- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना चौविस
कार्यमूलक अनुसन्धान :नमुना चौविस
अनुसन्धान कर्ता
नाम: घनश्याम ढुंगाना
पद: शिक्षक
तह: नि.मा. नेपाली
विद्यालय: श्री सिजुवा मा.वि.
ठेगाना: रतुवामाई न.पा.७, सिजुवा मोरंग
समय: १ महिना (२०७६ भद्र १ गते देखि ३० गते सम्म)
.........................................................................................
१) शीर्षक :“कक्षा आठका विद्यार्थीहरुले नेपाली भाषा विषयको अध्ययन अन्तर्गत बोलाई र लेखाई क्रियाकलापका क्रममा गर्ने पदसंगति सम्बन्धी गल्तीका कारण र तिनीहरुको सुधारका प्रयासहरु”
२)समस्याको पृष्ठभूमि र अनुसन्धानको सीमा
- सिजुवा मा.वि. रतुवामाई-७ सिजुवा अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकहरु कम शिक्षित र विपन्न छन्। उनीहरुले घर परिवारभित्र आफ्नै मातृभाषा बोल्दछन्, यसकारण अधिकाँश बालबालिकाहरुले नेपाली भाषालाई दोश्रो भाषाको रुपमा सिक्नु पर्ने वाध्यता छ ।
- सिजुवा मा.वि. को कक्षा आठका धेरैजसो विद्यार्थीहरु नेपाली भाषाको बोलाई र लेखाई क्रममा पदसंगति ( कर्ता,क्रिया,विशेषण र क्रिया विशेषण आदिकबिचमा हुने लिङ्ग,वचन,पुरुष,आदर्र्काल र पक्षको आपसी मेल) सम्बन्धी बारम्बार गल्ति गर्दछन् ।
- अभिभावक र साथीहरुबाट पनि यस प्रकारका गल्तिहरुको स्थानान्तरण भइरहेको छ ।
३) समस्या समाधानको परिकल्पना र कार्यन्वयन योजना :-
क) विद्यार्थीहरुलाई नेपाली भाषामा वाक्य संरचनाको शासनसम्बन्धी ज्ञान दिएर पदसंगति सम्बन्धी त्रुटीहरुलाई सुधार गर्नसकिन्छ ।
ख) पदसंगतिसित संबन्धित उदाहरणहरुको माध्यमबाट मौखिक तथा लिखित अभ्यास गराएर त्यस सम्बन्धी गल्तीहरुलाई सुधार गर्न सकिन्छ।
ग) प्रत्येक दिन लेखाई क्रियाकलाप गराई त्यसको सहि तरिकाले परिक्षण गर्दै गल्तिभएक ठाउँमा सच्याउन सहयोग गरेर शुद्ध र अशुद्ध वाक्यको तुलना गरि लिखित रुपमा हुने गल्तिहरुलाई हटाउन सकिन्छ ।
घ) उपर्युक्त परिकल्पनाको कार्यन्वयनका लागि आवश्यक रुपरेखा तयार गरेर निम्न अनुसारको योजना कार्यन्वयन विधि प्रयोग गर्न सकिछ ।
| क्र.स. | शुरूका क्रियाकलाप | शिक्षण विधी | अपेक्षित साधन | समय |
| १ | विद्यार्थीहरुलाई नेपाली भाषा अन्तर्गत वाक्यगठन सम्बन्धी पदसंगतिका आधार हरुको जानकारी गराउने तथा वाक्य रचाना गर्न लगाउने |
मौखिक र लिखित दुबै अभ्यास गराउने |
पदसंगतिका नियम झल्काउने तालिका र पदसंगति नभएका तथा भएका वाक्यहरू लेखिएका तालिका, गोजी तालिका तथा शब्दापत्तीहरु | ७ दिन |
| २ | विभिन्न ढाँचा तथाआशयका वाक्यहरु संरचना गर्ने, लिखित तथा मौखिक अभ्यास गराउने | मौखिक अभ्यास,श्रुति लेखन | पद्संगति सित संबन्धित शब्द, वाक्य तथा लिखित प्रश्नावलीहरु | ७ दिन |
| ३ | शिक्षाकले सूक्ष्म तरिकाले निरीक्षण गर्ने र गल्ति भएको ठाउँमा सच्याउन निर्देशन दिने। | सेतो पाटीमा लिखित अभ्यास, श्रुति लेखन र मौखिक अभ्यास गराई कक्षाकार्य संचालन गर्ने | पर्याप्त मात्रामा पदसंगति सित संबन्धित प्रश्नावालीहरु र लिखित सामग्रीहरु | ३ दिन |
