- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना उनान्पचास
कार्यमूलक अनुसन्धान :नमुना उनान्पचास
अनुसन्धानकर्ताको नाम : अञ्जना श्रेष्ठ
विद्यालय : श्री आदर्श माध्यमिक विद्यालय ,विराटनगर, मोरङ
अनुसन्धानको शीर्षक :सरकारी विद्यालयका विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन कठिन हुनाका कारणहरू
१. अनुसन्धानको शीर्षक :
यस कार्यमूलक अनुसन्धानको शीर्षक सरकारी विद्यालयका तल्ला कक्षाका विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन कठिन हुनाका कारणहरू रहेको छ ।
२. समस्याको कथन :
नेपाली माध्यमबाट पढाइ भइरहेको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम सुरु गर्दा अपेक्षा अनुरुप विद्यार्थीहरूले भाषा बुझ्न नसक्ने समस्या रहेको छ । एकदम सामान्य किताब राखेर पढाइ गर्दा पनि उपलब्धि लगभग शून्य देखिएको छ । पुस्तकबाट जस्ताको तस्तै सार्न सक्ने, प्रश्नको जवाफ जेनतेन बल गरेर दिन सक्ने तर बोल्न र पढ्न भने नसक्ने समस्या देखिएको छ । अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषय केही सजिलो भएपनि सामाजिक जस्ता विषय पटक्के पढ्न नसकेको अवस्था छ ।
यो समस्या नबुझ्ने हो र नाम मात्रको अङ्ग्रेजी माध्यम सुचारु गर्ने हो भने बालुवामा पानी खन्याएको परिणाम आउने कुरामा दुइमत छैने । तसर्थ किन यस्तो भएको हो भन्ने खोजमूलक अनुसन्धान गरी समस्या पत्ता लगाएर समाधान जरुरी छ ।
३. समस्याले पारेको असर :
समस्या नबुझि यसरी नेपाली माध्यम चलिरहेको विद्यालयमा अङ्ग्रेजी माध्यम बनाउँदा एकातिर नेपाली पनि विर्सदै जाने र अङ्ग्रेजी पनि सिक्न नसक्ने भएकोले झन विकराल अवस्था आउन सक्दछ । कक्षाकोठामा गएर पढाउदा शिक्षकलाई पनि कठिन महसुस हुने, विद्यार्थीहरू पनि बुझ्न नसक्ने जसको कारण कक्षाकोठा शान्त नहुने समस्या आउने गर्छ ।
४. समस्याको कारण :
हरेक समस्याको केही न केही कारण हुन्छ त्यस्तै उपयुक्त समस्याको मूल कारण भनेको विद्यार्थीको घरायसी पृष्ठभूमी, विद्यार्थीको स्तर र शिक्षकहरूको क्षमतामा कमी आदि हुन् । सर्वप्रथम त आजको परवेशमा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू त्यसमा पनि तराइको जिल्लामा त झन तराई बासी नै बढी रहेका हुन्छन । उनीहरूको घर समाजमा अङ्ग्रेजी वातावरण न्यून नै हुन्छ भने मातृभाषाको बाहुल्यता रहेको छ । घरमा सिकाउने अभिभावक त्यति देखिएन । विद्यालयमा सिकाएर पठाएको जस्ताको तस्तै व्यागमा राखेर भोलिपल्ट लिएर आउने देखियो । पारिवारिक पृष्ठभूमी खासै स्तरीय नभएपछि विद्यार्थीको स्तर त्यसै पनि खस्कने नै भयो । जसको कारण उनीहरूले अङ्ग्रेजी भाषा सिक्न सकेको छैन ।
