- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना दस
कार्यमूलक अनुसन्धान : नमुना दस
अनुसन्धानकर्ता : कृष्णबहादुर गुरुङ
विद्यालयको नाम:श्री जनशक्ति माध्यमिक विद्यालय
ठेगाना : शहीद लखन गाउँपालिका–९, नामजुङ, गोरखा ।
अनुसन्धान कार्यको शीर्षक :कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको कथा शिक्षण सम्बन्धी समस्या
१. परिचय
समयको बदलिंदो परिस्थितिसँगै भित्रिएको आधुनिकताले विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र विकास भएको छ र शिक्षामा पनि यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तारसँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिंदै गएका छन् । विकसित समयको माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सबल बन्दै जानुपर्ने, शिक्षामा थपिएका नयाँ नयाँ विषयवस्तु तथा परिवर्तित एवम् विकसित पाठ्यक्रम तथा पाठ्यपुस्तक अनुसार शिक्षण गर्नुपर्ने अवस्था छ । त्यस्तै परम्परागत रुपमा शिक्षण गरिरहने हामी शिक्षकले शिक्षण गर्ने क्रममा भोगेका विविध समस्याहरुप्रति सचेत भई समस्या समाधानको लागि आवश्यक सल्लाह, सुझाव एवम् परामर्श लिइरहनुपर्ने र आफूलाई नवीकरण गरिरहनु पनि वर्तमानको आवश्यकता हो ।
म विगत २२ बर्षदेखि गोरखा जिल्लाको विभिन्न विद्यालयहरुका साथै ६ बर्षदेखि श्री जनशक्ति मा.वि., शहीद लखन गाउँपालिका–९, नामजुङमा अध्यापनरत रहेको छु । यस विद्यालयको पृष्ठभूमिको बारेमा भन्नुपर्दा स्थानीय जनताको सक्रियतामा वि.सं. २०१७ सालमा स्थापना भएको हो । हाल कक्षा १२ सम्म अध्यापन हुने यहाँ १९ जना शिक्षक, १ लेखापाल, २ जना विद्यालय कर्मचारी र करिब २५० विद्यार्थीहरु अध्ययनरत छन् । एस.ई.ई. परीक्षामा बर्षेनी उत्कृष्ट नतिजा हासिल गर्न सफल हुने यस विद्यालय गोरखा जिल्लाको एउटा राम्रो विद्यालयको रुपमा परिचित छ ।
मेरो शिक्षण जीवनको क्रममा शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप मैले विभिन्न तालिमहरु लिएको छु । नेपाली विषयअन्तर्गत रहेर विगतमा विभिन्न सेमिनार, प्रशिक्षण, अन्तरक्रिया, छलफल, गोष्ठी आदिमा सहभागी हुँदा विभिन्न अनुभवहरु बटुलेको छु । विशेष गरेर तालिममा नेपाली भाषा शिक्षणका क्रममा आइपर्ने समसामयिक सन्दर्भ अन्तर्गत व्याकरण सम्बन्धी अवधारणा, परम्परागत व्याकरण र आधुनिक व्याकरणमा देखिएका भिन्नता, कथ्य र लेख्य व्याकरणबीच भिन्नता, वर्णविन्यास, शब्दार्थ शिक्षणका समस्याहरु, पदयोग र पदवियोग सम्बन्धी नियम, कारक र विभक्तिको परिचय, कारकका प्रकार, कविता शिक्षणको प्रयोजन र विधि, जीवनी लेखन, अनुच्छेद लेखन, चिठी लेखन, वकतृता लेखन, वादविवाद लेखन, कथालेखन, कथालेखनको प्रयोजन र विधि जस्ता विविध भाषिक सीप शिक्षणका बारेमा दक्षता हासिल गर्ने अवसर प्राप्त भएको छ । यसै क्रममा मैले वर्तमान समयमा अध्यापन गरिरहेको विषयमा आइपरेका समस्या र समाधानका उपायहरु पत्ता लगाउनका लागि यस कार्यमूलक अनुसन्धान ९ब्अतष्यल च्भकभबचअज० तथा प्रतिवेदन लेखन कार्य गरेको छु । यसको लागि आवश्यक सहयोग एवम् मार्गदर्शन गर्नुहुने सबैमा आभारी छु ।
यहाँ मैले कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको कथा शिक्षण सम्बन्धी समस्यालाई लिएर यो कार्यमूलक अनुसन्धान तयार पार्ने प्रयास गरेको छु ।
२. कार्यमूलक अनुुसन्धानका उद्धेश्यहरु
