- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना एकचालिस
कार्यमूलक अनुसन्धान :नमुना एकचालिस
प्रस्तुतकर्ताः सुभद्रा अधिकारी
विद्यालय :श्री पूर्णसञ्जीवनी लङ्खनामाई मा.वि., धुलिखेल, काभ्रे
अवधी :२०७७।०१।०१ देखि २०७७।१।२५ सम्म
शीर्षक :खाजाको समयपछि कक्षा ९ का विद्यार्थी घर भाग्ने समस्या समाधान गर्ने
पृष्ठभूमिः
हरेक पेशाका पेशाकर्मीले प्रतिविम्बात्मक अभ्यासबाट आफैँ समाधान गर्दै आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो । कार्यमूलक अनुसन्धान योजना, कार्यान्वयन, अवलोकन र प्रतिविम्बनको प्रक्रिया हो जसबाट पेशाकर्मीले आफ्नै कार्यशैलीमा सुधार गरी गुणस्तरीय र प्रभावकारी बनाउन सक्छ । त्यसैगरी मैले आफ्नो शिक्षण कार्यमा आइपरेका समस्याहरु समाधान गर्दै आउँदा आज फेरि कक्षा ९ का विद्यार्थीहरु खाजाको समय पछि घर भाग्ने समस्या जटिल बनेको छ । त्यसैले यही विषयमा म यो कार्यमूलक अनुसन्धान गर्न गइरहेको छु ।
समस्या कथन :
कक्षा ९ का विद्यार्थीहरुलाई खाजाको समय पछि कक्षामा बस्ने वातावरण बनाउन सकिनँ ।
समस्याको पुष्ट्याईँ :
म खाजाको समयपछिको घण्टीमा कक्षा ९ मा नेपाली विषय पढाउन जाँदा कक्षाका करिव ५ देखि ७ जना विद्यार्थीहरु कक्षा छोडेर घर भागेका पाएँ । यो क्रम प्रत्येक दिन बढ्न थाल्यो । यसमा एक्लै गरेको प्रयास सफल भएन । त्यसैले यो समस्या समाधानका लागि एउटा सानो अनुसन्धान जरुरी भएको छ ।
अनुसन्धानको उद्देश्यः
यो अनुसन्धानको उद्देश्य निम्नानुसार रहेका छन् :
१. समस्याको कारणहरु खोज्ने,
२. कक्षामा नियमितरुपमा बस्ने वातावरण बनाउने ।
३. विद्यार्थी उपस्थिति बढाउने ।
समस्याको सम्भावित कारणहरु :
१. बाहिरी साथीहरुसँग खेल्न ।
२. कक्षामा शिक्षक नियमित नहुनु ।
३. अभिभावकले घरायसी कामकाजका लागि घरमा बोलाउनु ।
४. कक्षामा पढ्ने वातावरण नहुनु ।
५. बिहान खाना नखाई आउनु ।
समाधानका उपायहरुः
१. विद्यालयभित्र नै खेलकुदका सामग्रीहरु उपलब्ध गराएर खेल्ने वातावरण बनाउने,
२. कक्षामा शिक्षकको उपस्थिति नियमित गराउने,
३. अभिभाकसँग नियमित भेटघाट र परामर्श गर्ने,
४. खाना खाएरमात्र विद्यालय आउने वातावरण बनाउन पहल गर्ने,
विकल्पहरुको प्राथमिकीकरण :
१. अभिभावकसँग नियमित भेटघाट र परामर्श गर्ने,
२. खाना खाएरमात्र विद्यालय आउने वातावरण बनाउन पहल गर्ने,
३. विद्यालयभित्र नै खेलखुदका सामग्रीहरु उपलब्ध गराएर खेल्ने वातावरण बनाउने,
४. कक्षामा शिक्षकको उपस्थिति नियमित गराउने ।
कार्यमूलक चरणहरु :
८.१ प्रथम चक्र : यस चक्रमा विकल्प नं १ र २ लाई आधार बनाएर कार्यमूलक अनुसन्धानका चरणहरु पूरा गरिन्छ ।
|
क्र.सं |
के गर्ने ? |
किन गर्ने ? |
कसरी गर्ने ? |
कहिले गर्ने ? |
| 1 |
प्र.अ. . अभिभावक र शिक्षक बसेर छलफल गरेर समाधान खोज्ने |
विद्यार्थी उपस्थिति बढाउनुका साथै कक्षा छोडेर भाग्ने क्रम रोक्न |
अभिभाक र विद्यार्थीसँग छलफल गरेरनियमित भेटघाट गरेर |
जेष्ठ १० देखि १५ |
| 2 |
सम्बन्धित विद्यार्थीको घरमा पुग्ने |
विद्यार्थीलाई समयमा खाना खाएर विद्यालय आउने वातावरण सिर्जना गर्न |
विद्यार्थीले खाना नखाइकन विद्यालय आउनुको कारण पत्ता लगाई त्यसको समाधानका लागि पहल गर्ने । |
जेष्ठ १० देखि १५ |
| 3 |
अभिभावकसँग को भेटघाट र छलफललाई निरन्तरता दिने |
विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराएर पूरादिन कक्षामा बस्ने वातावरण सिर्जना गर्न |
अभिभाबक सँग परामर्श गर्दै उनीहरुको सहभागिता बृद्धि गर्न र समयमा खानाखाने वातावरण बनाइदिन आग्रह गर्ने । |
जेष्ठ १० देखि १५ |
| 4 |
अबलोकन |
प्रभाव हेर्न । |
विद्यार्थी उपस्थिति र कक्षा सहभागितामा बृद्धि भए नभएको हेर्ने । |
जेष्ठ १० देखि २५ सम्म |
८.२. कार्यान्वयन :
माथि उल्लेखित कार्ययोजना अनुसारको क्रियाकलाप सञ्चालन गरेँ ।
८.२.१ कक्षामा खाजाको समयपछि घर भाग्ने विद्यार्थीका अभिभावकसँग भेटघाट गरेर उनीहरु कक्षामा नवस्नुको कारण पत्ता लगाएँ ।
८.२.२ समस्याको कारण पत्ता लगाएपछि अभिभावकसँग व्यक्तिगत रुपमा छलफल गरेर समाधानको उपाय खोजी गरेँ । प्रधानाध्यापकसँग पनि आवस्यक सहयोग मागेँ ।
८.३.३ कक्षा छोड्दा हुने असरहरु बताई समयमा खाना खुवाएर र खाजाको आवश्यक व्यवस्था गरी विद्यालयमा पठाइदिन अभिभावकलाई अनुरोध गरेँ ।
८.३ अवलोकन :
योजना अनुसार कार्यक्रम बनाई कार्यान्यन गर्दा विद्यार्थी उपस्थिति बढेको पाएँ । अभिभवकसँग नियमित भेटघाट र परामर्श गरेपछि विद्यार्थी भाग्नेक्रम केही रोकिएको छ । कक्षा छाडेर भाग्ने ७—८ जनामध्ये अब २—३ जनामात्र भाग्ने गरेका पाएँ ।
८.४ प्रतिविम्बन :
विकल्प नं १ र २ लाई उपयोग गर्दै योजना बनाएर कार्यान्वयन गर्दा विद्यार्थी उपस्थिति बढ्नुका साथै कक्षा छाडेर भाग्ने सङ्ख्या घटेको छ । तर पनि २—३ जना विद्यार्थी भने अझै भाग्ने गरेका पाएँ । त्यसैले उनीहरुलाई रोक्न पुनः अर्को योजना बनाएर अघि बढ्नु पर्ने देखिन्छ ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review