कार्यमूलक अनुसन्धान :नमुना सत्ताइस

कार्यमूलक अनुसन्धान :नमुना सत्ताइस

शिक्षकको नाम : अभियान अनुरोध डि.सी (मेघ विलास ढकाल)

विद्यालय : श्री जनउद्धार माध्यमिक विद्यालय, नागार्जुन नगरपालिका, काठमाडौं

विषय : गणित तथा विज्ञान

 

शीर्षक : कक्षा– ८ मा नाफा र नोक्सान शिक्षणमा देखिएको समस्या र त्यसको समाधान

१. परिचय/पृष्ठभुमि

विश्वका धेरै मानिसहरू नयाँ नयाँ कुराहरूबाट खुसी हुन र मनलाई आनन्दित बनाउन चाहिरहेका हुन्छन् । त्यसमध्ये केही मानिसहरू विज्ञान र गणित विषयहरूको खोज अनुसन्धानमा आफ्नो महत्वपूर्ण समय विताईरहेका हुन्छन् । केही मानिसहरू विज्ञान तथा गणित बिषयका विविध विषयवस्तुहरू, सामग्री निर्माण र क्रियाकलापमा खेल्दै रमाइरहेका हुन्छन् । नयाँ नयाँ कुराहरू सिक्न र आफूलाई मनैदेखि आत्मसन्तुष्टि प्राप्त गर्न विज्ञान र गणित पढेको बिताउछन् । केही मानिसहरू विज्ञान र गणित विषय अध्ययन गरेर उच्च शिक्षा प्राप्त गर्न सक्यो भने रोजगारीको सुनिश्चितता हुन्छ भन्ने सोचाइ यी विषयहरू पढिरहेका हुन्छन् भने केही मानिसहरू यस्ता पनि छन् जो विज्ञान, गणित र अंग्रेजी बिषय भन्ने बित्तिकै यो जान्नेहरूले पढ्ने विषय हो यी विषय साह्रै गाहृो हुन्छ भनेर सुन्नै चाहदैनन् । तर मानिसहरूको जे जस्तो धारणा भए पनि न्युनतम विद्यालय स्तरका शिक्षा सम्म यी यस्ता विषयहरूको अध्ययन अधिकाशं देशहरूले अनिवार्य बनाएका छन् । यसै परिप्रेक्षमा हाम्रो जस्तो विकासोन्मुख देशको पाठ्यक्रम विकास केन्द्रले पनि विद्यार्थीको स्तर जे जस्तो भएपनि विज्ञान, गणित तथा अंग्रेजी जस्ता विषयलाई अनिवार्य बनाएको छ । सोेही बमोजिम विद्यालयको आधारभुत र माध्यमिक तहमा कम्तिमा १÷१ जना सम्बिन्धत विषयका शिक्षक नियुक्त गर्ने पद्धति नेपाल सरकारले मिलाएको छ । सबै खाले क्षमता भएका बिद्यार्थीलाई सरल र प्रभावकारी ढङ्गले अध्यापन गराउनका लागि समय सापेक्ष शिक्षण सिकाइ प्रक्रियालाई स्तरीय बनाउन विभिन्न पेसागत तालिम सञ्चालन हुदै आएको छ ।

कुनै ठोस समस्यामा केन्द्रीत भई वैज्ञानिक ढंगले त्यस समस्याको समाधान गर्ने उपायहरू खोज्ने कामलाई साधारण भाषामा अनुसन्धान भनिन्छ । अनुसन्धान एक यस्तो अध्ययन हो जहाँ समस्याको गहनतम् अध्ययन वैज्ञानिक तवरले गरी त्यसको समाधानको बाटो पत्ता लगाइन्छ । कार्यमुलक अनुसन्धान कक्षा कोठामा देखिएका व्यावहारिक समस्याहरूसँग सम्बन्धीत हुन्छ । सामान्य अर्थमा कक्षाकोठाका समस्याहरूलाई निदान गरी सुधार गर्ने उदेश्यले शिक्षकहरू सुपेरिवेक्षण र विद्यालयका प्रशासकहरूले सञ्चालन गर्ने अध्ययनलाई कार्यमुलक अनुसन्धान भनिन्छ । यसरी कक्षाकोठामा तत्कालै आइपरेका समस्याहरूलाई शिक्षक स्वयम्ले समाधान गर्ने उदेश्यले संचालन गरिएको अनुसन्धानलाई कार्यमुलक अनुसन्धान भनिन्छ ।

