- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना चौध
कार्यमूलक अनुसन्धान : नमुना चौध
अनुसन्धानकर्ताको नाम : व्रजभूषण कुमार कुशवाहा
पद र श्रेणी : मा. शि. तृतीय, गणित
कार्यरत बिद्यालय : श्री मा. बि. प्रितपुर पर्वता, धनुषाधाम न. पा. ५, धनुषा
अनुसन्धानको शीर्षक : कक्षा १० मा वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षणमा समस्या
१. अनुसन्धानको शीर्षक : कक्षा १० मा वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षणमा समस्या
२. अनुसन्धानको पृष्ठभूमि :
नेपालको विद्यालय तहमा गणितलाई अनिवार्य बिषयका रुपमा कक्षा १ देखि १० सम्म अध्यापन गरिदै आएको छ । बिद्यालय तहको वर्तमान पाठ्यक्रममा भाषा पछिको प्रमुख बिषयको रुपमा गणितलाई राखिएको छ । हाम्रो दैनिक जिवनमा क्षेत्रमिति सम्बन्धि समस्याहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देखा परिरहेका हुन्छन् । यी समस्याहरुको समाधान गर्न जानेमा हामीलाई व्यवहारमा सकारात्मक ढंगले अघि बढ्न हौसला पैदा हुन्छ । गणितीय तथ्य र धारणाहरु मनव जीवनको कुनै न कुनै कृयाकलापमा उपयोगी हुन्छ । तसर्थ क्षेत्रमिति सम्बन्धि धारणालाई पनि दैनिक जीवनमा समस्याहरु समाधान गर्नका लागि प्रयोग गरिन्छ । क्षेत्रमिति सम्बन्धि धारनाको उपयोगितालाई हृदयंगन गरेर विद्यालय तहको पाठ्यक्रममा यसलाई समावेश गरिएको छ ।गणित बिषयमा राम्रो अङ्क प्राप्त गर्नु र बिषयबस्तुमा राम्रो हुनुलाई बिद्यार्थी स्वयम् र अन्य सामाजिक तहबाट पनि प्रतिष्ठा र शक्तिका रुपमा लिएको पाइन्छ । तर हालको एस. ई. ई. को नतिजा हेर्दा अन्य बिषयको तुलनामा गणित बिषयको नतिजा निराशजनक हुनु गणित बिषय अध्यापन गर्ने शिक्षकहरुका लागि चुनौति साबित हुन्छ । गणितिय धारणा शिक्षण कहाँ र कहिले गर्ने भन्दा पनि कसरी गर्नुपर्छ भन्ने कुरा नै बढी चुनौतिपूर्ण रहेको छ ।
३. अनुसन्धान गरिएको समस्याको कथन :
कक्षा १० को गणित बिषयमा क्षेत्रमिति पाठमा वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षण गर्दा धेरैजसो ( लगभग ८१% ) बिद्यार्थीले बेलनाको सतहको क्षेत्रफल र आयतन निकाल्न नसकेको पाइयो । कक्षा कार्य, अवलोकन र प्रिटेष्टद्वारा उक्त कुरा पुष्टि गरियो । शैक्षिक सत्रको सुरुवातदेखि नै बिद्यार्थीहरुमा पूर्बज्ञान तथा बिभिन्न तत्वलाई ध्यान दिदा मैले कक्षा १० मा वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षणमा देखापरेको समस्यालाई अनुसन्धानको बिषय बनाई समाधानको उपाय खोजेको छु
