कार्यमूलक अनुसन्धान :नमुना चौवालिस

कार्यमूलक अनुसन्धान :नमुना चौवालिस

प्रस्तुतकर्ता : भोजराज भूर्तेल

श्री यशोधरा मा.वि. टक्सार ,भोजपुर नगरपालिका ­१२, भोजपुर

विषय : विज्ञान, तह : मा.वि.

 

अनुसन्धानको शीर्षक :कक्षा १० को विज्ञान विषयको गुरुत्वाकर्षणसम्बन्धी विभिन्न गणितीय समस्या सहजै समाधान गर्न सक्षम बनाउने

 

१. परिचय

मैले शिक्षण गर्ने विद्यालय श्री यशोधरा माध्यमिक विद्यालय टक्सार, भोजपुर नगरपालिका ­१२, भोजपुरमा कक्षा १० को विज्ञान विषय मिति २०७७ सालको शैक्षिक सत्रको सुरुवातमा नै पाँचौं घण्टीमा शिक्षण गर्न दैनिक कार्य तालिका बनेको थियो । कक्षा १० का विद्यार्थीहरूलाई विज्ञान विषयको भौतिक विज्ञान खण्डको एकाइ १. बल अन्तर्गतका ‘गुरुत्वाकर्षणसम्बन्धी विभिन्न गणितीय समस्याहरू ’ लाई सहजै समाधान गर्न सक्षम बनाउनका लागि सोही बमोजिम शिक्षण गर्न थालें ।

यसै सिलसिलामा मैले कक्षा १० का ६० जना विद्यार्थीहरूमध्ये १५ जना बाहेक बाँकी अरुले गुरुत्वाकर्षणसम्बन्धी विभिन्न गणितीय समस्याहरूको स्पष्टरूपमा सहजै समाधान गर्न सकेनन् । सबै विद्यार्थीहरूलाई कसरी बिना अलमल र गल्ती कम हुने गरी चरणबद्ध रूपमा सहजै समाधान गर्न सक्ने बनाउने भनी गहिरिएर चिन्तन मनन गर्न थालें र यसरी उक्त गणितीय समस्याहरू समाधान गर्न नसक्नाका कारणहरूको खोजी गरी पहिचान गरेँ । त्यस्ता कारणहरूमा ,

  • कक्षाका कतिपय विद्यार्थीहरू तल्लो कक्षादेखि नै गणितीय क्रियाकलापमा कमजोर हुँदै आएका तथा गणितलाई अफ्ठ्यारो र निरस विषयको रूपमा स्विकार्ने गरेका

 

  • प्रश्नका पदावलीहरू नबुझी अलमलमा पर्ने

 

  • संख्याहरूलाई वैज्ञानिक संकेतमा बदल्न (दशको घातमा लेख्न वा एकाइ परिवर्तन गर्न) नै अन्योलमा पर्ने

 

  • प्रश्नसँग सम्बन्धित सूत्र नै पहिचान र याद गर्न नसक्नु

 

  • गणितीय समस्या समाधान गर्ने चरण वा प्रक्रिया बारे विश्वस्त हुन नसक्नु

 

  • मल्टिमिडिया वा प्रोजेक्टरबाट सबै विद्यार्थीहरूले सुन्ने र बुझ्ने गरी उपयुक्त उपकरण, फर्निचर तथा ठाउँको व्यवस्था नगरिनु

 

  • शिक्षक स्वयं आधुनिक शिक्षणका प्रभावकारी विधि, प्रविधि वा नवप्रवर्तन (ICT Pedagogy वा अन्य) बारे अद्यावधिक हुन नसक्नु

 

  • पर्याप्त मात्रामा समस्यासँग मिल्ने गरी अभ्यास गराउन समय नपुग्नु

 

  • खोजमा आधारित सिकाइलाई स्थान दिन नसक्नु

 

  • केही विद्यार्थीहरूको नियमित उपस्थितिको अभाव र उनीहरूमा परेको सामाजिक­साँस्कृतिक प्रभाव

 

जस्ता कारणहरू पाएँ  र त्यसपछि मैले उक्त समस्याहरूको समाधानका उपायहरू खोजी गरेँ र तिनको निदानात्मक रूपमा एवं खोजमा आधारित भएर कार्यान्वयन गरी यो कार्यमूलक अनुसन्धानात्मक प्रतिवेदन तयार पारेको छु ।

