत् सिकाई प्रगतीको लेखाजोखा गरियो र सिक्न नसकेका बिद्यार्थीहरुलाई पुन पृष्ठपोषण दिइयो ।
ङ० बोर्डमा विभिन्न आधार भएका त्रिभुजकार प्रिज्महरु दिई त्यसको आधारको क्षेत्रफल, आधारको परिमिति, बक्र सतहको क्षेत्रफल, पुरा सतहको क्षेत्रफल र आयतन निकाल्न लगाइयो । प्रत्येक समूहमा शिक्षक र समूह नेता मार्फत् सिकाई प्रगती अनुगमन गरियो ।
च० सिकाई उपलब्धि मुल्याङ्कनका लागि प्रश्नपत्र उपलब्ध गराई पोष्ट–टेष्ट सञ्चालन गरियो ।
६. अनुसन्धानको प्राप्ति ः
क० १० पुर्णाङ्कको प्रि–टेष्ट र पोष्ट–टेष्टको औसत प्राप्ताङ्क क्रमश ३.२ र ८.७ आएको हुँदा सिकाइमा सुधार भयो तर शतप्रतिशत लक्ष्य हासिल भएन ।
ख० प्रि–टेष्टमा ०% देखि ६०% सम्म प्राप्ताङ्क ल्याउने बिद्यार्थी ३० जना, ६१% देखि ८०% सम्म प्राप्ताङ्क ल्याउने बिद्यार्थी ४ जना र ८१% देखि १००% सम्म प्राप्ताङ्क ल्याउने बिद्यार्थी १ जना भएकोमा पोष्ट–टेष्टमा क्रमश २, १२ र २१ जना भयो ।
७. अनुसन्धानको प्रतिबिम्बन ः
कक्षा १० को गणित विषयको क्षेत्रमिति पाठ अन्तर्गत त्रिभुजाकार प्रिज्म भन्ने पाठ साना साना समूहमा ुवभाजन गरी वैयक्तिक शिक्षण मार्फत् पर्याप्त अभ्यास गराइएमा सिकाईस्तर सुधार गर्न सकिने रहेछ । यसरी नै प्रयोगात्मक र सीपमुलक पाठहरुमा यहि प्रक्रियाद्धारा क्रियाकलाप गराइएमा बिद्यार्थीहरुको सिकाईस्तरमा सुधार ल्याउन सकिन्छ भन्ने यो अध्ययनको निष्कर्ष हो ।
८. प्राप्त अनुभवलाई कार्यन्वयनका लागि पुन ः कार्ययोजना ः
क्षेत्रमितिका अन्य पाठमा पनि यही प्रक्रियाद्धारा शिक्षण गर्ने निधो गरियो ।
Note : यो कार्यमूलक अनुसन्धान हामीलाई बिक्रम केसी सरले पठाउनु भएको हो । तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review