- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना उनान्तिस
कार्यमूलक अनुसन्धान :नमुना उनान्तिस
अनुसन्धान कर्ताः दिपक ओली
विद्यालय र ठेगाना : श्री वलेफी माध्यमिक विध्यालय वलेफी गाँउपालिका -५ सिन्धुपाल्चोक
शीर्षक :कक्षामा ज्यामिति शिक्षण गर्दा विद्यार्थीको सिकाईमा रुचि कम हुनु विषयमा गरिएको कार्यमुलक अनुसन्धान
पृष्ठभूमि:
हरेक सामुदायिक तथा संस्थागत विद्यालयको साझा गणितको समस्या नै विद्यार्थीहरूको पढाइप्रतिको रुचि कम हुँदै जानु भएको वर्तमान परिपेक्ष्यमा सामुदायिक विद्यालयमा ज्यामिति शिक्षण गर्न निकै समस्या आइपरेको छ।सामुदायिक विद्यालयका विद्यार्थीहरुमा पारिवारिक पृष्ठपोषण सामाजिक पृष्ठपोषणको कमीले कहिले कक्षामा सिकाइप्रति रुचि राख्दैनन् र विद्यार्थीहरुलाई उत्प्रेरित गर्न पनि शिक्षकहरू पूर्णरुपमा सफल हुन सकेका छैनन् । प्रत्येक विषयका कक्षाहरुमा समस्याका प्रकृतिहरु फरक फरक हुनसक्छन् ।आधारभूत तह कक्षा ५ मा गणित शिक्षणमा देखिएका समस्या तथा कमजोरीहरुलाई केलाउँदा निम्न समस्याहरु देखिएका छन्। कक्षा ५ को गणित शिक्षण सिकाइका क्रममा देखिएका विविध समस्या हरु हेर्दा सबैभन्दा ठूलो समस्या कक्षामा विद्यार्थीहरूको गणित शिक्षण सिकाईमा रुचि कम हुनु थियो यो समस्याका कारणहरु भने निम्न अनुसार छन् .-
१) विद्यार्थीहरुले ज्यामितीय धारणाहरू व्यवहारिक रुपमा बुझ्न नसक्नु र बुझाउन नसक्नु ।
२) विद्यार्थीहरुमा अभ्यास गर्नेबानी नहुनु ।
३) ज्यामिति शिक्षण गर्दा रुचि कम देखाउनुका साथै दिक्क मान्नु ।
४) कक्षामा केही विद्यार्थी सिक्न तत्पर हुनु र केहीलाई सिकाउन समस्या हुनु ।
५) कक्षामा विद्यार्थीहरु अनावश्यक गफ गर्नु होहल्ला गर्नु ।
माथिका समस्याहरुलाई विद्यार्थीहरूको अवलोकन,कक्षा कार्य,कक्षा शिक्षण,आफ्नो अनुभव शिक्षक साथीहरुसँगको छलफलको आधारमा सबै समस्या अथवा ज्यामिति शिक्षणमा विद्यार्थीले कम रुचि देखाउनुका प्रमुख समस्याहरूको रुपमा औल्याउँदै यो विद्यार्थीहरुमा ज्यामिति प्रति एक किसिमको जटिल समस्या भएको कारणले ज्यामिति सिकाइमा विद्यार्थीहरूको रुचि घट्न गएको पाइयो ।