- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना सतचालिस
कार्यमूलक अनुसन्धान :नमुना सतचालिस
अनुसन्धानकर्ताको नाम – वीरेन्द्र पोख्रेल
तह र श्रेणी – माध्यमिक तृतीय
विद्यालय :श्रीपुर मावि भरतपुर-१५ ,श्रीपुर चितवन
१.अध्ययनको शीर्षक : माध्यमिक तहका विद्यार्थीहरुलाई नेपालको नक्सा सजिलो तरिकाले निर्माण गर्न कसरी सिकाउन सकिन्छ ?
२. अनुसन्धानको पृष्ठभुमि
सामाजिक अध्ययन बिषयमा नक्सा निर्माणको बिषय आउनासाथै विद्यार्थी मात्र नभई हामी शिक्षकरुको समेत धेरैको जाँगर त्यसै हराएर जानेगर्छ । वास्तविक रुपमा भन्दा यो साझा समस्या पनि हो । नक्सा निर्माण सिप साना कक्षाहरुबाट नै सिकाउने गरिएको भएपनि माध्यमिक तहसम्म पुग्दासमेत खासै नक्सा निर्माण सिपको बिकास भएको पाइँदैन भने धेरै विद्यार्थीहरु अलमलमा परेको देखिन्छ ।
जसले गर्दा उनीहरुमा रुचि देखिदैन । सामाजिक अध्ययन विषयको शिक्षक हुनुको नाताले यो मेरो पेशागत समस्या हो । प्रत्यक्ष रुपमा कक्षाकोठाको सिकाइसँग सम्बन्धित समस्या भएकोले मैले समस्या समाधानको लागि यसै सन्दर्भमा रहेर कार्यमुलक अनुसन्धान गरेको छु ।
३. समस्याका कारणहरुः
- तल्ला कक्षाहरुमा उपयुक्त तरिकाले नक्सा निर्माण कार्य गर्ने वातावरण नमिलाइएको
- विद्यार्थीहरुले विशिष्ट तरिका बिना नै अभ्यास गर्ने गरेको
- नक्सा निर्माण कार्यलाई खासै शिक्षक साथीहरुले पनि महत्व नदिएको
४. अनुसन्धानको उदेश्यः माध्यमिक तहका विद्यार्थीहरुलाई सजिलो तरिकाले नेपालको नक्सा निर्माण गर्नसक्ने बनाउने ।
५. कार्यक्रमको योजना
- दुई दिन पहिले देखि नै सबै विद्यार्थीहरुलाई पेन्सिल इलेजर र स्केल ल्याउन सुचना गरेँ ।
- इन्टरनेट सहित कम्प्युटर र प्रोजेक्टरको पनि व्यवस्था मिलाएँ ।
- दुई पिरिएड आफुसँगै अभ्यास गराउने र दुई पिरियड विद्यार्थीहरुलाई मात्र अभ्यास गर्न दिई आफुले सुधार गरिदिने गरी योजना बनाएँ ।
६. कार्यक्रम सञ्चालनः
मैले अध्यापन गर्ने कक्षाहरुमा २०७७ मसिर १४ गते देखि १९ गतेसम्म हरेक कक्षालाई चार पिरियडका दरले अभ्यास गराएको विभिन्न चरणहरुलाई फोटोमा प्रस्तुत गरिएको छ।





७. अवलोकन
कक्षामा गरेको प्रयास पछि पहिले नेपालको नक्सा बनाउन एक पिरियड सम्म लगाउने भाइबृनीहरुले १० मिनेटमा नै नक्सा बनाएर तथ्यहरु समेत भर्न सक्ने भए । प्रस्तुत कार्यमुलक अनुसन्धानमा पहिलो चरणको क्रियाकलाप सम्पन्न गर्दा नै विद्यार्थीहरुमा नक्सा निर्माण सिप हासिल भएकोले अनुसन्धान सफल देखिन्छ जसले गर्दा पुनर्योजनाको प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएन ।
८. प्रतिबिम्बन
नक्सा कार्यलाई साना कक्षाहरुमा हामी मध्ये धेरैले महत्व नदिने तथा विद्यार्थीलाई सक्रिय नबनाएको कारणले गाह्रो तथा रुचिपूर्ण नभएको हो । जब शिक्षक स्वयं विद्यार्थी सँगसँगै भएर काम गरेर सिकाउँछ तब त्यसले विद्यार्थीको व्यवहारमा तुरुन्तै परिवर्तन ल्याउँछ भन्नेकुरा प्रत्यक्ष देख्न पाइयो ।
सामाजिक अध्ययन बिषयमा सिप सँग सम्बन्धित धेरै क्रियाकलापहरु छन् । त्यस्ता क्रियाकलापहरु सहज रुपमा सिकाउन केही खोजमुलक तरिका तथा सुचना प्रविधिको प्रयोग गर्न सकेमा अझ राम्रो हुने देखियो । तर सिप सिकाइको क्रममा अलि लामो समय सम्म अभ्यासलाई निरन्तरता दिनुपर्छ । स्मरणीयः नक्सा निर्माण नितान्त प्राविधिक बिषय हो यसका लागि विशेष अध्ययन आवश्यक हुन्छ । तर हामीले साधारण रुपमा उतार गर्ने सिप मात्र सिकाउन खोजिएको हो ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


राम्रो लाग्यो ।
Leave a review