कार्यमूलक अनुसन्धान : नमुना पन्ध्र

कार्यमूलक अनुसन्धान : नमुना पन्ध्र

अनुसन्धानकर्ता : रामएकवाल प्रसाद – मा.बि. शिक्षक (प्र.अ)

बिद्यालय : श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय हर्दिया

ठेगाना : अवरैया , सुवर्ण गाँउपालिका ८ बारा

 

अनुसन्धान कार्यको शीर्षक : विज्ञानमा गणितिय समस्या र समाधानका उपायहरु

 

१) पृष्ठभूमि

 म बारा जिल्लाको सुवर्ण गाउपालिका वार्ड नं. ८ हर्दिया अवरैयामा अवस्थित श्री नेपाल राष्टिय माध्यमिक बिद्यालय हर्दिया अवरैयाको बिज्ञान बिषयको शिक्षक हुँ । मैले कक्षा ९ र १० मा बिज्ञान अध्ययन अध्यापन गराउँछु । यस बर्ष कक्षा ९ मा ११० जना तथा कक्षा १० मा ९० जना बिधार्थी रहेका छन् । विधार्थीहरुमा जातिगत तथा भाषागत विविधता हुनुको साथै सामाजिक ,आर्थिक अवस्था फरक फरक पाइएको छ । बिद्यालयको सेवा क्षेत्र एक नाशको छैन । कतिपय बिधार्थीहरु ४,५ मिनटमै बिद्यालय आईपुग्छन् भने कतिपए बिधार्थीलाई आधा घंण्टा पनि लाग्दछ । अधिकांश बिधार्थीहरुका अभिभावकहरु कृषिमा संलग्न छन् भने कतिपय अभिभावकहरु बैदेशिक रोजगारीमा संलग्न रहेका छन् । कोभिड महामारीले २०७६ साल चैत्रदेखि लकडाउन भयो र स्कूलहरु क्वारेन्टाईनमा परिणत भए । स्कूलमा थोरै समयमा त्यति राम्रोसँग पढाई भएन ।२०७७ साल श्रावणदेखि लकडाउन हटे पनि मैत्रीपुर्ण बताबरणमा कक्षा संचालन गर्ने बताबरण थिएन । तैपनि त्यस्तो अवस्थामा बिद्यालय संचालन भयो । बिज्ञान र गणित जस्तो बिषयमा राष्ट्रियरुपमै नतिजा कमजोर देखिएको कुरा सर्बबिदितै छ । बिज्ञान बिषयमा रहेका गणितिय समस्याहरु समाधान गर्न बिधार्थीहरुमा कठिनाई देखिएको छ । बिज्ञानका धारणाहरु बुझाउनको साथै बिज्ञानमा रहेका गणितय समस्याहरु समाधान गर्न पनि त्यतिकै चुनौतिपुर्ण देखिन्छ ।

 

२) अनुसन्धान गरिएको समस्याको कथन

नयाँ शैक्षिकसत्र २०७७ सालको शुरुदेखि लकडाउनको कारण बिधार्थीहरुलाई स्कूलमा पठनपाठन गर्न सकिएन । तैपनि लकडाउन खुलेपछि हाम्रो बिद्यालयमा बिज्ञान बिषयमा भएको गणितीय समस्या समाधान गर्न आधारभूत गणितीय सीप हुनुपर्ने भएकोले मैले गणितलाई पनि समाबेश गरेको छु । तसर्थ अध्ययनबाट प्राप्त तथ्यांकलाई हेर्दा बिज्ञानमा रहेका गणितीय समस्याहरु धेरैजसो बिधार्थीलाईकठिन लागेकोले मैले बिज्ञानमा गणितीय समस्या र समाधानका उपायहरुलाई अनुसन्धानको शीर्षकको रुपमा छनौट गरेको छु ।

 

