स्मरणीय त्यो दिन :प्रेरक कुरा

स्मरणीय त्यो दिन :प्रेरक कुरा

एउटा Cold Store मा ८० जना कामदारहरु काम गर्थें ।एकदिन ती ८० जना कामदारहरुमध्ये एकजना समयमा बाहिर निस्किन सकेनन् । बाहिर जानेहरुले पनि वास्तै नगरी ढोका बन्द गर्दिए ।

 

भित्रको तापमान 0 डिग्रि थियो । कामदार निस्किसकेपछी तापमान 0 Degree गरिन्थ्यो। Phone को Network पनि थिएन । त्यो भित्र हुने मान्छेले इश्वरलाइ सम्झियो,आजै मेरो अन्तिम दिन रैछ भन्यो । आफ्नो घरपरिवार सबै सम्झियो । आँखा बन्द गर्यो ।

 

तर अचानक १०/१५ मिनेटपछि ढोका खुल्यो। भित्र हुने उसले आँखा खोलेर हेर्यो । बोल्न सकेन।

 

इशारा गरेर बोलायो। त्यो ढोका खोल्ने Cold Store को सुरक्षागार्ड थियो । बाहिर निस्किएर केही समय पछि त्यो मान्छेले सुरक्षागार्डलाई सोध्यो । "तपाईंले कसरी थाहा पाउनु भयो कि म भित्र छु भनेर ?"

 

 सुरक्षागार्डले शालिन जवाफ दियो: "८० जना मध्ये हजुर एकजना मात्र हुनुहुन्थ्यो, मलाई भित्र जाँदा पनि  "के छ भाइ ?" भन्ने अनि बाहिर जाँदा पनि "ल भाइ, म लागे राम्रोसँग बस्नु है" भन्ने । म कसरी भुल्न सक्छु हजुरलाई ?

 

आज भित्र गएको मान्छे बाहिर निस्किनु भएन । शंका लाग्यो , अनि ढोका खोलेर हेरेको हजुर भित्र हुँनुहुँदो रैछ । हो , यसरी मान्छेले Miss गर्ने एउटा स्थान बनाउनु पर्छ,आफू नहुँदा अरुलाई अभाव महसुस हुनुपर्छ !!



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 2 Months ago

memorial day

Leave a review

To leave a review, please login to your account. Login