मातातिर्थ विशेष :प्रेरक भनाइ

मातातिर्थ विशेष :प्रेरक भनाइ

१. मेरी आमा नै मेरो शक्ति हुन् ।
– एलिसिया किज
 
२. जब एउटा बच्चा जन्मिन्छ, त्यो बच्चाको जन्म संगै आमाले पनि पुनर्जन्म लिन्छिन् ।
– गिल्बर्ट पार्कर
 
३. छोराछोरीको लागि एउटा बाबुले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको उनीहरुकी आमालाई माया गर्नु हो ।
– थेओडोर हेस्बुर्घ
 
४. रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ, आमाको अँगालो हो ।
– जोडी पिकल्ट
 
५. मैले आफ्नो जीवनमा देखेका महिलाहरु मध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् ।
– जर्ज वाशिंगटन
 
६. मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् ।
– माइकल ज्याक्सन
 
७. आमाको मन, बच्चाको कक्षाकोठा हो ।
– हेनरी वार्ड बीचर
 
८. आमाको अँगालो कोमलताले बनेको हुन्छ । त्यसैले बच्चाहरु आमाको काखमा मस्तको निन्द्रा सुत्न सक्छन् ।
– भिक्टर ह्युगो
 
९. आफ्ना सन्तानलाई धेरै कुरा दिनको लागि आमाले आफ्नो जीवनमा धेरै कुराहरु त्याग्छिन् ।
– क्याथरिन पल्सिफ़र
 
१०. जो व्यक्तिसंग भगवान जस्ती आमा छिन् , त्यो व्यक्ति नै धनी व्यक्ति हो ।
– अब्राहम लिंकन
 
११. बाबुको माया पाउन तिमी योग्य हुनुपर्छ तर आमाले तिमी योग्य नभएपनि तिमीलाई माया गरिरहन्छिन् ।
– रोबर्ट फ्रोस्ट
 
१२. सबैको ओठमा र बच्चाहरुको मनमा बस्ने भगवानको नाम आमा हो ।
– विलियम मेकपिस थ्याकारी
 
१३. कहिलेकाही आमाको माया प्रकृतिको नियम भन्दा पनि बलियो बनिदिन्छ ।
– बार्बरा किङ्गसलभर
 
१४. मायाको सुरुवात र अन्त्य मातृत्वबाट नै हुन्छ ।
– रोबर्ट ब्रोनिङ्ग
 
१५. बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो ।
– पंग लियुअन
 
 
सबैलाई मातातिर्थ औशिको शुभकामना !!



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login