- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना बाउन्न
कार्यमूलक अनुसन्धान :नमुना बाउन्न
अनुसन्धानकर्ता :–युवराज नेपाल
विद्यालय र ठेगाना : श्री जनता मा.वि.जितपुर,धनकुटा
अनुसन्धानको शीर्षक :– शिक्षण सिकाइमा मल्टीमिडिया प्रयोगको अवस्था
(क) पृष्ठभूमि :
धनकुटा जिल्ला अन्तर्गत महालक्ष्मी न.पा.मा रहेका सामुदायिक विद्यालयहरूमा देखिएका समस्याहरूमध्ये शिक्षण सिकाइ क्रियाकलाप गर्दा शिक्षकहरूले कक्षाकोठामा मल्टी मिडियाको प्रयोग कम गर्ने गरेको पाइयो । अध्ययन गर्ने काम अत्यन्त कठिन र गाह्रो भएको हुँदा शिक्षकले सिकाइका उद्देश्यहरू पूरा गर्न सकेको पाइदैन । शिक्षणलाई प्रभावकारी र चिरस्थायी बनाउन मल्टी मिडिया आवश्यक पर्दछ । वास्तविक ठाउँ, क्षेत्र देखि लिएर, नक्सा, ठोस वस्तु हुदै मोडल देखाएर शिक्षण गर्दा विद्यार्थीहरूले छिटो र सहज तरिकाले सिक्न सक्ने हुन्छन् ।
श्री जनता मा.वि.का कक्षा हरूको अवलोकनको क्रममा शिक्षकहरूले बढी मात्रामा व्याख्यान विधिबाट र पुरानै पद्धतीलाई पछ्याउदै शिक्षण गरिरहेको अवस्था विद्यमान रहेको छ । विभिन्न समयमा संचालन गरिने T.P.D. तालिम र अन्य तालिमहरूमा समेत मल्टीमिडियाको महत्व र शिक्षण सरल र सहज अर्थपूर्ण बनाउन शिक्षकलाई मद्दत पुर्याउने भएको हुँदा मल्टीमिडिया प्रयोगमा जोड दिई शिक्षण गर्नुपूर्व ताजगी तालिम पनि समय–समयमा सञ्चालन भैरहेको पाइन्छ ।
श्री जनता माध्यमिक विद्यालयको विद्यमान शैक्षिक समस्याहरू मध्ये विद्यार्थीहरूले प्राप्त गर्ने औसत प्राप्ताङ्कको अवस्था न्यून देखिएको र मूल्याङ्कनका क्रममा विद्यार्थीले सबै प्रश्नको उत्तर मिलाउन नसकेको र सिकाइ अर्थपूर्ण बनाउन शिक्षकहरूलाई गाह्रो परेको हुँदा मल्टीमिडियाको प्रयोग न्यून हुनका कारणहरू पत्ता लगाई अनिवार्य रुपमा मल्टीमिडियाको सहायताबाट शिक्षण गर्ने वातावरण बनाउन यो कार्यमूलक अनुसन्धान थालिएको हो । यसबाट शिक्षकहरूमा मल्टीमिडियाबाट सङ्कलन, निर्माण, प्रयोग र व्यवस्थापन गर्ने सीपको विकास भै अध्ययन कार्य प्रभावकारी र विद्यार्थीले प्राप्त गर्ने औषत अङ्क उच्चतम हुने र अनुत्तिर्ण हुने विद्यार्थी घट्ने अवस्था देखिन्छ ।
(ख) उद्देश्य :
यस कार्यमूलक अनुसन्धानको मूख्य उद्देश्य यस प्रकार रहेको छ :
- शिक्षण कार्यमा शिक्षकहरूले मल्टीमिडियाको प्रयोग कम गर्नुका कारण पत्ता लगाउनु ।
- अध्ययन कार्यमा मल्टीमिडियाको प्रयोग गर्ने सीपको विकास गराउँदै व्यवस्थापन गर्ने वातावरण तयार गर्नु ।
- मल्टीमिडियाको प्रयोग नगरी शिक्षण गर्ने शिक्षकलाई प्रयोग गर्न लगाउने ।
(ग) समस्याको कथन :
विद्यालयमा शिक्षण गर्दा मल्टीमिडिया प्रयोग गर्ने बानीको कमीको कारण सिकाइ प्रभावकारी हुन सक्दैन । श्री जनता माध्यमिक विद्यालयमा गरिएको अनुसन्धानबाट के देखियो भने धेरैजसो शिक्षकहरूले मल्टीमिडिया प्रयोग विना शिक्षण गरिरहेको अवस्था पाइयो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई समय–समयमा पुर्नताजगी तालिमको अवसर प्रदान गरिरहेको सन्दर्भमा सिकेका सीपहरू व्यवहारमा प्रयोग गरिएको अवस्था ज्यादै न्यून रहेको छ । यस्तो विद्यमान परिस्थितिमा वास्तविक शिक्षकहरूका समस्या पहिचान गर्ने र विद्यमान विद्यालयको स्रोत पहिचान गरी मल्टीमिडिया प्रयोग गर्ने क्षमताको विकास गर्न यो अनुसन्धान गरिएको हो ।
