कार्यमूलक अनुसन्धान :नमुना बाईस

कार्यमूलक अनुसन्धान :नमुना बाईस

 अनुसन्धानकर्ता : सीताराम खड्का 

विद्यालय :  श्री जनता मा वि , मेलम्ची -९ ,ज्यामिरे सिन्धुपाल्चोक

अनुसन्धान कार्यको शीर्षक : कक्षा ७ का विद्यार्थीहरूको विज्ञान विषयको पेरियोडिक तालिकाको सुरुको २० ओटा  तत्वको नाम र सङ्केत भन्न र लेख्न सक्षम बनाउने  

१. समस्याको कथन :

म सामुदायिक विद्यालय श्री जनता मा. वि. मा  विज्ञान विषय अध्यापन गर्दछु । यस विद्यालयमा कक्षा ७  मा ३६ जना विद्यार्थी  अध्ययन गर्दछन । अधिकांश विद्यार्थीको विज्ञानको शैक्षिक उपलब्धि कम छ । त्यसमा पनि रासायनिक विज्ञानअन्तर्गत पदार्थ पाठमा पेरियोडिक तालिकाका सुरुको २० वटा तत्वहरूको अध्ययनप्रति रुचीसहित तयार भएको देखिदैन । गृहकार्य र एकाइ परीक्षाको तुलनात्मक अध्ययनमा पनि तत्वको नाम र सङ्केतसम्बन्धि विषयवस्तुमा सिकाइ उपलब्धि न्युन देखिन्छ । यो समस्या समाधान रुचिपूर्ण र रमाइलो तरिकाले शिक्षण सिकाइ संचालन गर्न अपनाउन सकिने प्रमुख क्रियाकलाप के के हुन सक्छन ? भनि यस विषयमा कार्यमूलक अनुसन्धान गर्न र थप  क्रियाकलापकेन्द्रित व्यावहारिक अनुसन्धानात्मक शिक्षण सिकाइ क्रियाकलाप सन्चालन गर्नुपर्ने आवश्यकता महसुस गरे । त्यसैले मेरो अध्ययनको मूल विषयवस्तु बन्न गयो ।  

 

२.समस्याको पहिचान ,कारण विस्लेषण तथा परिकल्पनाको निर्माण

  • विषयवस्तु कण्ठ गर्ने खालको हुनु र बुझ्ने क्षमता कम हुनु

 

  • सम्बन्धित विद्यालय सामुदायिक भएकोले शिक्षण सिकाइको औसत दर कम भएको कारणले समस्या उत्पन्न भएको हुन सक्छ ।

 

  • कक्षागत र तहगत रूपमा विषयबस्तुहरूको समतलिय र लम्बिय समन्वय नमिल्नु ।

 

  • विज्ञान वास्तविक अध्ययनको विषय हो । विज्ञानका विषयबस्तुहरू अवलोकनयोग्य , अनुभवजन्य, भौतिक र ज्ञान्नेंद्रियको माध्यमद्वारा स्पर्शयोग्य हुन्छ । जीवनसँग सबैभन्दा  नजिक रहेर विषयलाई जीवन अनुभब र अवलोकनबाट  टाढा राखेर शिक्षण गर्दा यो समस्या उत्पन्न भएको हुन सक्छ ।

 

  • दैनिक जीवनमा प्रयोग भएको बिभिन्न रासायनिक बस्तुहरूको प्रयोग गर्दै धारणा अघि बढाउदा सिकारुमा आत्मविश्वाश र पूर्व ज्ञानको आधारशिला तयार गर्न सकिन्छ । शिक्षण सिकाइमा उदाहरण विधिको प्रयोग कम भएको हो कि?