| ४ | वाक्य गठनमा पदसंगति सम्बन्धी सहायक सामग्री समूहमा वितरण गरेर शुद्ध वाक्य गठन गर्ने मौखिक र लिखित अभ्यास गराउने | कक्षामा अगुवा विद्यार्थीको सहयोग लिने, नियमित अभ्यासको माध्यमबाट शुद्ध वाक्य रचना गर्न सक्षम बनाउने |
सहायक सामग्री र पूस्तक |
३ दिन |
४)अनुसन्धानको उदेश्य :-सिजुवा मा।वि। को कक्षा आठमा अध्ययनरत ४० जना छात्रा र ३२ जना छात्र गरि जम्मा ७२ जना विद्यार्थीहरुलाई नेपाली भाषाको बोलाई र लेखाईका क्रममा गरिने पदसंगति सम्बन्धी गल्तिहरु हटाएर शुद्ध वाक्यको रचना र प्रयोग गर्न सक्षम बनाउने;
५)औचित्य एबम महत्व :- यस कार्यमूलक अनुसन्धानले विद्यार्थीहरुलाई नेपाली भाषाका शब्दहरुको शुद्ध प्रयोग गरि वाक्य रचनागर्न सक्षम बनउने छ।शिक्षाक स्वयम् ले गरेका गल्ती-कमजोरीहरु पहिचान गरि सुधार गर्ने प्रेरणा र अवसर प्राप्त हुनेछ। नेपाली भाषाको सिकाई एबम अध्ययनप्रति विद्यार्थीहरुमा आकर्षण बढ्न गई विद्यालयको शिकई उपलब्धी वृद्धिमा समेत टेवा पुग्नेछ ।
६) समस्याका कारण र निराकरणका आधारहरु :-
- विद्यार्थीहरुले नेपाली भाषाका वाक्य गठनक क्रममा आवश्यक पदसंगति सम्बन्धी नियमहरुको जानकारी प्राप्त गर्न र तिनीहरुलाई पालन गर्न नसक्नु ;
- विद्यार्थीहरुले बोलाई तथा लेखाई क्रियाकलापमा ध्यानपूर्वक भाग नलिनु ।
- अघिल्ला कक्षाहरुमा शिक्षणगर्ने शिक्षाकले पनि नेपाली भाषाको मौखिक तथा लिखित क्रियाकलापमा विद्यार्थीहरुले गरेका भाषिक त्रुटीहरुमा ध्यान पुर्याउन नसक्नु
- शिक्षाकले विद्यार्थीहरुलाई शब्दहरुको शुद्ध प्रयोग गरि मौखिक र लिखित रुपमा वाक्यरचना गर्ने कार्यमा प्रेरित गर्न नसक्नु ।
- विद्यार्थीहरुलाई शब्दको शुद्ध प्रयोग गरि वाक्य रचना गर्दाको महत्व बोध गराउन नसक्नु ।
- समस्याको निराकरण तथा समाधानका आधारहरु
| क्र.स. | समस्याक कारण |
प्रमाण तथा निराकरण उपायहरु |
तथ्य तथा अनुमान |
अनुसन्धानकर्ताको वसमा |
| १ | विद्यार्थीहरु शब्दको शुद्ध प्रयोग गरि पदसंगतिका नियम पालन गरेर वाक्य रचना गर्नुपर्ने कार्यमा धेरै त्रुटी गर्दछन् । |
विद्यार्थीहरुलाई शब्द वा पदको शुद्ध प्रयोग गरि पदसंगतिक विविध पक्ष र नियमहरुको जानकारी सहित वाक्यरचना गर्ने अभ्यास गरउनु जरुरी देखिएको छ । |
तथ्य | छ |
| २ | विद्यार्थीहरु नेपाली भाषाको शुद्ध तथा शिष्ट बोलाई र लेखाई क्रियाकलाप ध्यानपूर्वक गर्दैनन्। | मौखिक र लिखित क्रियाकलाप गराई त्यसको जाँच गरेपछि जानकारी प्राप्त भएको छ । | तथ्य | छ |
| ३ |
शिक्षकले शब्दको शुद्ध प्रयोग गरि वाक्य गठनगर्नमा विद्यार्थीहरुलाई प्रेरित गर्न सकेको देखिदैन । |
मौखिक तथा लिखित कार्यको जाच पछी विद्यार्थीहरुलाई सोधपुछ गर्दा जानकारीप्राप्त भएकोछ । |
तथ्य | छ |
| ४ |
पाठ पढ्ने समयमा पदहरुको आपसी मेल वा संगतिको ख्याल नगर्नु । |
पाठवा अनुछेद पढ्न दिएर तथा वाक्य रचना गर्न लगाएर जानकारी प्राप्त भएको छ । |
तथ्य | छ |
७) अनुसन्धान योजना कार्यन्वयन पूर्वको अवश्था विश्लेषण
|
कक्षा ८ को विद्यार्थी संस्था |
पद्संगति मिलाएर शुद्ध वाक्य रचना गर्न सक्ने विद्यार्थी |
पदसंगति मिलाएर शुद्ध वाक्य रचना गर्न नसक्ने विद्यार्थी संख्या |