वास्तवमा “सुन्यो विर्सियो, देख्यो सम्झ्यो र ग¥यो बुझ्न सक्यो” भन्ने भनाइबाट पनि छर्लङ्ग हुन्छ कि वास्तविक वस्तु, ठोस वस्तु वा अवलोकन र गरेका कुराहरू चिरकालसम्म बुझ्न सकिन्छ ।
वास्तवमा शैक्षिक सुधार गर्ने जिम्मेवारी विद्यालय व्यवस्थापन र प्र.अ.को भए जति नै कक्षा शिक्षण गर्ने शिक्षकको अझ महत्वपूर्ण हुन्छ । त्यसैले समय सापेक्ष शिक्षकहरूलाई तालिम प्रदान गर्दा गर्दै पनि शिक्षण गर्दा कक्षाकोठामा मल्टीमिडिया प्रयोग कम गरेको पाइन्छ । यस कार्यमूलक अनुसन्धानको दौरानमा कक्षा निरिक्षण गर्दा मल्टीमिडियाको प्रयोग न्यून गरेको पाइयो । साथै विद्यार्थीहरूको शैक्षिक उपलब्धि दर कम भएको हुँदा शिक्षकले विद्यार्थीहरूलाई प्रभावकारी शिक्षण गर्न नसकेको अवस्था पाइयो ।
त्यसैले श्री जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरूको प्रमुख समस्या मल्टीमिडिया व्यवस्थापन र प्रयोगको कमी हुनका कारणहरू पहिचान गरी सुधार गर्ने र सिकाइ उपलब्धि अभिवृद्धि गर्ने योजनासहित यो कार्यमूलक अनुसन्धान गरिएको हो ।
अपेक्षित सुधार :
- यस कार्यमूलक अनुसन्धान पश्चात श्री जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षहरूको शिक्षण पेशा प्रति जिम्मेवारी बढ्नुका साथै शिक्षण कार्यमा परिवर्तन आउने छ ।
- शिक्षकहरू आफ्नो पेशा प्रति जवाफदेहि हुनेछन् ।
- कक्षाकोठामा मल्टीमिडियासहित शिक्षक प्रवेश गर्ने छन् ।
- योजना अनुसार शिक्षण गर्नेछन् ।
- मल्टीमिडिया व्यवस्थापन गर्ने कामको थालनी हुन्छ ।
- विद्यालयमा शिक्षक र विद्यार्थीद्वारा निर्मित मल्टीमिडियाप्रदर्शन समय–समयमा गरिनेछन् ।
- विद्यालय व्यवस्थापन र प्र.अ.बाट शिक्षकहरूले सामग्री माग्ने छन् ।
- कक्षाकोठा भित्र मल्टीमिडिया प्रदर्शन गर्ने व्यवस्था हुन्छ ।
- विद्यार्थीहरूको सिकाइ प्रति रुची बढ्ने छ ।
- विद्यालयमा मल्टीमिडियाको उचित व्यवस्थापनको वातावरण हुन्छ ।
क्रियाकलाप र प्रक्रिया :
यो कार्यमूलक अनुसन्धानको क्रममा यस विद्यालयमा देखिएका समस्याहरू पहिचान गर्ने र सोको अभिलेखिकरण गर्ने काम स्टाफ बैठक मार्फत गरियो । दोस्रो चरणमा विद्यमान समस्याहरू मध्ये तत्कालै पूरा गर्दा शैक्षिक उपलब्धि वृद्धि गर्न सकिने समस्या छनौट गर्नलाई समस्याहरूको प्राथमिकिकरण गर्ने काम गरियो । त्यसैगरी नमूनाको रुपमा ३ वटा कक्षा अवलोकनका क्रममा शिक्षकहरूले मल्टीमिडिया प्रयोग कम गरेको र विद्यार्थीहरूलाई सिकाउन कठिन भएको अवस्था पहिचान गरियो ।
त्यस पछि विद्यालयमा विद्यमान समस्या “मल्टीमिडियाको प्रयोग कक्षाकोठामा न्यून हुनका कारण” पहिचान गर्ने र समस्या समाधान गर्ने विकल्पहरू छनौट गर्ने काम गरियो । प्रत्येक कक्षामा जाँदा अनिवार्य सम्भव भएसम्म मल्टीमिडिया लिएर जाने, योजना निर्माण गरेर शिक्षण गर्ने, सामग्री संकलन गर्ने, खरिद गर्ने जस्ता विकल्पहरू प्रयोग गर्ने गरियो ।
विद्यमान समस्या समाधान गर्न तपसिल अनुसारको योजना बनाइयो ।