 

२. उद्देश्य/ अपेक्षित उपलब्धि 

        कक्षा १० का विद्यार्थीहरूलाई गुरुत्वाकर्षणसम्बन्धी विभिन्न गणितीय समस्याहरू  सहजै समाधान गर्न सक्षम बनाउनु ।

 

३. अनुसन्धान प्रक्रिया र कार्यविधि  

.१  कार्यान्वयन अवधि  : २०७७-०६-०४ देखि २०७७-०६-११ सम्म

.२  अनुसन्धान विधि  : गुणात्मक र परिमाणात्मक

 

४. कार्यमूलक अनुसन्धानका चरणहरू

पहिलो चक्र

क) योजना :

यस चरणमा विद्यार्थी केन्द्रित विधिबाट निम्न बमोजिम कार्य गर्ने योजना गरियो ।

  • सुरुमा गुरुत्वाकर्षणसम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरू सम्बन्धी आवश्यक पूर्वज्ञानको बारेमा पर्याप्त शिक्षण एवं अभ्यास गराउने ।

 

  • कक्षाका सबै विद्यार्थीहरूले देख्ने र बुझ्ने गरी गुरुत्वाकर्षणसम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरू चरणबद्ध रूपमा गरिदिने र उनीहरूलाई त्यस्ता विभिन्न प्रक्रिया तथा चरणहरूबारे प्रष्ट पारिदिने ।

 

  • सबै विद्यार्थीहरूलाई उपरोक्त किसिमका समस्याहरू समाधान गर्न प्रोत्साहित गर्ने । सबैले उक्त समस्याहरू अपेक्षित तवरले समाधान गर्न नसकेमा समधान गर्न सक्षम र असक्षम विद्यार्थीहरू पहिचान गरी दुवै किसिमका विद्यार्थीहरू मिसाएर ७-८ जनाको ८ वटा समूह बनाई सोही प्रकारका समस्याहरू समाधानार्थ प्रशस्त अभ्यास गराउने ।

 

  • Tubemate/Vidmate खोली मोबाइल, ल्यापटप वा डेस्कटपमा गुरुत्वाकर्षणसम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरू सम्बन्धी भिडियोहरू (शैक्षिक जनशक्ति विकास केन्द«को website मा राखिएका शिक्षण वा भर्चुअल शिक्षणका भिडियोहरू र स्व­अध्ययन सामग्रीहरू),पाठ्यक्रम विकास केन्द र परीक्षा नियन्त्रण कार्यालय website मा राखिएका शिक्षक निर्देशिका तथा डकुमेन्टहरू, आदि डाउनलोड गरेर मल्टिमिडिया मार्फत् सबै विद्यार्थीहरूले स्पष्ट देख्ने, सुन्ने, बुझ्ने र अभ्यास गर्न मिल्ने गरी आवश्यक उपकरण, फर्निचर तथा ठाउँको समेत व्यवस्था मिलाइदिएर उनीहरूलाई सोसम्बन्धी पर्याप्त अभ्यास गराउने ।

 

  • ICT Pedagogy र खोजमा आधारित सिकाइको प्रयोगमार्फत् आधुनिक शिक्षणका प्रभावकारी विधि, प्रविधि वा नवप्रवर्तन( वा अन्य) बारे अद्यावधिक हुन प्रयास गर्ने

 

  • विद्यार्थीहरूको उपस्थिति नियमित गराउन हाजिरी प्रतिशतका आधारमा प्रयोगात्मक परीक्षामा निश्चित प्रतिशत अङ्क दिने व्यवस्था गरी प्रोत्साहित गर्ने ।

 

ख) कार्यान्वयन :

यस चरणमा उल्लिखित योजनालाई निम्नानुसार कार्यान्वयनमा ल्याइयो ।

  • सुरुमा गुरुत्वाकर्षणसम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरू सम्बन्धी आवश्यक पूर्वज्ञानको बारेमा पर्याप्त शिक्षण एवं अभ्यास गराइयो ।

 

अ) दशमलब संख्यालाई वैज्ञानिक संकेतमा बदल्दासकेसम्म क्याल्कुलेटर प्रयोग नगरी निम्न बमोजिम अभ्यास गर्न प्रोत्साहित गरियो —

