सामाजिक :कक्षा ९ Note

सामाजिक :कक्षा ९ Note

तयार पार्ने : वीरेन्द्र पोख्रेल 

विद्यालय : श्रीपुर मावि भरतपुर ,चितवन 

 

कक्षा ९ सामाजिक अध्ययन एकाइ १ र २ को  (पठन सामाग्री)

 

१. समाज विकास भनेको के हो ?

उत्तर : सामाजिक घटना, प्रकिया, संरचना आदिमा आउने सकारात्मक परिवर्तननै समाज विकास हो । सामाजिक संरचना, सामाजिक सम्बन्ध, सामाजिक सङ्गठन आदिमा रूपान्तरण वा परिवर्तन हुने प्रकिया नै समाज विकास हो । जस्तोः कच्ची बाटाहरु पक्की भएको, साक्षरता दर बढेको, मानिसहरु चेतनशील भएका, खानेपानी तथा बिद्युतको सुविधा बढ्दै गएको, जीवनशैली उच्च हुँदै गएको अवस्था नै समाज विकास हो ।

 

२. समाजलाई कसरी वर्गीकरण गरिन्छ ?

उत्तर : समाजलाई निम्न आधारमा वर्गीकरण गरिन्छ :

समाजलाई विभिन्न आधार र तरिकाका आधारमा वर्गीकरण गर्ने गरिन्छ ।

  • समाजशास्त्री टेलरले समाजलाई जङ्गली समाज, बर्बर समाज र सभ्य समाजका बाँडेका छन् ।

 

  • कार्लमाक्सले समाजलाई सिकारी, पशु पालन, सामन्ती, पुँजीवादी र समाजवादी भनी प्रस्तुत गरेका छन् ।

 

  • समाजका प्रकारलाई विकासको स्तर, असमानता, सहरीकरण, समाजको स्तर र राजनीतिक सङ्गठनका आधारमा वर्गीकरण गरिन्छ ।

 

  • प्रविधि, जीवन निर्वाहको आधार तथा सांस्कृतिक तत्त्वहरूका आधारमा पनि समाजको प्रकार छुट्याइन्छ ।

 

३. पूँजीवादी समाजका विशेषताहरु लेख्नुहोस् ।  

उत्तर : प्रतिस्पर्धाका आधारमा आर्थिक विकास हुने निजी क्षेत्रले कृषि, उद्य्योग, व्यापार लगायतका आर्थिक गतिविधि सञ्चालन गर्ने राज्यले आर्थिक गतिविधिमा हस्तक्षेप नगर्ने ।

 

४. समाजवादी समाजका  विशेषताहरु लेख्नुहोस् ।  

उत्तर : देशको आर्थिक गतिविधिमा राज्यको पूर्ण नियन्त्रण हुन्छ । देशका अधिकांश आर्थिक गतिविधिहरू कृषि, उद्योग, व्यापार लगायतका राज्यले सञ्चालन गर्छ । योजनावद्ध विकास हुन्छ ।

 

५. मिश्रित समाजका  विशेषताहरु लेख्नुहोस् ।  

  • देशको आर्थिक क्षेत्रका अति आवश्यक र सेवामूलक व्यवसायहरू राज्यले सञ्चालन गर्ने र बाँकी आर्थिक गतिविधिहरू निजी क्षेत्रले सञ्चालन गर्ने 

 

  • योजनावद्ध विकास हुने

 

  • सार्वजनिक र निजी क्षेत्र दुवैको संलग्नतामा आर्थिक गतिविधि सञ्चालन हुने

 

  • बजारमा सरकारले हस्तक्षेप गर्न सक्ने ।

६. सामाजिकीकरण ( Socialization ) को अवधारणा चर्चा गर्नुहोस् ।

उत्तर : सामाजिकीकरण भन्नाले निम्न कुराहरु पर्दछन् :

  • समाजमा समायोजित हुनु, समाजसँग एकीकरण हुनु, वा मिल्नु, समाजमा मिलेर बस्ने, आपसमा सहयोग गर्ने

