- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना त्रिचालिस
कार्यमूलक अनुसन्धान :नमुना त्रिचालिस
अनुसन्धान कर्ता :- पारसमणि जोशी
कार्यरत बिद्यालय :- काडाँ मा वि साईपाल ०३ , बझाङ
ठेगाना :- मष्टा, ०४, बझाङ
शीर्षक: आधारभुत तहका बालबालिकाहरूमा लेखन सिपको विकास गर्ने।
१ अध्ययनको परिचय
१.१. यस श्री काडाँ माध्यामिक विद्यालयमा अध्ययनरत आधारभुत तहका विद्यार्थीहरूको लेखाइ स्तर ज्यादै कमजोर रहेको थियो ।बिगत दुई वर्षदेखि कोभिड माहामारिका कारण विद्यालएमा भौतिक रुपमा उपस्थिति भएपनि विद्यार्थीमा डरको त्रासले खासै लेखन तथा पढाइ जस्ता कुनै पनि कार्यमा सुधार गर्न सकिएन ।विद्यार्थीमा देखिने साधारण समस्या रुघाखोकि ज्वरो जस्ता समस्याले वालवालिकाहरूको सिकाइमा खासै उपलव्धि देखिएन ।विद्यार्थी भौतिक रुपमा विद्यालएमा उपस्थित भए पनि साधारण अवस्था जस्तो वातावरण सिर्जना गरि शिक्षण गर्न सकिएन ।विद्यालए सञ्चालनमा पनि बन्दावन्दिको कारणले निएमित भएन ।एस्तो विद्यालए सञ्चालन र विद्यार्थीमा देखिएको डर र त्रासले कठिन परिस्थितिमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन भौगोलिक कठिनाईले कुनै वैकल्पिक अनलाईन टिभि जस्ता माध्यमबाट कक्षा सन्चालन गर्न सकिएन ।
लामो समयदेखि विद्यालय बन्द रहेको र सिकाइका अन्य विकल्पहरू सञ्चालनमा नरहेका आधारभुत तहका वालवालिकाहरूमा लेखन सिपमा धेरै समस्या देखा भएको थियो ।भौगोलिक तथा शैक्षिक रुपमा पछाडि परेक यस क्षेत्रका वालवालिकाहरू शैक्षिक चपेेटाको मारमा परेका छन ।निएमित विद्यालए सञ्चालन हुदा पनि गृहकार्य नगर्ने निएमित उपस्थित नहुने जस्ता क्रियाकलापले लेखाईमा समस्या थियो । तसर्थ आधारभुत तहका वालवालिकालाई कसरी लेखन सिपमा उत्साहित गरि समस्याको समाधान गर्न यो कार्यमुलक अनुसन्धान गरिएको हो ।
१.२ समस्याको कथन
यस विद्यालएका आधनरभुत तहमा अध्ययन गर्ने विद्यार्थीहरूमा लेखन सिपमा धेरै कमजोर थियो । विशेष गरि कोभिड माहामारि सुरु भए देखि नै विद्यालए शिक्षाबाट बञ्चित भएका वालवालिकाहरूमा लेखन सिपमा समस्या बढ्दै गहिरहेको देखियो ।विद्यार्थीहरूमा पढ्ने लेख्ने बानिको बिकास नभएको र दैनिक उनिहरू खेलतर्फ आकर्षण भई लेखन सिपमा समस्या देखिएको छ ।विद्यालए बन्द भएदेखि उनिहरूले कापि कलम किताब नसमातेका थिए।यस लेखन सिपमा देखिएको समस्याले कसरी लेखन सिपको बिकास गर्न सकिन्छ भन्ने चासो बढयो र चिन्ता लाग्यो ।उनिहरू किन घरमा छुट्टिमा लेख्दैनन् अभिभावक किन आफ्ना सन्तानप्रति रुचि चासो दिदैनन् जस्ता समस्याले सताई रह्यो।
१.३ अध्ययनको उद्देश्य
यस विद्यालएका आधारभुत तहका वालवालिकाहरूमा लेखनसिपको बिकास गर्ने उद्देश्यले प्रस्तुत अध्ययन गरिएको थियो।यो अध्ययनमा निम्न उद्देश्य राखिएका थिए ।
- लेखन सिपमा कमजोर हुनुको कारण पत्ता लगाउनु
- स्वतन्त्र रुपमा लेखन सिपको विकास गर्नु।
२.अध्ययन विधि
प्रस्तुत समस्या समाधानका लागि निम्न प्रकारका अध्ययन विधिको प्रयोग गरियो ।
२.१ नमुना छनौट
अध्ययनका लागि यस काडाँ मा वि काडाँका आधारभुत तह (१-५)का विद्यार्थीहरूलाई आधार मानि गरियो ।
२.२ तथ्यांक संकलन
यस विद्यालएमा आधारभुत तहमा विद्यार्थी ,शिक्षक ,अभिभावक छलफल गृहकार्य उत्तरपुस्तिका को आधारमा तथ्यांक संकलन गरिएको थियो ।
२.३ तथ्यांक विश्लेषण
प्राप्त तथ्यांकको विश्लेषण गरियो ।तथ्यांक विश्लेषणबाट विद्यार्थीहरूमा देखिएको लेखाइ सीप कमजोर हुनुको कारण निकालियो ।
३ कार्यविधि
क) योजना
आधारभुत तह कक्षा( १-५ )मा अध्धएनरत विद्यार्थीहरूको लेखाइ सिपको अवस्था सुधार गरि शैक्षिक गुणस्तर वृद्दि कसरी गर्न सकिन्छ भनी निम्न तरिकाहरूको विचार गरि योजना बनाईयो ।