(क) शिक्षणको सिलसिलामा देखिएका समस्या समाधानका लागि शैक्षिक सामग्रीको प्रयोग, व्यक्तिगत भिन्नताको पहिचान, खोजविधिमा शिक्षकलाई अग्रसर बनाउने ।
(ख) साहित्यको कथा विधा शिक्षणका क्रममा देखिएका समस्याको समाधान गर्ने, आफ्नो कार्यशैलीमा सुधार सहितको परिवर्तन ल्याउने ।
(ग) शिक्षकको पेशागत दक्षताको अभिवृद्धि गर्ने ।
(३) अनुसन्धान÷अध्ययनको औचित्य
कार्यमूलक अनुसन्धान शिक्षणको एक महत्वपूर्ण प्रयोगात्मक पक्ष हो । जसले शिक्षण सिकाइको कुनै पनि अवस्थालाई सुधारात्मक रुपमा अघि बढाउँछ । सामान्यतया कक्षा शिक्षण सिकाइ क्रियाकलापको क्रममा कक्षा कोठामा देखिएका शिक्षण सिकाइ सम्बन्धी तत्कालीन समस्याहरुको समाधान गर्ने उद्धेश्यले यसको प्रयोग गरिन्छ । कार्यमूलक अनुसन्धानले शिक्षक तथा विद्यार्थीको शिक्षण सिकाइमा ठोस परिवर्तन ल्याउँछ । शैक्षिक समस्याको पहिचान, सुधार र समाधानमा यस अनुसन्धानको विशेष महत्व हुने हुँदा मैले पनि नेपाली विषयअन्तर्गत कथा शिक्षणका लागि कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सीपको शिक्षणमा प्रयोग गर्ने अनुभूति गरेको छु ।
(४) अध्ययनको सीमा
कुनै पनि वस्तुको शीर्षक सानो भएतापनि यसको क्षेत्र व्यापक हुन्छ । नेपाली शिक्षण भाषिक सीपको शिक्षण भएकाले विभिन्न कक्षा र तह अनुसार यसको शिक्षण व्यापक र विस्तार हुँदै जान्छ । तर मेरो यस अध्ययन कक्षा दशको नेपाली विषयको कथा विधा अन्तर्गत कथाको भाव (आशय) शिक्षणमा मात्र सीमित रहेको छ । कक्षा ९ को ३२ जना विद्यार्थीहरुलाई शिक्षण गरी प्राप्त नतिजा विश्लेषणको अनुसन्धान नै यसको सीमितताभित्र पर्दछ । छोटो समयको प्रयासको कारण पनि यस अनुसन्धान कार्य सीमित बनेको छ । नेपाली कथा शिक्षण कार्य सीमित र कम समयावधिको हुन सक्दैन यद्यपि ५ दिनभित्रमा कुनै एक निष्कर्षमा पुग्नुपर्ने हुँदा अनुसन्धान कार्यलाई सकभर सीमित पार्नु परेको छ ।
(५) समस्याको पहिचान
शिक्षणको सिलसिलामा थुप्रै समस्याहरु र बाधा अड्चनहरु देखा पर्ने गर्दछन् । शैक्षिक सत्रको सुरुआतदेखि नै विद्यार्थीहरुमा त्यस विषयवस्तुको पूर्वज्ञान तथा विभिन्न तत्वलाई ध्यान दिंदा मैले कक्षा दश (९) को कथा विधा अन्तर्गत कथाको भावार्थ (आशय) शिक्षणमा देखापरेको समस्यालाई अनुसन्धानको विषय बनाई समाधानको उपाय खोजेको छु । यस अनुसन्धान कार्य तथा समस्या समाधानको विभिन्न तालिममा सिकेका शिक्षणका विधिहरु सहित विश्वविद्यालय स्तरका शैक्षिक पाठ्यक्रम, पाठ्यपुस्तक तथा इन्टरनेटमार्फत् प्राप्त गरेका जानकारीहरुको समेत प्रयोग गरेको छु ।
(६) कार्यमूलक अनुसन्धानको योजना
हरेक कार्यको लागि योजनाको आवश्यकता पर्दछ । विना योजना कार्य सम्पन्न हुन सक्दैन । त्यसैले विभिन्न सीप तथा अनुभवहरुको अभावमा पनि सैद्धान्तिक रुपमा सिकिएका कुराहरुलाई प्रयोगको तहमा उतार्न मैले यस कार्यमूलक अनुसन्धानको योजना निम्नानुसार तय गरेको छु ।
(क) समयावधि
यस कार्यमूलक अनुसन्धानको समयावधि २०७६÷९÷१६ गतेदेखि २०७६÷९÷२१ गतेसम्म तय गरेको थिएँ । पाँच दिनको अवधिमा विद्यालयको कक्षाकोठामा प्रस्तुत भई अनुसन्धान प्रयोजनको साथै आफ्नो नियमित अध्यापन कार्यको लागि पनि यस समयावधिलाई उपयोग गरेको हुँ ।
(ख) विधि
यस कार्यमूलक अनुसन्धान कार्य सम्पन्न गर्नका लागि अवलोकन, छलफल, खोज, शब्दकोष अध्ययन, व्याख्यान, प्रयोगात्मक विधिहरु छनौट गरिएको छ । साथै प्रश्नावली तयार गरी विद्यार्थीहरुको उत्तरपुस्तिका परीक्षण गरेको थिएँ । निर्धारित पाठ्यांशअन्तर्गत कथाको सार प्रष्ट पार्ने क्रममा विविध सन्दर्भहरुको उपयोग गरिएको छ ।
