- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना चालिस
कार्यमूलक अनुसन्धान :नमुना चालिस
अनुसन्धानकर्ता : हिमालय प्रसाद शर्मा
विद्यालयको नाम : नेपाल आदर्श मा .वि.
विद्यालय रहेको ठेगाना : काठमाडौँ महानगरपालिका, २२ ,गणबहाल , काठमाडौँ
अनुसन्धान कार्यको शीर्षक : माध्यमिक तहका विद्यार्थीहरूलाई कथा र जीवनी शिक्षण क्रियाकलापहरू सम्बन्धी तुलनात्मक अध्ययन प्रतिवेदन
१.परिचय
समयको बदलिँदो परिस्थितिसँगै भित्रिएको आधुनिकताले विज्ञान र प्रविधिको क्षेत्रमा भएको तीव्र विकाससँगै शिक्षामा पनि यसको प्रभाव परिरहेको छ । नवीन ज्ञान र प्रविधिको विस्तारसँगै शैक्षिक विधि र प्रविधिहरू पनि थपिदै गएका छन् । परिवर्तनशील समयसँगै हामी शिक्षकहरू पनि अध्यावधिक तथा सबल बन्दै जानुपर्ने , नयाँ नयाँ विधि र प्रविधिसँग नजिक बन्दै शिक्षण गर्नुपर्ने अवस्था आएको छ ।परम्परागत रूपमा शिक्षण गर्दै आइरहेका हामी शिक्षकहरूली शिक्षण गर्ने क्रममा भोगेका विविध समस्याहरूप्रति समयमै सचेत भई समस्या समाधानका लागि बेला बेलामा आवश्यक सल्लाह ,सुझाव तथा परामर्श लिएर आफूलाई नवीकरण गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।
म विगत ६ वर्षदेखि काठमाडौँ महानगरपालिका वडा नं २२ मा रहेको नेपाल आदर्श मा वि गणबहालमा अध्यापन गराइरहेको छु । यस विद्यालयको पृष्ठभुमिको बारेमा भन्नुपर्दा वि . सं. २००७ सालमा यस क्षेत्रका बुद्धिजीवी तथा स्थानीयहरूको सक्रियतामा स्थापना भएको हो ।
हाल पूर्व प्राथमिदेखि कक्षा १२ सम्मको पठनपाठन भइरहेको यस विद्यालयमा ३६ जना विद्यालय शिक्षक तथा कर्मचारी रहेका छन् र करिब ३६० जना विद्यार्थीहरू अध्ययनरत छन् ।
मेरो शिक्षण जीवनको क्रममा अनौपचारिक रूपमा भौतिक तथा अनलाइनका माध्यमबाट केही तालिमहरू लिएपनि पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप औपचारिक रूपमा यही मिति २०७८/२/११ गतेदेखि २०७८/०२/२० गतेसम्म अनलाइनमा आधारित १० दिने माध्यमिक तह नेपाली विषयको शिक्षक पेसागत विकास तालिम ( TPD ) मा सहभागी हुने अवसर प्राप्त भएको थियो ।उक्त तालिममा शिक्षण सिकाइसम्बन्धी विभिन्न समस्या र तिनको समाधानका बारेमा अनुभव लिने मौका मिलेको थियो । विषेश गरेर तालिममा नेपाली भाषा शिक्षणका क्रममा आइपर्ने समसामयिक सन्दर्भ अन्तर्गत कथा शिक्षण र जीवनी शिक्षण , कार्यमूलक व्याकरण शिक्षण , कविता शिक्षण , निबन्ध र रूपक विधाको शिक्षण , भाषिक सिप शिक्षण , साहित्यिक पाठहरूको शिक्षण आदिका बारेमा केही सिक्ने अवसर प्राप्त भएको थियो । यसै क्रममा मैले तालिम सकिए लगत्तै वर्तमान समयमा अध्यापन गरिरहेको विषयमा आइपरेका समस्या र समाधानका उपायहरू पत्ता लगाउनका लागि वर्तमान परिवेशमा भौतिक कक्षा सञ्चालन गर्न नसकिएको अवस्थामा अनलाइन कक्षाका माध्यमबाट भएपनि माध्यमिक तहका विद्यार्थीहरूलाई कथा र जीवनी शिक्षण क्रियाकलापसम्बन्धी तुलनात्मक अध्ययन प्रतिवेदन लेखन कार्य गरेको छु ।