अर्कोतर्फ विषयवस्तुहरूलाई शिक्षकले घोकन्ते वा व्याख्यान विधि प्रयोग गरेर अध्यापन गर्दा ,शिक्षक केन्द्रित सिकाइ प्रवचनमा आधारित सिकाइले केही समयपछि घोकेका कुराहरु विस्मरण हुने र त्यसप्रतिको रुचि कम भएको अनुभव गरी यस समस्यालाई प्रमुख समस्याको रूपमा चयन गरिएको छ। शिक्षण कै क्रममा अरु पनि विषयवस्तुको सिकाइमा भन्दा ज्यामिति सिकाइमा विद्यार्थीको रुचि कम छ र उपलब्धि पनि ज्यादै न्यून छ ।आधारभूत तह कक्षा ५ मा गणित विषयमा सबैभन्दा अगाडि ज्यामिति राखिएतापनि विषयवस्तु अध्यापन गर्दा पछाडी मात्र शिक्षण गरेका यथार्थताहरु हाम्रो माझ छन् यो शिक्षकको पनि कमजोरी देखिन्छ ।
अर्को तर्फ तल्लो कक्षामा नै ज्यामितिको ज्ञान भएन भने माथिल्ला कक्षामा विद्यार्थीहरुलाई ज्यामिति ज्यादै कठिन हुन सक्दछ । तल्लो कक्षाको ज्ञानको कमीले विद्यार्थीहरु माथिल्लो कक्षामा सिक्न प्रेरित नै हुन सक्दैनन् ।ज्यामितिलाई सैद्धान्तिक सँगसँगै प्रयोगात्मक व्यावहारिक तथा जिवनसगँ जोडेर शिक्षण गर्नु आवश्यक छ । विद्यार्थीहरुलाई ज्यामिति सैद्धान्तिक सङ्गसङ्गै प्रयोगात्मक गणितको पाटोमा धारणा को निर्माण ज्यामितीय ज्ञानका लागि आवश्यक छ ।जस्का लागि कक्षा भित्र को सैद्धांतिक ज्ञान मात्रले विद्यार्थीहरूको ज्यामिति सिकाइलाई रुचिकर बनाउँछ भन्न सकिँदैन ।गुणस्तरीय शिक्षाको खाँचो महसुस भैरहेको हालको अवस्थामा र कोभिड १९ को महामारीको कारणले गर्दा विद्यालयहरु सही तरिकाले खुल्न सकिनरहेको अवस्थामा विद्यार्थीहरूमा सिक्न समस्या देखिएको छ। त्यसैले ज्यामितिलाई विद्यार्थीको रुचि इच्छा चाहना अनुसार सिकाउनुपर्छ भन्ने आधारमा नै माथिको समस्यालाई औंल्याइएको हो। शिक्षणमा ज्यामितिका विषयवस्तु अध्यापन गर्ने कम रुचिकर भएको हालको अवस्थालाई मध्यैनजर गर्दै ज्यामिति शिक्षणलाई पनि रुचिपूर्ण र रमाइलो तरीकाले सिकाउन सकिन्छ भन्ने उद्देश्यका साथ ज्यामिति सिकाइमा विद्यार्थीको रुचि बढाउने प्रयास स्वरुप यो अनुसन्धान गरिएको छ।
उद्देश्यः
यस अनुसन्धानका मुख्य उद्देश्यहरू निम्न छन्-
क) ज्यामिति सिकाइमा विद्यार्थीको रुचि बढाउने ख)ज्यामिति सिकाइमा विद्यार्थीको रुचि अभिवृद्धि गर्ने।
ग)अर्थपूर्ण रुचिपूर्ण रोचक तरिकाबाट ज्यामिति शिक्षण गर्दै विद्यार्थीलाई रमाइलोसँग ज्यामिति सिक्न सकिन्छ भन्ने जानकारी बोध गराउने।
प्रश्नहरुः
क) किन ज्यामिति शिक्षण गर्दा विद्यार्थीहरूको रुचि कम भयो ?