मैले कक्षा– ८ का विद्यार्थीहरूलाई नाफा र नोक्सान पाठ शिक्षण गराँउदा विद्यार्थीहरूलाई सहज रुपमा सिकाउन नसकेकाले यसलाई कसरी शिक्षण गर्दा सजिलोसँग सबै विद्यार्थीहरूलाई सिकाउन सकिएला भनि यो कार्यमूलक अनुसन्धान गरेको छु ।

 

२. समस्याको कथन

मैले कक्षा–८ का विद्यार्थीहरूलाई नाफा र नोक्सान प्रभावकारी ढंगबाट सिकाउन नसक्नु नै मुख्य समस्या हो ।

 

३. समस्याको पहिचान/पुष्ट्यार्इँ

कक्षा–८ का विद्यार्थीहरूले नाफा र नोक्सानसम्बन्धी अवधारणा कक्षा ६ र ७ मा लिई सकेको अवस्थामा कक्षा–८ का विद्यार्थीहरूलाई नाफा र नोक्सान सम्बन्धी समस्या राम्रोसँग सिकाउन सकिन्छ भन्ने विश्वास थियो तर त्यसो हुन सकेन । साथै कक्षा ८ को हरेक साप्ताहिक तथा त्रैमासिक परीक्षामा विद्यार्थीले यसबाट आएका प्रश्नहरूको समाधान गर्न नसकेको पाइयो । मैले अध्यापन गर्ने कक्षा–८ का विद्यार्थीहरूलाई नाफा र नोक्सान सिकाउन नसकेको समस्यालाई म आफैले विभिन्न विकल्पहरू खोजी समाधान गर्ने प्रयत्नका लागी यो कार्यमुलक अनुसन्धान गर्न आवश्यक ठानेको छु ।

 

४. अनुसन्धानका उदेश्यहरू

  • समस्याको कारण पहिचान गर्ने ।

 

  • समस्याको सम्भावित विकल्पहरू छनोट गरी त्यसको अवलम्वन गर्ने ।

 

  • समस्या समाधानका उपायहरूको प्रभाव मूल्याङ्कन गरी आफ्नो क्रियाकलापमा सुधार गदै नाफा र नोक्सान प्रभावकारी रुपमा शिक्षण गर्ने ।

 

५. समस्याका सम्भावित कारणहरू

समस्या समाधानका विभिन्न सम्भावनहरूको खोजी गरी समाधान गर्ने क्रममा मैले धेरै सम्भावित कारणहरूको पहिचान गरेँ । केही समाधानका सम्भावित कारणहरू उल्लेखित छन् ।

  • नाफा र नोक्सान सम्बन्धी पूर्व ज्ञान र यस सम्बन्धी अवधारण हासिल गराउन नसकिएको ।

 

  • शैक्षिक सामाग्रीको प्रभावकारी प्रयोग नगरिएको ।

 

  • योजना विहिन कक्षा शिक्षण गरिएको ।

 

  • कक्षा कार्यका साथै गृहकार्य गर्ने गराउने तथा पृष्ठपोषण प्रदान नगरिएको ।

 

६. समस्या समाधानका सम्भावित विकल्पहरू

समस्या समाधान गर्न विभिन्न विकल्पहरूको प्रयोग गर्न सकिन्छ जसले समस्याको सही समाधान गर्न सकोस । यो समस्याको समाधान गर्न मैले कही सम्भावित विकल्पहरूको प्रयोग गर्ने प्रयास गरेको छु ।

  • उचित शैक्षिक सामाग्रीहरू प्रयोग गरी कक्षा शिक्षण गर्ने ।

 

  • ABC ढाँचामा पाठयोजना तयार गरी कक्षा शिक्षण गर्ने ।

 

  • कक्षा कार्य, गृह कार्य परियोजना कार्य आदि गर्नेृ गराउने र आवश्यक पृष्ठपोषण प्रदान गर्ने ।

 

 

७. विकल्पहरूको प्राथमिकरण

  • प्रभावकारी शैक्षिक सामाग्रीहरूको प्रयोग गरी कक्षा शिक्षण गर्ने ।

 

  • ABC model अनुसार पाठयोजनाा तयार गरी कक्षा शिक्षण गर्ने ।

 

  • कक्षा कार्य, गृह कार्य र परियोजना कार्य गर्ने गराउने ।

 

  • ठीक समयमा ठीक ढंगले आवश्यक पृष्ठपोषण प्रदान गर्ने ।

 