४. अनुसन्धानको उद्देश्य :
कक्षा १० मा बिद्यार्थीमा वेलनाको सतहको क्षेत्रफल र आयतन निकाल्ने सीप अभिबृद्धि गरी १०० प्रतिशत सक्षमता हासिल गराउने ।
५. अनुसन्धानको औचित्य :
श्ैक्षिक समस्याको पहिचान, सुधार र समाधानमा कार्यमुलक अनुसन्धानको बिशेष महत्व हुने हुदा मैले पनि वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षणको लागि कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सीपको शिक्षणमा प्रयोग गर्ने अनुभूति गरेको छु ।
६. समस्याको कारण :
- बिद्यार्थीमा पर्याप्त अभ्यासको कमी ।
- शिक्षकद्वारा सजिलो शिक्षण विधि नअपनाउनु ।
७. समस्या समाधानका लागि अपनाइएको कार्य योजना :
उक्त समस्या आउनुका प्रमुख कारण आधार मानी निम्न बमोजिमको कार्ययोजना बनाइयो :
(क) कक्षाकोठामा “विद्यार्थीलाई साना(साना समुहमा विभाजन गरी वैयतिmक शिक्षण” प्रयत्न कार्यान्वयन ।
(ख) Geogebra लगायत शैक्षिक सामग्रीको प्रयोग ।
(ख) सिकाइ उपलब्धि लेखाजोखाका लागि पोष्ट–टेष्ट सञ्चालन ।
८. कार्यक्रम सञ्चालन :
आफूसँग भएको ज्ञान र सीपको अलावा बिभिन्न तालिमको माध्यमबाट सिकेको सीप तथा अनुभवलाई प्रयोग गर्दै मैले निम्ननुसार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु :
(i) समस्यामूलक बिषयबस्तुको छनौट :
सरलबाट जटिलतिर भन्ने शिक्षणको सूत्र अनुसार कक्षा १० को बिद्यार्थीलाई क्षेत्रमिति शिक्षणमा वेलनाको सतहको क्षेत्रफल र आयतन सम्बन्धी बिषयबस्तु छनौट गर्ने प्रयास गरेको छु ।
(ii) हस्तक्षेपकारी चरणको प्रयोग :
पहिलो चरण : एउटा एउटा वेलना आकारको पाइप र आफैले कार्डवोर्ड पेपरले बनाएको वेलनाको ठोस नमुना बिद्यार्थीहरुलाई उपलब्ध गराई छलफल र अन्तरक्रिया गराई सो अबलोकन गर्न लगाएर निम्न प्रश्नहरुमाथि छलफल गरियो :
- कुन–कुन सतहहरु बराबर छन् ?
- यसमा आधार कुन हो ?
- यसमा आधारको सतह कुन आकारका छन् ?
दोश्रो चरण :
(क) यस चरणमा बिद्यार्थीहरुलाई ५/५ जनाको ७ समूहमा बिभाजन गरियो र प्रत्येक समूहमा एक जना जान्ने बिद्यार्थिलाई समूह नेताको रुपमा समाबेश गरियो ।
(ख) प्रत्येक समूहलाई पुनः कार्डवोड पेपरले बनाएको एउटा एउटा वेलनाको ठोस नमुना बितरण गरि सो अबलोकन गर्न लगाएर निम्न प्रश्नहरुमाथि छलफल गरियो :
- कुन–कुन सतहहरु बराबर छन् ?
- यसमा आधार कुन हो ?
- यसमा आधारको सतह कुन आकारका छन् ?
