- Home
- Show Content
फलाम र शिल्पकार :प्रेरक प्रसंग
फलाम र शिल्पकार :प्रेरक प्रसंग
शिल्पकार र फलामको कथा
एकपटक एकजना शिल्पकारले फलामका दुईवटा डल्लालाई बेस्सरी तताएर कुट्न थाले । डल्लाहरूलाई एकदमै पिडा भयो, अति छटपटाए, आरामको कामना गरे तर शिल्पकारले झन धेरैबेर तताउदै झन ठुलो घनले हिर्काउन थाले ।
यतिकैमा एउटा डल्लो कुट्दै गरेको ठाउँबाट उछुट्टिन सफल भयो । शिल्पकारले धेरै खोज्दा पनि भेटाउन सकेनन् । अब उनीसँग एउटा मात्र डल्लो रह्यो दुईओटालाई लगाउनु पर्ने बल उनले त्यही एउटामाथि लगातार लगाए । विभिन्न आकृतीहरू बनाउदै, फेरी पिट्दै, बनाउदै गरे ।
यो सब दृष्य उछुट्टिएर पर झाडीमा लुकेको अर्को डल्लोले हेरीरहेको थियो । आफ्नो भाग्यमा तताइ र पिटाइ नपरेकोमा गर्व गर्दै साथिले पिटाइ खाएको हेरीरह्यो । साथीप्रती धेरै माया जाग्यो तर उसँग गर्ने केहि उपाय थिएन ।
पिटाइ खाने साथी आफू उछुट्टिन नसकेकोमा आप्नो भाग्यलाई धेरै गालि गर्दै अर्को जन्ममा यो फलाम भएर जन्मिनु नपरोस भनेर कामना गर्दै कुटाई, पिटाइ सहदै आप्नो स्वरुप परिवर्तन गरिरह्यो । धेरै दिनको तताई र पिटाइ पछि अन्त्यमा शिल्पकारले उक्त फलामको डल्लालाई अत्यन्त सुन्दर सजावटको सामाग्री बनाएर सजायो । अब त उसलाई शिल्पकारले एकदम माया गर्न शुरु गर्यो । सधै पुछपाछ गर्ने, सुम्सुमाउने गर्न थाल्यो । जो आए पनि सबैको नजर उसैमा पर्न थाल्यो । मायाले लुटुपुटु पार्न थाले । अव त आफ्नो भाग्य नै परिवर्तन भएको देखेर डल्लो अत्यन्त हर्षविभोर भएर रहन थाल्यो ।
पहिलाका कष्टका दिनहरू सबै भुल्न थाल्यो । आफूमाथि दयामाया नराखी आगोमा तताउने, घनले पिट्ने शिल्पकारलाई पनि धन्यवाद दिदै खुसीसाथ रह्यो । उता पिट्दापिट्दै उछुट्टिएको डल्लाले यो सबै देखिरहेको थियो । अब उसलाई पिडा र पश्चातापबोध हुन सुरु भयो । त्यतिबेला आफू उछुट्टिनु आफ्नो भाग्य खुलेको नभइ भाग्य बन्द भएको रहेछ भन्ने कुराको महसुस गर्नथाल्यो । आफूमा दिनदिनै पर्दै गएको खियाको कारण कुरुप बन्दै गइरहेको प्रति अति दुखित हुदै गयो । उता आफूसँगैको साथीको सुखका दिन देखेर इर्स्याले आफैमा जल्न थाल्यो ।
त्यतिकैमा एकदिन शहरबाट धनाड्य व्यक्ति आए । शिल्पकारसँग अत्यन्त सुन्दर फलामको सजावट भएको बुझे र भने यस्तो सुन्दर वस्तु मलाई देउ म अत्यन्त भव्य महलमा यसलाई सजाउन चाहन्छु । पैसा जतिपनि दिन्छु । आखिरीमा उसले राम्रै दाम लिएर, फलामलाई बेच्यो ।
फलाम अझ भव्य महलमा जान पाएकोमा हर्षले रुदै धनाड्यको कारमा बसेर सहर लाग्यो । उछुट्टिएको डल्लो दिनदिनै खियाले कुरुप बन्दै गयो । आफ्नो जीवन आफ्नै गल्तीले सखाप पारेकोमा पिडाबोध गर्दै झाडीभित्रै खिइरह्यो खिइरह्यो ।
तुलसीराम पौडेल
मेचीनगर–१०, धुलाबारी, झापा
हाल–मादी, संखुवासभा ।
facebook :


great
Leave a review