कार्यमूलक अनुसन्धान :नमुना बयालिस

कार्यमूलक अनुसन्धान :नमुना बयालिस

शीर्षक :कक्षा – ४ को विज्ञान विषय अन्तर्गत पदार्थ पाठसँग सम्बन्धित विद्यार्थीका समस्या पत्ता लगाई  समाधान गर्ने ।

 

१.पृष्ठभूमि


    कार्यमूलक अनुसन्धान अरु अध्ययन अनुसन्धान भन्दा एउटा छुट्टै प्रकारको अनुसन्धान हो । जुन अनुसन्धानबाट शिक्षकलाई शिक्षण गर्ने कुनै विषयवस्तुमा परेका कठिनाइहरु पत्ता लगाई समस्या समाधान गर्ने तरिकाहरु अपनाउन मदत मिल्दछ भने आफ्नो पेशाको स्तर उन्नति गर्न पनि सहयोग पुग्दछ ।


आधुनिक प्रविधिको तव्रि वृद्धि र विस्तार भए अनुरुप शिक्षामा पनि त्यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तार सँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिंदै गएका छन् । विकसित त्चभलम को माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सवल बन्दै जानु पर्ने, शिक्षामा थपिएका नयाँ नयाँ विषय वस्तु तथा परिवर्तित एवं विकसित पाठ्यक्रम तथा पाठ्यवस्तुहरुप्रति ग्उमबतभम हुंदै जानुपर्दछ । परम्परागत रुपमा शिक्षण गरिरहने हामी शिक्षकले शिक्षणका क्रममा देखी–भोगी आएका समस्याप्रति सचेत भई  समस्या समाधानार्थ आवश्यक सल्लाह, सुझाव एवं परामर्श लिइरहनु पर्दछ ।


    यसै सिलसिलामा म विगत २५ वर्षदेखि विभिन्न विद्यालयको विभिन्न तह र कक्षामा अध्यापन गर्दै आएकोमा र हाल विगत २ वर्षदेखि श्री गोरखकाली प्रा.वि.–८, ठिगँुरेश्वारा, गोरखामा अध्यापनरत छु । यहाँ अध्यापन गर्दा हासिल गरेका अनुभवका साथै विभिन्न विद्यालयहरुमा गरिएको शैक्षिक क्रियाकलापको आधारमा पनि मैले यो कार्यमूलक अध्ययन गरेको छु । मैले यहाँ कक्षा – ४ को विज्ञान विषयको शिक्षण गर्ने क्रममा ‘पदार्थ’ पाठ शिक्षण गर्दा विद्यार्थीलाई सिक्न कठिन परेको महसुस गरी उक्त पाठको कार्यमूलक अनुसन्धान गर्न खोजेको छु । कार्यमूलक अनुसन्धानले परम्परागत शिक्षण विधिलाई सुधार गर्नुका साथै विषयवस्तुको समस्या के हो र कक्षा कोठामा शिक्षण सिकाइ कसरी गर्ने भन्ने कुराको राम्रो जानकारी दिन्छ ।


२. अनुसन्धानको उद्देश्य
कक्षा – ४ को विज्ञान विषय अन्तर्गत पदार्थ पाठको पदार्थको परिचय र पदार्थको प्रकारसँग सम्बन्धित विद्यार्थीका समस्या पत्ता लगाई समस्याको समाधान गर्ने ।


३. लक्षित समूह
    यो अनुसन्धान गोरखकाली प्रा.वि. ठिगुँरेश्वाराको कक्षा – ४ को विद्यार्थीलाई पदार्थ पाठको पदार्थको परिचय र पदार्थको प्रकार शिक्षण गर्दा आएका समस्याको समाधान गर्न लक्षित छ ।


४. समस्याको पहिचान
    हाम्रो देश नेपालका धेरै जसो विद्यालयमा हुने शिक्षण विधि भनेको शिक्षक केन्द्रित विधि हो । शिक्षक सक्रिय र विद्यार्थी निष्क्रिय विधि धेरै जसो विद्यालयमा देखापरेको शैक्षिक समस्या हो । विद्यार्थीहरुले नबुझीकन घोक्ने, घोकेको प्रश्न भएमा मात्र त्यसको उत्तर दिने गर्छन् तर कुनै पनि पढेका सिद्दान्तलाई व्यवहारमा उतार्ने र कसरी बुझ्ने भन्ने कुरा विद्यार्थीले सोचेको पाइँदैन । अझ बालमैत्री शिक्षणको अति आवश्यकता देखिएतापनि त्यसतर्फ शिक्षकहरुले ध्यान नपु¥याएको देखिन्छ । शिक्षकहरु आधुनिक प्रविधिसँग पनि उत्तिकै जानकार रहनुपर्ने, नियमित रुपमा अपडेट हुनुपर्ने अवस्था छ । यसै सिलसिलामा मैले शिक्षण गर्ने कक्षा – ४ का अधिकांश विद्यार्थीले विज्ञान विषय गाह्रो मानेको र अझ पदार्थको प्रकारमा धेरैजसो विद्यार्थीले गाह्रो मानेको हुँदा उक्त विषयवस्तुमा कार्यमूलक अनुसन्धान गर्न मैले चासो दिएको हुँ ।