 

  • अरुको अस्तित्व स्वीकार गर्ने तथा सबैलाई सम्मानपूर्वक व्यवहार गनर्,े समाजले चाहेका व्यवहार, स्वीकार गरेका मूल्यहरू र प्रचलित सिद्धान्तहरूलाई आत्मसात्् गर्ने । समाजले स्वीकार गरेका मूल्य मान्यता, सिद्धान्त एवम् आदर्श ग्रहण गर्नु र त्यसै अनुसारको जिम्मेवारी पूर्ण रूपमा निभाउनु नै सामाजिकीकरण हो ।

 

  • मानवले समाजमा आफ्नो के स्थान छ र आफूले अरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा सामाजिकीकरणबाट सिक्छन् । सामाजिकीकरणबाट बाल बालिकाहरूले आआफ्नो समाजको मूल्य, मान्यता, विश्वास र आदर्श प्राप्त गर्छन् ।

 

७. सामाजिकीकरणको महत्त्व लेख्नुहोस् ।  

उत्तर : सामाजिकीकरणका महत्वहरु :

  • सामाजिकीकरणका माध्यमबाट हामिले सामाजिक मूल्य, मान्यता र आदर्शहरू सिक्न सकिन्छ ।

 

  • सामाजिक सिपको विकास गरी बाँच्नका लागि आवश्यकपर्ने आधारभूत ज्ञान प्राप्त हुन्छ ।

 

  • सामाजिकीकरणले हरेक व्यक्तिलाई समाजको अनुशासित, जीम्मेवार सक्रिय सदस्य बनाउँछ ।

 

  • सामाजिकीकरणले मानवलाई सामाजिक भावनाले भरिपूर्ण असल व्यक्तित्व निर्माण गर्न सहयोग गर्छ ।

 

८. हाम्रो पहिचान भनेको के हो ?

उत्तर : हाम्रो पहिचान को परिचय :

परिचय, चिनारी वा अरुमाझमा आफुलाई चिनाउने कार्य नै पहिचान हो । नाम, हुलिया, क्षमता र विशिष्टताका आधारमा चिनारी दिने । प्राकृतिक सम्पदा, बौद्दिक सम्पति, धर्म, भाषा तथा विशिष्टताका आधारमा आफु र आफ्नो देशलाई अरुसमक्ष चिनाउने कार्य नै पहिचान हो ।

 

 

९. हाम्रो पहिचानका बिषयहरु बारे छोटकरीमा लेख्नुहोस् ।

राष्ट्रिय पहिचान

  • नेपाल भौगोलिक बनावटका आधारमा हिमाल, पहाड र तराई प्रदेशमा विभक्त छ ।

 

  • विश्वको सर्वोच्च शिखर सगरमाथा पनि हाम्रो पहिचान हो ।

 

  • धार्मिक हिसाबले यहाँ हिन्दु, बादै्ध, इस्लाम, किराँत, व्रिmश्चियन, जैन, शिख लगायत दस ओटा धर्म प्रचलनमा छन् ।

 

  • यहाँ १२३ ओटा भाषाहरूको पहिचान गरिएको छ ।

जातीय पहिचान

  • पछिल्लो जनगणनाअनुसार नेपालमा पहिचान गरिएका जातजातिको सङ्ख्या १२५ रहेको छ ।

 

  • विविधतामा एकता हामा्रे पहिचान हो ।

 

  • आफ्नो लिपि, भाषा र संस्कृतिको संरक्षण र संवर्धन गर्दै सबल राष्ट्रिय एकता कायम राख्नु आजको आवश्यकता हो ।

