वास्तविकताको बोध : लघुकथा

वास्तविकताको बोध : लघुकथा

 
धेरै समय अगाडिको कुरा हो। कुनै युवती बालक छोराको मृत्युका कारणले बहुलाइन्। आफ्नो मरेको बालकलाई बोकेर उसलाई जीवित पारिदिन अनुरोध गर्दै घरघर हिँडिन्। कसैले न त उनको छोरालाई बचाउन सके न त उनलाई सम्झाउन नै सके।
 
पागल झै हिँडिरहेकी ती महिलालाई बुद्धका एक शिष्यले देखे। उनले महिलालाई भने,"भगवान बुद्ध जेतबनमा बस्नुहुन्छ। तपाईंले उहाँलाई भेट्नुहोस्। उहाँले तपाई लाई सहयोग गर्नुहुने छ।
 
"उनी मरेको बालक लिएर भगवान बुद्ध कहाँ गइन् र बचाइदिन अनुरोध गरिन्।
 
बुद्धले उनलाई सहानुभूतिपूर्वक भन्नुभयो,"बालकलाई बचाउन  सकिन्छ तर तपाइले एउटा काम गर्नुपर्छ । यो गाउँमा मानिस नमरेको घरबाट चार पाँच दाना तोरी चाहिन्छ, त्यो लिएर आऊ। तर कोहि पनि नमरेको हुनुपर्छ नि "
 
ती महिला मृत्यु प्रवेश नगरेको घर खोज्दै हिँडिन् तर त्यस्ता घर पाइनन्।
 
उनले बालकको मृत शरिरलाई आफै गाडिन र बुद्धकी शिष्य भएर बसिन्। उनले बुद्ध वचनको अर्थ बुझिन र उनि बुद्ध कहाँ फर्किन्।
 
मृत्युलाई कसैले जित्न र टार्न सक्दैन। यो स्वाभाविक हो र प्रकृतिको स्वाभाविक नियमका रुपमा स्वीकार्नु पर्छ भन्नु नै यस कथा को सन्देश (शिक्षा) हाे।



  • Reviews (1)
  • Akash
  • 4 Years, 4 Months ago

nice

Leave a review

To leave a review, please login to your account. Login