८. मुख्य कार्यचरण  :

सम्भावित विकल्पहरूको क्रमबद्व प्रयोग गरिने छ । जुन जुन वकिल्पहरूको प्रयोग गर्दा समस्या समाधान गर्न सकिदैन अर्को विकल्पहरूको प्रयोग गरिने छ । सही विकल्पहरूलाईृ मात्र प्रयोग गरिने छ । जसका लागी कार्यमुलक अनुसन्धानको निम्न चक्र उपयोग गरिने छ ।

 

विकल्प नं. १ : उचित शैक्षिक सामाग्रीको प्रयोग गरी कक्षा शिक्षण गर्ने

क) योजना

क्र.स. के गर्ने किन गर्ने कसरी गर्ने कहिले गर्ने
नाफा र नोक्सान सम्बन्धी विभिन्न व्यावहारीक उदाहरणहरू दिने । नाफा र नोक्सान अवधारणा स्मरण गराउन मौखिक प्रश्नोउत्तर, अभिनय, प्रश्नहरु गर्न लगाउने पाठ शिक्षणको शुरुवातमा

नाफा र नोक्सान सम्बन्धी विभिन्न समस्याहरूको उदाहरण दिने ।

नाफा र नोक्सान सम्बन्धी समस्याहरु समाधान गर्न नाफा र नोक्सान सम्बन्धी शुत्र, चार्ट देखाएर, व्यावहारिक समस्यासंग सम्बन्धीत गराएर कक्षा शिक्षणको क्रममा

 

ख) कार्यान्वयन

 

१) शिक्षकले कक्षमा विद्यार्थीको कुनै सामान किनेर अन्य विद्यार्थीलाई बेच्ने ठोस अभिनय नै गर्ने । जहाँ रुपिया पैसको उपयोग नै गरिदा नाफा र नोक्सानको अवधारण बुझाउन सकिन्छ ।

 

२) विद्यार्थीहरूलाई नाफा र नोक्सान सम्बन्धी अवधारणहरू स्पष्ट पार्न मौखिक प्रश्नहरू सोधेँ ।

(जस्तै एउटा घडीलाइ रु.डछण् मा किनेर रु.ढछण् मा बेच्दा कति नाफा वा नोक्सान हुन्छ ?)

 

३) नाफ र नोक्सान सम्बन्धी धारण स्पष्ट भएपछि नाफा र नोक्सान सम्बन्धी शुत्र वताउन लगाई शुत्र चार्टहरू देखाई समस्याहरू समाधान गर्न लगाएँ ।

 

ग) अवलोकन  :

 

योजना अनुसारको कार्यान्वयन गदै विद्यार्थीहरूले गरेको अभ्यासहरूलाई व्यक्तिगत रुपमा अवलोकन गदै गए र विद्यार्थीहरूले नाफा र नोक्सान सम्बन्धी शुत्रहरू सारे नसारेको हेदै थप शिक्षण गराई उनीहरूलाई मापनका लागी प्रत्येक दिन व्यवहारमा आएको परिर्वतनलाई टिर्पोट गरेँ ।

 

        योजना कार्यान्वयन पूर्व र कार्यान्वयन पश्चात Pre - test र  Post - test संचालन गरेँ । योजना कार्यान्वयन पूर्व भन्दा कार्यान्वयन पश्चात Pre - test र  Post - test मा विद्यार्थीहरूले उच्च अंक हासिल गरेको नतिजा प्राप्त भयो ।  

घ) प्रतिविम्वन  :

 

योजना कार्यान्वयन पूर्व र कार्यान्वयन पश्चात Pre - test र  Post - test गरी प्राप्त नतिजाको विश्लेषण गर्दा विद्यार्थीको औषत प्राप्ताङ्क योजना पूर्व भन्दा योजना कार्यान्वयन पश्चात वृद्धि भएको पाइयो । विकल्प नं. १ को प्रयोग गर्दा विद्यार्थीकहरुो व्यावहारमा सकरात्मक परिर्वतन आउनुका साथै सिकाई उपलब्धीमा बढोत्तरी भएको र औषत प्राप्ताङ्कमा पनि वद्धि भएकाले यो विकल्प नै पूर्ण भएको ठानेँ र अन्य विकल्पहरू अवलम्वन गरिरहनु पर्ने आवश्यक ठानिन् ।  

 

(नोट : यदि यो विकल्पले विद्यार्थीको सिकाइ उपलब्धीमा कुनै फरकपन नआएमा वा विद्यार्थीको सिकाइमा कुनै परिवर्तन नआएमा अर्को विकल्पको प्रयोय गर्नुपर्दछ ।)

