लघुकथा : मेरो सबैभन्दा ठुलो सपना

लघुकथा : मेरो सबैभन्दा ठुलो सपना

शीर्षक : " मेरो सबैभन्दा ठुलो सपना "
 
उनी प्राइमरी स्कुलको टिचर थिइन् ।बिहान उनले बच्चाहरुसित टेस्ट लिएर उनिहरुको कपि जाँच्नको लागि घर लिएर आइन् ।बच्चाहरुको कपि हेर्दाहेर्दै उनको आँखाबाट आँशु बग्न थालेछ ।
 
उनको श्रीमान त्यही पल्टेर TV हेरिरहेका थिए ।श्रीमानले रुनुको कारण सोधेछ ।टिचरले भनिन् , बिहान मैले बच्चाहरुलाई " मेरो सबैभन्दा ठुलो सपना " नामको शीर्षकमा केही पंक्तीहरु लेख्न भनेको थिए ;एउटा बच्चाले जाहिर गरेको छ कि उसलाई एउटा टेलिभिजन बनाइदिओस ।
 
यो कुरा सुनेर श्रीमान् हाँस्न थालेछ ।
 
टिचरले भनिन् , अझै अगाडि त सुन्नुस बच्चाले के लेखेको छ। यदि म TV बने भने मेरो एउटा खास ठाउँ हुन्छ र सारा परीवार मेरो वरिपरि हुन्छन् । जब म बोल्नेछु तब सबै मान्छेहरु मलाई ध्यानपुर्वक सुन्नेछन् । मलाई रोकतोक गर्ने छैनन् न त उल्टो सवाल नै गर्नेछन् ।
 
जब म TV बन्नेछु तब बुवा अफिसबाट फर्किएपछी थाकेको कारणले मसित बस्नेछ । मम्मीलाई जब तनाब हुन्छ तब उनले मलाई गाली गर्नुहुन्न बल्की मसित बस्नुहुन्छ । मेरो भाइ बहिनीहरु बिच मसित बस्नको लागि उनिहरुबिच झगडा हुन्छ ।
 
यहाँसम्म जब TV बन्द हुन्छ फेरि पनि मेरो धेरै हेरविचार हुन्छ । र फेरि TV को रुप मा मैले सबैलाइ खुशी दिन सक्छु ।यो सब कुरा सुनिसकेपछी श्रीमान पनि थोरै गम्भीर हुँदै भने , हे भगवान ! बिचारा बच्चा ! उसको बुवाआमाले त उनिहरुमाथी अलिकती पनि ध्यान दिदैन ।
 
टिचर श्रीमतिले आँसुले भरिएको आँखाले उनको तर्फ हेर्दै भनिन् , थाहा छ ? त्यो कसको बच्चा हो ?
कसको ?
 
" हाम्रो आफ्नै बच्चा ,हाम्रो सानू " 
 
 
सोच्नुस , यो सानू कहि तपाइको पनि बच्चा त होइन साथीहरु !
 
आजको यो भागदौडले भरीएको जिन्दगीमा त्यसै हामी सित एक अर्काको लागि समय कम मिल्दछ
र हामीले त्यो पनि टि भि हेर्न , मोबाइल मा गेम खेल्न र फेसबुक मा झुण्डिएर गुमाउछौ भने हामीले कहिल्यै आफ्नो सम्बन्ध को महत्व र उनिहरुबाट पाइने मायाप्रेमलाई बुझ्न सक्दैनौ ।
 
प्रयास गरौँ कि हाम्रो कारणले कुनै बच्चालाई TV बन्ने बाध्यता नआइपरोस् ।
 
 
तपाई पनि जुनसुकै तह, विषय वा क्षेत्रको Materials  Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।   धन्यवाद!



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login