मैले माध्यमिक तह अन्तर्गत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कथा र जीवनी शिक्षण क्रियाकलाप सम्बन्धी गरिएको तुलनात्मक अध्ययन प्रतिवेदन तयार पार्ने प्रयास गरेको छु ।
२ . कार्यमूलक अनुसन्धानका उद्देश्यहरू :
( क ) कथा र जीवनी शिक्षण क्रियाकलाप सम्बन्धी तुलनात्मक अध्ययन गर्ने ,
( ख ) कथा र जीवनी शिक्षणको सिलसिलामा देखिएको बोध प्रश्नोत्तर सम्बन्धी समस्या समाधानका लागि शिक्षण सामग्रीको प्रयोग र आवश्यक शिक्षण विधिहरूको प्रयोग गरी समस्या समाधान गर्ने र आफ्नो कार्यशैलीमा सुधारसहितको परिवर्तन ल्याउने ,
( ग ) शिक्षकको पेसागत दक्षता अभिवृद्धि गर्ने ।
( ३ ) अनुसन्धान – अध्ययनको औचित्य
कार्यमूलक अनुसन्धान शिक्षणको एक महत्त्वपूर्ण पक्ष हो । यसली शिक्षण सिकाइको कुनै पनि अवस्थालाई सुधार गरी अघि बढाउन मद्दत गर्दछ ।सामान्यतया कक्षा शिक्षण सिकाइको क्रमामा कक्षा कोठामा देखिएका सिकाइसम्बन्धी तत्कालीन समस्याहरूको समाधान गर्ने उद्देश्यअनुरूप कार्यमूलक अनुसन्धानको प्रयोग गरिन्छ । कार्यमूलक अनुसन्धानले शिक्षक तथा विद्यार्थीको सिकाइमा ठोस परिवर्तन ल्याउँछ । सिकाइ समस्याको पहिचान , सुधार र समाधानमा यस अनुसन्धानको विषेश महत्त्व हुने हुँदा मैले पनि माध्यमिक तहमा कथा र जीवनी शिक्षणको तुलनात्मक अध्ययन गरी शिक्षण सिकाइका समस्याहरूको समेत समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सिपको शिक्षणमा प्रयोग गर्ने सोच राखेको छु ।
( ४ ) अध्ययनको सीमा
अनुसन्धानम कुनै पनि विषयको शीर्षक सानो भएतापनि यसको क्षेत्र व्यापक हुन्छ । नेपाली भाषा शिक्षण भाषिक सिपको शिक्षण भएकाले विभिन्न तहअनुसार यसको शिक्षण व्यापक र विस्तार हुँदै जान्छ ।मेरो यो अध्ययन कक्षा १० को नेपाली विषयको कथा र जीवनी शिक्षण बिचको तुलना गर्न केन्द्रित रहेको छ । साथै कथा र जीवनी शिक्षणका क्रममा देखिएको बोध प्रश्नोत्तर सम्बन्धी समस्याहरूमा पनि अध्ययन केन्द्रित रहेको छ ।कक्षा १० का १७ जना विद्यार्थीहरूलाई शिक्षण गरी प्राप्त नतिजा विश्लेषणको अनुसन्धान नै यस अध्ययनको सिमितताभित्र पर्दछ । छोटो समय र अनलाइन माध्यमबाट शिक्षण गरिएको कारण पनि अनुसन्धान कार्य सीमित बनेको छ । वास्तवमा कथा र जीवनी शिक्षणको तुलनात्मक अध्ययन सीमित र कम समयावधिको कदापि हुन सक्दैन तथापि ४/ ५ दिनको छोटो अवधिमा समस्याको पहिचान ,कारण र समाधान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले पनि यो अध्ययनलाई सीमित पारिएको हो ।
( ५ ) समस्याको पहिचान
कक्षामा शिक्षण सिकाइको सिलसिलामा थुप्रै समस्याहरू र बाधा अड्चन देखा पर्नु स्वाभाविक नै हो । विद्यार्थीहरूमा विषयवस्तुको पूर्व ज्ञान , विद्यार्थीहरूको रुची , क्षमता तथा विभिन्न पक्षलाई ध्यान दिँदा कक्षा १० का विद्यार्थीहरूलाई कथा र जीवनी पढाउँदा गरिएको तुलनात्मक अध्ययन र सिकाइमा बोध प्रश्नोत्तरमा परेको समस्यालाई अनुसन्धानको मुख्य विषय बनाई समाधानको उपाय खोजेको छु ।यस अनुसन्धानको कार्य सम्पन्न तथा समस्या समाधानको लागि TPD तालिमबाट प्राप्त सिकाइ र विभिन्न सन्दर्भ सामग्रीहरू , पाठ्यक्रम , पाठ्यपुस्तक , शिक्षक निर्देशिका , इन्टरनेट आदिबाट प्राप्त गरेका अनुभवहरू समेतको प्रयोग गरेको छु ।