ख)ज्यामिति लाई रुचिकर बनाउन के गर्न सकिन्छ? २.साहित्यको अध्ययनः
कार्यमुलक अनुसन्धन कक्षा शिक्षणका क्रममा देखा परेका समस्याहरुको पहिचान गरी तिनीहरूको निवारण गर्ने योजना सहितको कार्यगत अनुसन्धान हो ।यसले सुधारात्मक शिक्षण पद्धति लाई जोड दिन्छ ।गणित सिकाइ आफैमा गाह्रो विषयवस्तुको सिकाइ मानिन्छ ।त्यसभित्र पनि ज्यामिति लाई त धेरै विद्यार्थीहरुले वेवास्ता नै गर्छन ।परीक्षा अवलोकन गर्दा धेरै विद्यार्थीहरु ज्यामितिका सबै प्रश्नहरु छाडेर हुन्छन् ।कक्षामा ज्यामिति पढाउने दिन कक्षा छाड्छन् र अल्छी मानेर बस्दछन् किन ज्यामितिमा विध्यार्थीको रुचि कम भयो भन्ने विषयमा थुप्रै बहसहरु भएतापनि आधिकारिक अध्ययन भएको देखिँदैन।
अनुसन्धान विधिः यस अनुसन्धानलाई व्याख्यात्मक विधिभन्दा पनि प्रयोग गर्न विधिबाट अनुसन्धान गरी प्रस्तुत गरिएको छ । प्राप्त सूचनाहरुलाई आधारमानी विश्लेषणात्मक रुपमा प्राप्ति वा निष्कर्ष सम्म पुगिनेछ।
तथ्यांक संकलनका साधनहरुः
- अवलोकन
- रुजु सुचि
- प्रश्नावली
- उपलब्धि र इकाइ परीक्षा (Class Work)
विद्यार्थीहरूको कक्षामा देखिने व्यवहारिक र गुणात्मक अवस्थालाई जान्न अवलोकन गरिनेछ ।ति अवस्थाहरूको पहिचान भइसकेपछि के सुधार भयो भन्ने कुरा पत्ता लगाउन रुजु सुचिको प्रयोग हुनेछ ।विद्यार्थीहरूको अतिरिक्त अनुभूतिहरु पत्ता लगाउन र थाहा पाउन प्रश्नावली प्रयोग गरिनेछ,यसमा पाठसगँ सम्बन्धित उपलब्धि प्राप्त भयो वा भएन जाँच गर्न उपलब्धि परिक्षा लिनेछ । अन्त्यमा यो इकाइ समाप्त भएपछि इकाइ परीक्षा लिनेछ।यि चार साधनहरुबाट ज्यामिति सिकाइमा विद्यार्थीहरूको रुचि बढेको वा नबढेको के हो स्पस्ट आधार बन्ने छ।
अध्ययनको सीमाः
गत २०७७ को शिक्षणका क्रममा कक्षा पाँचमा गणित विषय अन्तर्गत ज्यामिति पाठमाआधारित भएर गरेको अनुसन्धान ।यो अनुसन्धान आफैले प्रत्यक्ष भोगेका समस्या समाधानमा आधारित रहेको छ ।
४.प्राप्त सूचनाको विश्लेषण तथा व्याख्याः
क.योजनाः
- कक्षाका विध्यार्थीलाई ४ समुहमा विभाजन गर्ने र समुह कार्य गर्ने,छलफल प्रश्नोतर गर्ने ।
- प्रयोगात्मक विधिबाट ज्यामितीय धारणाको विकास गर्ने ।
ख. योजना कार्यः
१.समुह विभाजन चारचार जनाको निर्माण गरियो।
समुहमा जान्ने र नजान्ने विद्यार्थीहरु समााबेस गरेएका थिए ।गीत तथा जोक्स, चुट्किला,मुत्तक बाट कक्षा सुरुवात गरियो।
ज्यामितिका विभिन्न नमुना कोण,त्रिभुज,चतुर्भुज,वृत,रेखा,रेखाखण्ड आदिका ठोस नमूना देखाउँदै यसका विशेषताहरु बारे कक्षाका हरेक समुहलाई छलफल गर्न दिँदै सहजीकरण गरियो।
समुह-क, रेखाको बारेमा छलफल उदाहरण प्रस्तुति।
