कार्यमूलक अनुसन्धान :नमुना एकतिस

कार्यमूलक अनुसन्धान :नमुना एकतिस

अनुसन्धानकर्ताः अप्सरा पराजुली

विद्यालय : श्री सुकुटे माध्यमिक विध्यालय

ठेगाना : चौतारासाँगाचोक गढी नगरपालिका-१० सुकुटे सिन्धुपाल्चोक

 

शीर्षक : "कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूको नेपाली लेखाइ अवस्था" भन्ने शीर्षकमा गरिएको एक कार्यमुलक अनुसन्धान।

 

   परिचय (Introduction)

         कार्यमुलक अनुसन्धान भनेको व्यवहारिक कठिनाइ एवं समस्या समाधान गर्ने अभिप्रायले  सञ्चालन गरिने शोध कार्य हो। "Action research is to improve not to  prove" कार्यमुलक अनुसन्धान मूलतः कक्षा कोठाभित्र देखिएका समस्यालाई पत्ता लगाई तत्काल समाधान गर्ने अभिप्रायले गरिने अनुसन्धान हो ।

 

   अनुसन्धानको शिर्षक (Title of research)

 "कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूको नेपाली लेखाइ अवस्था" भन्ने शीर्षकमा गरिएको एक कार्यमुलक अनुसन्धान।

 

  पृष्ठभूमि (Background)

   भाषिक विकासका निम्ति सुनाइ, बोलाइ ,पढाइ र लेखाइ गरी चारवटा पक्ष को बिकास हुनु जरुरी छ।यी चारअटै सीप  एकअर्काका परिपूरक हुन्। कुनै एउटा पक्षको कमजोरीले मात्र पनि व्यक्तिको क्षमतामा ह्रास  आउँछ । वर्तमान परिपेक्ष्यमा शिक्षा क्षेत्रमा बढ्दै गएको लगानीको बाबजुत पनि लगानी अनुरुप गुणस्तर नभएको भन्ने अभिव्यक्तिहरू आइरहेको अवस्थामा गुणस्तर कमजोर हुनुको कारण पहिचान गर्ने कार्यमा सजगता अपनाउनु नितान्त आवश्यक भएको छ। हाम्रो देशको शिक्षाको मुल्यांकनकाे सर्वमान्य तरिका परीक्षा भएकाले विद्यार्थीमा जतिसुकै सुन्ने, बोल्ने र पढ्ने भए तापनि लेख्ने सिप कमजोर भई  परिक्षामा भनेजति अङ्क प्राप्त हुँदैन।

यसर्थ लेख्ने क्षेत्रमा देखिएका कमजोरी हटाई स्तरीय लेखनका लागि अभिप्रेरित गर्नु जरुरी देखिन्छ ।यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लाको चैतारा सागाचेकगढी वडा नम्बर १० मा रहेको श्री सुकुटे माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूको नेपालीमा लेख्ने अवस्थालाई मध्यनजर गर्दै यो अनुसन्धान गरिएको छ।

 

     समस्याको पहिचान विश्लेषण (identification and analysis of the problem)

 कुनै पनि क्रियाकलाप सञ्चालन गरिनु अघि समस्याको पहिचान र समस्या उत्पन्न कारण पहिचान गर्नु नितान्त आवश्यक भएकाले यो अनुसन्धानमा पनि उक्त कार्यलाइ पहिलो प्राथमिकतामा राखिएको छ। यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरु सबैका अक्षर विशेषता धेरै राम्रा छैनन् ।तर केहिका साह्रै नराम्रो अक्षर छन। जसले गर्दा शैक्षिक गुणस्तर वृद्धिमा समस्या आएको छ  ।

हाम्रो जस्तो मुलुकमा  बहुसंख्यक अभिभावकले आफ्ना केटाकेटीको अध्ययनमा समय दिन नसक्नु, कक्षाकोठामा धेरै विद्यार्थी राखेर अध्यापन गर्नुपर्ने बाध्यता हुनु , शिक्षकमा नयाँ विकल्पको खोजी गर्ने बानी नहुनुजस्ता कार्याले विद्यार्थीहरुमा लेख्न कमजोरी सिर्जना गर्ने कारण हुन् ।

 

      अध्ययनको उद्देश्य (objectives of the study )

(१) कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरुकाे नेपालीमा लेखाई अवस्थामा सुधार गरी शैक्षिक गुणस्तर वृद्धि गर्नु यस अध्ययनको उद्देश्य रहेको छ।

 

(२) छात्र /छात्राहरु सबैसग छलफल गरी नेपालीमा लेखन सीप विकास गर्न तपसिलको विकल्पहरू संकलन गरियो।

 

 (क) श्रुतिलेखन अनुलेखन हस्तलेखन क्रियाकलापको माध्यमले विद्यार्थीहरुलाई राम्रो मध्यम र निम्न स्तरीकरण गरियो।

 

 (ख) बालबालिकाको लेखनकार्यमा भएको रुचिको पहिचान गरी उत्प्रेरणा र पृष्ठपोषण दिने कार्य गर्नुपर्दछ।

 