- विद्यार्थीहरू लाई विभिन्न समुहमा बिभाजन गरि आफ्नो स्तर र रुचि अनुसार लेखन कार्यमा संलग्न गर्ने ।
- विद्यार्थीहरूले दैनिक गरेको कक्षाकार्य, गृहकार्य उत्तरपुस्तिका परिक्षण गरि आवस्यकताअनुसार सुधार गरि उत्प्रेरणा र पृष्ठपोषण प्रदान गर्ने।
- व्यत्ति व्यत्ति, समूह लेखाइ प्रतिस्पर्धा गराउने ।
- कुनै पाठ सारंश लेख्न लगाउने ।
- लेखन कार्य अभ्यासका माध्यमबाट सुधार हुने भएकाले दैनिक गृहकार्य दिई अभिभावकलाई सहजिकरण गर्न अनुरोध गर्ने।
ख) कार्यन्वयन
योजना निर्माण गरिसके पछि कुनै कार्यलाई कार्यन्वएनमा लैजानु पर्छ । उक्त शैक्षिक उपलब्धि हासिल गर्न निम्न कार्य गरियो ।
- लेखन कार्यमा प्रयोग हुने शैक्षिक सामाग्रिको छनोट र संकलन
- समूह बिभाजन
- समुहकार्य
- व्यक्तिगत कार्य
- खेल कार्य
- विद्यार्थीको लेखन कार्यमा भएको रुचि र अरुचि पहिचान गरि उत्प्रेरणा र पृष्ठपोषण प्रदान गर्ने कार्य भयो
- सामुहिक ,व्यक्तिगत,तथा खेलको माध्यमबाट प्रतिस्पर्धा गराई पृष्ठपोषणसहित उत्प्रेरणा दिईयो
- सम्पुर्ण शिक्षक र अभिभावकसँग भेटघाट गरि दैनिक गृहकार्य दिने र घरमा अभिभावकले सहजिकरण गर्न अनुरोध गरियो
ग) अवलोकन
उद्देश्य अनुसारको प्रतिफल प्राप्त गर्न निम्न कार्य गरियो
- दैनिक लेखन गरिएका अभ्यास पुस्तिका निरिक्षण र स्तर बर्गिकरण गरियो ।
- गल्ति कमिकमजोरि पहिचान गरि पृष्ठपोषण प्रशंसा र पुरस्कार दिईयो ।
- विद्यालएमा सम्पुर्ण शिक्षकहरूलाई विद्यार्थीको लेखाइ सिपलाई सुधार गर्न दैनिक स्वतन्त्र लेख्न
- लगाउने गृहकार्य जाच्न र दैनिक गृहकार्य निर्देशन दिईयो।
- अभिभावकहरूलाई निरिक्षण र मुल्यांकनका लागि अनुरोध गरियो । दैनिक २ पृष्ठ घरमा लेख्न लगाउने निर्णए गरियो ।
- समुहमा स्वतन्त्र लेखन सिपको प्रतिस्पर्धा गर्ने कार्य गरियो ।
घ) प्रतिविम्वन
यस अनुसन्धान कार्यमा गरिएका क्रियाकलाप पश्चात लेखन सिपमा सुधार भएको पाईयो।
- लेखन सिपमा कमजोर हुनुको कारण पत्ता लाग्यो
- अक्षर लेखाईमा सुधार
- विद्यार्थीहरूमा लेख्ने भावना को बिकास भई निरन्तर लेखाइ कार्यमा जोड
- स्वतन्त्र लेख्ने सिपको विकास
- शुद्ध लेखन मा सुधार
- लेखाइ कार्यमा प्रतिस्पर्धात्मक धारणाको बिकास
- शिक्षकसँग कमिकमजोरि सुधार गर्ने बानिको बिकास
४. निष्कर्ष
एस्तो कार्यमुलक अनुसन्धानलाई आत्मसाथ गरि कार्य गर्दै जादाँ आईपर्ने समस्याहरू पहिचान गरि त्यसको समाधानका लागि आफैले योजना निर्माण गरि गर्न सकिन्छ ।आधारभुत तहका विद्यार्थीहरूलाई कक्षाकार्य ,गृहकार्य ,अभ्यास लेख्न नदिनु, विद्यालएको माथिल्लो तह छ भनी लेखाई कार्यहरूको परिक्षण नगरिनु नै लेखाइ सीप कमजोर हुनाको मुख्य कारण वा समस्याको जड रहेछ ।वार्षिक परिक्षालाई लक्षित गरि कोर्ष हतारमा पूरा गर्ने प्रवृत्तिले गर्दा वालवालिकाको लेखाइ कमजोर भएको देखिन्छ ।विद्यार्थीलाई दैनिक गृहकार्य नदिने, अभ्यास पुस्तिका परिक्षण नगर्ने, लेखन कार्य कक्षामा सञ्चालन नगर्ने, माथिल्लो कक्षा छ भन्ने जस्ता कार्यले लेखन सीप प्रभावित भएको देखिन्छ ।
कोभिड माहामारि तथा बन्दाबन्दिका कारण विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गर्न नपाउनु, शिक्षकले ख्याल नर्गनु ,लेखन भन्दा वाचन कार्यमा विशेष जोड दिनु जस्ता कार्यले वालवालिकाको लेखाइ सीप कमजोर भएको निस्कर्ष निकालियो । तसर्थ शिक्षण क्रियाकलाप संगै गरिएको अनुसन्धान बाट के निचोड निकालियो भन्दा आधारभुत तहका बालबालिकाको लेखाइ सीप सुधार गर्न पुर्ण अभ्यासको माध्यमबाट सुधार गर्न सकिन्छ ।अर्थात अभ्यासबाट नै पुर्ण सफलता हासिल गरि ज्ञान प्राप्त गर्न सकिन्छ ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review