कार्यमूलक अनुसन्धान :नमुना तेत्तिस

कार्यमूलक अनुसन्धान :नमुना तेत्तिस

अनुसन्धानकर्ता - निरन्जना पौडेल

विद्यालय-श्री ज्वालामुखी आधारभुत विद्यालय नौकुण्ड ५, चित्ती- रसुवा

बिषय-बिज्ञान

 

शीर्षक : विद्यार्थीहरुको बिज्ञान विषयप्रती रुचि कम भएकोमा म एक असल शिक्षकको हैसियतले बिज्ञान विषय प्रती रुचि बढाउन के गर्न सक्छु ।

 

 

अध्ययनको शिर्षक -

बिज्ञान विषय मानव जिबनको हरेक पक्षसंग सम्बन्ध राख्ने विषय हुदाहुदै पनि विद्यार्थी हरुको बिज्ञान विषय प्रती रुचि कम भएकोमा म एक असल शिक्षकको हैसियतले बिज्ञान विषय प्रती रुचि बढाउन के गर्न सक्छु ।]

 

 

१.अध्ययनको परिचय

-बिज्ञान भनेको येस्तो ज्ञानको भण्डार हो जसले हाम्रो जिज्ञासा् लाइ मेटाउनु को साथै प्रयोग तथा अवलोकनको माध्यम बाट अनुभवमा वृद्धि गर्दछ  ।आफुमा भएको ज्ञान् सीप लाइ बैज्ञानिक तरिका अपनाइ मिलाएर राख्न सक्ने शक्ति प्रदान गर्ने कार्य बिज्ञान ले गर्दछ। तसर्थ बिज्ञान एक  येस्तो गतिशील विषय हो जसमा नयाँ र असल ज्ञान को लागि प्रयास भैरहेको हुन्छ । आधुनिक मानव समाजमा बिज्ञान को महत्त्वपूर्ण देन रहेको पाइन्छ ।

बिज्ञानले नै आज मानव समाज लाई ढुंगे युग बाट कृषि ,पशुपालान र औद्योगिक युग हुदै कम्प्युटर र इलेक्ट्रोनिक तथा सन्चार को kfसानो गाउमा परिणत गरेको छ । मानव जीवन मा बिज्ञान शिक्षा ले सकारात्मक प्रवृत्ति को बिकास गराउदछ । दक्ष तथा उच्च स्तर को जनशक्ति तयार गर्न मद्दत गर्दछ । बिज्ञान शिक्षा ले विद्यार्थी को दैनिक कार्य सग प्रत्यक्ष सम्बन्ध राख्ने विषय हुदा हुँदै पनि उनिहरुमा यस विषय प्रती रुचि कम हुदा उनिहरु मा नयाँ सोच सीप र बिकास मा बाधा पुग्न सक्छ ।

 

 

१.१अध्ययनको पृष्ठभुमि -

श्री ज्वालामुखी आधारभुत बिद्यालय कक्षा (१-८) मा विशेष गरि पिछडिएका र जनजाति बर्गका विद्यार्थीहरुको बाहुल्यता रहेको छ ।यस नौकुन्ड गाउपालिका ५ चित्ती मा अबस्थित विद्यालय का बालबालिका हरुमा सामाजिक अर्थिक र सास्कृतिक तत्त्व ले उनीहरुको पढाईमा विभिन्न असर पारिरहेको छ।यसैबीच विद्यालय तहमा बिज्ञान विषय लाई प्राथमिक तह देखि नै एक जटिल विषय हो भन्ने भर्म पर्दै आएको पाइन्छ । जसले गर्दा विद्यार्थी हरुमा बिज्ञान विषय प्रति रुचि कम भयको पाइन्छ । जसको फलस्वरूप बिज्ञान विषयको सिकाइ उपलब्धि कम रहेको पाइन्छ ।

 

 

१.२समस्याको पहिचान -

आधारभुत तहका बालबालिका हरुलाई बिज्ञान बिसयप्रति  सकारात्मक धारणा को बिकास गराउने र बिज्ञान विषय लाई सरल ,सहज र दैनिक जिबनसग जोडेर र विभिन्न समस्या को समाधान गर्नको लागि उनिहरुमा भएको समस्या को पहिचान गरिएको छ । जुन निम्न अनुसार रहेको छ ।