त्यो भन्दा पनि मुख्य समस्या भनेको सरकारी विद्यालयका सरकारी शिक्षकहरू अधिकांश अङ्ग्रेजीमा राम्रो दखल नभएको पाइयो । जेनतेन काम चलाउ तरिकाले मिसमास भाषा प्रयोग गरेर अध्यापन गराउँदा अपेक्षा अनुरुप परिणाम नआउनु स्वभाविक हो । विद्यार्थीले त्यतिवेला मात्र राम्ररी बुझ्न सक्छ जतिबेला धेरै समय सुन्न सक्छ । सिक्ने भनेकै सुनेर हो पर्याप्त सुन्न नपाएपछि नबुझ्नु स्वभाविकै हो । कक्षाकोठामा प्रेश गरेपछि सामान्य Classroom Language पनि प्रयोग गर्न शिक्षकले सकेन भने विद्यार्थीले सुन्न नै पाउदैन र नसुनी सिक्न सक्दैन । अध्ययन अनुसन्धानको क्रममा शिक्षकहरूले कक्षाकोठामा अङ्ग्रेजी भाषा प्रयाप्त प्रयोग नगरेको पाइयो ।
५. समस्या समाधानका लागि अपनाइएका कार्य योजना :
सरकारी विद्यालयको विद्यार्थीहरूले अङ्ग्रेजी भाष सजिलौ बोल्न र प्रयोग गर्न नसक्नुका कारणरु पत्ता लगाई सो समस्या समाधान गर्न अपनाइएका कार्योजना यसप्रकार छन् :
क) विद्यार्थी नियमिततामा प्रोत्साहन गर्ने,
ख) व्यक्तिगत रुपमा Satelete teaching अर्थात Networking teaching को Process गर्ने ।
ग) कक्षाकोठामा शिक्षकले अधिकांश समय अङ्ग्रेजी भाषा मात्र बोल्ने ।
घ) कोर्स सकिदैन भनेर कोर्स सक्ने तर्फ नलागि विद्यार्थीको स्तर बढाउन तर्फ लाग्ने ।
ङ) Conversation प्रर्याप्त मात्रामा गर्ने ।
च) नेपालीमा Meaning भनिदिनुको सट्टा सम्भव भएसम्म हाउभाउबाट वा उदाहरण दिएर ब्अतष्लन गरेर बुझाउन पट्टि लाग्ने ।
छ) शिक्षक आफूलाई कुनै Confusion भए अरु बुझेका शिक्षकसँग सम्पर्क गरी स्पष्ट पारिदिने ।
ज) विद्यार्थीहरूलाई कक्षाकोठामा जतिसक्दो बढि समय सुन्न पाउने अवसर दिने ।
झ) सजिला सजिला Thyer chant हरू कण्ठाग्र गर्न लगाउने ताकि घरमा पनि खेल्दा पनि गुनगुनाउन सकोस ।
ञ) सानासाना नानीहरूलाई लेख्नमा भन्दा बोल्नमा जोड दिने ।
६. कार्यविधि/कार्य प्रकृया :
प्रस्तुत अध्ययनका लागि अर्थात प्रस्तुत योजना पूरा गर्न निम्नानुसार कार्यविधि अपनाइ विश्लेषण गरिनेछ ।
क) सम्बन्धित विद्यार्थीलाई पटक पटक अङ्ग्रेजी बोल्न प्रोत्साहन गर्ने
ख) सम्बन्धित विद्यार्थीका अभिभावकसँग घरमा पनि मातृभाषाभन्दा अङ्ग्रेजीकै गीत सुन्न Cartoon हेर्न प्रेरित गर्ने सल्लाह दिने ।
ग) विद्यार्थीलाई साथीहरू माझ जसले बढि अङ्ग्रेजी प्रयोग गर्छ पुरस्कार दिने चलन गर्ने
घ) कक्षाकोठामा ICT को माध्यमबाट Rhymes, Cartoon, Story, Picture सहितको देखाइदिने ।