३ अध्ययनको उद्देश्य

(क) विज्ञान बिषयमा रहेका गणितीय समस्याहरु समाधानका कठिनाई पहिचान गर्नु ।

(ख) विज्ञानमा रहेका गणितीय समस्याहरु समाधान गर्नु ।

 

४) अध्ययनको औचित्य

 कुनै पनि अनुसन्धानको आफ्नै औचित्य हुने गर्दछ । बिज्ञानमा रहेका गणितीय समस्या समाधानमा रहेका कठिनाईहरु पहिचान गरी ती समस्याहरुलाई समाधान गर्नु यस अनुसन्धानको औचित्य रहेको छ।

 

५) अध्ययनको सीमा

 यस शैक्षिकसत्रमा कोभिडको कारणले गर्दा बिद्यालयमा बिधार्थीहरुसँग सिकाई सहजिकरण गर्न अप्ठ्यारो भएता पनि बिभिन्न बैकल्पिक बिधि ,उपाय अपनाई तथा सहजिकरण निर्देशिका २०७७ अनुसार सहजिकरण गर्ने काम भयो । कक्षा ९ र १० का बिधार्थीहरुसँग भएको छलफल तथा कक्षामै गरिएको सहजिकरण नै यस अनुसन्धानको सीमा रहेको छ ।

 

६) अध्ययन बिधि र ढाँचा

कक्षा ९ र १० का बिधार्थीहरुलाई मैले बिज्ञान बिषयमा सहजीकरण गर्दा अपनाईएका केही बिधीहरु यस प्रकार रहेका छन् ।

क) सहजीकरण निर्देशिका २०७७ अनुसार कक्षामा बिधार्थीहरुसँग भएको प्रत्यक्ष अन्तरक्रिया तथा छलफल बिधि

ख) प्रश्नोत्तर बिधि

ग) समस्या समाधान बिधि

घ) सर्वेक्षण बिधि

 

७) तथ्यांक  बिशलेषण

कक्षा ९ र १० का बिधार्थीहरु जुन प्रत्यक्ष कक्षामा प्रतिदिन उपस्थित हुन्थयो त्यस बिधार्थीहरुसँग प्रत्यक्ष कुराकानी गर्दा बिधार्थीहरुले घरमा सबैभन्दा बढी गणित र बिज्ञान नै बढी अध्ययन गर्ने पाइयो तर बढी गार्हो लाग्ने बिषय पनि गणित र बिज्ञान नै हो देखियो । गणितको राम्रो नतिजा भएको पनि भेटिएन । बिज्ञानमा गणितीय समस्या सजिलो लाग्छ भन्ने अति न्यून भेटियो । बिज्ञान बिषयमा भएको गणितीय समस्या गाह्रो लाग्नुको कारण बिधार्थीहरुको गण्तिमा नतिजा कमजोर हुनु तथा आधारभूत गण्तिीय सिप नहुनु, गाह्रो लाग्छ भनेर प्रयाप्त अभ्यास नगर्नु तथा बिज्ञानका सुत्र, एकाई,परिभाषाको धारणा सजिलोसँग बुभ्न नसक्नु नै हो ।

 

८) सुधारका उपाय तथा रणनिति

पहिलो चक्र

 

क) योजना

—कक्षामा सम्मलित भएका बिधार्थीहरुलाई आफुले बनाएका बिज्ञान बिषयमा गणितीय समस्या समाधानको सजिलो तरिकाहरु प्रस्तुत गर्ने ।

—आधारभूत गणितीय सिप –जस्तै जोड,घटाउ,गुणन, भाग,समीकरण हल सिकाउने ।

—त्यसपछि कुनै एउटा समस्या गर्न दिएर त्यसको उत्तर कक्षामा हेर्ने ।

—बिधार्थीबाट आएको उत्तरमा थप पृष्ठपोषण दिदै प्रयाप्त गृहकार्य दिदै अगाडि बढने ।

 

