प्रेरक: बुद्धको सहनशीलता

प्रेरक: बुद्धको सहनशीलता

बुद्ध आपनो यात्राका क्रममा कतै गाउँको बाटो हिंड्दै हुनुहुन्थ्यो ।  बाटोको बिचैमा एउटा मान्छेले अचानक आएर बुद्धलाई जथाभावी गाली गर्न थाल्यो । उसले आफ्नो मुखमा जे आयो त्यही बोलेर बुद्धलाई अपमान गर्दै थियो । तर बुद्ध कत्ति विचलित हुनुभएन । दुःख पनि मान्नुभएन । बरु उसले गाली गरुन्जेल बुद्ध हाँसी रहनुभयो ।

 

बुद्धले ऊ रोकिएपछि बल्ल उसलाई प्रश्न गर्नुभयो, "मानौँ तपाईंले कसैलाई दिन भनेर उपहार किन्नुभयो तर जसलाई तपाईंले दिन चाहनुभएको थियो, उसले त्यो उपहार स्वीकारेन भने त्यो वस्तु कसको हुन्छ ?"

 

बुद्धले रिसाउनुको सट्टा झनै विनयी बनेर उसलाई प्रश्न गर्नुभयो । यसरी प्रश्न गरेकोमा  छक्क पर्दै उसले तुरुन्तै जवाफ दियो, "किन ? उसले नस्वीकारेपछि मैले किनेको कुरो मेरै हुन्छ नि !"

 

"सही भन्नुभयो हजुर । तपाईंले मप्रति गाली, रिस, दुर्भाव र घृणा पोख्न चाहनु भयो । तर मैले तपाईंले दिनुभएका कुनै पनि कुरा स्वीकारिनँ । अब ती सबै तपाईंले नै राख्नोस् ।" बुद्धले प्रसन्न भावमा मुस्कुराउँदै भन्नुभयो ।



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 2 Months ago

great

Leave a review

To leave a review, please login to your account. Login