- वि.व्य.स., शि.अ.संघ, प्र.अ. बाट नियमित रुपमा अनुगमन गर्ने,
- शिक्षक विद्यार्थीबाट मल्टीमिडियामा सामग्री निर्माण गर्न लगाउने र उक्त कार्यको अनुगमन प्र.अ.ले गर्ने ।
- शिक्षकहरूबाट आफूलाई आवश्यक सामग्रीको सूची माग गर्ने ।
- विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट सामग्री खरिद गर्ने योजना बनाउने र सोको जिम्मेवारी तोकी दिने ।
- प्रत्येक वर्षमा २ पटक शैक्षिक प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने ।
- स्थानीय स्तरमा उपलब्ध सामग्री प्रयोग गर्ने अवस्था मिलाउने ।
- मल्टीमिडियामा सामग्री सङ्कलन गर्ने, शिक्षक विद्यार्थीहरूलाई पुरस्कृत गर्ने ।
माथि उल्लेखित योजना निर्माण गरी कार्यान्वयन गरियो । जसबाट मल्टीमिडिया प्रयोग गरी शिक्षण गर्ने, योजना निर्माण गर्ने र आवश्यक प्रयोग पछि उचित ठाउँमा व्यवस्थापन गर्ने व्यवस्थाको थालनी भयो ।
समय अवधि :
यो कार्यमूलक अनुसन्धान कार्यान्वयन गर्ने समय मिति २०७६।०८।१ देखि २०७६।११।३० सम्म रहेको छ । त्यस समयपछि पनि निरन्तर रुपमा कार्यान्वयन गर्दै लगिने छ ।
उपलब्धिहरू :
- यस कार्यमूलक अनुसन्धान पश्चात शिक्षण प्रक्रियामा सुधारका प्रयासहरू भएका छन् ।
- शिक्षकहरू पेशा प्रति जिम्मेवारी बोध गर्दै आफ्नो काममा सक्रिय रुपमा लागेका छन् ।
- कक्षाकोठामा मल्टीमिडिया प्रदर्शन गरिएको छ ।
- शिक्षकहरूले I.P. योजना र वार्षिक शैक्षणिक योजना अनुसार शिक्षण गरेका छन् ।
- विद्यार्थीहरूको सिकाइ उपलब्धिमा वृद्धि भएको छ ।
- विद्यार्थीहरू नियमित विद्यालय आउने गरेका छन् ।
- मल्टीमिडिया प्रयोग गरी शिक्षण गर्दा सिकाइमा सुधार आएको छ ।
- विद्यार्थी र शिक्षकहरूबाट सक्रिय रुपमा जिम्मेवारी पूरा हुन थालेको छ ।
सिकाइ तथा सुझाव :
यस कार्यमूलक अनुसन्धानबाट शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने सिकाइ भएको छ । हरेक शैक्षिक संस्थाभित्र विभिन्न किसिमका समस्याहरू रहेका हुन्छन् । यस्ता समस्या पहिचान गरी समाधान गर्न सकिन्छ भन्ने सिकाइ भएको छ । यस्तो सिकाइबाट भविष्यमा यस क्षेत्रमा देखिएका समस्याहरू क्रमशः समाधान गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न सकिन्छ ।
विद्यार्थीहरूलाई अध्याँरोबाट उज्यालो बाटोतर्फ डो¥याउने जिम्मेवारी बोकेका शिक्षाका ज्ञाताहरूले हरेक विद्यमान समस्यामा गहिरिएर चिन्तन गरेमा समस्याका कारण पत्ता लगाई समाधान निकाल्न सकिन्छ भन्ने सोचका साथ काम गर्नुपर्छ । यस विद्यालयमा विद्यमान समस्या समाधान गर्ने सानो योजनाले अध्यापन कार्यमा जसरी परिवर्तन ल्याउन सफल भयो, त्यसैगरी सबै समस्या समाधान गर्न शिक्षक अहोरात्र रुपमा लाग्नुपर्छ भन्ने सिकाइ भएको छ ।
प्रत्येक शिक्षकहरूले आफूले अध्यापन गर्ने विषय, विद्यार्थी, विद्यालय र आफ्नो शिक्षण सिकाइमा देखिएका समस्या समाधान गर्न निरन्तररुपमा एकपछि अर्को कार्यमूलक अनुसन्धान गर्दै समस्या समाधान गर्दै अगाडी बढ्नुपर्ने सिकाइ प्राप्त भएको छ । शिक्षक निष्कृय नभैकन सक्रिय रुपमा योजनावद्ध ढंगले शिक्षण गरी जिम्मेवारी पूरा गर्दै जानुपर्दछ ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review