- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना पैतिस
कार्यमूलक अनुसन्धान :नमुना पैतिस
अनुसन्धान गरिएको कक्षा : ६
अनुसन्धानकर्ताको नाम : बसन्त कुमार खनाल
कार्यरत संस्था : श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बर्जु ५, अमाहीवेल्हा, सुनसरी
शीर्षक : गणित विषयमा विद्यार्थीलाई नियमित गृहकार्य गर्ने बनाउनेसम्बन्धि कार्यमूलक अनुसन्धान
पृष्ठभूमि :
म श्री नेपाल राष्ट्रियमाध्यमिक विद्यालय वर्जु ५ को शिक्षक हुँ। विगत तीन वर्षदेखि यस विद्यालयमा कार्यरत रहेको छु । वि.स. २००८ सालमा स्थापित यस विद्यालयमा २२ जना शिक्षक ,२ जना कर्मचारी कार्यरत रहेका छन् । कक्षा शिशुदेखि १२ कक्षा सम्म पढाइ हुने यस विद्यालयमा औसत रुपमा विद्यार्थी संख्या मध्यम रहेको छ । तर विद्यार्थीहरुमा पढाइ प्रतिको रुची कम रहेको देखिन्छ । आर्थिक र सामाजिक अवस्थाले गर्दा अभिभावक तथा विद्यार्थीको पढाइ प्रति पढेर के हुन्छॽ र भन्ने जस्तो धारणा छ । समाजमा धेरै नपढेका युवाहरु पनि विदेश गएर पैसा कमाएको भएर होला विद्यार्थिमा पनि नपढेर के भो त जसरी भएपनि पैसा कमाउने त होनी भन्ने मान्यता रहेको छ ।
सबैजसो विद्यार्थीहरु कमजोर रहेका छन् । अझै गणितमा त विद्यार्थीहरुको सिकाई उपलब्धि न्युन रहेको छ । यसै क्रममा पेसागत दक्षता अभिवृद्धिका लागि यस कार्यमुलक अनुसन्धान तथा प्रतिवेदन लेखन कार्य गरिएको छ । यसका लागि आवश्यक सहयोग एवम मार्गदर्शन गर्नुहुने सबैमा आभारी छु ।
यसै क्रममा मैले कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुको गणित विषयमा विद्यार्थीलाई नियमित गृहकार्य गर्ने बनाउने सम्बन्धि कार्यमूलक अनुसन्धान गरेको छु ।
समस्याको कथन :
मैले पढाउने कक्षा ६ मा ७० जना विद्यार्थीहरु रहेका छन् । गृहकार्य दिँदा ७० जना मध्ये मुस्किलले २० जनाले मात्र गृहकार्य नियमित गरेर ल्याउँछन्। विद्यार्थीले गृहकार्य नगर्नुका धेरै कारणहरू हुन सक्छन् । जस्तै शिक्षकले गृहकार्य नियमित परिक्षण नगरेकाले, शिक्षकले पढाएका विषय वस्तु नबुझेर, घरमा गृहकार्य गर्ने वातावरण नभएर, कपिकलम नभएर, गृहकार्य बढी भएर आदि । उल्लेखित कारणहरू मध्ये शिक्षकले गृहकार्य नियमित परिक्षण नगर्नु मुख्य कारण रहेको ठानेको छु ।
अध्ययनको औचित्य :
कार्यमूलक अनुसन्धान शिक्षणको एक महत्वपूर्ण प्रयोगात्मक पक्ष हो । जसले शिक्षण सिकाइको कुनैपनि अवस्थालाई सुधारात्मक रुपमा अघि बढाउँछ। सामान्यतया कक्षा शिक्षण सिकाइ क्रियाकलापको क्रममा कक्षा कोठामा देखिएका शिक्षण सिकाइ सम्बन्धि तत्कालिन समास्याहरुको समाधान गर्ने उद्देश्यले यसको प्रयोग गरिन्छ । कार्यमूलक अनुसन्धानले शिक्षक तथा विद्यार्थीको शिक्षण सिकाइमा ठोस परिवर्तन ल्याउँछ । शैक्षिक समस्याको पहिचान, सुधार र समाधानमा यस अनुसन्धानको विशेष महत्व रहेको हुन्छ । मैले पढाउने विद्यालयका कक्षा ६ का विद्यार्थीहरुको गणित विषयको औसत सिकाइ उपलब्धि ३० रहेको छ । गृहकार्य सिकाई उपलब्धि पढाउने एक सफल उपाय भएको कुरा विभिन्न अनुसन्धानले देखाएको छ । नियमित गृहकार्य गराउन सके विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने हुँदा यस अध्ययनको औचित्य पुष्टि हुन्छ ।
अध्ययनको उद्देश्य
क. शिक्षकको पेसागत दक्षताको अभिवृद्धि गर्ने
ख. कक्षा ६ का विद्यार्थीहरुलाई नियमित रुपमा गृहकार्य गर्ने बनाउने
अध्ययनको ढाँचा:
