- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना पाँच
कार्यमूलक अनुसन्धान :नमुना पाँच
अनुसन्धानकर्ता : सुबाश बुढा
विद्यालयको नाम: जनकल्याण माध्यमिक विद्यालय
ठेगाना : माडी नगरपालिका -६, कल्याणपुर चितवन
अनुसन्धानमा समावेश कक्षा : ६
अनुसन्धान कार्यको शीर्षक : कक्षा ६ मा अध्ययनरत सबै विद्यार्थीलाई नेपाली पाठ्यपुस्तकमा समाविष्ट गुरु कवितालाई लयमा गाउन सक्षम बनाउने
१. परिचय
नेपाली भाषा शिक्षणमा विद्यार्थीको भाषिक सीप बिकासका लागि पाठ्यक्रमले विभिन्न साहित्यिक बिधाहरु समावेश गरेको छ।जस्तै :कथा ,कविता ,जिवनी , निबन्ध , रुपक आदि ।पाठ्यक्रमद्वारा निर्दिष्ट बिधा नै पाठ्यपुस्तकमा सामावेस गरिन्छ । ती विभिन्न साहित्यक बिधाहरु मध्ये विद्यार्थीलाई अति नै मनपर्ने बिधा कविता हो त्यसैले प्राय नेपाली पाठ्यपुस्तकका प्रथम पाठहरुमा कविता बिधा राखिएको पाइन्छ । कविताले बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै लय हालेर गाउन उत्प्रेरित गर्दछ । त्यस्तै उनीहरुलाई यस बिधामा रमाउन,स-सना कविता कोर्न तथा जानी नजानी गुनगुनाउने बानीको बिकास गर्दछ ।
यसै क्रममा जनकल्याण माद्यमिक बिद्यालय कल्याणपुर -६ माडी नगरपालिका चितवनमा शैक्षिक शत्र २०७३/२०७४ को दैनिक कार्यतालिकामा (रुटिन) कक्षा ६ को नेपाली शिक्षण गर्ने मेरो जिम्मा परेको थियो । सोही अनुरुप मैले दोस्रो पिरियडमा पढाउनु पर्ने भयो। सो कक्षामा जम्मा ५० जना विद्यार्थीहरु रहेका थिए ।पाठ १ मा नै गुरु शीर्षकको कविता राखिएको थियो । मैले दैनिकरूपमा झैं कक्षा शिक्षण अगाडि बढाए । मैले मेरो मोबाइलमा रहेको उक्त गुरु कविता स्पिकरबाट सुन्न लगाए ।उक्त कविता सम्बन्धित लेखक अर्थात देबी नेपाल आफैले गाएका थिए । सो वाचन युट्युवबाट संकलन गरिएको थियो।मैले बालबालिकालाई थोरै लेखकका बारेमा जानकारी दिँए । मैले त्यो पुरै कविता बजाएर विद्यार्थीलाई सुन्न निर्देशन दिएँ । त्यसपछि स्पिकरसँगै लयमा गाउन पनि अनुरोध गरेँ । त्यसपछि स्पिकर बन्द गरेर मसँगै गाउन अनुरोध गरेँ । यसबेलासम्म हेर्दा २० जना विद्यार्थीले मात्र लयमा गाउन सके र बाँकीले सकेनन् अर्थात् करिब ६०% विद्यार्थीले गाउन नसक्नु मेरा लागि समस्या बन्यो । उक्त दिनको शिक्षणपश्चात् मैले सामना गरेको समस्या किन आएको होला भनी सोच्न थालेँ र कारणहरू पहिचान गरेँ । त्यस्ता कारणहरुमा विद्यार्थीले साथीहरूका अगाडि कविता गाउन लाज मान्नु , कुनै विद्यार्थीले पहिलो पटक स्पिकरबाट सुनेकाले स्पष्ट नबुझेको बताउनु र पर्याप्त मात्रामा अभ्यास नगराइनु पाएँ । त्यसपछि मैले उक्त तथ्यलाई समस्या मानेर समाधानका उपायहरू खोजी गरेँ र तिनको कार्यान्वयन गरी प्रतिवेदन तयार पारेँ ।
२. उद्देश्य-अपेक्षित उपलब्धि
– ६ कक्षाका सबै विद्यार्थीहरूलाई गुरु कविता लयमा गाउन सक्षम बनाउनु ।
३. अनुसन्धान प्रक्रिया, कार्यविधि र विश्लेषण
– कार्यान्वय अवधि : २०७३।२।१६ देखि २०७३।२।१८ सम्म
– अनुसन्धान विधि : गुणात्मक र परिमाणात्मक(अवलोकन, छलफल ,प्रयोगात्मक ..................)