भाषिक पहिचान

नेपालमा भाषिक विविधता रहेको छ । सन् २०११ को जनगणनामा नेपालमा १२३ ओटा भाषाहरू मातृभाषाका रूपमा पहिचान गरिएका छन् । सरकारी कामकाजको भाषाका रूपमा प्रचलनमा रहँदै आएको नेपाली भाषालाई मातृभाषाका रूपमा प्रयोग गर्नेहरूको सङ्ख्या बढी छ । सन् २०११ को जनगणनाअनुसार भारापेली समूहका मातृभाषा बोल्नेहरू कुल ७९.१ प्रतिशत, भोट बर्मेली समूहका १८.४ प्रतिशत, आग्नेय समूहका ०.२ प्रतिशत र द्रविड समूहका मातृभाषा बोल्नेहरू ०.१ प्रतिशत रहेको छ । अन्य मातृभाषा बोल्नेहरू २.२ प्रतिशत रहेका छन् ।

धार्मिक पहिचान

धार्मिक हिसाबले यहाँ हिन्दु, बौद्ध, इस्लाम, किरात, व्रिmश्चियन, जैन, शिख लगायत दस ओटा धर्म प्रचलनमा छन् ।आफूलाई कुनै पनि धर्ममा नराख्ने वा निरपेक्ष रहनेहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढद्ै गएको छ ।

लङै्गिक पहिचान

लिङ्ग भन्नाले जन्मजात रूपमा छोरा वा छोरी भन्ने बुझिन्छ । लिङ्गका आधारमा गरिने पृथक् व्यवहार नै लङै्गिक व्यवहार हो जसलाई पहिचानका रूपमा पनि ग्रहण गर्न सकिन्छ । अहिले तस्रो लिङ्गीलाई समेत लङै्गिक पहिचानका रूपमा उल्लेख गर्न थालिएको छ । हिन्दु समाजमा लङै्गिक पहिचानको विश्लेषण गर्दा धनकी देवी लक्ष्मीलाई उच्च सम्मानका साथ पूजा गरिन्छ । विद्याकी देवी सरस्वतीलाई श्रीपञ्चमीका दिनमा पुजिन्छ । त्यस्तै नवदुर्गा भवानीलाई त्यत्तिकै सम्मानका साथ पुजिन्छ । अन्य धर्ममा पनि लङै्गिक समानतालाई महत्त्व दिएको पाइन्छ ।

 

१०. राष्ट्रिय गौरव भनेको के हो ?

देशको इज्जत र सम्मान बढाउने खालका बिषयहरु राष्ट्रिय गौरवको बिषय हो ।

धर्म सँस्कृति, प्राकृतिक सम्पदा, विकास र संवृदि, अद्धितीय क्षमता, राष्ट्रिय गान, राष्ट्रिय झण्डा हाम्रो गौरव हो । (किताब बाट पुरा पाठ अध्ययन गर्नुहोला)

 

११. विकासको अवधारणा बारे लेख्नुहोस् ।

उत्तर : विकासको अवधारणालाई निम्नानुसार चर्चा गर्न सकिन्छ :

  • कुनै पनि वस्तु वा प्रकियामा आउने सकारात्मक र प्रगतिमूलक परिवर्तनलाई विकास भनिन्छ । अर्थात कुनै पनि वस्तुमा आउने नयाँपन नै विकास हो ।

 

  • व्यक्ति, समाज वा कुनै ठाउँ विशेषको अवस्थामा आउने सुधारात्मक परिवर्तनलाई विकास भनिन्छ ।

 

  • सुविधा वृद्धि, जीवन शैलीको सकारात्मक परिवर्तन, सुरक्षा, भौतिक पक्षको उन्नत अवस्था लगायतका पक्षले विकासको गतिलाई प्रतिबिम्बित गर्छन् ।

 

  • विश्वका केही मलुुकहरूले तीव्र रूपमा विकास गरिरहेका छन् । त्यस्ता मलुुकहरूलाई विकसित मुलुक भनिन्छ । सामान्यतया आर्थिक तथा प्राविधिक विकास दर कम भएको र प्रतिव्यक्ति आम्दानी कम भएको मलुुकलाई विकासोन्मुख देश भनिन्छ ।