ङ) शिक्षकहरूले अधिकांश समय अङ्ग्रेजी बोल्ने प्रयत्न गर्ने । यो हो कि शिक्षकले बोलेको विद्यार्थीले सबै बुझ्न जरुरी छैन ।
च) शिक्षकले विद्यार्थीभन्दा म जान्ने छु भनेर Confideat बन्ने ।
छ) Satelite teaching वा Networking teaching मार्फत विद्यार्थी विद्यार्थी बीच Sharing गर्ने ।
७.अनुसन्धानका प्राप्ति :
अध्ययन र अनुसन्धानका आधारमा प्राप्त भएका निश्कर्षहरूलाई प्रस्तुत गरी त्यसका आधारमा समस्या समाधानका उपाएहरू सहित कक्षाकोठामा प्रयोग गरिनेछ । अध्ययन अनुसन्धानबाट निस्केका प्राप्तिहरू यसप्रकार छन् ।
क) विद्यार्थी अनियमितता प्रमुख समस्या रहेको
ख) घरमा विद्यार्थीहरू मातृभाषा प्रयोग गर्ने गरेको र अभिभावकले अङ्ग्रेजी भाषा सिकोस भनेर खासै चासो नदेखाएको
।ग) बालकक्षामा नै पाठ्यक्रम अनुसार नसिकाएको
घ) प्रशस्त सुन्न पाउने अवसर बालबालिकाले नपाएको ।
ङ) बोल्ने, बोल्न लगाउने भन्दापनि शिक्षकले किताबको सार्न लगाउने गरेको ।
च) सुरुममै ABCD, नाम लेख्न सिकाउने गरेको
छ) शिक्षकले कोर्स सक्नेतर्फ बढि चासो देखाएको ।
ज) शिक्षकले आफूले नजानेको कुरा साथीहरूसँग छलफल गर्न असहज महसुस गर्ने गरेको अधिकांश शिक्षकहरू आफै Classroom Language प्रयोग गर्नमा कमजोर रहेको ।
झ) प्रशासनको डरले मात्र काम गर्ने परम्परा कायमै रहेको ।
८.अनुसन्धानको प्रतिविम्बन :
उपरोक्त अध्ययन अनुसन्धानको प्राप्तिलाई अध्ययन मनन गर्दा वास्तवमा शिक्षक, विद्यार्थी तथा अभिभावकहरू त्रिपक्षीय रुपमा नै सकारात्मक नभएको स्पष्ट देखिन्छ । वर्तमान परिवेश अङ्ग्रेजीमय भएको छ । अङ्ग्रेजी विना अब कुनै क्षेत्रमा अघि बढ्न सकिदैन जसरी हुन्छ बजारमा विक्न सक्ने प्रमाणपत्र र जनशक्ति उत्पादन गराउनै पर्छ भन्ने जाँगर अन्तरमनबाट उत्पन्न गराई बालशिक्षादेखि नै पाठ्यक्रम अनुसार खेलाउदै, ICT को प्रयोग गराएर रामउदै थाहा नपाई सिकाउन शिक्षक जिम्मेवार हुनुपर्छ ।
शिक्षकले यो बुझ्न जरुरी छ कि जतिबढि सुन्न पाउँछ विद्यार्थीहरू त्यति नै सिक्न सक्दछन् । भोलि अपेक्षा अनुसार उपलब्धि हासिल गराउन सकिएन भने सरकारी नै भएपनि जागिर धारासाहीमा छ भन्ने मनन गरी लाग्ने र विद्यार्थी, अभिभावकलाई पनि हौसला दिने हो भने सरकारी विद्यालयका साना कक्षाका नानीहरूले अङ्ग्रेजी माध्यम स्वीकार गर्न सक्ने अध्ययन अनुसान्धानबाट देखिन्छ । तसर्थ माथिका अध्ययन अनुसन्धान तथा समस्या प्रति कार्यमूलक अनुसन्धान गर्दा निस्किएका समाधानका उपायहरू पुन : योजना मार्फत कार्यन्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review