ख) कार्य योजना

—माथिको योजना अनुसार पहिलो दिन बिधार्थीहरुलाई गणितीय समस्या समाधानका चरणहरु केही बिधार्थीहरुलाई भन्न लगाइयो । कही बिधार्थीहरुलाई गणितको सामान्य समस्या सोधियो र त्यसबाट उनीहरुलाई आधारभूत गणितीय सीप सिकाइयो ।

—दोस्रो दिनको शुरुवातमा पहिलो दिनको बिषयको बिषयबस्तु स्मरण गर्न लगाइयो । त्यसपछि कक्षा ९ का बिधार्थीहरुलाई प्रवेग निकाल्न लगाइयो भने कक्षा १० का बिधार्थीहरुलाई चन्द्रमाको सतहमा गुरुत्वप्रवेग निकाल्न लगाइयो ।

—बिधार्थीबाट आएको उत्तरमा थप पृष्ठपोषण दिइयो र अभ्यासको लागि गृहकार्य दिइयो ।

 

ग) अवलोकन

पहिलो दिन आधारभुत गणितीय सिप सम्बन्धी केही समस्या सोधी गर्न लगाएर प्रशनोत्तर बिधिबाट अवलोकन गरियो । दोस्रो दिन माथिको कार्ययोजनामा भएको समस्या दिएको उत्तर कक्षामा उपस्थित सबै बिधार्थीहरुले अवलोकन गरे । आफुले गरेका गल्ती कमजोरी बोध भयो ।

 

घ) प्रतिबिम्बन

पहिलो दिन बिधार्थीहरुले बिज्ञानमा गणितीय समस्याका चरणहरु बताउन सक्ने हुनुका साथै आधारभूत गणितीय सिप बिकास भयो । दोस्रो दिनमा दिइएको समस्या ७५% बिधार्थीले पूर्ण समाधान गरे । योजना,कार्ययाजना,अवलोकन पश्चात बिधार्थीहरुमा गल्ती कमजोरी बोध गराई थप पृष्ठपोषण प्रदान गरियो र अभ्यासको लागि पाठ सँग सम्बन्धित केही समस्या दिइयो । शत प्रतिशत बिधार्थीलाई समस्या समाधानको लागि दोस्रो चक्रमा जानुपर्ने देखियो ।

 

दोस्रो चक्र

प्रत्येक बिधार्थीको सिकाई क्षमता फरक फरक भएको हुन्छ । पहिलो चक्रमा ७५% बिधार्थीले समस्या समाधान गरे भने बाँकी २५% बिधार्थीको लागि लक्षित शतप्रतिशत हुने गरी उपचारात्मक पद्दति अनुसार दोस्रो चक्रमा जानुपर्ने देखियो ।

क) योजना

—कक्षामा सम्मलित भएका बिधार्थीहरुलाई मैले बनाएका विज्ञान बिषयमा गणितीय समस्या समाधानको सजिलो तरिकाहरु पुनः प्रस्तुत गर्ने ।

—आधारभूत गणितीय सिप –जस्तै जोड,घटाउँ,गुणन, भाग,समीकरण हल पुनः सिकाउने ।

—त्यसपछि कुनै एउटा समस्या गर्न दिएर त्यसको उत्तर कक्षामा  पुनः ह्ेर्ने ।

—बिधार्थीबाट आएको उत्तरमा थप पृष्ठपोषण दिदै प्रयाप्त गृहकार्य दिदै अगाडि बढने ।

 

ख) कार्य योजना

—माथिको योजना अनुसार दोस्रो चक्रको पहिलो दिन बिधार्थीहरुलाई गणितीय समस्या समाधानका   चरणहरु केही बिधार्थीहरुलाई भन्न लगाइयो । कही बिधार्थीहरुलाई गणितको सामान्य समस्या सोधियो र त्यसबाट उनीहरुलाई आधारभूत गणितीय सीप सिकाइयो ।