 

  • परम्परागत शिक्षण बिधि र शिक्षकको एकोहोरो प्रयासबाट वास्तविक शिक्षण असम्भव छ । सिकारुको मनोविज्ञान तथा व्यावहारिक पक्षले आधुनिक शिक्षण प्रविधिको माग गरेको सन्दर्भमा शिक्षक र सिकारुको सोचाइमा दुरी बढेको कारणबाट समस्या सिर्जना भएको हुनसक्छ ।

 

 

३.अनुसन्धानका मुख्य उदेश्यहरू :

यस कार्यमूलक अनुसन्धानको मुख्य उदेश्य निम्नलिखित रहेको थियो :

  • पेरियोडिक तालिकाको सुरुको २० ओटा तत्वको नाम र सङ्केत भन्न र लेख्न  सक्षम बनाउने ।

 

चरणबद्ध रणनीतिका प्रयासहरू :

  • पहिलो चरण

क)   योजना

  • विद्यार्थीले त्रुटी गर्ने स्थान पहिचान गर्ने । कठिन चरण पत्ता लागाउने ।

 

  • विद्यार्थीलाइ अगाडी ल्याएर तत्वको नाम र सङ्केत लेख्न लगाउने।

 

  • हाजिर गर्दा प्रत्येक  बिध्यार्थीलाई Present sir  को सट्टामा तत्वको नाम भन्न लगाउने ।

 

ख)    कार्य

 

१. तत्वहरूको नाम र सङ्केत कसरि भयो ? सोधियो ।

 

२.  प्रश्नोत्तर र उदाहरणबाट तत्वको नाम र सङ्केतको धारणा परिक्षण गरियो ।

 

३. हाजिर गर्दा प्रत्येक  बिध्यार्थीलाई Present sir  को सट्टामा तत्वको नाम भन्न लगाइयो ।

 

ग) अवलोकन

१. तत्व भनेको, लेखेको अवलोकन गरियो ।

 

२. तत्वको नाम  र संक्वेत लेखेको हेरियो ।

 

३.हाजिर गर्दा प्रत्येक  बिध्यार्थीलाई Present sir को सट्टामा तत्वको नाम भनेको अवलोकन गरियो 

 

घ) प्रतिबिम्बन

  • तत्वको नाम र सङ्केत लेखन र बुझाइमा आंशिक सुधार देखियो ।

 

  • कण्ठ गर्ने प्रवृत्तिले उच्च स्थान लिएको पाइयो।

 

  • सिकाइ योजनामा हिड्न थालेको पाइयो। सिकेको वास्तविक समस्या पूर्ण रूपमा समाधान हुन सकेन

 

  • वास्तविक अबधारणा निर्माणमा अघि पनि कठिनाइ देखियो

 

  • नया योजना निर्धारण जरूरी देखियो ।

 

समस्या समाधानमा आंशिक  मात्र सफलता प्राप्त  भएकोले अनुसन्धानको निम्न अनुसार  नयाँ चरण निर्माण गरियो

 

दोस्रो  चरण

क)   योजना

१. दैनिक जीवनमा प्रयोग भएको  तत्वहरूको पहिचान गराउने ।

 

२. अभ्यासलाई प्राथमिकता दिने । तत्वको नाम र सङ्केतलाइ चार्ट पेपरमा प्रस्तुत गर्ने ।

 

३. तत्व को नाम र संकेसँग जोडेर खेल खेलाउने ।

 

ख)    कार्य

१. बेलुनमा हाइड्रोजन ग्यास भेरेर, म्यागनेसियमको रिबन , क्याल्सियमको  चक्की, लगायत अन्य तत्वहरूलाई ब्यबहारिक प्रयोगको बस्तुसँग जोडेर सिकाइयो ।

 

२.प्रश्नोत्तर र उदाहरणबाट तत्वको नाम र सङ्केत को धारणा परिक्षण गरियो ।

 

३.चार्ट पेपर वा कार्ड पेपरको प्रस्तुतीकरण गरि  धारणा बसाल्ने प्रयास गरियो ।

 

४ तत्व र सङ्केतसम्बन्धि  खेल  खेलाइयो ।

 

ग) अवलोकन

  १. तत्वको नाम  र संक्वेत लेखेको हेरियो ।

  २.पुन हाजिर गर्दा प्रत्येक  बिध्यार्थीलाई Present sir को सट्टामा तत्वको नाम भनेको अवलोकन गरियो ।

 

 ३.तत्वको नाम र सङ्केत लेख्ने क्षमता प्राप्त भए नभएको मुल्यांकन गरियो ।

 

  ४. खेल खेलेको अवलोकन गरियो ।

 

घ) प्रतिबिम्बन

 १.विद्यार्थीहरूमा दैनिक जीवनमा प्रयोग भएको बस्तुसँग जोडेर तत्वको धारणा बसाउने क्षमताको बिकास भयो।

