- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना अठार
कार्यमूलक अनुसन्धान : नमुना अठार
अनुसन्धानकर्ताको नाम : कबिता कुमारी
पद र श्रेणी : प्रा. शि. तृतीय
अनुसन्धानको शीर्षक : कक्षा ४ मा शब्दार्थ शिक्षण
कार्यरत बिद्यालय : श्री राष्ट्रिय आधरभूत बिद्यालय श्रीपुर, मिथिला न. पा. ५, धनुषा
१. अनुसन्धानको शीर्षक : कक्षा ४ मा शब्दार्थ शिक्षण
२. अनुसन्धानको पृष्ठभूमि :
नेपालको विद्यालय तहमा नेपाली भाषा बिषयलाई अनिवार्य बिषयका रुपमा कक्षा १ देखि १२ सम्म अध्यापन गरिदै आएको छ । बिद्यालय तहको वर्तमान पाठ्यक्रममा भाषाबिषयलाई प्रमुख बिषयको रुपमा राखिएको छ । प्राथमिक तहमा नेपाली भाषा शिक्षणको मूल उद्देश्य भाषिक सीप सिकाउनु हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका चार सीपहरु हुन । बिद्यार्थीले यिनै चार सीपको प्रयोग गरेर भाषिक क्षमता अभिवृद्धि गर्दछन् । अरुले बोलेको सुनेर बुझ्नु सुनाइ, सुनेका वा आफूले कल्पना गरेका कुरा अरुले बुझ्ने गरी अभिव्यक्त गर्नु बोलाई, लेखिएका कुराहरु पढेर बुझ्नु पढाइ र आफुले पढेका, सुनेका, जानेका वा बुझेका कुरालाई लेख्नु लेखाइ सीप हुन । भाषा शिक्षणमा शब्दार्थ शिक्षणको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । शब्दार्थ शिक्षणबाट सिकारुको शब्दभन्डारमा बृद्धि मात्र नभै शब्दको शुद्ध प्रयोग क्षमतामा समेत बृद्धि हुन्छ । यसले अभिव्यक्तिलाई स्तरीय वनाउन मदत गर्दछ ।
३. अनुसन्धान गरिएको समस्याको पहिचान :
कक्षा ४ को नेपाली बिषयको विभिन्न पाठमा शब्दार्थ शिक्षण गर्दा धेरैजसो (लगभग ८५ प्रतिशत ) बिद्यार्थीले शब्दहरुको अर्थ बताउन र दिइएका शब्दहरु प्रयोग गरी वाक्य बनाउन नसकेको पाइयो । कक्षा कार्य, अवलोकन र प्रिटेष्टद्वारा उक्त कुरा पुष्टि गरियो । शैक्षिक सत्रको सुरुवातदेखि नै बिद्यार्थीहरुमा पूर्बज्ञान तथा बिभिन्न तत्वलाई ध्यान दिदा मैले कक्षा ४ मा शब्दार्र्थ शिक्षणमा देखापरेको समस्यालाई अनुसन्धानको बिषय बनाई समाधानको उपाय खोजेको छु ।
४. अनुसन्धानको उद्देश्य :
कक्षा ४ का बिद्यार्थीहरुमा शब्दार्थ शिक्षणका क्रममा देखिएका समस्याको समाधान गर्ने, आफ्नो कार्य शैलीमा सुधार सहितको परिबर्तन ल्याउने र दिइएका शब्दहरु प्रयोग गरी वाक्य बनाउने सीप अभिबृद्धि गरी १०० प्रतिशत सक्षमता हासिल गराउने ।
५. अनुसन्धानको औचित्य :
श्ैक्षिक समस्याको पचिान, सुधार र समाधानमा कार्यमुलक अनुसन्धानको बिशेष महत्व हुने हुदा मैले पनि शब्दार्थ शिक्षणको लागि कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सीपको शिक्षणमा प्रयोग गर्ने अनुभूति गरेको छु ।
६. कार्यमूलक अनुसन्धानको योजना :
यस कार्यमूलक अनुसन्धानमा निम्न अनुसारको योजना तय गरिएको थियो :
(क) समयाबिधि : यस कार्यमूलक अनुसन्धानको समय अबधि २०७६÷११÷१५ गतेदेखि २०७६÷११÷१८ गते सम्म तय गरिएको थिए ।
(ख) बिधि : यो कार्यमूलक अनुसन्धान कार्य सम्पन्न गर्नका लागि अबलोकन, छलफल, श्रुति लेखन, अनुलेखन, हस्तलेखन, चित्र बर्णन बिधिहरु छनोट गरिएको छ ।
(ग) यो कार्यमूलक अनुसन्धान पूरा गर्नका लागि लिपिबद्ध सामग्री, बिभिन्न किसिमका बस्तु र चित्र, शब्दकोष, पाठ्यपुस्तक, ब्याकरणका पुस्तकहरु, राष्ट्रिय झण्डा, स्थानीय मठ मन्दिरहरु शैक्षिक सामग्रीको रुपमा प्रयोग गरिएको छ ।