 

१२. राष्ट्रिय आम्दानी वृद्धि गर्ने कुनै चार उपायहरू प्रस्तुत गर्नुहोस् ।

उत्तर : राष्ट्रको आम्दानीमा वृद्धि गर्न निम्न चार उपायहरू छन् :

  • आफ्नो राष्ट्रलाई आवश्यक सम्पुर्ण उत्पादन आफैं गरेर आयात प्रतिस्थापन गर्ने र आत्म निर्भर हुने

 

  • आफ्नो उत्पादन निर्यात गरेर प्रशस्त विदेशी मुद्रा भित्रयाउने

 

  • पर्यटन प्रर्वधन गरेर विदेशी मुद्रा भित्र्याउने

 

  • देशका जनशक्ति विदेशमा गएर प्रशस्त पैसा कमाएर स्वदेशमा भित्र्याउने

यी चार उपाय मध्ये पहिलो र दोस्रो उपाय सबैभन्दा भरपर्दो र उपयुक्त उपाय हो भने चौथो उपाय सबैभन्दा कमजोर उपाय हो ।

 

१३. “प्रतिव्यक्ति आयले मात्र विकासको यथार्थ अवस्था देखाउन सक्दैन ।” यस भनाइका बारेमा धारणा प्रस्तुत गर्नुहोस् ।

उत्तर : प्रतिव्यक्ति आयले मात्र विकासको यथार्थ अवस्था देखाउन सक्दैन । केही धनी व्यक्तिहरूको उच्च आयले प्रतिव्यक्ति आय बढी देखिएको पनि हुन सक्छ जहाँ अत्यधिक व्यक्ति गरिबीको रेखामुनि पनि हनु सक्छन् । विकासको यथार्थ अवस्था थाहा पाउन देशको भौतिक अवस्था, साक्षरता, स्वास्थ्य जस्ता पक्षहरु नियाल्नु पर्दछ ।

 

१४. विकासका पूर्वाधारको परिचय दिनुहोस् ।

मुलुकको आर्थिक तथा सामाजिक विकासका निम्ति उपलब्ध गराइने आधारभूत सेवा सुविधालाई विकासका पूर्वाधार भनिन्छ । देश विकासका लागि विकासका पूर्वाधार निर्माण गर्न स्रोत र साधनका अतिरिक्त उपयुक्त जनशक्ति चाहिन्छ । समुदायमा बस्ने व्यक्तिहरूको सचेतना बढाउन र स्वस्थ राख्न शिक्षा र स्वास्थ्य सुविधाहरू उपलब्ध हुनुपर्छ । प्राकृतिक साधन सा्रेतको सदुपयोग गर्न तालिम प्राप्त प्राविधिक जनशक्तिको खाँचो पर्छ । यसका लागि शिक्षा नै सशक्त माध्यम हो ।

१५. नेपालको पूर्वाधार विकासमा रहेका समस्याहरू लेख्नुहोस् ।

उत्तर : नेपालमा पूर्वाधार विकासमा रहेका समस्याहरू निम्नानुसार छन् :

(क) पुँजीको अभाव हुनु ।

 

(ख) प्राविधिक दक्ष जनशक्तिको कमी भएका कारण पूर्वाधार निर्माण कायर्ले गति लिन नसक्नु ।

 

(ग) उपकरणहरूको अभावका कारण पूर्वधार विकास र सञ्चालनमा कठिनाइ हुनु ।

 

(घ) जनचेतनाको कमीका कारणले उपलब्ध सा्रेत र साधनको प्रयोग गर्न नसक्नु ।

 

(ङ) कठिन र कमजोर भूधरातल भएका कारण निर्माण भएका पूर्वाधारहरू बिगन्रे र नष्ट हनुे क्रम जारी रहनु ।

 

(च) बाढी, पहिरो, भूकम्प जस्ता दैवी प्रकोपको मार निरन्तर परिरहनु ।

 

