अधिक महत्वाकांक्षा

अधिक महत्वाकांक्षा

कुनै गाउँमा एक कुमाले बस्ने गर्थ्यो । उसले बर्षौ देखि माटोका भाँडा बनाएर बेच्ने काम गर्थ्यो । अरु थोक त सबै ठीक ठाक नै चलेको थियो तर एउटा कुराले भने ऊ एकदम असन्तुष्ट थियो । उसले बनाएका भाँडा फुटे भनेर जब कसैले सिकायत गर्थ्यो तब उसलाई साह्रै खिन्न महसुस हुन्थ्यो । उसले मनमनै भन्थ्यो-" मैले बनाएका माटोका भाँडा फुट्दै नफुटे पनि हुने नि ।"
 
यस्तैमा एक दिन सपनामा उसको भेट साक्षात् भगवानसँग हुन्छ । उसले भगवानलाई भन्छ-" हे प्रभु म चाहन्छु कि मैले बनाएका माटोका भाँडोहरू कहिलै टुट्फुट नहोउन । सधैं जस्ताको तस्तै रहिरहुन ।"
भगवानले "तथास्तु" भनेर बरदान दिन्छन ।
 
जब कुमाले बिहान उठेर भाडा बनाउन सुरु गर्यो तब अचम्म भयो कि उसले बनाएका भाँडा नफुट्ने भएछन । उसले मनमनै भगवानलाई धन्यवाद दियो । उसले सबैलाई बतायो कि उसले बनाएका माटोको कुनै पनि भाँडोहरू फुट्दैनन । उसले भाँडाहरू बनाउदै बेच्दै गर्यो । ऊ धेरै खुशी थियो ।
 
दिनहरू बित्दै जाँदा उसको खुशी लामो समय सम्म टिक्न सकेन किनकी उस्का भाँडोहरू कहिलै नफुटे पछी मानिसहरूले नयाँँ भाँडो किन्नै छोडे । उसको ब्यापार घट्यो । यस्तो स्थिती आयो कि ब्यापार शुन्य भएर परिवार पाल्न समेत गाह्रो हुन थाल्यो ।
 
यस्तैमा एक दिन राती फेरि उसले सपनामा भगवानलाई देख्यो । भगवानले सोधे "के भो ? किन दुखी छौ ?" उसले हात जोडेर भन्यो -"माफ गर्नुस् प्रभु मेरा भाँडा नफुट्ने भए पछी मानिसहरूले नयाँ भाँडा किन्नै छोडे । कृपया मेरा भाडाहरू फेरि अघि कै जस्तै फुट्ने किसिमका बनाइदिनुस् , ताकी मैले माटोकै भाँडा बेचेर परिवार चलाऊन सकूँ ।"
 
माटोको गुण नै फुट्नु हो यसलाई नफुट्ने बनाउन खोज्दा कुमालेलाई नै समस्या पर्यो । ,जब हामी प्राकृतिक नियमको सिध्दान्त बिपरित जान्छौँ तब हामीले नै उल्टै दु:ख पाउँछौ ।
 
 
 सन्देश : चाहिने भन्दा अधिक महत्वाकांक्षा अन्तत: घातक सिद्ध हुन्छ ।



  • Reviews (1)
  • Akash
  • 4 Years, 2 Weeks ago

nice

Leave a review

To leave a review, please login to your account. Login