 

२. खेलको माध्यमबाट सिक्ने र नया नयाको नियम बनाउन उत्सुक देखियो ।

 

३.आत्मविश्वाशको वृद्धि भएको पाइयो ।

 

४. ५\६ जना विद्यार्थीमा थप उपचारात्मक शिक्षणको आवश्यकता देखियो ।

 

माथिको दुइ चरणमा प्राप्त सफलतालाई पूर्ण उपयोग  गर्दै समस्या समाधानको लागि निम्न  अनुसार  नयाँ चरण निर्माण गरियो :

क)   योजना

१.नेमोनिक विधिको प्रयोग गर्ने ।

 

२ .अभ्यासलाई प्राथमिकता दिने ।

 

 ३. सिकाइलाई प्रोजेक्टरको सहायताबाट   मल्टिमिडियाको प्रयोग गरि संचालन गर्ने ।

 

ख)    कार्य

१.नेमोनीक बिधिअनुसार तत्वको सुरु सुरुको १\२ अक्षरहरू मिलाई सुत्रमा परीणत गरि सिकाइयो ।

 

२ .थप अभ्यास गराउदै पहिले प्रयोग भएको बिधीलाइ पुन स्मरण गराइयो ।

 

३ .विद्यार्थीलाइ white board मा तत्वहरूको नाम र सङ्केत जोडा मिलाउन लगाइयो ।

 

 ४.प्रश्नोत्तरविधिबाट तत्वको नाम र सङ्केत सोधियो ।

 

  ५.प्रोजेक्टरको सहायताबाट   मल्टिमिडियाबाट श्रब्य दृश्य गराई सिकाइलाई आकर्षक शैक्षिक वृतचित्र प्रदशन गरियो ।

 

ग) अवलोकन

१.तत्वको नाम  र संक्वेत लेखेको हेरियो ।

 

२.विद्यार्थीले white board मा तत्वहरूको नाम र सङ्केत जोडा मिलाएको हेरियो ।

 

 ३.प्रश्नोत्तर विधिबाट तत्वको नाम र सङ्केत भनेको सुनियो ।

 

 ४.तत्वको नाम र सङ्केत लेख्ने क्षमता प्राप्त भए नभएको मुल्यांकन गरियो ।

 

 ५. नेमोनिक विधिको प्रयोग को मुल्याकन गरियो ।

 

घ) प्रतिबिम्बन

१.आत्मविश्वाशको वृद्धि भएको पाइयो ।

 

२ .तत्व र सङ्केतको धारणा पूर्ण रूपमा बिकसित भएको पाइयो ।

 

 

अनुसन्धानको प्राप्ति र निस्कर्षहरू

१.सिकाइलाई दैनिक व्यवहारसँग जोडेर संचालन गर्नुपर्ने ,

 

२.धारणा निर्माणको लागि ठोस बस्तुको प्रयोग गर्नुपर्ने,

 

३.शिक्षण सामाग्री सहित आधुनिक शिक्षण प्रविधिमा जोड दिनुपर्ने ,

 

४. आत्मविश्वाश वृद्धि गर्ने रमाइलो सिकाइ बाताबरण सिर्जना गर्नुपर्ने ,

 

५. पठन र लेखन अभ्यासमा जोड दिनु पर्ने ,

 

६. गुणस्तरीय सिकाइको लागि सिकारुको पूर्ण सहभागिता अनिबार्य हुने,

 

७ खेल विधिले सिकाइलाई  व्यवहारसँग जोड्ने गर्दछ फलस्वरूप सिकाइ दिगो हुने ,

 

सिकारुको सिक्ने क्षमता फरक फरक किसिमको हुन्छ । शिक्षकले सो क्षमताको पहिचान गरि शिक्षण गर्न  नसकेमा सिकाइ प्रभावकारी हुदैन ।सिकाइलाई अनुसन्धानमुखी बनाइ कार्यमुलक अनुसन्धान नगर्ने हो भने समस्या समाधानमुखी सिकाइको कुनै ग्यारेन्टी छैन ।त्यसैले सफल शिक्षक बन्ने एउटा मात्र सर्त कार्यमूलक अनुसन्धानको निरन्तर प्रयोग हो ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 



  • Reviews (1)
  • youthdil
  • 4 Years, 5 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login