५. योजना
    शिक्षण गर्ने क्रममा शिक्षक केन्द्रित विधि प्रयोग गर्दा विद्यार्थीले झञ्झट मान्छन् । कक्षालाई रुचिपूर्ण बनाउन शिक्षकले ध्यान पु¥याउनुपर्छ । यस अनुसन्धानको लागि मैले विद्यार्थीलाई छलफल गर्र्न विभिन्न चार समूहमा बाँडे र सबै समूहलाई पदार्थ पाठसँग सम्बन्धित छुट्टाछुट्टै ४ ओटा प्रश्नहरुको छनोट गरें ।


(क) पदार्थ भनेको के हो ?


(ख) पदार्थ फरक फरक हुन्छ, किन ?


(ग) पृथ्वीमा पदार्थको अवस्था कस्तो छ ?


(घ) पदार्थ कति प्रकारको हुन्छ ?


६. क्रियाकलाप
    सबै चार समूहलाई तयार पारेको प्रश्नहरू चारवटा समूहलाई दिएँ । सबै समूहलाई छलफल गर्नको लागि २० मिनेट समय छुट्याइदिएँ । छलफलपछि हरेक समूहको एकजना विद्यार्थीलाई आफ्नो समूहले तयार पारेको प्रश्नको उत्तर भन्न लगाएँ र स्पष्ट नभएको उत्तरलाई स्पष्ट पार्न सघाएँ ।


७. अवलोकन
    सबै विद्यार्थीहरु आ–आफ्नो समूहमा रहेर दिइएको प्रश्नकोे उत्तर सम्बन्धमा छलफल गर्न सक्रिय रुपमा लागिपरे । छलफलको क्रममा विद्यार्थीले दिएको उत्तर ध्यान दिएर पालैसँग प्रस्तुत गराएँं । समूह ुब्ु उत्तर यसरी लेखे – हाम्रो वरिपरि पाइने कुनै पनि वस्तुलाई पदार्थ भनिन्छ । समूह ुद्यु दिएको उत्तर यस्तो रह्यो – पदार्थ तीन किसिमका हुन्छन्, ठोस, तरल र ग्याँस । यस्तै प्रकारले अन्य प्रश्नहरुको पनि उनीहरुले कक्षाकोठामा प्रशस्त छलफल गरे ।


८. प्रतिबिम्ब


मैले मेरो उद्देश्य अनुरुप स्थानीय स्तरमा पाइने सामा्रगीहरुलाई विद्यार्थीहरु कै सहयोगमा संकलन गरी र नपाइने सामाग्रीहरुलाई कक्षा कोठामा नै रङ्गिन पेपरकोे माध्यमबाट निर्माण गरी रमाइलो वातावरणमा प्रत्यक्ष अनुभूति गराई सहज तरीकाले सिकाउन सफल भएँ ।



९. पुनःयोजना
    सबै समूहले आ–आफ्नै समूहको भागमा परेको प्रश्नमाथि छलफल गरेका थिए । एउटै प्रकारका प्रश्न सबै समूहलाई दिने र छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा एउटा समूहको प्रश्नको निष्कर्ष प्रस्तुत गर्दा अन्य समूहले प्रश्न गर्ने र सबैले छलफल गरी निष्कर्ष निकाल्ने योजना बनाएको थिएँ ।


१०. पुनःक्रियाकलाप
    समूह ‘द्य’ को प्रश्नको उत्तर प्रस्तुत गर्ने क्रममा अन्य समूहलाई प्रश्न गर्न लगाएर विद्यार्थीले पनि नसकेको समस्यालाई म आफू समेत संलग्न भई समाधान गरियो । जस्तै पदार्थ फरक फरक हुन्छ, किन ? पदार्थ के कस्ता छन् ? पदार्थ कति किसिमका छन् ? जस्ता प्रश्नहरुको उत्तर दिने क्रममा म समेत संलग्न भई स्पष्ट पार्ने कार्य भयो् ।