४. सुधारका उपाय, रणनीति
१. शिककसँगैसँगै , बेन्च बेन्चमा , सबै विद्यार्थीसँगै ,२जनाको जोडीमा तथा एकलरूपमा गाउन प्रोत्साहित गर्ने ,
२. समूह ,जोडी वा एकलरूपमा गाउन रहर गर्नेलाई मौका दिई कक्षाका सबैलाई ताली बजाउन लगाई प्रोत्साहित गर्ने ,
३. दुरि ,आवाजको मुल्यांकन गरि स्पष्ट बुझिने गरि स्पिकर बजाउने ,
४. नबुझेको ठाउँ/लाईन वा शब्द पहिचान गरि पुनः दोहोर्याएर सुन्ने व्यवस्था गरी कविता बजाउने र पाठ्यपुस्तकको पनि सहायता लिने ,
५. कवितालाई लय हालेर गाउनको लागि पर्याप्त अभ्यास गराउने ।
पहिलो चक्र :
- पहिलो चक्रमा माथि उल्लेखित सबै उपायहरू प्रयोग गर्ने निर्णय गरेँ किनकि ती उपाय एकअर्कोसँग अन्तरसम्बन्धित थिए ।
(क) योजना :
- कवितालाई स्पष्ट बुझिने गरि स्पिकरबाट बजाउने , नबुझेको वा स्पष्ट नभएको ठाउँमा पुनः बजाउने , पाठ्यपुस्तक हेर्न लागाएर शिक्षकले सहयोग गर्ने
-विद्यार्थीलाई समूह समूह वा व्यक्तिगतरुपमा गाउन पर्याप्त अभ्यास गराउने ।
(ख) कार्य योजना : माथिको योजनामा राखिए अनुसार निम्न अनुसार कार्य गरियो :
– स्पिकरबाट कविता बजाईयो र विद्यार्थीसँग भएको पाठ्यपुस्तकको सहायताबाट नबुझेको शब्द हेर्न प्रेरित गरियो ।
– स्पष्ट नभएको ठाउँ ध्यानमा राख्दै पुनः कविता बजाइयो ।
– पाठ्यपुस्तकमा रहेको कविता पहिलो चरणमा म सहित सबै सहभागीले सँगसँगै लय हालेर दुई तीन पटक गायौँ । दोस्रो चरणमा सहभागीहरूलाई सामूहिक रूपमा दुई पटक लयमा गाउन लगाइयो । त्यस्तै गाउन लाज मान्ने विद्यार्थीलाई ऊनीहरुका मनपर्ने साथी समूह तथा जोडीमा गाउन लगाईयो र अन्तमा हरेकलाई व्यक्तिगत रूपमा गाउने अभ्यास गराइयो ।अन्तिममा पुनः शिक्षकसहित सबै विद्यार्थीले स्पिकरसँगै लय मिलाएर गाईयो ।
(ग) अवलोकन :
- उक्त कविता कति जना विद्यार्थीले लयमा गाउन सके ? र कतिले गाउन सकेनन् ? भनेर अवलोकन गरियो । त्यसबाट निम्न नतिजा प्राप्त भयो:
(घ) प्रतिबिम्बन :
- यसरी पहिलो चक्रमा प्रयोग गरिएका उपायद्वारा २० जना अर्थात् करिब ४०% बाट कक्षा ६ का ५० जनाले नै अर्थात १००% विद्यार्थीहरूले गुरु कविता लयमा गाउन सफल भएको पाइयो ।
५. सुधार, परिणाम तथा सिकाइका बुँदा :