( ६ ) कार्यमूलक अनुसन्धानको योजना
कुनै पनि कार्य सम्पन्न गर्नका लागि योजनाको आवसश्यकता पर्दछ ।योजनाविना कार्य सम्पन्न गर्न सकिँदैन ।विभिन्न सिप तथा प्रयाप्त अनुभवको अभावमा पनि सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सिकिएका कुरालाई व्यवहारिक रूपमा उतार्न यस अध्ययनको योजना निम्नानुसार तय गरेको छु ।
( क ) समयावधि
यस कार्यमूलक अनुसन्धानको समयावधि २०७८/०२/२१ गतेदेखि २०७८/०२/२४ गतेसम्म रहेको थियो । भौतिक रूपमा कक्षा सञ्चालन नभइरहेको यस विषम परिस्थितिमा भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरी करिब ४ दिनको छोटो अवधिमा अनुसन्धान प्रयोजन र आफ्नो नियमित अध्यापन कार्यको लागि पनि यस समयावधिलाई उपयोग गरेको हुँ ।
( ख) विधि
यस कार्यमूलक अनुसन्धानको कार्य सम्पन्न गर्नक्स लागि व्याख्यान , छलफल , कथाकथन , प्रश्नोत्तर , सारकथन , घटना वर्णन , घटना मिलान,
लेख प्रस्तुतीकरण , तथ्य सङ्कलन , प्रदर्शन विधिहरू छनोट गरेको थिएँ। निर्धारित पाठ्यांशको कथा र जीवनी को शिक्षण गर्ने क्रममा विविध सन्दर्भ सामग्रीहरूको समेत उपयोग गरेको थिएँ ।
( ग ) शिक्षण सामग्री
यो अध्ययन सम्पन्न गर्नका लागि प्रयोगमा ल्याइएका सामग्रीलाई शिक्षण सामग्रीको रूपमा लिएको छु । शब्दकोश , विभिन्न लेखकका कथाहरू , विद्यार्थी स्वयमले सुनेका लोक कथा , दन्त्य कथा विभिन्न व्यक्तित्त्वका जीवनीका नमुनाहरू , बोध प्रश्नोत्तरका नमुना शब्दपत्ती , गोजितालिका , फलाटिन पाटी आदि शिक्षण सामग्रीको रूपमा प्रयोग गरेको थिएँ ।
( घ ) अनुसन्धानको केन्द्र
सामान्यतया नेपाली विषय विद्यालय तहका विभिन्न कक्षाहरूका साथै उच्च शिक्षासम्म अनिवार्य रूपमा अध्ययन अध्यापन गरिँदै आएको विषय हो । मैले पनि मेरो विद्यालयमा आधारभूत तहदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छु । यस अनुसन्धान कार्यका लागि कक्षा १० का विद्यार्थीहरूलाई केन्द्रमा राखी कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकमा समाविष्ट माउजङ्ग बाबुसाहेबको कोट कथा र क्लारा जेट्किन जीवनी शिक्षणको तुलनात्मक अध्ययन र शिक्षणका क्रममा सिर्जित समस्यासँग केन्द्रित रहेको छु ।
( ७.) कार्यक्रम सञ्चालन
१० दिने शिक्षक पेसागत तालिमको माध्यमबाट सिकेको अनुभव र आफूसँग रहेको ज्ञान र सिपको आधारमा सर्वप्रथम कथा र जीवनी शिक्षण क्रियाकलापहरू सम्बन्धी
तुलनात्मक अध्ययन गरेको छु र शिक्षणका क्रममा देखिएका समस्याहरूको निराकरण गर्न समस्याको छनोट गर्न ,शिक्षण सामग्री शिक्षण विधि र सिकाइ सहजीकरण प्रक्रिया तथा प्रयोगलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गरेको छु ।