११. पुनःअवलोकन
    यसपल्ट सबै समूहका विद्यार्थीले सबै समूहमा आएका प्रश्नहरुमाथि चासो राखेको र छलफलको लागि तयार भएर छलफल गरेको पाइयो । कुन उत्तर अझ राम्रो हो भनी उत्तरको छनोट समेत गरेको पाएँ ।


१२. पुनःप्रतिबिम्ब
    विद्यार्थीको यस्तो क्रियाकलापबाट उनीहरुले पदार्थ भन्ने पाठ राम्रोसँग बुझेको र पदार्थको प्रकारसँग सम्बन्धित धारणा स्पष्ट भएको पाए जसले गर्दा म धेरै हर्षित छु ।


१३. अनुसन्धानको समस्या
    समूहमा बाँडेको सबै विद्यार्थीलाई एउटा समूहको मागमा परेको प्रश्न अर्काे समूहलाई पनि छलफल गर्न लगाउँदा असजिलो भयो किनकी उनीहरु एउटै प्रश्नको उत्तर खोज्नमा केन्द्रित थिए र अन्य समूहको प्रश्नमाथि केन्द्रित गर्न कठिन प¥यो । त्यस्तै केही यस्ता प्रश्नहरु थिए, जुन उनीहरुको छलफलबाट समाधान भएन र त्यस्तै यस्तो प्रकारको छलफल गर्दा तोकिएको समयले पुगेन जसले गर्दा समयको अभाव भयो ।


माथि उल्लिखित बाहेक कक्षा नियन्त्रणमा निम्नानुसार कार्यहरु गर्ने ः


= कक्षाकोठा भित्र नियमहरु बनाइ पालना गर्न लगाउने ।


= मुलत ः कक्षाको नेत्तृत्व शिक्षकले लिने र कक्षाका सम्पुर्ण क्रियाकलाप शिक्षकबाट नियन्त्रण     गर्ने ।


=शिक्षकलाई सहयोग पु¥याउन कक्षा मोनिटरको व्यवस्था गरी सहयोग लिने ।


= दण्डसजायलाई कम गरी कक्षा अनुशासन कायम गरिने वातावरण सिर्जना गर्ने ।


=समूह छलफल बाहेक अरुबेला आपसमा कुराकानी गर्न नदिने ।


= कक्षामा हल्ला वा कुराकानी बढी भएको बेला शिक्षण नगर्ने र पढाइप्रति ध्यान आकृष्ट गराइ शिक्षण गर्ने ।


= शिक्षण सिकाइ प्रक्रियालाई रोचक र विद्यार्थी केन्द्रित रमाइलो बनाउने ।


= शिक्षणमा विद्यार्थीकेन्द्रित शिक्षण विधि प्रयोग गर्दै अत्यधिक शैक्षिक सामग्रीको प्रयोग गर्ने ।


= विद्यार्थीका वास्तविक समस्या बुझी सहयोग गर्ने ।


= गृहकार्यलाई नियमितता दिने ।


= थप शैक्षिक सामग्रीको प्रयोगमा जोड दिने ।


= विद्यार्थीको लेखनकलालाई परिमार्जन गर्ने ।


=साथीबाट सिक्ने र सिकाउने वातावरण बनाउने ।


= कक्षा कोठालाई जोड दिने ।


१४. निष्कर्ष
    कार्यमूलक अनुसन्धानले शिक्षण सिकाइ क्रियाकलापलाई सहज र सजिलो बनाइदियो । यसले कक्षा – ४ को पदार्थ पाठको पदार्थको प्रकारसँग सम्बन्धित समस्या पत्ता लगाउनुको साथै समस्यको समाधान पनि ग¥यो । त्यसैले कार्यमूलक अनुसन्धान शिक्षकको निमित्त अपरिहार्य छ¥यो । त्यसैले कार्यमूलक अनुसन्धान शिक्षकको निमित्त अपरिहार्य छ भन्ने कुरा म आफूले महसुस गरेको छु ।


    कार्यमूलक अनुसन्धानको क्रममा कक्षाकोठाभित्र र बाहिर शिक्षक, विद्यार्थीले पु¥याउनुपर्ने धेरै पक्षहरुको बारेमा पनि जानकारी हासिल गरें । विद्यालयमा समयसापेक्षित शिक्षण गर्नुपर्ने, बालमैत्री शिक्षण हुनुपर्ने, विद्यार्थीकेन्द्रित शिक्षण गर्नुपर्ने बारेमा पनि मेरो अनुसन्धानबाट निष्कर्ष निस्किएको छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (1)
  • Mount
  • 4 Years, 4 Months ago

science

Leave a review

To leave a review, please login to your account. Login