(ग) वेलनाको सतहको क्षेत्रफल अध्ययन गर्नुपूर्व वृतको क्षेत्रफल र परिधिको वारेमा स्पष्ट पारियो ।
(घ) यदि वेलनाको उचाई h र वृतको अर्धव्यास r भए वृतको क्षेत्रफल пr2 र परिधि 2пr हुन्छ भनेर जानकारी गराइयो ।
(ङ) चित्रमा देखाए जस्तै वेलनाको दुईवटै आधार (वृत) लाई छुट्याएर वीचको भागलाई विचबाट काटी पल्ट्याउन लगाएर आयाताकार वस्तुमा रुपान्तरण गर्न लगाइयो । यसरी छुट्याउदा दुईवटा वृत र एउटा आयत वन्छ । जहाँ आयतको लम्बाई 2пr र चौडाई h हुन्छ ।
(च) आयतको क्षेत्रफल 2пrh र वृतको क्षेत्रफल пr2 हुन्छ । त्यसकै आधारमा प्रत्येक सतहको क्षेत्रफल जोडेर जम्मा वेलनाको पूरा सतहको क्षेत्रफल निकाल्न लगाइयो ।
वेलनाको पूरा सतहको क्षेत्रफल . वृतको क्षेत्रफल + वृतको क्षेत्रफल + आयतको क्षेत्रफल
= пr2 + пr2 +2пrh
= 2пr2 +2пrh
= 2пr(r+h) बर्ग एकाई भनेर सामान्यीकरण गरियो ।
(छ) वेलनाको आयतन . आधारको क्षेत्रफल × उचाई
= пr2 × h
= пr2 h घन एकाई भनेर सामान्यीकरण गरियो ।
प्रत्येक समूहमा शिक्षक र समूह नेता मार्फत् प्रगतिको लेखाजोखा गरियो ।
(ज) दोस्रो दिन geogebra मा बनाइएको applet प्रोजेक्टरबाट प्रदर्शन गरेर अबलोकन गर्न लगाइयो । पुनः प्रत्येक समूहमा एक–एक वटा वेलनाकोे नमुना दिएर सुत्र प्रयोगबाट पूरा क्षेत्रफल र आयतन निकाल्न लगाइयो । अबलोकन मार्पmत सिकाइ प्रगतिको लेखाजोखा गरियो र सिक्न नसकेको बिद्यार्थीलाई पुनः पृष्ठपोषण दिइयो ।
(ञ) यदि एउटा वेलनाको उचाई (h)=10 cm, आधार वृतको अर्धव्यास (r) = 3cm भए यसको पुरा सतहको क्षेत्रफल र आयतन कति हुन्छ भन्ने प्रश्न बोर्डमा लेखि प्रत्येक बिद्यार्थीलाई समाधान गर्न लगाइयो । प्रत्येक समूहमा शिक्षक र समूह नेता मार्पmत सिकाइ प्रगतिको मूल्याङ्कन गरियो ।
(ट) अन्त्यमा सिकाइ उपलब्धि मूल्याङ्कनका लागि प्रश्नपत्र उपलब्ध गराई पोष्ट–टेष्ट सञ्चालन गरियो ।
९. अनुसन्धानको प्राप्ति :
- १० पूर्णङ्कको प्रि–टेष्टको औसत प्राप्ताङ्क ३.२ रहेकोमा त्यसमा सुधार भई पोष्ट–टेष्टको औसत प्राप्ताङ्क ९ हुन गयो तर शत् प्रतिशत लक्ष्य हासिल भएन ।
- प्रि–टेष्टमा ० देखि ६० प्रतिषत प्राप्ताङ्क ल्याउने बिद्यार्थी ३२ जना, ६१ देखि ८० प्रतिषत प्राप्ताङ्क ल्याउने बिद्यार्थी ३ जना, ८० देखि १०० प्रतिषत प्राप्ताङ्क ल्याउने बिद्यार्थी ० जना भएकोमा पोष्ट–टेष्टमा क्रमशः ०, २, र ३३ जना भयो ।
१०. अनुसन्धानको प्रतिबिम्बन/निष्कर्ष :
कक्षा १० को क्षेत्रमिति पाठ अन्तर्गत वेलनाको सतहको क्षेत्रफल र आयतन शिक्षण सीप र प्रयोग तहको भएकोले बिद्यार्थीहरुलाई साना–साना समूह बिभाजन गरी व्यत्तिक शिक्षण मार्फत शैक्षिक सामग्रीको प्रयोग गरेर पर्याप्त अभ्यास गराइएमा सिकाइ स्तर सुधार गर्न सकिन्छ भन्ने यो अनुसन्धानको निष्कर्ष हो ।
११. प्राप्त अनुभवलाई कार्यन्वयनका लागि पुनः कार्ययोजना :
योसँग सम्बन्धित अन्य पाठहरुमा पनि यही प्रक्रियाद्वारा शिक्षण–सिकाई क्रियाकलाप गर्ने निधो गरियो ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review