यस अध्ययनमा संख्यात्मक र गुणात्मक दुवै किसिमका तथ्याकं प्रयोग गरिने हुँदा यो मिश्रित खालको अध्ययन हुनेछ ।
अध्ययनको सीमा :
कुनैपनि विषयको शीर्षक सानो भएतापनि यसको क्षेत्र व्यापक हुन्छ । विभिन्न कक्षा तथा तहमा विद्यार्थीले नियमित रुपमा गृहकार्य नगर्ने समस्या धेरथोर रुपमा रहेको नै छ । कक्षा ६ का ७० जना विद्यार्थीहरु शिक्षण गरी प्राप्त नतिजा विश्लेषणको अनुसन्धान नै यसको सिमितता भित्र पर्छ । छोटो समय र मेरो आफनो पहिलो प्रयासको कारण पनि अनुसन्धान सिमित बनेको छ ।
समस्याको पहिचान :
शिक्षणको सिलसिलामा थुप्रै समस्याहरु तथा बाधा अडचनहरु देखा पर्ने गर्दछन् । शैक्षिक सत्रकको सुरुवात देखि नै विद्यार्थीको विभिन्न पक्षलाई ध्यान दिई शिक्षणमा देखापरेको समस्या नियमित गृहकार्य नगर्नेलाई अनुसन्धानको विषय बनाई समाधानको उपाय खोजेको छु । यस अनुसन्धान कार्य तथा समस्या समाधानको लागि विभिन्न तालिममा सिकेका विधीहरुको पनि प्रयोग गरेको छु ।
कार्यमुलक अनुसन्धानको योजना :
हरेक कार्यको लागि योजनाको आवश्यकता पर्दछ । विना योजना कार्य सम्पन्न हुन सक्दैन । त्यसैले विभिन्न सीप तथा अनुभवको अभावमा पनि मैले कार्यमुलक अनुसन्धानको योजना निम्न अनुसार तय गरेको छु ।
क. समयावधि :
यस कार्यमूलक अनुसन्धानको समायावधि २०७५/११/१४ गते देखि २०७५/११/२१ गतेसम्म तय गरेको छु ।
ख. विधि :
यस कार्यमूलक अनुसन्धान कार्य सम्पन्न गर्नका लागि अवलोकन, छलफल, खोज र प्रयोगात्मक विधी छनौट गरिएको छ ।
ग. अनुसन्धानको केन्द्र :
गणित विषय कक्षा ६ देखि ८ सम्म पठनपाठन गर्दै आएको छु । गृहकार्य विद्यार्थीले नियमित नगर्ने समस्या जुनसुकै कक्षापनि विद्यमान भएतापनि कक्षा ६ का विद्यार्थीले गृहकार्य नगर्ने समस्यासँग केन्द्रित रहेको छ ।
अपेक्षित उपलब्धीः
| क्र.सं. | उपलब्धी सुचक | अनुसन्धान अघिको स्थिती | अनुसन्धान पछिको स्थिती | फरक | ब्याख्या |
| 1 | गृहकार्य गर्नेको संख्या | १५ | ४५ | ३० | शिक्षकले नियमित गृहकार्य परीक्षण गरेमा विद्यार्थीहरुमा गृहकार्य गरेर ल्याउने बानीको विकास हुनेछ। |
कार्ययोजना
| क्र.सं. | क्रियाकलाप | प्रक्रिया |
समय |
सामग्री |
चुनौती |
| 1 |
विद्यार्थीहरुले गृहकार्य गरेर ल्याए नल्याएको जाँच गर्ने |
देखाउन लगाएर |
प्रत्येक दिन |
विद्यार्थी नियमित नहुन सक्छ | |
| 2 |
समुहमा राखी परीक्षण गर्ने |
एक जनाको परीक्षण गरे पछि अरुको पनि यसै गरी परीक्षण गर्न विद्यार्थीलार्इ लगाउने |
शुरुको २ दिन |
||
| 3 |
नमुना छनौट गरी परीक्षण |
१० जनाको छनौट गरी परीक्षण गर्ने |
तेस्रो दिन |
||
| 4 |
खाली समयमा परीक्षण गर्ने |
अफिस कोठामा लगेर |
चौथो दिन |
||
| 5 |
गृहकार्य गर्ने विद्यार्थीहरुको संख्या हेर्ने |
गणना गरेर |
पाचौ दिन |
प्राप्ती र निष्कर्ष :
अध्यापनको सिलसिलामा कुनै समस्यामुलक विषय छनौट गरी त्यसैको कार्यमुलक अनुसन्धान गरी प्रतिवेदन तयार गर्दा धेरै अनुभव र ज्ञान हासिल गरेको छु । कार्यमुलक अनुसन्धानले आफूलाई शिक्षणको सिलसिलामा नयाँ अवधारणाको महसुस गराएको छ । सकेसम्म विद्यार्थी केन्द्रित शिक्षण र बढी भन्दा बढी शैक्षिक सामाग्रीको प्रयोग गर्नाले शिक्षण प्रभावकारी र सफल हुने विश्वास लिएको छु । कक्षा ६ का विद्यार्थीलाई यस प्रकारको अनुसन्धान र शिक्षणबाट सफलता मिलेको अनुभुति गरेको छु ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review