कार्यमूलक अनुसन्धान : नमुना एघार

कार्यमूलक अनुसन्धान : नमुना एघार

कक्षा :६ 

अनुसन्धान तयारकर्ता : शैक्षिक जनशक्ति विकास केन्द्र

अनुसन्धानको शिर्षक : कुखुरा तथा हाँस पालनमा पालन घर निर्माणमा अनुमानित खर्च पाठको प्रभावकारी शिक्षण

१) परिचयः

मैले कक्षा ६ मा पेसा व्यवसाय र प्रविधी विषयमा कुखुरा तथा हाँस पालन घर निर्माणमा अनुमानित खर्च पाठ अध्यापन गर्दै थिए यो विषय विलकुलै नयाँ भएकोले गर्दा परियोजना कार्य, शैक्षिक भ्रमण जस्ता शैक्षिक क्रियाकलाप गरेको  थिइन । तर यो वर्ष मैले ६ मा कुखुरा तथा हाँस पालनको घर निर्माणको वारेमा खर्च सैद्धान्तिक रुपमा क्रियाकलाप गराएर पनि विद्यार्थीहरूले बुझेनन् सबै अलमल परे ।

२) अध्यनको उद्देश्यः

क. विद्यार्थीहरूलाई कुखुरा तथा हाँस पालनको घर निर्माण बारेमा अध्यापन गराउन विद्यार्थी केन्द्रत शिक्षण क्रियाकलापका शैक्षिक सामाग्रीहरुको प्रयोग गराउनु ।

ख. विद्यार्थीहरूलाई स्व-अध्ययन गर्न लगाई संख्याको आधारमा निर्माण सामाग्री र लागत खर्चको वारेमा जानकारी गराउनु ।

३.साहित्य पुनरावलोकन (ऐच्छिक):

यस कममा मैले पाठ्यक्रम विकास केन्द्रले विकास गरेका पैसा, व्यवसाय र प्रविधी सम्बन्धीत विषयका पाठ्यक्रम र प्रयोगात्मक पुस्तिका हेरे । यसबाट मलाई कार्यमूलक अध्यापन गराउन र यो प्रतिवेदन लेखनमा थप सहयोग मिल्यो।

४.अनुसन्धान विधी र ढाँचा:

 यस कार्यमूलक अनुसन्धानका लागि मैले गुणात्मक किसिमको निर्माण सामाग्री र त्यसको लागि क्षेत्रफलको अनुसन्धान विधी अपनाउने गरी समुहकार्यमा सहभागी हुन विद्यार्थीहरूलाई सहजिकरण गरियो । बालबालिकाहरूलाई अबलोकन कार्यमा सहभागी गरियो।

५.रणनिती कार्ययोजना, चक्र र विश्लेषणः

चक्र १: पहिले पहिले मैले पाठ्यपुस्तकबाट मात्र अध्यापन गराउने गरेकोले प्रत्येक विद्यार्थीलाई कुखुरा, घर बनाउन निर्माण सामाग्रीहरूको सूचिको नोट तयार पार्ने निधो गरे । (रणनितिक योजना)

यसलाई विद्यार्थीहरूलाई व्यक्तिगत रुपमा अध्ययन गर्न लगाएं। यसरी ३२ जना विद्यार्थीलाई हल गराउन लगाउँदा ५०%, प्रश्नहरूको मात्र हल गरेको पाइयो । अझ यसमा विद्यार्थी अलमलिएको देखियो।

चक २: पहिलो चरणको सिकाइ  उपलब्धि प्रभावकारी नभएपछि मैले दोस्रो चरणमा ४ समुहमा विभाजन गरी विषयवस्तुसंग मेल खाने प्रतिवेदक, शैक्षिक सामाग्री सकलन, प्रयोग गर्ने तरिका र प्रस्तुतिकरण गर्न लगाए र मैले सहजिकरण गरे। यसरी गर्दा विद्यार्थीहरू सिक्न उत्साहित भएको देखियो भने पहिलो चरणको तुलनामा दोस्रो चरणमा विद्यार्थीहरूले प्रश्नको उत्तरहरू दिन सक्ने ६०% थिए।

 चक ३: पहिलो र दोस्रो चरणको सिकाई उपलब्धि प्रभावकारी नभएपछि तेस्रो चरणमा समुह विभाजन गरी जान्ने नजान्ने सबै मिसाएर राखे र दोस्रो चरणमा जस्तै जिम्मेवारी दिए र सबैलाई कुखुरा तथा हाँस पालन गर्नको लागि के कस्तो ठाउँ कस्ता सामाग्रीको प्रयोग गरेर कति लगानीमा कति संख्याको लागि भन्ने कुराहरू कुन अनुभवि दिए र मैले सहभागिकरण गरे। यसरी गर्दा विद्यार्थीहरू उत्साहित भएर सिके । यसरी गर्दा ८०% विद्यार्थीहरले सिके।

६.सिकाई/प्राप्तिः

हामीले पाठ्यपुस्तकलाई मात्र शैक्षिक सामाग्रीको रुपमा अपनाउन नहुने रहेछ । हामीले समय र परिस्थिति अनुसार नयाँ कुरा, नयाँ विषय र नयाँ प्रविधी अपनाउनु पर्ने रहेछ। हामीले सैद्धान्तिक मात्र होइन व्यवहारमुलक शिक्षा प्रदान गर्नुपर्ने रहेछ । यसका लागि निम्न विधीहरू अपनाउनु पर्ने रहेछ।

  • छलफल विधी
  • अवलोकन विधी र
  • प्रदर्शन विधी

७. प्रवोधिकरणः

यस कार्यमूलक अनुसन्धानलाई मैले शैक्षिक जनशक्ति विकास केन्द्रमा कार्यमूलक अनुसन्धान, परियोजना र मामला अध्ययन कार्यशालामा प्रस्तुत गरे ।

८. निष्कर्षः यसरी हामी शिक्षकहरूले पाठ्यपुस्तक मात्र नभएरहाम्रो बरपर पाइने स्रोत तथा साधनहरूको नयाँ खोज र प्रविधिसँगै खोज विधी अपनाएर विद्यार्थीहरूलाई विद्यार्थी केन्द्रित बनाउनु आवश्यक छ।

 अहिलेको यो समयमा शिक्षा सम्बन्धी बेवसाइड र सम्बन्धीत व्यक्तिहरूसंग सम्पर्क गरेर स्रोतसाधनहरू जुटाई त्यसको प्रयोग गराई विद्यार्थीहरूलाई ज्ञान, सीप र क्षमताको अभिवृद्धि गराउन सकिन्छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login