  • दशमलब संख्यालाई वैज्ञानिक संकेतमा लेख्दा १ भन्दा ठूलो र १० भन्दा सानो संख्या लेख्न

 

  • वैज्ञानिक संकेतमा लेखिएका संख्याको दशमलबलाई बायाँतिर सार्दा १० को घात बढाउन र दायाँतिर सार्दा १० को घात घटाउन

जस्तै : 9.435104 = 0.9435105 ,  9.435104  = 94.35103

 

  • वैज्ञानिक संकेतमा लेखिएका संख्याहरूको जोड, घटाऊ, गुणा र भाग क्रियाहरू गर्दा दशमलब संख्याहरूमा मात्र उक्त क्रियाहरू गर्न तर गुणा गर्दा १० को घात बढाउन र भाग गर्दा १० को घात घटाउन                               

जस्तै:a)8.345105+0.043105=8.388105                                     

b) 8.345105 - 0.043105 = 8.302105

c) (4.2106 )(2.1103 ) = (4.21)106 103 = 8.82106 +3 = 8.82109

d) (4.2106 )(2.1103 ) = (4.21)106 103 = 2.0106 -3 = 2.0103

 

) वैज्ञानिक संकेत र दशमलब संख्यामा दिइएका मिश्रित पद्धतिका संख्या तथा एकाइ भएका समस्यालाई समान संख्या पद्धति र एकाइमा बदल्दा सकेसम्म क्याल्कुलेटर प्रयोग नगरी निम्न बमोजिम अभ्यास गर्न उत्प्रेरित गरियो

        उदाहरण : सगरमाथाको उचाइ 8848 m र पृथ्वीको अर्धव्यास 6.38103 Km लाई समान संख्या पद्धति र एकाइमा बदल्दा,                                    

8848m+6.38103Km=8848m+6.38103103m                        

 = 0.00884810m + 6.38106 m = 6.388848106 m

  • कक्षाका सबै विद्यार्थीहरूले देख्ने र बुझ्ने गरी गुरुत्वाकर्षणसम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरू चरणबद्ध रूपमा गरिदिएर उनीहरूलाई त्यस्ता विभिन्न प्रक्रिया तथा चरणहरूबारे प्रष्ट पारियो ।

 

गणितीय समस्याहरू समाधान गर्न अपनाउनुपर्ने चरणहरू

पहिलो चरण : प्रश्नलाई कम्तिमा दुईपटक बुझ्नेगरी पढ्ने

 

दोश्रो चरण : प्रश्नको सम्बन्ध पाठको कुन नियम वा सिद्धान्तसँग छ, पत्ता     लगाउने

 

तेश्रो चरण : प्रश्नमा दिइएका र पत्ता लगाउनुपर्ने मानहरू उल्लेख गर्ने

 

चौथो चरण : प्रश्नमा प्रयोग गरिएका एकाइहरूमा एकरूपता ल्याउने

 

पाँचौं चरण : प्रश्नको समाधानका लागि उचित सूत्र पहिचान गर्ने

 

छैटौं चरण : सही तरिकाले गल्ती कम हुने गरी गणना गरेर एक वाक्यमा  एकाइसहित उत्तर लेख्ने

 

  • सबै विद्यार्थीहरूलाई उपरोक्त किसिमका समस्याहरू समाधान गर्न प्रोत्साहित गरियो । ३३ जनाले मात्र उक्त समस्याहरू अपेक्षित तवरले समाधान गर्न सकेको पाइयो । त्यसपछि सबैलाई यस्ता समस्याहरू समाधानार्थ समधान गर्न सक्षम र असक्षम दुवै किसिमका विद्यार्थीहरू मिसाएर ७-८ जनाको ८ वटा समूह बनाई सोही प्रकारका समस्याहरू समाधानार्थ प्रशस्त अभ्यास गराइयो ।

 