७.१ कथा र जीवनी शिक्षण क्रियाकलापसम्बन्धी तुलनात्मक अध्ययन
कथा र जीवनी गद्य संरचनामा आधारित विधा भए पनि यिनीहरूको शिक्षण सिकाइ क्रियाकलाप भने एउटै तौरतरिकाले नहुन सक्छ । भाषा शिक्षणका क्रममा दुबै विधाको आआफ्नो महत्त्व रहेको छ । विधागत दृष्टिकोणबाट कथा रुचिपूर्ण ,आकर्षक , लोकप्रिय , अत्यन्त उपयोगी ,घटना र चरित्रको मेलबाट निर्माण हुने विधा हो भने जीवनी निश्चित व्यक्तिको जीवनका मुख्य घटनाक्रममा आधारित आलेख , तथ्यमा आधारित वस्तुगत रचना , क्रमबद्ध प्रस्तुति ,चिनारी र योगदानको वर्णनमा केन्द्रित विधा हो । प्रकारका दृष्टिले कथाका अनेकौँ प्रकार ( पौराणिक , दन्त्य ,लोक ,ऎतिहासिक ,सामाजिक , मनोवैज्ञानिक आदि ) हुन्छन् भने जीवनी राष्ट्रिय र अन्तराष्ट्रिय गरि दुई प्रकारका हुन्छन् ।
यसैगरी कथा र जीवनी शिक्षणको प्रयोजन , शिक्षण गर्दा अपनाइने विधिहरू र सिकाइ क्रियाकलापका आधारमा निम्नानुसार तुलनात्मक अध्ययन गरिएको छ :
प्रयोजनपरक अध्ययन
|
कथा |
जीवनी |
कैफियत |
|
|
( दुइटै विधाका समानता)
|
शिक्षण विधि
|
कथा |
जीवनी |
कैफियत |
|
|
( दुइटै विधामा समनता ) |
शिक्षण क्रियाकलाप
|
कथा |
जीवनी |
कैफियत |
|
|
(दुइटै विधामा समानता) |
कथा र जीवनी शिक्षण क्रियाकलाप सम्बन्धी तुलनात्मक अध्ययन गर्दा सिकाइ सहजीकरणका लागि महत्त्वपूर्ण मानिएका तीन ओटा पक्षहरूको अध्ययन माथि उल्लेखित तालिकामा प्रस्तुत गरिएको छ । उपर्यक्त अध्ययनलाई हेर्दा कथा र जीवनी शिक्षणको सम्बन्धमा दुइटै विधाको प्रयोजनपरक उपयोग , शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलापमा समानता रहेको पाइएतापनि जीवनीको प्रयोजनपरक उपयोगमा विशिष्ट प्रतिभा वा व्यक्तिको स्मरण र सम्मान , योगदानबारे सूचना प्राप्ति , प्रेरणाको श्रोत जस्ता पक्षमा कथाको भन्दा विविधता पाइएको छ । यसैगरी दुइटै विधाको शिक्षण विधिलाई तुलना गर्दा दुइटै विधाका शिक्षण विधिमा समानता देखिए पनि जीवनीमा तथ्य सङ्कलन विधि महत्त्वपूर्ण देखिन्छ । सिकाइ सहजीकरण क्रियाकलापमा पनि दुइटै विधाका क्रियाकलापमा समानता नै पाइन्छ । यसरी समग्रमा कथा र जीवनी शिक्षण क्रियाकलामा थोरै अन्तर देखिए पनि धेरै मात्रामा समानता नै पाइएको छ ।
७.१.१ यसरी कथा र जीवनी दुइटै विधाको सिकाइ सहजीकरणमा कक्षा १० का विद्यार्थीहरूमा बोध प्रश्नोत्तरको छलफलमा देखिएको समस्यालाई समाधान गर्न अपनाइका उपायहरू :
( क ) समस्यामूलक विषयवस्तुको छनोट
सरलबाट जटिलतिर , अमूर्तबाट मूर्ततिर भन्ने सिकाइका सिद्धान्तलाई आत्मसात गर्दै कक्षा १० का विद्यार्थीको स्तरअनुरूप र एसइइ परीक्षालाई समेत ध्यानमा राखी कथा र जीवनी शिक्षणका क्रममा देखिएको बोध प्रश्नोत्तरसम्बन्धी समस्यालाई विषयवस्तुको रूपमा छनोट गरेको छु ।
( ख ) हस्तक्षेपकारी तीन चरणको प्रयोग
- पहिलो चरण