१.विद्यार्थीहरु ले बिज्ञान शिक्षा लाई एक घोकन्ते शिक्षा को रुपमा लिनु ।

 

२.आफ्नो दैनिक जिबन र ब्यबहारिक जिबन सग नजोडी सिर्फ किताबी ज्ञान् को रुपमा लिन ।

 

३.बिज्ञान विषय लाई बढी सैद्धान्तिक रूपमा लिनु नकि प्रयोगात्मक र सिर्जनात्मक रूपमा ।

 

४.विषयबस्तु  लाई संयोजन गर्न नसक्नु ।

 

 

१.३  अध्ययन को उदेश्य -

१.बिज्ञान विषय लाई एक किताबी ज्ञान को रुपमा मात्र नलिइ ब्यबहारिक ज्ञान् सग जोड्न सक्ने बनाउने ।

 

२.बिज्ञान विषय लाई बढी सैद्धान्तिक नबनाइ प्रयोगात्मक र सिर्जनात्मक रूपमा सयोजन गर्न सिकाउने ।

 

 

२.अध्ययनको योजना निर्माण -

हरेक कार्य सफल रूपमा सम्पन्न गर्नको लागि योजना को आवश्यकता पर्दछ । आधारभुत तह को बिज्ञान विषयको शिक्षणमा शैक्षिक सामग्री को माध्यम बाट शिक्षण गर्दा विभिन्न बैज्ञानिक धारणाहरुलाइ बसाल्न सहयोग पुग्छ । बैज्ञानिक धारणाहरुलाइ ठोस शैक्षिक सामाग्रीको माध्यम बाट शिक्षण गर्दा शिक्षक लाई शिक्षण गर्न र विद्यार्थी हरुलाइ सिक्न सजिलो हुन्छ। जसले गर्दा विद्यार्थी हरुमा बिज्ञान विषय प्रती सकारात्मक धारणा को बिकाश हुन्छ । यसप्रकार विभिन्न अनुसन्धान कर्ताहरुले पनि बिज्ञान शिक्षण मा शैक्षिक सामग्री को महत्त्वपुर्ण भुमिका हुनेकुरा आफ्नो अनुसन्धान प्रतिबेदन मार्फत प्रष्ट पारेका छन । यस प्रतिबेदन को मुख्य योजना वा कार्ये भनेको आधारभूत तह को कक्षा ७ को बिज्ञान शिक्षण मा विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री, विभिन्न शिक्षण विधि र ब्येबहारिक ज्ञान् को प्रयोग बाट कस्तो प्रभाव पर्दछ हेर्नखोजिएको हो ।

 

 

३.अध्यन विधि ढाँचा

  यस अध्यन को लागि निम्नलिखित विधि हरु प्रयोग गरि खोज लाई अझ बढी बनाइएको छ ।

१.खोज बिधि

 

२.समस्या समाधान विधि

 

३.प्रयोगात्मक विधि

 

४.आगमन निगमन विधि

 

५.अवलोकनक विधि

 

  

३.२नमूना छनोट

    यस् अध्यनको लागि कक्षा ७ को विद्यार्थी हरुलाइ समाबेस गरिएको छ । जसमध्ये धेरैजसो बिध्यालय नआउने र अनियमित बिध्यार्थी लाई समाबेश गरियेको छैन ।

 

 

३.३ तथ्याङ्क सङ्कलन विधि

तथ्याङ्क सङ्कलनको लागि विद्यार्थी हरुलाइ विभिन्न समयमा विभिन्न टेस्ट हरु लिइयो । जसमध्ये सुरुमा विद्यार्थी हरुलाइ छलफल बिधि र प्रZनोत्तर विधि बाट शिक्षण गरियो र त्येसपछी उनीहरुको टेस्ट लिइयो ।