७. कार्यक्रम सञ्चालन ः
आफूसँग भएको ज्ञान र सीपको अलावा बिभिन्न तालिमको माध्यमबाट सिकेको सीप तथा अनुभवलाई प्रयोग गर्दै मैले निम्ननुसार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु :
(क) समस्यामूलक बिषयबस्तुको छनौट :
सरलबाट जटिलतिर भन्ने शिक्षणको सूत्र अनुसार कक्षा ४ को बिद्यार्थीलाई नेपाली भाषा शिक्षणमा शब्दार्थ सम्बन्धी बिषयबस्तु छनौट गर्ने प्रयास गरेको छु ।
(ख) हस्तक्षेपकारी चरणको प्रयोग :
पहिलो चरण : कुनै शब्दको अर्थ बताउन सम्बन्धित शब्दले बुझउने बस्तुको चित्र बिद्यार्थीहरुलाई उपलब्ध गराई छलफल र अन्तरक्रिया गराई धेरै पल्ट भन्ने र लेख्ने अभ्यास गराइयो । त्यसैगरी पाठमा भएका शब्दहरुको पर्यावाची शब्द र बिपरीतार्थक शब्द दिएर पनि सिकाइयो ।
दोश्रो चरण : यस चरणमा बिद्यार्थीहरुलाई ४र४ जनाको ५ समूहमा बिभाजन गरियो र प्रत्येक समूहमा एक जना जान्ने बिद्यार्थिलाई समूह नेताको रुपमा समाबेश गरियो । प्रत्येक समूहलाई पाठ्यपुषतकबाट एउटा एउटा अनुच्छेद छनोट गरी सस्वर वाचन गर्न लगाइयो र तयस अनुच्छेदमा प्रयोग भएका शब्दहरुको परिभाषा सहित अर्थ स्पष्ट पारियो । रुनु, हास्नु, दौडनु, घुम्नु, घुम्म परेर बस्नु जस्ता अभिनय र हाउभाउ प्रदर्शन गर्न सक्ने शब्दहरुलाई समूह नेता मार्पmत अभिनय र हाउभाउ प्रदर्शन गर्न लगाई शब्दहरुको अर्थ स्पष्ट पारियो ।
(ग) तेस्रो चरण : बिद्यार्थीको अनुभवको सेरोफेरोसँग सम्बन्धित खास घटना, राष्ट्रिय झण्डा, स्थानीय मठ मन्दिर, दृश्य वा व्यक्ति आदि झल्काउने खालको चित्रहरु उपलब्ध गराई तयसको बारेमा छलफल र अन्तरक्रिया गराइयो । त्यसको आधारमा बिद्यार्थीहरुलाई बिभिन्न किसिमका शब्दहरु दिई मौखिक र लिखित रुपमा वाक्यमा प्रयोग गर्न लगाइयो । थप अभ्यासको लागि प्रत्येक बिद्यार्थीलाई पाँच–पाँचवटा शब्दहरु दिई वाक्यमा प्रयोग गरेर ल्याउन गृहकार्यको रुपमा दिइयो, जसमा बिद्यार्थीहरु सक्रिय भएको पाइयो अन्त्यमा सिकाइ उपलब्धि मूल्याङ्कनको लागि प्रश्नपत्र उपलब्ध गराई पोष्ट–टेष्ट सञ्चालन गरियो ।
८. अनुसन्धानको प्राप्ति :
१० पूर्णङ्कको प्रि–टेष्टको औसत प्राप्ताङ्क ३.२ रहेकोमा त्यसमा सुधार भई पोष्ट–टेष्टको औसत प्राप्ताङ्क ९.५ हुन गयो तर शत् प्रतिशत लक्ष्य हासिल भएन ।
प्रि–टेष्टमा ० देखि ६० प्रतिषत प्राप्ताङ्क ल्याउने बिद्यार्थी १७ जना, ६१ देखि ८० प्रतिषत प्राप्ताङ्क ल्याउने बिद्यार्थी ३ जना, ८० देखि १०० प्रतिषत प्राप्ताङ्क ल्याउने बिद्यार्थी ० जना भएकोमा पोष्ट–टष्टमा क्रमशः १, ३, र १६ जना भयो ।
९. अनुसन्धानको प्रतिबिम्बन ÷ निष्कर्ष :
कक्षा ४ को नेपाली भाषा शिक्षणको शब्दार्थ शिक्षण ज्ञान, सीप र बिश्लेषण तहको भएकोले चित्र र शारिरिक हाउभाउद्वारा शब्दहरुको पार्यावाची र बिपरीतार्थक अर्थसहित बर्णन गरी वाक्यमा प्रयोग गराइएमा बिद्यार्थीहरुको सिकाइ स्तर सुधार गर्न सकिन्छ भन्ने यो अनुसन्धानको निष्कर्ष हो ।
१०. प्राप्त अनुभवलाई कार्यन्वयनका लागि पुनः कार्ययोजना :
नेपाली भाषा शिक्षणको ज्ञान, सीप र बिश्लेषण तहको अन्य पाठहरुमा पनि यही प्रक्रियाद्वारा शिक्षण–सिकाई क्रियाकलाप गर्ने निधो गरियो ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review