(ग) शैक्षिक सामग्री
यहाँ कार्यमूलक अनुसन्धान कार्य सञ्चालनको लागि प्रयोगमा ल्याइएका सामग्रीलाई शैक्षिक सामग्रीको रुपमा लिएको छु । यसमा शब्दकोष, विभिन्न लेखकका कथा समालोचना सम्बन्धी पुस्तकहरु, दैनिक शिक्षणमा प्रयोग गरिने सामग्रीहरुको साथै शब्दपत्ती, गोजीपत्ती आदि शैक्षिक सामग्रीको रुपमा रहेका छन् ।
(घ) अनुसन्धानको केन्द्र
नेपाली विषय कक्षा एक देखि उच्च शिक्षासम्म अनिवार्य विषयको रुपमा पठनपाठन गर्दै आएको विषय हो र मैले पनि विभिन्न तह र कक्षामा अध्यापन गर्दैै आएको छु । कथा विधा अनिवार्य र ऐच्छिक नेपाली विषयमा गरी कक्षा १२ सम्म समावेश गरिएको छ । तर यस अनुसन्धान कार्य कक्षा ९ को विद्यार्थीहरुमा कथाको भाव शिक्षण सम्बन्धी समस्यासँग केन्द्रित रहेको छ ।
७. कार्यक्रम सञ्चालन
आफूसँग रहेको ज्ञान र सीपको अलावा ५ दिने त्एम् तालिमको माध्यमबाट सिकेको सीपलाई प्रयोग गर्दै मैले निम्नानुसार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु । यसमा समस्याको छनौट लगायत अन्य पक्ष जस्तै शैक्षिक सामग्रीको निर्माण तथा प्रयोगमा विशेष ध्यान केन्द्रित छ ।
(क) समस्यामूलक विषयवस्तुको छनौट
सरलबाट जटिलतिर भन्ने शिक्षणको सूत्र अनुसार कक्षा ९ को विद्यार्थीलाई सुहाउँदो र एस.ई.ई. परीक्षालाई समेत ध्यानमा राखी कथा शिक्षण सम्बन्धी विषयवस्तु छनौट गर्ने प्रयास गरेको छु ।
(ख) हस्तक्षेपकारी तीन चरण को प्रयोग
i. पहिलो चरण ः
विद्यार्थीलाई कथा शिक्षण गर्न प्रश्नहरु तयार पारी तिनको बारेमा छलफल र अन्तरक्रिया गर्न लगाएँ । कथाका अनुच्छेद÷गद्यांशभित्र परेका वाक्यांशको अर्थको साथै कथाको आशय अनुमान गर्न लगाएँ । अनुमानका आधारमा उत्तर भन्न लगाएँ । समूहबाट उत्तर खोज्ने प्रयास गरें । यसो गर्दा विद्यार्थीहरु पनि बढी सक्रिय भएको पाएँ ।
ii. दोस्रो चरण ः
पहिलो चरणमा विद्यार्थीहरुले समूह अनुसार कथाका हरेक अनुच्छेदहरुको छलफल गराउँदै विद्यार्थीहरुलाई क्रियाकलापमा सहभागी गराइयो । शिक्षकको आवश्यक निर्देशन तथा सुझाव अनुसार विद्यार्थीहरु पनि पटक पटक प्रयोग गर्दै गल्ति सुधारतर्फ सक्रिय देखिए । यस सम्बन्धी अभ्यासहरु गराइयो ।
iii. तेस्रो चरण ः
प्रत्येक दिनको पाठको अन्तमा मूल्याङ्कनको रुपमा मौखिक एवम् लिखित प्रश्नहरु सोधियो । जसमा कथाको भाव÷आशयसँग सम्बन्धित विषयमा प्रश्नहरु सोधिएको थियो । थप अभ्यासको रुपमा गृहकार्य पनि दिइएको थियो । जसमा विद्यार्थीहरु सक्रिय भएको पाइयो ।
(८) प्राप्ति तथा निश्कर्ष
कुनै समस्यामूलक विषय छनौट गरी त्यसैको कार्यमूलक अनुसन्धान गरी प्रतिवेदन तयार गर्दा धेरै अनुभव ज्ञान गरेको छु । कार्यमूलक अनुसन्धानले आफूलाई शिक्षणको सिलसिलामा नयाँ अवधारणाको महसुस गराएको छ । त्यस्तै तालिमहरुमा सिकेका ज्ञान, सीपहरुको पनि उपयोग भएको पाएको छु । सकेसम्म विद्यार्थीकेन्द्रित शिक्षण र बढी भन्दा बढी शैक्षिक सामग्रीको प्रयोग गर्नाले शिक्षण शिक्षण प्रभावकारी र सफल हुने विश्वास ठान्दछु । कक्षा ९ को विद्यार्थीलाई अघिल्लो बर्षको शिक्षणबाट भन्दा यस प्रकारको शिक्षणबाट बढी सफलता मिलेको अनुभूति पनि प्रष्ट्याउँछु ।
Note : यो कार्यमूलक अनुसन्धान हामीलाई कृष्णबहादुर गुरुङ सरले पठाउनु भएको हो । तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review