|
छात्रा संख्या :-४० छात्र संख्या:-३२ जम्मा:- ७२ |
१८ जना वा २५%
|
५४ जना वा ७५% |
८) योजना कार्यन्वयन:- यस कार्यमूलक अनुसन्धान योजनाको कार्यन्वयन गर्ने क्रममा निम्न बमोजिमका कार्यहरु सम्पन्न गरियो;
क) यस योजनको नं। ४ ‘घ’ को तालिकामा उल्लेखित कार्यहरुलाई पुनः दोहोर्याएर गर्न लगाइयो । समय-४ दिन
ख) शब्द पत्ती, गोजितालिका, वाक्यपत्ती, वाक्यतालिका र विभिन्न किसिमका प्रश्नावली तथा सामग्रीहरुको प्रयोगगरी शब्दहरुको शुद्ध प्रयोग गरेर पदसंगतिका आधारभूत नियमभित्र रही मौखिक तथा लिखित रुपमा वाक्य रचना गर्ने र परिवर्तन गर्ने क्रियाकलाप सबै विद्यार्थीहरुको बिचमा गराइयो । समय-३ दिन
ग) पाठ्यपुस्तक,बालपत्रिका तथा विभिन्न मुद्रिक सामग्रीहरुको प्रयोगवि गरि विद्यार्थीहरुलाई पदसंगति विभिन्न पक्षहरुको पहिचान गर्ने र त्यस्तै किसिमको मौलिक प्रयोगको अभ्यासकार्य समेत गराइयो । समय: ३ दिन
९) परिणाम र तथ्यांकीय विश्लेषण:- योजना कार्यन्वयन पश्चात निम्न वमोजिमको परिणाम प्राप्त भयो ।
|
जम्मा विद्यार्थी |
पदसंगतिका नियमहरु पालन गर्न सक्ने विद्यार्थी |
पदसंगतिका नियम राम्ररी पालन गर्न नसक्ने विद्यार्थी |
|
७२ जना |
४८ जना |
पदसंगतिका नियम राम्ररी पालन गर्न नसक्ने विद्यार्थी |
१०) निष्कर्ष:- यस कार्यमूलक अनुसन्धान पूर्वको अवस्था र पश्चातको परिणामलाई तुलना गर्दा निम्न वमोजिमको निष्कर्षमा पुग्न सकिन्छ ।
क) विद्यार्थीहरुमा पदसंगतिको उपर्युक्त प्रयोग गर्न सक्ने क्षमतामा उल्लेख्य वृद्धि भएको छ ।
ख) यस अनुसन्धानबाट समस्याको निराकरण गर्ने कार्य धेरै हदसम्म सफल भएको छ। साथै यसले अन्य विषयको अनुसन्धान गर्न समेत प्रेरण प्रदान गरेको छ ।
ग) यसमा प्रयोग गरिएका विधि र क्रियाकलापहरु नियमितरुपमा कार्यन्वयन गर्ने हो भने यो समस्या पूर्णरुपमा समाधान हुन सक्छ ।
घ) समस्याको पूर्ण समाधानका लागि माथिका उपाय तथा विधिहरुलाई पुनः कार्यन्वयन गर्नु उचित देखिन्छ ।
११) प्रतिविम्वयन तथा सुझाव र पृष्ठपोषण:- यस अनुसन्धान बाट प्राप्त निष्कर्षलाई सहकर्मी शिक्षकको वीचमा प्रस्तुत गरि अनुभव आदानप्रदान गरियो । यसक्रममा सम्बद्ध सबै व्यक्तिहरुले निम्न विषयलाई आत्मसात गर्नु लाभदायी देखिन्छ ।
क) विद्यार्थीहरुले साना कक्षा देखि नै शब्दहरुको शुद्धप्रयोग र वाक्य गठनमा ख्याल राखून भन्ने पक्षमा शिक्षकले ध्यान पुर्याउन जरुरी छ ।
ख)विद्यार्थीहरुलाई सानै उमेर देखि शुद्ध र शिष्ट भाषा बोल्न र लेख्न सिकाउनु जरुरी छ ।
ग) समय समयमा मौखिक अभ्यास, श्रुतिलेखन र स्वतन्त्र लेखन गराउनु आवश्यक छ ।
घ) शिक्षक धैर्यतापूर्वक आफ्नो लक्ष प्राप्तीमा सधैँ अग्रसर हुनुपर्छ ।
ङ) आफूमा आइपरेको समस्याको समाधानका लागि अर्काको मुख ताकेर बस्नुको सट्टा वैज्ञानिक उपायहरुको खोजी गर्नु उपर्युक्त हुनजान्छ ।
१२) पुनयोजा:- यस चरणको कार्यन्वयनबाट करिब दुई तिहाई मात्र सफलता प्राप्त गरेको हुँदा नं ९ देखि नं ११ सम्मका क्रियाकलापहरु पुनः गर्नु गराउनु आवश्यक छ ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review