 ग) अभिभावक भेटघाट गरी अपेक्षा संकलन गर्ने कार्य गर्नुपर्दछ। घ)विद्यार्थीहरुलाई कक्षाकार्य र गर्हकार्यको रूपमा लेखन गर्न आवश्यक नमुना सहित व्यक्तिगत र सामुिहक निर्देशन दिने कार्य गर्नुपर्छ।

 

      विद्यार्थी विशेषण (Analysis of the students)

() योजना (plan)

                 कक्षा ३ का विद्यार्थीहरूको नेपालीमा लेखाइ अवस्था सुधार गरी शैक्षिक गुणस्तर वृद्धि कसरी गर्न सकिन्छ भनि निम्न पक्षहरु विचार गरी योजना बनाइयो।

 

१.विद्यार्थीहरुलाई विभिन्न समूहमा वर्गीकरण गरी आफ्नो स्तर रुची र क्षमताअनुसार  लेखन कार्यमा संलग्न गराउने।

 

(२) दैनिक गृहकार्य तथा कक्षा कार्य परिक्षण गरी आवश्यक उत्तप्रेरणा र पृष्ठपोषण प्रदान गर्ने ।

 

(३) समूह समूह बीचमा लेखाई प्रतिस्पर्धा गराउने ।

 

(४) प्रश्नावली निर्माण गरी विद्यार्थीलाई दिने ।

अभिभावकहरुलाई समय समयमा भेटघाट गरी निरीक्षणका लागि अनुरोध गर्ने

 

(५) पाठ्यपुस्तक संग मेलखाने विविध प्रकारका विषयवस्तुहरु संकलन गरी सीप विकासमा उत्प्रेरणा जगाउने।

 

    ) कार्यान्वयन (Action)

 १) लक्ष्य किटान भइसकेपछि व्यवहारिक  बनाई उपयुक्त शैक्षिक उपलब्धि हासिल गर्न कार्यन्वयन कार्यमा लैजानुपर्दछ।

 

 २) लेखन टिपोट क्रियाकलापका आधारमा विद्यार्थीहरुलाई राम्रो मध्यम र निम्न स्तरीकरण गरी समुह निर्माण  कार्य गरियो।

 

३) बालबालिकाको लेखनकार्यमा भएको रुचीको पहिचान गरी उत्प्रेरणा र पृष्ठपोषण दिने कार्य भयो ।

 

४) प्रश्नावली निर्माण गरी विद्यार्थीहरुलाई दियो

 

५) सामुहिक प्रतिस्पर्धा गराइ आवश्यक उत्प्रेरणा दियो।

 

६) अभिभावक भेटघाट गरी समयसमयमा निरीक्षणका लागि अनुरोध गरियो।

 

) अनुगमन (monitoring )

  •     दैनिक लेखन गरिएको अभ्यास पुस्तिकाको निरीक्षण र स्तर वर्गीकरण गरियो।

 

  •  गल्ती कमीकमजोरी पहिचान र पृष्ठपाेषण प्रशंसा र पुरस्कार दिइयो।

 

  •  अभिभावकहरूलाई निरीक्षण र मूल्याङ्कनका लागि अनुरोध गरियो। दैनिक २ पृष्ठ लेखन गर्ने र गृहकार्य दिने कार्य गरियो ।

 

  • समूहमा लेखाइ सीपकाे प्रतिस्पर्धा गर्ने कार्य गरियो।

 

      ) प्रतिबिम्बन (Reflection)

    यस अनुसन्धान कार्यमा गरिएका क्रियाकलाप पश्चात निम्नपक्ष्यमा सुधार भएको पाइयो।

१) अक्षर राम्ररी लेख्नुपर्छ भन्ने धारणामा विकास।

 

२) राम्ररी लेख्न निरन्तर अभ्यास गर्नुपर्छ भन्ने धारणामा विकास,

 

३) झर्को नमानी  लेखन गर्ने कार्यको विकास।

 

४) प्रतिस्पर्धात्मक धारणाको विकास।

 

५) शुद्ध लेखनको अभ्यासमा वृद्धि।

 

६ शिक्षकसँग सुझावको अपेक्षा गर्ने बानीको विकास।

 

      ) निष्कर्ष (conclusion)

      यस्तो कार्यमूलक अनुसन्धानलाई आत्मसात् गरेर कार्य गर्दै जाँदा आइपर्ने समस्याहरु पहिचान गरी त्यसको समाधानका लागि आफैले योजना पहिचान गरी त्यसको समाधानका लागि आफैंले योजना गरेर कार्यान्वयन र नतिजाको प्रतिबिम्बनबाट पाठ सिक्दै शिक्षण सिकाइमा निरन्तर सुधार हुँदै जाने अवसर प्राप्त हुने भएकाले मैले यसलाई निकै नै महत्वपुर्ण ठानेको छु। माथिको अनुसन्धानबाट के कुरा प्रष्ट हुन्छ भने हामीले पूर्ण अभ्यास गर्यो भने मात्र हामी सफल बन्न सक्छौं। अर्थात् अभ्यासबाट  सफलता हाँसिल हुन्छ भन्ने ज्ञान प्राप्त गर्न सकिन्छ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (1)
  • Sugam
  • 4 Years, 4 Months ago

धेरै राम्रो छ।

Leave a review

To leave a review, please login to your account. Login