  • Tubemate/Vidmate खोली मोबाइल, ल्यापटप वा डेस्कटपमा गुरुत्वाकर्षणसम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरू सम्बन्धी भिडियोहरू (शैक्षिक जनशक्ति विकास केन्द«को website मा राखिएका शिक्षण वा भर्चुअल शिक्षणका भिडियोहरू र स्व­अध्ययन सामग्रीहरू), पाठ्यक्रम विकास केन्द« र परीक्षा नियन्त्रण कार्यालयको website मा राखिएका शिक्षक निर्देशिका तथा डकुमेन्टहरू, आदि डाउनलोड त गरियो तर मल्टिमिडिया मार्फत सबै विद्यार्थीहरूले स्पष्ट देख्ने, सुन्ने, बुझ्ने र अभ्यास गर्न मिल्ने गरी आवश्यक उपकरणको व्यवस्था विद्यालयमा भएको तैपनि फर्निचर तथा कोठा (ICT Lab) को पर्याप्त व्यवस्था नभएकोले सो सम्बन्धी उचित व्यवस्थापनको लागि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरियो । यसरी ICT Pedagogy र खोजमा आधारित सिकाइको प्रयोगमार्फत् आधुनिक शिक्षणका प्रभावकारी विधि, प्रविधि वा नवप्रवर्तन ( वा अन्य) बारे अद्यावधिक हुन सामान्य प्रयास गरियो ।

 

  • विद्यार्थीहरूको उपस्थिति नियमित गराउन हाजिरी प्रतिशतका आधारमा प्रयोगात्मक परीक्षामा १० प्रतिशत अङ्क दिने व्यवस्थाको बारेमा जानकारी दिई उनीहरूलाई प्रोत्साहित गरियो ।

 

  • सबै विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा घरमा पनि सोही समस्याहरू समाधानार्थ प्रशस्त अभ्यास गर्न लगाइयो ।

  ग) अवलोकन :

यस चरणमा विद्यार्थीको उपलब्धिको परीक्षण गर्ने कार्य गरियो । गुरुत्वाकर्षण सम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरूको बिना अलमल र गल्ती कम हुने गरी चरणबद्ध रूपमा सहजै समाधान गर्न सक्ने विद्यार्थीहरूको संख्या अवलोकन गरियो । त्यसबाट निम्नानुसारको नतिजा प्राप्त भयो ­

  • मिति : २०७७।०६।११

 

  • विद्यार्थी संख्या : ६० जना

 

  • गणितीय समस्याहरूको सहजै समाधान गर्न सक्ने विद्यार्थीहरूको संख्या : ५४ जना

६० जनामध्ये बाँकी ६ जना विद्यार्थीहरू उनीहरूमा परेको विविध पारिवारिक तथा सामाजिक­ साँस्कृतिक प्रभावका कारणले नियमित उपस्थित हुन नसकी अपेक्षित तवरले उपरोक्त किसिमका समस्याहरूको समाधान गर्न नसकेको पाइयो ।

 

घ) प्रतिबिम्बन : 

निर्धारित योजना अनुसार कार्यान्वयन र अवलोकन गर्दा पहिलो चक्रमा प्रयोग गरिएका उपायद्वारा नै कक्षा १० का प्रायः सबै विद्यार्थीहरू(९० प्रतिशत)ले गुरुत्वाकर्षण सम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरूको बिना अलमल र गल्ती कम हुने गरी चरणबद्ध रूपमा सहजै समाधान गर्न सकेको (तथा बाँकी १० प्रतिशत विद्यार्थीहरूले बाह्य कारणले असमर्थ भएको) ले सिकाइमा उल्लेखनीय प्रगति भएको पाइयो ।

 

दोश्रो चक्र 

माथि उल्लेखित पहिलो चक्रका सबै उपायहरू एक अर्कोसँग अन्तर सम्बन्धित भएकोले यस चक्रमा पनि निरन्तररूपले सोही चरणहरूलाई प्रयोग गर्ने निर्णय गरियो ।

 

५. निष्कर्ष  र प्राप्ति 

सुरुका दिनमा गुरुत्वाकर्षण सम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरूको समाधान गर्न सिकाउँदा मुस्किलले १५ जनाले मात्र सहजै समाधान गर्न सकेकोमा पहिलो चक्रमा प्रयोग गरिएका ३ उपायहरू अवलम्बन गर्दा समस्या समाधान भएको पाइयो । तसर्थ, सबै विद्यार्थीहरूलाई गुरुत्वाकर्षण सम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरूको बिना अलमल र गल्ती कम हुने गरी चरणबद्ध रूपमा सहजै समाधान गर्न सक्षम बनाउने हो भने निम्नानुसारका क्रियाकलापहरू गराउँदा सफल हुने कुराको जानकारी यो अनुसन्धानबाट प्राप्त निष्कर्षले दिन्छ :