- शुरूको दिनमा गुरु कविता लयमा गाउन सिकाउने क्रियाकलाप गराउँदा ५० सहभागी विद्यार्थीहरूमध्ये २० जनाले अर्थात करिब ४०% ले मात्र लयमा गाउन सकेकोमा पहिलो चक्रमा प्रयोग गरिएका पाँच उपायहरुले मैले सामना गर्नुपरेको समस्या पूर्ण रूपले समाधान भयो अर्थात् ४०% बाट बिस्तारै बढेर १००% सहभागी विद्यार्थीहरू कविता लयमा गाउन सफल भए । तसर्थ सहभागी विद्यार्थीहरूलाई कविता लयमा गाउन सक्षम बनाउने हो भने सबैले स्पष्ट सुन्ने गरी स्पिकरको व्यवस्था गर्ने, नबुझेको वा स्पस्ट नभएको ठाँउमा पुनः बजाएर सुनाउने व्यवस्था मिलाउने र नबुझेको लाईन वा शब्द विद्यार्थीको पाठ्पपुस्तबाट पनि हेर्न लगाउने ,राम्रो गाउने विद्यार्थीलाई स्यावासी वा धन्यवाद दिई प्रोत्साहित गर्ने ,उनिहरुकै मनपर्ने जोडि वा समुहमा गाउन मिल्ने वातावरण तयार गर्ने र पर्याप्त मात्रामा अभ्यास गराउनुपर्दो रहेछ भन्ने ज्ञान हासिल भयो ।
६. निष्कर्ष तथा पुनर्याजनाको अवस्था
- जनकल्याण माबी चितवनको कक्षा ६ को कविता बिधा शिक्षणका क्रममा कवितालाई लयमा गाउन सहजीकरण गर्ने क्रममा मैले भोग्नुपरेको समस्या (५० सहभागी विद्यार्थीहरूमा २० जनाले मात्र अर्थात करिब ४०% ले बालगीत लयमा गाउन सक्नु) आइपर्नुका कारण र समाधानका उपाय पत्ता लगाई चक्रगत रूपमा कार्यान्वयन गर्ने क्रममा कार्यान्वयन गर्न सकिने (feasibility) उपायहरू प्रयोग गर्दै जाँदा पहिलो चक्रका अन्तरसम्बन्धित पाँच उपायबाट नै मलाई आइपरेको समस्या समाधान भयो । ४०% बाट बिस्तारै बढेर १००% सहभागी विद्यार्थीहरू कविता लयमा गाउन सफल भए अर्थात २० जनाबाट क्रमश बढेर सतप्रतिशत वा ५० जना सबै सहभागी विद्यार्थीहरू कविता लयमा गाउन सफल भए । सबैले स्पष्ट सुन्ने गरी स्पिकरको व्यवस्था गर्ने, नबुझेको वा स्पस्ट नभएको ठाँउमा पुनः बजाएर सुनाउने व्यवस्था मिलाउने र नबुझेको लाईन वा शब्द विद्यार्थीको पाठ्पपुस्तबाट पनि हेर्न लगाउने ,राम्रो गाउने विद्यार्थीलाई स्यावासी वा धन्यवाद दिई प्रोत्साहित गर्ने ,उनिहरुकै मनपर्ने जोडि वा समुहमा गाउन मिल्ने वातावरण तयार गर्ने र पर्याप्त मात्रामा अभ्यास गराउने जस्ता उपायले पूर्ण रूपमा समस्या समाधान भयो । यस कारण नयाँ उपायको खोजी गरी समाधान गर्न पुनर्योजनाको आवश्यकता परेन अर्थात् दोस्रो चक्रमा जानु परेन ।
७. प्रतिवेदन प्रवोधीकरण प्रक्रिया :
- यसरी तयार गरिएको प्रतिवेदन आफ्नै विद्यालयका अन्य शिक्षक, छिमेकी बिद्यालयका भाषा शिक्षक तथा आफ्नो बिद्यालय रहेको श्रोतकेन्द्रमा पठाएर प्रबोधीकरण गरिनेछ ।
(समाप्त)
Note : यो कार्यमूलक अनुसन्धान हामीलाई सुबाश बुढा सरले पठाउनु भएको हो । तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review