- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना बिस
कार्यमूलक अनुसन्धान : नमुना बिस
अनुसन्धानकर्ता : सेर बहादुर लामा
विद्यालय : श्री गणेश उच्च माध्यमिक विद्यालय मझुवा-२, सिन्धुली
अनुसन्धानको शीर्षक : " गणित सिकाइमा घनाकार ठोस वस्तुहरुको सतहको क्षेत्रफल सम्बन्धि स्पष्ट अबधारणा कसरि दिन सकिएला ?"
१. कार्यमूलक अनुसन्धान कार्यको शीर्षक
" गणित सिकाइमा घनाकार ठोस वस्तुहरुको सतहको क्षेत्रफल सम्बन्धि स्पष्ट अबधारणा कसरि दिन सकिएला ?"
२. समस्याको परिचयः
म विगत ७ वर्षदेखि श्री गणेश उ.मा.वि. मझुवमा अध्यापनरत गणित शिक्षक हुँ । म कक्षा ९ र १० मा गणित पढाउँदै आइरहेको छु । खास गरि कक्षा ९ मा गणित शिक्षण गर्ने क्रममा ठोस वस्तुहरुको सतहको क्षेत्रफल शिक्षण गर्दा विद्यार्थीहरु अलमलिएको, समस्या समाधान सहि तरिकाले गर्न नसकेको देखिन्छ । तसर्थ उक्त समस्याको कारण पत्ता लगाई विद्यार्थीहरुमा अपेक्षित सुधार गर्नका लागि मैले यो विषयवस्तुमा कार्यमुलक अनुसन्धान थालनि गरेँ ।
३. समस्याको कारणः
विद्यार्थीहरुमा माथि उल्लेखित समस्याहरु रहनुका सम्भावित कारणहरु के-के होलान् ? ति समस्याहरु पहिचान गर्न पाए सुधार गर्न सहज हुने थियो भन्ने मैले सोचेँ । त्यसैले सुधारका लागि सम्भावित कारणहरुको सुचि तयार गरेँ ।
- ठोस वस्तुहरुको सतहको क्षेत्रफल शिक्षण गर्दा ठोस वस्तुको नमुनाको प्रयोग नगर्नु ।
- शिक्षणको क्रममा सुत्र लेखाउने र सुत्रको प्रयोग गरेर शिक्षण गर्नु ।
- ठोस वस्तुको वास्तविक सतहहरुको पहिचान नगराउनु ।
- गणितमा पनि सुत्र रटाउने जस्ता क्रियाकलाप हुनु ।
- विद्यार्थीहरुले देखेका, प्रयोग गर्ने गरेका ठोस वस्तुहरुको उदाहरण एवं शिक्षणमा कम प्रयोग हुनु ।
- बुझाइका लागि शिक्षण नहुनु आदि ।
४. अध्ययनको उद्देश्यः
- विद्यार्थीहरुलाई ठोस् वस्तुहरुको सतह सम्बन्धी स्पष्ट अबधारणा दिनु ।
- ठोस वस्तुहरुको सतहको क्षेत्रफल निकाल्न सक्षम बनाउनु ।
५. कार्य योजना निर्माणः
उल्लेखित समस्याको सुधार एवं समाधानको लागु निम्न अनुसार कार्य योजना बनाएँ ।
६.योजनाको कार्यन्वयनः
पहिलो दिनः
- पहिलो दिन गणितको पिरियडमा विद्यार्थीहरुलाई चिठ्ठा पद्दतीको आधारमा १०\१० जनाको ६ वटा समुह विभाजन गरीयो ।
- प्रत्येक समुहलाई नजिकैको पसलबाट दुई-दुईवटा काटुन/बट्टा (विस्कुट, सलाइ आदिको खालि) संकलन गर्न लगाईयो । कुनै समुहलाई विद्यालयमा रहेको साना टिनको बाकस संकलन गर्न लगाईयो । संकलित काटुन, बाकस, बट्टालाई १,२,३.... गरेर नंबरीङ गर्न लगाईयो ।
दोस्रो दिनः (हस्तक्षेपकारी भुमिका)
- प्रत्येक समूहलाई २/२ वटा रुलर र १/१ वटा मेजरीङ टेप तथा व्यक्तिगतरुपमा पेपर सिट वितरण गरीयो । समुहगतरुपमा प्रत्येक विद्यार्थीलाई संकलित बाकस, काटुनको सतह गणना गर्न लगाई पेपर सिटमा लेख्न लगाइयो । मेजरिङ टेप र रुलरको सहयोगबाट समुहगतरुपमा वितरित बाकस\काटुनको लम्बाइ र चौडाइको नाप लिन लगाइ लेख्न लगाइयो ।
- लम्बाइ र चौडाइको नापबाट प्रत्येक सतहको क्षेत्रफल निकाल्ने तरिकाबारे छलफल गरि क्षेत्रफल निकाल्न लगाइयो । हरेक घनाकार ठोसको सतहको क्षेत्रफलको योग निकाल्न लगाई उक्त सतहहरुको योग नै उक्त ठोसको सतहको क्षेत्रफल हो भन्ने कुराको जानकारी गराईयो ।
७. अवलोकनः
v प्रत्यक्षरुपमा आफुहरुले संकलित ठोसबस्तुहरुको प्रयोग गरी क्रियाकलाप मार्फत सिक्ने मौका पाउँदा विद्यार्थीहरु निक्कै उत्साहित र खुसिसाथ सक्रिय भई सिकेको पाइयो ।
v कक्षाकोठामा सिकाईमा निस्क्रिय विद्यार्थीहरु पनि सक्रिय भई क्रियाकलापमा भाग लिएको देखियो ।
८. प्रतिविम्बनः
v कक्षाकोठा भित्र मात्र सिमित रहि शैक्षिक सामग्री बिना व्याख्यान विधिको प्रयोगबाट गरिने शिक्षणले केहि विद्यार्थीहरुले मात्र सिक्ने र प्राया निरस र निस्क्रिय हुने रहेछन भने विषयवस्तुसँग सम्बन्धित सिकारुहरुले देखेका, प्रयोग गरेका वास्तविक ठोसवस्तुहरुसँगको साक्षातकार गराई क्रियाकलापबाट शिक्षण गर्दा विद्यार्थीहरु उत्साहित भई सबैले सजिलैसँग सिक्ने रहेछन भन्ने महशुस भयो ।
९.निस्कर्षः
विद्यार्थीहरुलाई विषयवस्तुसँग सम्बन्धित स्थानिय सामग्रीहरु संकलन गर्न लगाई क्रियाकलाप मार्फत वास्तविक वस्तुहरुको प्रयोग गरी शिक्षण गरेमा स्पष्ट गणितिय अवधारणा हासिल गर्न सकिने रहेछ भन्ने निस्कर्षमा म पुगेँ ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review