समुह-ख, कोणका बारेमा छलफल र उदाहरण प्रस्तुति ।
समुह-ग,त्रिभुजका बारेमा छलफल र उदाहरण समुह-घ,चतुर्भुज का बारेमा छलफल र उदाहरण सहितको प्रस्तुति ।
पालैपालो प्रतिवेदन प्रस्तुत गर्ने र शिक्षकले नमुना सहित स्पष्ट पारिदिने काम भयो ।विद्यार्थीका आफ्ना समुहहरुका प्रस्तुति पालैपालो प्रदर्शन गरियो ।
ग.मूल्यांकन /अवलोकनः
यो योजनाको कार्यान्वयन करिब एक हप्ताको वृहत छलफल अभ्यास गृहकार्य परियोजना कार्य नमुना प्रदर्शन गरिसकेपछि निम्न कामबाट मूल्याङ्कन गरियो ।
प्रत्यक्ष अवलोकन-
(क)विद्यार्थीहरु सिक्न आतुर थिए उनीहरुलाई रमाइलो गीत कविता चुड्किला नाट्य प्रस्तुतिबाट पाठ सुरु हुँदा खुसी र सिक्न इच्छुक थिए ।
(ख) सबै समूहले सक्रियताका साथ आफ्नो कक्षा कार्य ,गृहकार्य, परियोजना कार्य प्रस्तुत गरेको पाइयो ।
(ग) कक्षा शिक्षणका क्रममा आफूले के गर्ने भनि चनाखो भएको पाइयो ।
(घ) कक्षा सकिए पनि भोलिको कार्य गर्न सचेत रहेको पाइयो ।
रुजु सुचिबाट-
(क) विद्यार्थी विषयवस्तु केन्द्रित भएको ।
(आ) कक्षामा सिकाइ प्रति धेरैजसोको चासो रहेको। (इ)समूहमा सक्रिय सहभागिता रहेको ।
(ई) समस्या समाधानमा गम्भीर भएर लागेको।
प्रश्नावलीबाट-
(अ) बिस्तारै पढ्न मन लाग्न थालेको।
(आ) समूहमा काम गर्दा रमाइलो भएको ।
(इ) जान्ने विद्यार्थीसगँ काम गर्न सजिलो भएको ।
(ई) कार्यविभाजनबाट काम गर्न सजिलो भएको ।
(उ) आफ्ना समस्या सामुहिक समाधान गर्न सहज भएको।
उपलब्धी परीक्षाबाट-
ज्यामिति पाठ शिक्षण पश्चात लिएको उपलब्धि परीक्षा(Unit test) मा धेरै सुधार गरेको केहीलाई थप सहरीकरणको आवश्यक रहेको।
अध्ययनको प्राप्ति प्रतिबिम्बन-
माथि उल्लेखित सूचनाहरुबाट प्राप्त निष्कर्षलाई विशेषण गर्दा सकारात्मक पक्षहरू निम्नअनुसार गर्न सकिन्छ ।
(क) विद्यार्थीहरुको रुचि बढेको पाइयो ।
(ख) कक्षाकोठाभित्र समयसम्म बस्ने गरेको पाइयो ।
(ग) कक्षामा वा समुहमा काम गर्दा सजिलो महसुस गरे। कमजोर पक्षहरु-
-कक्षाकोठामा विषयवस्तुको छलफल गर्दा अलि बढी हल्ला हुने देखियो।
- सबै विद्यार्थीको ध्यान पढाइप्रति नरहेको पाइयो -समूहमा काम गर्दा उपलब्धि नगन्य मात्रामा मात्र बढेको देखियो ।
यसरी यो अनुसन्धान बाट के स्पस्ट हुन्छ भने विध्यार्थीलाई सिक्ने अवसर दिदाँ र शिक्षकले सहजिकरण गर्ने तरिका मिल्दा ज्यामिति कठिन विषय हैन रहेछ भन्ने स्पस्ट भयो ।साथै सिकाइको लागी पर्याप्त वातावरण सिर्जना भएमा विध्यार्थीले पनि सजिलै सिक्न सक्छन यसका लागी व्यावहारिक कुराहरु लाई जोड दिदै शिक्षण गर्नु उचित देखियो ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


Only rated.
Leave a review