कथा र जीवनी शिक्षणका क्रममा माउजङ्ग बाबुसाहेबको कोट कथा र क्लारा जेट्किन जीवनी लाई नमूना पाठको रूपमा लिई बोध प्रश्नोत्तरसम्बन्धी अभ्यास गराएँ । सर्वप्रथम दुइटै पाठबाट अनुच्छेद दिई पढ्न लगाएँ र तोकिएका अनुच्छेदबाट नमुना प्रश्नहरू निर्माण गरी तिनको बारेमा छलफल र अन्तरक्रिया गर्न लगाएँ । कथा र जीवनीका अनुच्छेदभित्र परेका बोध प्रश्नका सम्भावित उत्तरहरू अनुमान गरी रेखाङ्कन समेत गर्न लगाई प्रत्येक समूहलाई पालैपालो जस्ताको तस्तै सम्भावित उत्तरहरू कक्षामा पढेर सुनाउन लगाएँ । यसो गर्दा विद्यार्थीहरू उत्तर खोज्ने प्रायासमा बढी सक्रिय भएको पाइयो ।
ii दोस्रो चरण
पहिलो चरणमा विद्यार्थीहरूले आआफ्नो समूहअनुसार तोकिएका अनुच्छेदबाट जस्ताको तस्तै प्रस्तुत गरेका सम्भावित उत्तरहरू सङ्कलन गरी ती उत्तरहरूलाई जस्ताको तस्तै नसारी आफ्नो मौलिकता प्रयोग गरी उस्तै आशय आउने किसिमले छोटोमा तयार गर्न निर्देशन दिएँ र आवश्यक पृष्ठपोषण दिँदै गएँ। कक्षा भर्चुअल भएकाले सहजीकरण गर्न गाह्रो भएतापनि विद्यार्थीहरूको सक्रियताले सहज नै बनायो ।यसरी विद्यार्थीहरूले क्रियाकलापमा पटकपटक गल्ति गर्दै आएपनि दिइएको सुझाव र निर्देशानुसार विद्यार्थीहरू क्रमशः सुधारतर्फ सक्रिय देखिए ।
iii तेस्रो चरण
आवश्यक सहजीकरण गर्दै निरन्तर अभ्यासमा सक्रिय गराएँ र जसका कारण उनीहरूको बोध प्रश्नोत्तर लेखनमा क्रमशः सुधार आएको देखियो । पाठको अन्त्यमा मूल्याङ्कनको रूपमा मौखिक रूपमा प्रश्नहरू सोधियो । जसमा कथा र जीवनीका तोकिएकै अनुच्छेदबाट प्रश्नहरू सोधी उत्तर भन्न लगाइएको थियो । थप अभ्यासको रूपमा बोध प्रश्नोत्तरसम्बन्धी नै गृहकार्य दिएको थिएँ ।यस क्रियाकलापमा पनि विद्यार्थीहरूको सक्रियता देखिएको थियो ।
८ प्राप्ति तथा निष्कर्ष
यसरी समस्यामूलक विषय छनोट गरी त्यसैको कार्यमूलक अनुसन्धान गरी प्रतिवेदन तयार गर्दा समस्याको समाधान भएको अनुभव गरेको छु र विद्यार्थीहरूका लागि मात्र नभइ आफूलाई समेत थप सिकाइ भएको महसुस भएको छ । भौतिक रूपमा कक्षा सञ्चालन नभएको यस विषम परिस्थितिमा भर्चुअल कक्षामा अनुसन्धान गर्न खोज्दा निश्चित रूपमा पनि असहज भएको महसुस गरेको छु । तथापि कथा र जीवनी शिक्षण क्रियाकलापसम्बन्धी तुलनात्मक अध्ययन पश्चात देखिएको बोध प्रश्नोत्तर सम्बन्धी समस्यालाई एक महत्त्वपूर्ण अवसरको रूपमा ठानी यस किसिमको भर्चुअल कक्षामा गरिएको अनुसन्धान स्वयम आफ्नो लागि पनि नौलो हुने ठानेर यो अनुसन्धान सम्पन्न गरेको छु । त्यस्तै १० दिने TPD तालिममा सिकेका ज्ञान तथा सिपहरूको थोरै मात्रामा भएपनि उपयोग गरे जस्तो लागेको छ । सकेसम्म अनुसन्धान विद्यार्थी केन्द्रित नै बनाउने प्रयास गरेको छु ।आवश्यक शिक्षण सामग्रीको प्रयोग, उपयुक्त शिक्षण विधि र विद्यार्थीमैत्री सिकाइ क्रियाकलाप अपनाई शिक्षण गरेको खण्डमा सिकाइ प्रभावकारी र सफल हिने विश्वास लिएको छु । विद्यार्थीमा देखिएको समस्याको केही हदसम्म भएपनि सामाधान भएको ठानी आगामी दिनहरूमा थप समस्याहरूको समाधानार्थ थप अनुसन्धान गर्दै जाने प्रतिबद्धता गर्दछु ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review