- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना छब्बिस
कार्यमूलक अनुसन्धान :नमुना छब्बिस
अनुसन्धानकर्ता : रीता बादे श्रेष्ठ
विद्यालय र ठेगाना : चण्डेश्वरी मा.वि.–४, नाला, बनेपा, काभ्रे
शीर्षक : बन्दाबन्दी (कोभिड–१९) को समयमा विद्यार्थीहरुको अनलाइन कक्षामा पहुँचको समस्या
१. पृष्ठभूमि
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारिरहेको छ । नेपाल सरकारले महामारीको उच्च जोखिमलाई ध्यान दिँदै सुरुमा २०७६ चैत ६ देखि चैत्र मसान्तसम्मका लागि विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै शिक्षण संस्था बन्द ग¥यो । कोरोना संक्रमण बढ्दै गएपछि पटकपटक बन्दाबन्दीको समय थपियो । यो विषम परिस्थितिमा बालबालिकाहरुको पठनपाठनलाई ध्यानमा राखेर वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण गर्नु समयको माग अनि आवश्यकता रहेको छ । शिक्षकहरुको क्षमता अभिवृद्धि एवम् प्रविधिमा पहुँच बढाउन र सम्भावना भएका विद्यार्थीहरुलाई अनलाइन प्रविधिमा जोडी सिकाइमा निरन्तरता दिनुपर्छ भन्ने अपेक्षाका साथ स्थानीय सरकारको पनि साथ र सहयोग रहेको छ । यो परिवेशमा बालबालिकाहरुको शिक्षा पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो । त्यसका लागि हाम्रो विद्यालयले पनि वैकल्पिक शिक्षण विधि अपनाएर शिक्षण गर्ने निर्णय गरेको छ ।
२. समस्याको पहिचान :
वर्षभरिमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्छ । विद्यालयमा १९२ दिन पढाइ हुनुपर्छ तर समय परिस्थितिसँगै आइपर्ने दैवी–प्रकोप, महामारी(कोभिड–१९) तथा अन्य भयावहका कारण विद्यार्थीहरुलाई उपस्थित गराई विद्यालय सञ्चालन गर्न समस्या हुने भएकोले त्यस्तो परिस्थितिमा विद्यार्थीलाई पठनपाठनमा संलग्न गराई राख्न बैकल्पिक विधिहरुको प्रयोग गर्नुपर्ने देखियो । जसमा कक्षा सञ्चालन गर्दा अनलाइन कक्षामा कक्षा १० का विद्यार्थीहरुको पहुँचमा समस्या देखिएकोले यो कार्यमूलक अनुसन्धान गरिएको हो ।
३. समस्याको पुष्ट्याइँ : मैले कक्षा १० का २६ जना विद्यार्थीहरुमध्ये ५ जना विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न सकिनँ ।
४. अध्ययनको उद्देश्य :
(क) कक्षा १० का विद्यार्थीको अनलाइनमा पहुँच नहुनाको कारण पत्ता लगाउन
(ख) सोहीअनुसार समस्याको समाधान गर्न ।
५. समस्याका कारणहरु :
- विद्यार्थीसँग डिभाइस (साधन) नहुनु,
- साधन हुनेसँग पनि इन्टरनेटको व्यवस्था नहुनु
- अभिभावकहरुको कम चासो हुनु
- विद्यार्थी तथा अभिभावकहरुमा प्रविधि सम्बन्धी राम्रो ज्ञान नहुनु ।
६. समाधानका उपायहरु :
- अभिभावकहरुसँग समन्वय गरेर सम्भव भएसम्म साधन उपलब्ध गराइदिन अनुरोध गर्ने
- विद्यालय प्रशासनसँग छलफल गरी विद्यार्थीहरुलाई सहयोगका लागि अनुरोध गर्ने
७. कार्यमूलक अनुसन्धानको योजना :
यस कार्यमूलक अनुसन्धानमा उल्लेखित समाधानका उपायहरु अवलम्बन गरी समस्या समाधान गर्नका लागि निम्न अनुसारको योजना बनाइयो ।
(क) समयावधि : यस कार्यमूलक अनुसन्धानको समय अवधि २०७७÷०२÷०५ देखि २०७७÷०२÷०९ सम्ममा प्रविधिमा पहुँच नभएका र अनलाइन कक्षामा नजोडिने विद्यार्थीका अभिभावकहरुलाई फोन सम्पर्क गरी नजोडिनाको कारणबारे छलफल गरी विद्यार्थीहरुलाई कक्षामा जोडिदिनका लागि अनुरोध गर्ने
(ख) स्वयम् विद्यार्थीसँग सम्पर्क गरी नजोडिनाको कारण सोधी यो परिवेशमा अनलाइन कक्षाको महत्त्व महसुस गराउने
(ग) विद्यालय प्रशासनसँग पनि सहकार्य र सहयोगका लागि अनुरोध गर्ने ।
८. कार्यान्वयन :
समस्याका उल्लेखित समाधानहरु खोज्ने योजना बनाई योजनानुसारका सबै कार्यहरु सम्पन्न गरियो ।
९. अवलोकन : योजनानुसार नियमित रुपमा अभिभावक, विद्यार्थी, विद्यालय प्रशासन र मेरो आफ्नो सक्रियतामा योजनानुसार कार्यान्वयन गर्दा अनलाइन कक्षामा नजोडिने ५ जना विद्यार्थीहरुमध्ये ४ जना विद्यार्थीहरु कक्षामा जोडिन सुरु गरे भने एक जनालाई अझै जोड्न सकिएन ।
१०. प्रतिबिम्बन : अनलाइन कक्षामा नजोडिने ५ जना विद्यार्थीहरुमध्ये ४ जना जोडिए पनि १ जनालाई अझै जोड्न नसकिएकाले पुनः योजना बनाई कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review