(छ) धार्मिक र सांस्कृतिक व्यवधानका कारण भएका स्रोत र साधनको उपयोग गर्न नसक्नु ।

 

(ज) आवश्यक्ताभन्दा बढी परनिर्भरता बढन्ु र आप्mनै देशभित्र पुँजी निर्माण गर्न नसक्नु ।

१६. परम्परागत ज्ञान, सिप र प्रविधिको अवधारणा स्पष्ट पार्नुहोस् ।

परम्परादेखि नै मानिसले आफ्नो जीवनलाई सरल बनाउन प्रयोग गर्दै आएका कुनै स्थान विशेषको स्थानीय ज्ञान, सिप र प्रविधिलाई नै परम्परागत ज्ञान, सिप र प्रविधि भनिन्छ । यस्ता प्रविधिहरू खास स्थान र समय विशेषमा एउटा जीवन पद्धतिका रूपमा विकसित भएका पाइन्छन् । गुन्द्रुक बनाउन कतै बाँसको ढुङग्रा, कतै जमिनमा गाडन्े त कतै माटाका भाँडामा राख्ने फरक फरक प्रविधिले हाम्रा परम्परागत मूल्य मान्यतामा विविधता झल्किन्छ । मधेसमा गोबरबाट गुइँठा बनाउनु एउटा परम्परागत ज्ञान सिप हो भने पहाडमा पानी घटट्को उपयोगमा अर्को स्थानीय प्रविधि जोडिन्छ । फलामको धार लगाउन वा भाँडाकँुडा बनाउन प्रयोग हुने आरनदेखि ससाना खोल्साखोल्सी र ठुला नदीसमेत तर्न प्रयोग हनुे तुइनसम्म परम्परागत प्रविधि हनु् । घरमा मकै पिँध्न प्रयोग हनुे जाँतो, धान कटुन् प्रयोग हुने ढिकी, तोरी पेल्ने कोल सबै परम्परागत रूपमा चल्दै आएका हाम्रा स्थानीय प्रविधिका उदाहरण हुन् ।हाम्रा दैनिकीसँग सम्बन्ध र सरोकार राख्ने हुनाले यस्ता प्रविधिहरूलाई आधुनिक प्रविधिसँग जोड्दै सुधार गर्दै जानुपर्छ ।

१७. परम्परागत ज्ञान, सिप र प्रविधिको प्रयोगको महत्त्व उल्लेख गर्नुहोस् ।

  • आफ्नो परम्परागत पहिचान कायम हुने ।

 

  • स्थानीय साधन सा्रेत र सिपमा आधारित हुने ।

 

  • वातावरणमैत्री हुनुका साथै टिकाउ हुने ।

 

  • परम्परागत ज्ञान, सिप र प्रविधिको संरक्षण र संवर्धन कार्यमा टेवा पुग्ने ।

 

  • हराउन लागेका वा लोप भएका प्रविधिहरूको खोजी गर्ने ।

 

  • आफ्ना पुर्खाका विरासतमा गर्व गर्न पाइने ।

 

  • समय सापेक्ष सुधार गर्दै श्रम र शक्तिको वचत गर्न सकिने ।

 

१८.परम्परागत ज्ञान, सिप र प्रविधिलाई कसरी सुधार गर्न सकिन्छ ?

उत्तर : परम्परागत ज्ञान, सिप र प्रविधिलाई कसरी सुधार गर्न सकिन्छ :

  • जाँतो, घट्टको सट्टा सुधारिएको पानीघट्टको प्रयोग

 

  • गुइँठा को प्रयोगको सट्टा थोरै दाउरा प्रयोग हुने धुवाँरहित चुलोको प्रयोग

 

  • गुन्द्रुक र मस्यौरालाई लामो समय टिक्नेगरी प्याक गर्ने तथा बिव्रmी गर्ने गरी धेरै उत्पादनमा जोड दिने

 

  • आरन व्यबसायलाई परिस्कृत बनाउदै लैजाने



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login