                                                                           फेरि तेसको १०दिन पछि उनीहरु लाई खोज बिधि र प्रयोगात्मक विधि प्रयोग गरि विभिन्न स्थानीय स्तरमा पाइने शैक्षिक सामग्री को प्रयोग गरि शिक्षण गरियो । र ३/३ जनाको ग्रुप बनाइ उनीहरु लाई विभिन्न खालको दैनिकी जिबन सग मेल खाने प्रश्न्नहरु दिएर उनीहरुको  टेस्ट लिगियो । र जसले राम्रो उत्तर दियो उसलाई बिजेता पनि घोषण गरियो । pre test र post test मा सबै विद्यार्थी हरु लाई समाबेश गरि लिइएको थियो । र नतिजा को ब्याख्या र विश्लेषण पनि उक्त्त तथ्यांक बाट गरिएको थियो ।

 

 

४.तथ्यांकको विश्लेषण प्रक्रिया

अनुसन्धानबाट प्राप्त तथ्यांक को विश्लेषण निम्न अनुसार गरियको थियो ।

सर्बप्रथम विद्यार्थी हरुको ब्यबहारिक ज्ञान् को बारेमा धारणा बुज्न pre test गरियो ।

जसको नतिजा  हेर्दा विद्यार्थीहरु मा सानो सानो कुरामा पनि घोक्ने बानी ले ब्यबहारिक वा आफ्नो दैनिक जिबन सग मेल खाने प्रश्न  गर्न पनि जटिलता देखियो । तेसपछी ती सबै विद्यार्थी हरुलाइ ३/३जनाको समुह बनाइ अनुसन्धान मा समाबेश गरियो ।र बिज्ञान विषयको सरलयन्त्र भन्ने एकाइ सग समबन्धित रहेर शिक्षण गरियो जसमा पहिला प्रस्नोउत्तर र छलफल विधि प्रयोग गरि शिक्षण गरियो ।  र विद्यार्थी को मुल्यांकन पनि गरियो जसबाट खासै उपलब्धि देखिएन । र पुन तेहि एकाइ लाई प्रयोगात्मक र खोज विधि का साथै स्थानीय स्तरमा पाइने एकाइ सग मिल्ने शैक्षिक सामाग्री प्रयोग गरि उनीहरुको दैनिक जिबन सग सम्बन्धित गरायर सिकाइयो नकि किताब मा घोक्न लगाइयो। जसबाट विद्यार्थी हरुमा हरेक प्रश्न उठ्ने बित्तिकै उनिहरु किताब मा घोक्न भन्दा पनि सृजनात्मक रूपमा सोच्न र ब्यबहारिक रूपमा उत्तर दिन सक्ने भय।स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरि शिक्षण गर्दा उनिहरुमा समस्या लाई सजिलोसँग सामाधान गर्न सक्ने ।

क्षमताको बिकास भयो । र पुन post test लिइयो । जसमा उनिहरुले विभिन्न विषयबस्तु लाई सयोजन गरि आफ्नो ब्यबहारिक रूपमा उत्तर लेखेको पाइयो ।

        अन्त्यमा pre test र post test को नतिजा को बिश्लेषण पनि गरियो ।

 

 

५.निष्कर्ष र प्राप्ति

विद्यार्थी हरुमा गरिएको अनुसन्धान बाट के देखियो भने कुनै पनि बिषय बस्तु लाई अझ बिज्ञान बिसयको हकमा दैनिक जिबन सग मेल गराइ आफ्नो स्थानीय स्तरमा पाइने शैक्षिक सामाग्री को प्रयोग बाट र खोज ,प्रयोगात्मक विधि जस्ता विभिन्न विद्यार्थी केन्द्रित विधि प्रयोग गरि विद्यार्थी हरुमा बिज्ञान बिसयप्रति केहि हदसम्म रुचि जगाउन सक्षम भैइयो ।

 

 

६.अनुसन्धान को प्रतिबिम्बन

कक्षा ७ को बिज्ञान विषय शिक्षणमा विभिन्न बिधिहरु जस्तै प्रयोगात्मक ,अबलोकन ,विद्यार्थी केन्द्रित,खोज आदि जस्ता बिधीहरु प्रयोग गरि कुनै पनि विषय बस्तु लाई दैनिक जीवन सग मेल गराइ शिक्षण गरिएमा सिकाइ स्तर सुधार्न सकिने रहेछ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login