अचम्मको सोचाइ

अचम्मको सोचाइ

सकारात्मक सोच

 

अमेरिकामा एकजना किसान थिए ।  जसले उत्कृष्ट गुणस्तरको मकै उब्जाउथे। उनले हरेक बर्ष राम्रो मकै बालि उत्पादन गरेबापत पुरस्कार जित्थे।

 

एकचोटी एउटा पत्रकार उनको बारेमा फिचर लेखन उनको घरमा आए । अन्तर्वार्ताको क्रममा उनले एउटा अचम्मको तथ्य पत्ता लगाए। ति किसानले आफ्नो मकैको बिउ आफ्ना सबै छिमेकीलाई बाडदा रहेछन।

 

पत्रकारले छक्क पर्दै सोधे - तपाइले कसरी आफुले आफ्नो लागि राखेको उत्कृस्ट बिउहरु आफ्ना छिमेकिहरुलाई बाडनु हुन्छ ? जवकि उनीहरु पनि अर्को बर्ष तपाईकै बिरुद्ध उत्कृष्ठ बालि प्रतियोगितामा भाग लिनेवाला छन्।

 

किसानले जवाफ दिए- तपाईलाई थाहा छैन ? जव मकै पाक्छ हावाले एउटा खेतबाट चक्कर लगाउदै अर्को खेतसम्म परागकणहरु पुर्याउछ। यदि मेरा छिमेकिहरुले खराब गुणस्तरको मकै उत्पादन गर्छन भने दोहोरो परागसेचेनले गर्दा मेरो मकैको गुणस्तर पनि खस्किदै जान्छ।

 

तसर्थ मैले राम्रो गुणस्तरको मकै उत्पादन गर्नु छ भने मेरा छिमेकिहरु लाई पनि राम्रो गुणस्तरीय मकै उत्पादन गर्न सहयोग गर्नुपर्छ।

 

हाम्रो जीवन पनि यस्तै नै हुन्छ। जसले अर्थपूर्ण जीवन बिताउन चाहन्छ उसले अरुको जीवन पनि सम्बृद्ध बनाउने कोसिस गर्नुपर्छ। जो कसैले आफु सुखी बन्न चाहन्छ उसले अरुलाई पनि सुखी बन्न सघाउनु पर्छ। किनकी ब्यक्तिको हित सामुदायिक हितसँग जोडिएको हुन्छ।



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 2 Months ago

great work

Leave a review

To leave a review, please login to your account. Login