—दोस्रो चक्रको दोस्रो दिनको शुरुवातमा पहिलो दिनको बिषयको बिषयबस्तु स्मरण गर्न लगाइयो । त्यसपछि पहिलो चक्रमा समाधान गर्न नसकेका कक्षा ९ का बिधार्थीहरुलाई पुनःप्रवेग निकाल्न लगाइयो भने कक्षा १० का बिधार्थीहरुलाई चन्द्रमाको सतहमा गुरुत्वप्रवेग निकाल्न लगाइयो ।

—बिधार्थीबाट आएको उत्तरमा थप पृष्ठपोषण दिन पहिलो चक्रमा जानी सकेका बिधार्थीहरुलार्य नै लगाइयो । जान्ने बिधार्थीले नजान्ने बिधार्थीहरुलाई सहजीकरण गरे र अभ्यासको लागि गृहकार्य दिइयो ।

 

ग) अवलोकन

 दोस्रो चक्रको पहिलो दिन आधारभुत गणितीय सिप सम्बन्धी केही समस्या सोधी गर्न लगाएर प्रशनोत्तर बिधिबाट अवलोकन गरियो । दोस्रो दिन माथिको कार्ययोजनामा भएको समस्या दिएको उत्तर कक्षामा उपस्थित सबै बिधार्थीहरुले अवलोकन गरे । आफुले गरेका गल्ती कमजोरी बोध भयो । पहिलो चक्रमा सामाधान गरिसकेका बिधार्थीले दोस्रो चक्रमा आफ्ना साथीहरुको उत्तरको अवलोकन गरी सहजीकरण गरे ।

 

घ) प्रतिबिम्बन

दोस्रो चक्रको प्हिलो दिन बिधार्थीहरुले बिज्ञानमा गणितीय समस्याका चरणहरु बताउन सक्ने हुनुुका साथै आधारभूत गणितीय सिप बिकमश भयो । दोस्रो दिनमा दिइएको समस्या ९०% बिधार्थीले पूर्ण समाधान गरे । योजना,कार्ययाजना,अवलोकन पश्चात बिधार्थीहरुमा गल्ती कमजोरी बोध गराई थप पृष्ठपोषण प्रदान गरियो र अभ्यासको लागि पाठ सँग सम्बन्धित केही समस्या दिइयो । शत प्रतिशत बिधार्थीलाई समस्या समाधानको लागि तेस्रो चक्रमा जानुपर्ने देखियो ।

तेस्रो चक्र

माथि जस्तै प्रकृया अपनाई अगाडि बढदा शतप्रतिशत बिधार्थी बिज्ञान बिषयको गणितीय समस्या समाधान गर्न सक्ने भए । तसर्थ चौथो चरणको आवश्यक्ता भएन।

 

९) निष्कर्ष तथा सुझावहरु

—विज्ञानमा रहेका गणितीय समस्या समाधान गर्न सबभन्दा पहिले बिधार्थीहरुको पूर्बज्ञान परीक्षण गरी आधारभूत गणितीय सिप विकास गराउनु पर्दछ ।

—बिज्ञानमा रहेका सुत्र,एकाइ,परिभाषाको धारण बसाल्नुपर्छ ।

—गणितीय समस्या चरणबद्ध रुपमा सिकाउनु पर्दछ ।

—एउटा समस्या दिएर त्यस्तै प्रकारका थुप्रै समस्याहरु अभ्यासको लागि दिनु पर्छ ।

—प्रत्येक बिधार्थीहरुको सिकाई क्षमता फरक फरक हुने हुँदा पहिलो चरणमा जान्न नसकेका बिधार्थीको लागि उपचारात्मक शिक्षण बिधि अपनाउनुपर्छ ।

 

अतः बिधार्थीहरुमा आधारभूत गणितीय धारणको बिकास गरी चरणबद्ध रुपमा पर्याप्त गृहकार्य गर्न लगाई थप पृष्ठपोषण दिई बिज्ञानमा रहेका गणितीय समस्या समाधान गर्न सबिन्छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login