 

९. निष्कर्ष तथा सुझावहरू

 

क) निष्कर्ष

नाफा र नोक्सान सम्वन्धी समस्याहरू समाधान गर्न शैक्षिक सामाग्रीको प्रयोग नगरी गर्न नसकिने रहेछ र व्यावहारिक समस्यासँग तुलना नगराई समाधान गनृ कठिन हुदोरहेछ । आफुलाई आइपरेका समस्याहरू आफैले नै कारण पहिचान गरि समाधान गन सकिने रहेछ ।

 

ख) सुझावहरू

यस कार्यमुलक अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा निम्न सुझावहरू प्रस्तुत गरियो । 

  • कक्षा शिक्षणको क्रममा नाफा र नोक्सान सम्बन्धी पूर्व ज्ञान र यस सम्बन्धी अवधारण हासिल गराइ समस्याको पहिचान गर्नु, गराउनु पर्दछ ।

 

  • प्रभावकारी शैक्षिक सामाग्री जस्तै श्रव्य दृश्य सामाग्रीको प्रयोग गर्नुपर्दछ ।

 

  • लिखित वा अलिखित जे जस्तो भएपनि योजना बनाएर मात्र कक्षा शिक्षण गर्नु पर्दछ ।

 

  • कक्षा कार्यका साथै गृहकार्य नियमित गर्ने गराउने र त्यसको पृष्ठपोषण समयमा नै प्रदान पर्नुपर्दछ ।

 

  • पाठको प्रकृति अनुसार दैनिक जीवनसँग जोडेर सिकाइ कार्य सञ्चालन गर्नुपर्दछ ।

 

  • सकेसम्म ठोस सामाग्री प्रयोग गरि व्यावहारिक सिकाइ गर्नुपर्दछ ।

 

  • कक्षा शिक्षणको क्रममा फरक फरक क्षमता भएका विद्यार्थीहरू मिलाएर समुह समुह निमार्ण गरि समुहगत सिकाइको कार्यान्वयनमा जोड दिनुपर्दछ ।

 

  • नियमित रुपमा परियोजनात्मक कार्य गर्नुपर्दछ ।

 

 

कार्यान्वयको चरणमा सोधिएका केही नमुना प्रश्नहरू

(प्रश्नको पुर्णाङ्क आवश्यकता अनुसार परिवर्तन गर्न सकिने छ । )

Pre – test  का प्रश्नहरू निन्नानुसार छन् । (५× =२०)

१) एउटा व्यापारीले एउटा दराज रु. 3950  मा किनेर 10% नाफा गरी बेच्न कतिमा बेच्नु पर्ला ?

 

२) रु. 15000 मा बेचेको एउटा साडीमा 25%  नाफा भएछ भने उक्त साडीको क्रय मुल्य कति रहेछ ? 

 

३) यदि कुनै घडीको क्रयमुल्य रु. 500 र नाफ प्रतिशत 5% भए घडीको विक्रय मुल्य कति होला ?

 

४) एउटा टेलिभिजनलाई रु. 24000  मा किनेर 15%  नाफा गरी बेच्न कतिमा बेच्नुपर्ला ?  

 

५) अभिसेकले एउटा क्यामेरा रु. 35000 मा किन्यो । उसले 15% नोक्सानमा राधालाई बेच्यो भने कतिमा बेच्यो होला ? 

 

Post – test का लागि प्रश्नहरू (५× =२०)

१) अमृताले एउटा मोवाइल रु. 32000 मा बेच्दा 2500 नाफा भयो भने उक्त मोवाइल कतिमा किनेको होला ?

 

२) रु. 1600  मा किनेको क्याल्कुलेटरलाई रु. 1850 मा बेच्दा कति प्रतिशत नाफा वा नोक्सान हुन्छ ?

 

३) रु. 2,50,000 मा किनेको मोटरसाइकल 10% नाफा लिन कतिमा बेच्नु पर्ला ? 

 

४) रु. 12,000 मा किनेको बाख्रालाई रु. 14,500 मा बेच्दा नाफा वा नोक्सान कति प्रतिशत कति हुन्छ ?   

 

५) रु. 350  मा किनेको टापी एक महिना पछि बेच्दा रु. 50  नोक्सान भयो भने सो टोपीको विक्रय मुल्य कति होला ? 

 

                                     

                            समाप्त

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login