  • सुरुमा गुरुत्वाकर्षणसम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरू सम्बन्धी आवश्यक पूर्वज्ञानको बारेमा पर्याप्त शिक्षण एवं अभ्यास गराउनुपर्ने रहेछ ।

 

  • कक्षाका सबै विद्यार्थीहरूले देख्ने र बुझ्ने गरी गुरुत्वाकर्षणसम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरू चरणबद्ध रूपमा गरिदिएर उनीहरूलाई त्यस्ता विभिन्न प्रक्रिया तथा चरणहरूबारे प्रष्ट पारिदिनुपर्ने रहेछ ।

 

  • सबै विद्यार्थीहरूलाई व्यक्तिगत तवरले उपरोक्त समस्याहरू समाधान गर्न प्रोत्साहित गर्दा अपेक्षित तवरले समाधान गर्न नसकेमा समधान गर्न सक्षम र असक्षम विद्यार्थीहरू पहिचान गरी दुवै किसिमका विद्यार्थीहरू मिसाएर समूह बनाई सोही प्रकारका समस्याहरू समाधानार्थ प्रशस्त अभ्यास गराउनुपर्ने रहेछ ।

 

  • Internet को व्यवस्था गरी यसको सकेसम्म सही सदूपयोग गर्नुपर्ने रहेछ भन्ने ज्ञान हासिल भयो ।

 

  • ICT Pedagogy, Multimedia र खोजमा आधारित सिकाइको प्रयोगमार्फत् आधुनिक शिक्षणका प्रभावकारी विधि, प्रविधि वा नवप्रवर्तन( वा अन्य) बारे अद्यावधिक हुनसकेमा विद्यार्थीहरूले यस्तो शिक्षण सिकाइलाई बढी रुचाउँदा रहेछन् भनी बुझियो ।

 

  • विद्यार्थीहरूको नियमित उपस्थितिले सिकाइमा निकै प्रभाव पार्ने भएकोले विद्यार्थी हाजिरीलाई पनि प्रयोगात्मक परीक्षाको वा आन्तरिक मूल्याङ्कनको आधार बनाई प्रोत्साहित गर्न सकिने रहेछ ।

 

  • मानिस तत्कालको प्रतिफलका लागि पहिला अग्रसर हुने भएकाले जति सक्दो छिटै कामको उपलव्धि देखिने गरी क्रियाकलाप गर्न प्रोत्साहित गर्न सके विद्यार्थीहरू क्रियाकलापमुखी वन्न सक्छन् भन्ने महसुस भयो ।

 

  • विद्यार्थीहरूलाई काम गर भनी निर्देशन मात्र दिने तर काम गरेमा त्यसको प्रत्यक्ष उपलव्धि के हुने भन्ने वारेमा निश्चित नहुँदा उनीहरू क्रियाकलापप्रति आकर्षित हुदैनन् भन्ने कुरा पुष्टि भयो ।

 

६. प्रतिवेदन प्रबोधिकरण प्रक्रिया

मैले भोगेका उल्लिखित गुरुत्वाकर्षण सम्बन्धी विभिन्न किसिमका गणितीय समस्याहरूको बिना अलमल र गल्ती कम हुने गरी चरणबद्ध रूपमा सहजै समाधान गर्न नसक्ने समस्यामा कक्षा १० का विद्यार्थीहरूमाथि कार्यमूलक अनुसन्धान गरी तयार पारेको यो प्रतिवेदन विद्यालयका गणित र विज्ञानका शिक्षकहरू, अन्य विषयका शिक्षकहरू र सरोकारवालाहरूसित प्रबोधिकरण गरियो । साथै यसप्रकार प्राप्त नतिजालाई अन्य कक्षा र विषयमा पनि यथासम्भव लागू गर्ने र यसलाई निरन्तरता दिनुपर्ने कार्यदिशा तयार भयो । यसरी, कार्यमूलक अनुसन्धान गरी विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार गर्न सकिने भएकाले कुनै पनि शैक्षणिक समस्याको निराकरणका लागि यसको प्रयोग गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login